फुर्सदको समयलाई कसरी सदुपयोग गर्ने
-
0:01 - 0:03म टाइम म्यानेजमेन्टको बारेमा
लेख्छु भन्ने थाहा पाएपछि -
0:05 - 0:06मानिसहरु २ कुराको अनुमान गर्छन्:
-
0:08 - 0:11पहिलो: म सधै समयमै पुग्छु,
-
0:12 - 0:13बास्तवमा त्यस्तो छैन
-
0:14 - 0:15मेरा ४ जना साना बच्चाहरु छन्
-
0:15 - 0:18कहिलेकाही हुने ढिलाको दोष, म
उनीहरु माथि थुपार्छु , -
0:18 - 0:20तर कहिले कहीं उनीहरुको मात्र गल्ति हुदैन
-
0:20 - 0:23एकपटक म टाइम म्यानेजमेन्टको
आफ्नै प्रवचन दिन ढिला पुगें -
0:23 - 0:24........(हाँसो)......
-
0:24 - 0:28हामीले संगै बसेर त्यो विडम्बनाको
सामना गरेका थियौं -
0:29 - 0:32दोस्रो कुरा, उनीहरु सोच्छन्: म संग
यता र उता गरेर -
0:32 - 0:34समय निकाल्न सक्ने चुट्की, तरिकाहरु छन्
-
0:34 - 0:38कहिलेकाहीं पत्रिकाहरुमा सुन्छु,
उनीहरु आफ्नो पाठकहरुलाइ -
0:38 - 0:41एक घण्टा जगेडा समय कसरी निकाल्न
मद्धत गर्ने भनेर अध्ययन गर्दछन् -
0:41 - 0:45उपाय भनेको आफ्ना सबै कामहरुबाट अलि अलि
-
0:45 - 0:46निकाल्ने र जोड्ने,
-
0:46 - 0:48त्यसरी हामी अरु कामको लागि
समय निकाल्न सक्छौं -
0:48 - 0:52यस बिषयमा म सबैलाई प्रश्न गर्ने गर्छु, तर
म संग कुरा गर्नु अगाडिको -
0:52 - 0:55उनीहरुको कुरा सुन्न मलाई खुबै रमाइलो लाग्छ
-
0:55 - 0:56मलाई मनपर्ने केहि:
-
0:56 - 0:59छोटो यात्रा जहाँ दायाँ मात्रै मोडे पुग्छ
-
0:59 - 1:00.........(हाँसो).....
-
1:00 - 1:02माइक्रो वेभ प्रयोग गर्दा अत्ति विचार गर्ने
-
1:02 - 1:05यसको खोलमा ३ देखि ३.५ मिनेट भन्छ
-
1:05 - 1:07हामी ठ्याक्कै त्यसै गर्छौं
-
1:07 - 1:10व्यक्तिगतरुपमा मलाई मन पर्ने:
यसले कुनै अर्थ पनि राख्छ -
1:10 - 1:14मनपर्ने टिवी शो रेकोर्ड गर्ने र
बिज्ञापन स्किप गर्दै हेर्ने -
1:14 - 1:16यसो गर्दा प्रत्येक ३० मिनेटमा ८ मिनेट बच्छ
-
1:16 - 1:18जसले २ घन्टाको टिवी हेर्ने क्रममा
-
1:18 - 1:20कसरत गर्न ३२ मिनेट बच्छ
-
1:20 - 1:21.........(हाँसो).....
-
1:21 - 1:22हुन त हो
-
1:23 - 1:25कसरत गर्न ३२ मिनेट बचाउने अर्को
तरिका तपाईंलाइ थाहा छ ? -
1:26 - 1:28टिवि हेर्न दैनिक २ घण्टा खर्च नगर्ने,
कि कसो ? -
1:28 - 1:29.........(हाँसो).....
-
1:29 - 1:32कुरा त्यहि हो कि, यता उति गरेर,
तान तुन थप थाप पारेर -
1:33 - 1:35हामी आफुलाई मनपरेको काम गर्छौं
-
1:35 - 1:38तर सफल व्यक्तिहरु कसरी समय बिताउछन्
भन्ने अध्ययन गरेर -
1:38 - 1:40तथा उनीहरुको प्रत्यक घन्टाको
कार्यतालिका हेरे पश्चात -
1:40 - 1:44अघिका विचारहरु एकदमै पुरातनवादी लागे
-
1:44 - 1:48हामी समय बचाएको भरमा हामीले
चाहेको जीवन प्राप्त गर्न सक्दैनौ -
1:49 - 1:50हामीले चाहेको जस्तो जीवन बाच्ने
-
1:51 - 1:54गर्दा समय आफै बच्दछ
-
1:55 - 1:56भन्नुको मतलब
-
1:56 - 1:58मैंले भर्खरै १००१ अति ब्यस्त
-
1:58 - 2:02महिलाहरुको समय तालिकाको अध्ययन गरें
-
2:02 - 2:05उनीहरुको राम्रो काम छ, कतिको
आफ्नै व्यापार व्यवसाय छ, -
2:05 - 2:07हेरचाह गर्नुपर्ने केटा केटि
वा बाउ आमा छन् -
2:07 - 2:08समुदाय प्रतिको प्रतिबद्धता-
-
2:08 - 2:10व्यस्त, अति ब्यस्त मान्छे /
-
2:11 - 2:13एक हप्तासम्म उनीहरुको
क्रियाक्रलाप अवलोकन गरें -
2:13 - 2:15र उनीहरु कति घण्टा काम गरे,
कति सुते विचार गरें -
2:15 - 2:18र आफ्नो किताबको लागि उनीहरुको
रणनीति बारे प्रश्न गरें -
2:18 - 2:20मैंले समय तालिका हेर्दै गरेको एक महिला
-
2:20 - 2:22कुनै बुधबार राती कहीं जान्छिन्
-
2:22 - 2:25फर्केर घर आउंदा, उनको भान्छाको
धारो बिग्रिएको रहेछ, -
2:25 - 2:28जता ततै पानी नै पानी जमेको रहेछ
-
2:28 - 2:31तपाईंलाइ पनि कहिले यस्तो घटना घटेको भए
-
2:31 - 2:34थाहा छ नी: कति भद्रगोल, भिजेको,
बिग्रेको गन्हाउने हुन्छ -
2:34 - 2:36तुरुन्तै उनी त्यो परिस्थिति संग
भिड्न थालिन् -
2:36 - 2:38दोस्रो दिन, प्लम्बर आयो
-
2:38 - 2:42कोठाको भिजेको कार्पेटहरु तथा
अन्य समान सुकाउन मद्धत खोजिन् -
2:42 - 2:44यो सबै कार्य उनले समय तालिकामा
लेखेकी थिइन् -
2:44 - 2:46त्यो हप्ताको ७ घण्टा सरसफाईमा लाग्यो
-
2:47 - 2:48पुरै ७ घण्टा
-
2:49 - 2:52भन्नाले झन्डै दिनको १ घण्टा
-
2:53 - 2:56यदि उनलाई हप्ताको पहिलो दिन
-
2:56 - 2:59खेलकुदको लागि ७ घण्टा
फुर्सद निकाल्न सक्नुहुन्छ? -
3:00 - 3:04वा केहि महत्वपूर्ण मान्छे लाइ भेट्न
७ घण्टा फुर्सद छ? -
3:04 - 3:06भन्ने प्रश्न गरेको भए पक्कै पनि उनले
-
3:06 - 3:11"भ्याउंदिन, साह्रै व्यस्त छु" भन्थिन्
-
3:12 - 3:13तर, जसरी पनि ७ घण्टा
-
3:13 - 3:16नभई नहुने अवस्था पर्दा त्यो ७ घण्टा
-
3:16 - 3:19उनले निकाल्न सकिन्
-
3:19 - 3:23यसले के प्रमाणित गर्छ भने, समय तन्किन्छ
-
3:24 - 3:26हामी समय बढाउन सक्दैनौ,
-
3:26 - 3:30तर आवश्यकता पर्दा मिलाउन सक्छौं
-
3:30 - 3:33यसर्थ, टाइम म्यानेजमेन्टको महत्वपूर्ण कडी
-
3:34 - 3:36हाम्रो आवश्यकताको प्राथमिकता हो,
-
3:36 - 3:39बिग्रिएको धारो जस्तै
-
3:40 - 3:41यसलाई अझ जोड दिन,
-
3:41 - 3:45मैंले अहिले सम्म भेटेको अति व्यस्त
एक जनाको भनाइ राख्छु -
3:45 - 3:47व्यस्त भन्नाले, उनको सानो व्यापार थियो ,
-
3:47 - 3:49१२ जना कर्मचारी थिए
-
3:49 - 3:51अझ व्यस्त बनाउने ६ जना केटाकेटी थिए
-
3:51 - 3:53म उनीसंग एउटा अन्तर्वार्ताको लागि
समय खोज्दै थिएँ -
3:53 - 3:56उनको व्यस्तताको सिमा थिएन
-
3:56 - 3:58बिहिबार बिहानको कुरा हो,
-
3:58 - 4:00उनीसंग बोल्ने पनि फुर्सद थिएन
-
4:00 - 4:01अत्ति नै ब्यस्त
-
4:01 - 4:03तर म संग बोल्ने समय नहुने कारण थियो
-
4:03 - 4:05उनी पदयात्रामा जादै थिइन् ,
-
4:05 - 4:07सरद महिनाको शुन्दर बिहानी थियो
-
4:07 - 4:09घुम्न जाने राम्रो दिन थियो
-
4:09 - 4:11यो कुराले उनलाई भेट्ने इच्छा
अझ तिब्र भयो -
4:11 - 4:14जब उनलाई भेटे मौका मिल्यो,
उनले यस्तो कुरा गरिन्- -
4:14 - 4:17उनले भनिन "हेर लाउरा, म जे पनि गर्छु,
-
4:18 - 4:21आफ्नै रोजाइमा प्रत्येक मिनेट खर्च गर्छु"
-
4:22 - 4:23यसको अर्थ के हो भने,
-
4:23 - 4:25एक्स वाई जेड काम गर्न मलाई फुर्सद छैन
-
4:26 - 4:31किन कि, त्यो काम मेरो प्राथमिकतामा पर्दैन
-
4:32 - 4:36"फुर्सद छैन" भन्नुको अर्थ "त्यो मेरो
प्राथमिकता होइन" भन्नु हो -
4:37 - 4:40भाषागत हिसाबले त्यो भनाइ
एकदमै व्यवहारिक हो -
4:40 - 4:43मैले "पर्दा सफा गर्ने फुर्सद छैन"
भन्छु भने -
4:43 - 4:44त्यो सत्य होइन
-
4:44 - 4:46कसैले पर्दा सफा गर्न मलाई
एक लाख दिन्छु भन्यो भने -
4:46 - 4:48म सबै भन्दा पहिले त्यहि गर्छु
-
4:48 - 4:49.........(हाँसो).....
-
4:49 - 4:51त्यसो हुनेवाला त छैन,
-
4:51 - 4:53त्यसैले यो समयको अभावको कुरा होइन
-
4:53 - 4:55खासमा मलाई गर्न मन नलागेको हो
-
4:55 - 4:58यसले हाम्रो रोजाईको कुरा देखाउंछ
-
4:58 - 4:59भिन्न परिस्थितिमा,
-
4:59 - 5:02फरक रोजाईका डरलाग्दा घटनाक्रम होलान्
-
5:02 - 5:04त्यसो हुन सक्छ
-
5:04 - 5:05तर हामी बुद्धिमान मानिस हौं
-
5:05 - 5:07समय संगै बिस्तारै
-
5:07 - 5:09आफ्नो जीवनमा आवश्यक पर्ने कुराको
-
5:09 - 5:12व्यवस्थापन गर्ने सामर्थ्य हुन्छ
-
5:13 - 5:14कसरी त्यस्तो हुन्छ त भन्दा
-
5:15 - 5:17धारो बिग्रिएको अवस्था जस्तै
-
5:17 - 5:19हामीले प्राथमिकता दिने बिषयमा भर पर्छ
-
5:20 - 5:22सबै भन्दा पहिले आवश्यकताको
निर्धारण गर्नु पर्छ -
5:22 - 5:25यस बिषयमा सोच्न म तपाईंलाइ २
रणनीति दिन्छु -
5:25 - 5:26पहिलो: पेशागत क्षेत्र
-
5:26 - 5:29बर्षको अन्त्य तिर मानिसहरु
-
5:29 - 5:31आफ्नो बार्षिक प्रगतिको लेखा जोखा गर्छन्
-
5:31 - 5:34तपाईं गत बर्षमा पाएको सफलता हेर्नु हुन्छ
-
5:34 - 5:36आफ्नो "उन्नतिको सम्भावना" खोज्नुहुन्छ
-
5:36 - 5:38यसको अर्थ तथा उद्धेश्य त्यहि नै हो,
-
5:38 - 5:41तर मलाई पछाडी फेर्कर हेर्नुभन्दा
अगाडी हेर्नु राम्रो लाग्छ -
5:41 - 5:44अहिले अर्को बर्षको अन्त्य हो
भन्ने सम्झनुहोस -
5:44 - 5:47तपाई आफ्नो प्रगति विवरण हेर्दै हुनुहुन्छ
-
5:47 - 5:51तपाईंको व्यक्तित्वको हिसाबले
यो बर्ष अत्यन्त लाभदायक छ -
5:52 - 5:58३-५ कुनै त्यस्ता काम भन्नुहोस जसले
तपाईंको यो बर्षलाइ सफल बनायो -
5:59 - 6:03तपाई अर्को बर्षको प्रगति विवरण यसरी
अहिले लेख्न सक्नुहुन्छ -
6:03 - 6:05यस्तै कुरा आफ्नो व्यक्तिगत
जीवनको पनि सकिन्छ -
6:05 - 6:07म जस्तै तपाईंहरु पनि कति जनाले
बर्षको अन्त्यमा -
6:07 - 6:11यसैगरी पट्टाएको रंगीन कागज पाउनुहुन्छ
-
6:11 - 6:16जसलाई पारिवारिक छुट्टीको कागज भनिन्छ
-
6:16 - 6:18.........(हाँसो).....
-
6:18 - 6:21आश्चर्य भनौ कि बिडम्बना,
-
6:21 - 6:24कति व्यस्त छन् त परिवारका सदस्यहरु
-
6:24 - 6:25जहाँ परिवारका सदस्यहरु,
-
6:25 - 6:27संगै बस्ने, घुम्ने पनि समय छैन
-
6:28 - 6:29त्यसैले यो पत्रको अर्थ छ ,
-
6:29 - 6:32जसले तपाईको परिवार तथा साथीभाईलाइ भन्छ
-
6:32 - 6:35तपाइले व्यक्तिगत जीवनमा जे गर्नुभयो,
त्यो गएको समयको कुरा भो -
6:35 - 6:36यसर्थ यस बर्षको काम गराई
-
6:36 - 6:39जुन आउदो बर्षको हो भनेर
कल्पना गर्दै हुनुहुन्छ -
6:39 - 6:42तपाई र तपाईले चाहनुभएको मान्छेको लागि
-
6:42 - 6:45अत्यन्त लाभदायक हुन्छ
-
6:45 - 6:50त्यसैले ३ देखि ५ वोटा ती महत्वपूर्ण
कामहरु के हुन्? -
6:51 - 6:55अर्को बर्षको बिदाको चिट्ठी
अहिले नै लेख्न सक्नुहुन्छ -
6:56 - 6:57तर पठाई नै चै नहाल्नुस
-
6:57 - 6:58.........(हाँसो).....
-
6:58 - 7:01हो भन्या, नपठाउनुस
-
7:01 - 7:02तर पक्कै लेख्न सक्नुहुन्छ
-
7:02 - 7:06पारिवारिक छुट्टी र बार्षिक
मुल्यांकनको बीचमा -
7:06 - 7:09आगामी बर्षमा सम्पन्न गर्न सकिने ६-१०
लक्ष्यहरु निर्धारण गर्न सकिन्छ -
7:09 - 7:12सम्पन्न गर्न सकिनेको आधारमा यीनलाइ
बर्गिकरण गर्न सकिन्छ -
7:12 - 7:14हुन सक्छ तपाई पारीवारक
इतिहास लेख्न सक्नुहुन्छ -
7:15 - 7:17पहिला तपाईं अरुले लेखेको ईतिहास
पढ्न सक्नुहुन्छ -
7:17 - 7:18लेख्ने तरिका बुझ्न
-
7:18 - 7:21त्यसपछि, आफ्नो नातेदारहरुलाई सोध्ने
प्रश्नहरुको सुची तयार पारेर -
7:21 - 7:23अन्तर्वार्ताको समय मिलाउनुहुनेछ
-
7:23 - 7:25वा चन्दा संकलनको योजना
-
7:25 - 7:28गरेर चन्दा संकलनको तरिका र नियम
-
7:28 - 7:30सिकेर त्यसैमा लाग्न सक्नुहुन्छ
-
7:30 - 7:32यस्तो कार्य गर्दा,
-
7:32 - 7:36धारो भाँचिएको अवस्था जस्तै
-
7:36 - 7:39प्राथमिकता निर्धारण गर्नुहुनेछ
-
7:40 - 7:45काम सुरुगर्ने एक हप्ता अगाडिनै
हामी यस बिषयमा सोच्छौं -
7:45 - 7:48यो काममा हातहाल्न मलाई
शुक्रबार दिउसो ठिक लाग्छ -
7:49 - 7:51अर्थशास्त्रीहरु यो समयलाइ "न्यून
मुल्यको सम्भावना" -
7:51 - 7:54को समय भन्छन्
-
7:55 - 7:58शुक्रबार दिउसो हामी कोहि पनि
-
7:58 - 8:00"म मेरो व्यक्तिगत र ब्यवसायिक
-
8:00 - 8:02प्राथमिकता निर्धारण गर्ने ठिक समय हो"
-
8:02 - 8:03भन्ने सोचाईमा हुन्नौ
-
8:03 - 8:04.........(हाँसो).....
-
8:04 - 8:07के गर्दा ठिक होला भन्ने बिषयमा भने
सोच्दै हुन्छौं -
8:07 - 8:09त्यसैले, शुक्रबार दिउसो केहि
समय निकाल्नुस र आफ्नै -
8:09 - 8:15३ प्राथमिकताको सुची बनाउनुहोस:
कार्य, सम्बन्ध, र व्यक्तिगत -
8:16 - 8:20यस्तो ३ प्रकारको सुची बनाउँदा
-
8:20 - 8:23हरेक क्षेत्रमा केहि छ भन्ने सम्झना हुन्छ
-
8:23 - 8:24कार्यक्षेत्र: हामी सोच्छौं
-
8:24 - 8:26सम्बन्ध र व्यक्तिगत कुरा
-
8:26 - 8:27त्यति सोच्दैनौ
-
8:27 - 8:29जे भएपनि एउटा छोटो सूची
-
8:29 - 8:31जसमा २-३ काम मात्रै होस्
-
8:31 - 8:33अर्को हप्ताको काम हेरेर कहाँ
-
8:33 - 8:35अटाउन सकिन्छ, हेर्नुहोस
-
8:36 - 8:38कहाँ अटाउने, तपाईंकै विचार
-
8:38 - 8:42कोहि मान्छेको लागि अरुको तुलनामा यो
निकै कठिन काम हुनेछ -
8:42 - 8:45भन्नाले, कसैको काम अर्काको भन्दा
निकै कठिन हुन सक्छ -
8:46 - 8:49यदि तपाईंको धेरै बच्चाछन् भने, कामलाई
-
8:49 - 8:52प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ
-
8:52 - 8:53त्यो त म पनि बुझ्छु
-
8:53 - 8:55म कसैको संघर्षलाइ कम आंकलन गर्न चाहन्न
-
8:55 - 9:00तर मैंले भन्न गैरहेको एउटा नम्बरले
तपाईंलाइ उत्साहित गराउनेछ -
9:01 - 9:05हप्तामा १६८ घण्टा हुन्छन्
-
9:06 - 9:11२४X७ = १६८ घण्टा
-
9:11 - 9:14यो प्रसस्त समय हो
-
9:15 - 9:18हप्तामा लगभग ४० घण्टा काम गर्नुहुन्छ
-
9:18 - 9:21दिनको ८ घन्टाको दरले ५६ घण्टा सुताई
-
9:21 - 9:24त्यति गर्दा अरुकामको लागि ७२ घण्टा
बाकी हुन्छ -
9:25 - 9:27त्यो भनेको प्रसस्त समय हो
-
9:27 - 9:29मानौ, हप्तामा ५० घण्टा काम गर्नुहुन्छ
-
9:29 - 9:31मुख्य काम संगै अरु केहि काम
-
9:31 - 9:33तैपनि अरुकामको लागि ६२ घण्टा बाकी हुन्छ
-
9:33 - 9:35६० घण्टा काम गर्छु भने पनि
-
9:35 - 9:38अरुकामको लागि ५२ घण्टा बाकी नै हुन्छ
-
9:38 - 9:40हप्तामा ६० घण्टा भन्दा बढी भन्नुहुन्छ भने
-
9:40 - 9:41पत्याउनु ?
-
9:41 - 9:43.........(हाँसो).....
-
9:43 - 9:46एकपटक मानिसको कार्यतालिकाको
-
9:46 - 9:47अध्ययन गरिएको थियो
-
9:47 - 9:50७५ घण्टाभन्दा बढी काम गर्छु भन्नेहरु,
-
9:50 - 9:52२५ घण्टा अघि नै हिडिसकेका थिए
-
9:52 - 9:54.........(हाँसो).....
-
9:54 - 9:56कता लागे, त्यो प्रश्न भो
-
9:58 - 10:00जे भने पनि हप्ताको १६८ घण्टा
-
10:00 - 10:03आवश्यक पर्ने समय जसरीपनि निकाल्न सकिन्छ
-
10:03 - 10:05केटा केटि संग बढी समय बिताउन चाहनुहुन्छ
-
10:05 - 10:07कुनै परिक्षाको तयारी गर्न चाहनुहुन्छ ,
-
10:07 - 10:11३ घण्टा एक्सरसाइज र २ श्रमदान
गर्न चाहनुहुन्छ -
10:11 - 10:12सब सम्भव छ
-
10:12 - 10:16अहिले नै पनि धेरै समय काम गर्दै भएपनि
-
10:16 - 10:18हामी संग प्रसस्त समय छ, गज्ज़ब कुरा
-
10:18 - 10:19अर्को कुरा के, थाहा छ?
-
10:19 - 10:22रमाइलो काम गर्न हामीलाई
त्यति समय पनि चाहिन्न -
10:22 - 10:25फुर्सद भयो कि हामी के गर्छौं ?
-
10:26 - 10:27फोन गर्ने
-
10:28 - 10:30पुरानो इमेल मेट्ने
-
10:30 - 10:32अथवा घरको झिनामसिना काम गर्ने
-
10:32 - 10:34वा टि भी हेर्ने
-
10:34 - 10:37छोटो समय पनि महत्वपूर्ण हुनसक्छ
-
10:38 - 10:40केहि खुशीको लागि
-
10:40 - 10:42केहि समय दिन सक्नुहुन्छ
-
10:43 - 10:46हुन सक्छ, काममा जादा आउदा कुनै रमाइलो
-
10:46 - 10:47किताब पढ्न सक्नुहुन्छ
-
10:47 - 10:50एकताका मलाई काममा जान
-
10:50 - 10:51२ घण्टा बस चढ्नु पर्थ्यो
-
10:51 - 10:54सप्ताहन्तमा म लाइब्रेरी गएर
किताब लेराऊथें -
10:54 - 10:59जसले गर्दा बस यात्रा सहजै कटथ्यो
-
11:00 - 11:03ब्रेकको समयमा ध्यान वा प्रार्थना
गर्न सकिन्छ -
11:03 - 11:07कामको व्यस्तताले साँझको
खाना बाहिरै खाने गर्नुहुन्छ भने -
11:07 - 11:09बिहानको खाना परिवारसंगै बसेर खान सकिन्छ
-
11:10 - 11:13यो भनेको आफुसंग भएको समयलाई सहि तरिकाले
-
11:13 - 11:15व्यवस्थापन गर्ने कला हो
-
11:17 - 11:18यो कुरामा म बिश्वस्त छु
-
11:19 - 11:22समय निकाल्न सकिन्छ
-
11:23 - 11:25जस्तै व्यस्त भएपनि
-
11:25 - 11:27समय मिलाउन सकिन्छ
-
11:28 - 11:30अत्यावश्यक बिषयमा ध्यान पुर्याएर, भएको
-
11:30 - 11:32समयको सदुपयोग गर्दै हामी चाहेजस्तो
-
11:33 - 11:34जीवन बनाउन सक्छौं
-
11:35 - 11:36.........धन्यवाद.....
-
11:36 - 11:41.........ताली.....
- Title:
- फुर्सदको समयलाई कसरी सदुपयोग गर्ने
- Speaker:
- लाउरा भ्यानडेरकम
- Description:
-
प्रत्येक हप्तामा १६८ घण्टा हुन्छ / अत्यावश्यक कामको लागि हामीले कसरी समय निकाल्छौ ? टाइम म्यानेजमेन्ट बिशेषज्ञ लाउरा भ्यानडेरकमले व्यस्त व्यक्तिहरु कसरी जीवन बिताउछन् भन्ने बिषयमा अध्ययन गरेर के पत्ता लगाइन भने, हामी आवश्यकता भन्दा निकै बढी समय काममा व्यस्त रहने अनुमान गर्छौ जबकि हामी संग रहने समयको भने हामीले अति कम अनुमान गर्छौं / उनले केहि व्यवहारक रणनीति बनाएर हामीलाई आवश्यक बढी समय निकाल्ने र त्यो समय "हामीले चाहेको जीवन हामी संग भएको समयले निर्माण गरौँ" भन्ने आशय व्यक्त गरेकी छिन् /
- Video Language:
- English
- Team:
- closed TED
- Project:
- TEDTalks
- Duration:
- 11:54
Deepak Basyal approved Nepali subtitles for How to gain control of your free time | ||
Deepak Basyal edited Nepali subtitles for How to gain control of your free time | ||
Deepak Basyal accepted Nepali subtitles for How to gain control of your free time | ||
Deepak Basyal edited Nepali subtitles for How to gain control of your free time | ||
Heli Paudel edited Nepali subtitles for How to gain control of your free time | ||
Heli Paudel edited Nepali subtitles for How to gain control of your free time | ||
Heli Paudel edited Nepali subtitles for How to gain control of your free time | ||
Heli Paudel edited Nepali subtitles for How to gain control of your free time |