म टाइम म्यानेजमेन्टको बारेमा लेख्छु भन्ने थाहा पाएपछि मानिसहरु २ कुराको अनुमान गर्छन्: पहिलो: म सधै समयमै पुग्छु, बास्तवमा त्यस्तो छैन मेरा ४ जना साना बच्चाहरु छन् कहिलेकाही हुने ढिलाको दोष, म उनीहरु माथि थुपार्छु , तर कहिले कहीं उनीहरुको मात्र गल्ति हुदैन एकपटक म टाइम म्यानेजमेन्टको आफ्नै प्रवचन दिन ढिला पुगें ........(हाँसो)...... हामीले संगै बसेर त्यो विडम्बनाको सामना गरेका थियौं दोस्रो कुरा, उनीहरु सोच्छन्: म संग यता र उता गरेर समय निकाल्न सक्ने चुट्की, तरिकाहरु छन् कहिलेकाहीं पत्रिकाहरुमा सुन्छु, उनीहरु आफ्नो पाठकहरुलाइ एक घण्टा जगेडा समय कसरी निकाल्न मद्धत गर्ने भनेर अध्ययन गर्दछन् उपाय भनेको आफ्ना सबै कामहरुबाट अलि अलि निकाल्ने र जोड्ने, त्यसरी हामी अरु कामको लागि समय निकाल्न सक्छौं यस बिषयमा म सबैलाई प्रश्न गर्ने गर्छु, तर म संग कुरा गर्नु अगाडिको उनीहरुको कुरा सुन्न मलाई खुबै रमाइलो लाग्छ मलाई मनपर्ने केहि: छोटो यात्रा जहाँ दायाँ मात्रै मोडे पुग्छ .........(हाँसो)..... माइक्रो वेभ प्रयोग गर्दा अत्ति विचार गर्ने यसको खोलमा ३ देखि ३.५ मिनेट भन्छ हामी ठ्याक्कै त्यसै गर्छौं व्यक्तिगतरुपमा मलाई मन पर्ने: यसले कुनै अर्थ पनि राख्छ मनपर्ने टिवी शो रेकोर्ड गर्ने र बिज्ञापन स्किप गर्दै हेर्ने यसो गर्दा प्रत्येक ३० मिनेटमा ८ मिनेट बच्छ जसले २ घन्टाको टिवी हेर्ने क्रममा कसरत गर्न ३२ मिनेट बच्छ .........(हाँसो)..... हुन त हो कसरत गर्न ३२ मिनेट बचाउने अर्को तरिका तपाईंलाइ थाहा छ ? टिवि हेर्न दैनिक २ घण्टा खर्च नगर्ने, कि कसो ? .........(हाँसो)..... कुरा त्यहि हो कि, यता उति गरेर, तान तुन थप थाप पारेर हामी आफुलाई मनपरेको काम गर्छौं तर सफल व्यक्तिहरु कसरी समय बिताउछन् भन्ने अध्ययन गरेर तथा उनीहरुको प्रत्यक घन्टाको कार्यतालिका हेरे पश्चात अघिका विचारहरु एकदमै पुरातनवादी लागे हामी समय बचाएको भरमा हामीले चाहेको जीवन प्राप्त गर्न सक्दैनौ हामीले चाहेको जस्तो जीवन बाच्ने गर्दा समय आफै बच्दछ भन्नुको मतलब मैंले भर्खरै १००१ अति ब्यस्त महिलाहरुको समय तालिकाको अध्ययन गरें उनीहरुको राम्रो काम छ, कतिको आफ्नै व्यापार व्यवसाय छ, हेरचाह गर्नुपर्ने केटा केटि वा बाउ आमा छन् समुदाय प्रतिको प्रतिबद्धता- व्यस्त, अति ब्यस्त मान्छे / एक हप्तासम्म उनीहरुको क्रियाक्रलाप अवलोकन गरें र उनीहरु कति घण्टा काम गरे, कति सुते विचार गरें र आफ्नो किताबको लागि उनीहरुको रणनीति बारे प्रश्न गरें मैंले समय तालिका हेर्दै गरेको एक महिला कुनै बुधबार राती कहीं जान्छिन् फर्केर घर आउंदा, उनको भान्छाको धारो बिग्रिएको रहेछ, जता ततै पानी नै पानी जमेको रहेछ तपाईंलाइ पनि कहिले यस्तो घटना घटेको भए थाहा छ नी: कति भद्रगोल, भिजेको, बिग्रेको गन्हाउने हुन्छ तुरुन्तै उनी त्यो परिस्थिति संग भिड्न थालिन् दोस्रो दिन, प्लम्बर आयो कोठाको भिजेको कार्पेटहरु तथा अन्य समान सुकाउन मद्धत खोजिन् यो सबै कार्य उनले समय तालिकामा लेखेकी थिइन् त्यो हप्ताको ७ घण्टा सरसफाईमा लाग्यो पुरै ७ घण्टा भन्नाले झन्डै दिनको १ घण्टा यदि उनलाई हप्ताको पहिलो दिन खेलकुदको लागि ७ घण्टा फुर्सद निकाल्न सक्नुहुन्छ? वा केहि महत्वपूर्ण मान्छे लाइ भेट्न ७ घण्टा फुर्सद छ? भन्ने प्रश्न गरेको भए पक्कै पनि उनले "भ्याउंदिन, साह्रै व्यस्त छु" भन्थिन् तर, जसरी पनि ७ घण्टा नभई नहुने अवस्था पर्दा त्यो ७ घण्टा उनले निकाल्न सकिन् यसले के प्रमाणित गर्छ भने, समय तन्किन्छ हामी समय बढाउन सक्दैनौ, तर आवश्यकता पर्दा मिलाउन सक्छौं यसर्थ, टाइम म्यानेजमेन्टको महत्वपूर्ण कडी हाम्रो आवश्यकताको प्राथमिकता हो, बिग्रिएको धारो जस्तै यसलाई अझ जोड दिन, मैंले अहिले सम्म भेटेको अति व्यस्त एक जनाको भनाइ राख्छु व्यस्त भन्नाले, उनको सानो व्यापार थियो , १२ जना कर्मचारी थिए अझ व्यस्त बनाउने ६ जना केटाकेटी थिए म उनीसंग एउटा अन्तर्वार्ताको लागि समय खोज्दै थिएँ उनको व्यस्तताको सिमा थिएन बिहिबार बिहानको कुरा हो, उनीसंग बोल्ने पनि फुर्सद थिएन अत्ति नै ब्यस्त तर म संग बोल्ने समय नहुने कारण थियो उनी पदयात्रामा जादै थिइन् , सरद महिनाको शुन्दर बिहानी थियो घुम्न जाने राम्रो दिन थियो यो कुराले उनलाई भेट्ने इच्छा अझ तिब्र भयो जब उनलाई भेटे मौका मिल्यो, उनले यस्तो कुरा गरिन्- उनले भनिन "हेर लाउरा, म जे पनि गर्छु, आफ्नै रोजाइमा प्रत्येक मिनेट खर्च गर्छु" यसको अर्थ के हो भने, एक्स वाई जेड काम गर्न मलाई फुर्सद छैन किन कि, त्यो काम मेरो प्राथमिकतामा पर्दैन "फुर्सद छैन" भन्नुको अर्थ "त्यो मेरो प्राथमिकता होइन" भन्नु हो भाषागत हिसाबले त्यो भनाइ एकदमै व्यवहारिक हो मैले "पर्दा सफा गर्ने फुर्सद छैन" भन्छु भने त्यो सत्य होइन कसैले पर्दा सफा गर्न मलाई एक लाख दिन्छु भन्यो भने म सबै भन्दा पहिले त्यहि गर्छु .........(हाँसो)..... त्यसो हुनेवाला त छैन, त्यसैले यो समयको अभावको कुरा होइन खासमा मलाई गर्न मन नलागेको हो यसले हाम्रो रोजाईको कुरा देखाउंछ भिन्न परिस्थितिमा, फरक रोजाईका डरलाग्दा घटनाक्रम होलान् त्यसो हुन सक्छ तर हामी बुद्धिमान मानिस हौं समय संगै बिस्तारै आफ्नो जीवनमा आवश्यक पर्ने कुराको व्यवस्थापन गर्ने सामर्थ्य हुन्छ कसरी त्यस्तो हुन्छ त भन्दा धारो बिग्रिएको अवस्था जस्तै हामीले प्राथमिकता दिने बिषयमा भर पर्छ सबै भन्दा पहिले आवश्यकताको निर्धारण गर्नु पर्छ यस बिषयमा सोच्न म तपाईंलाइ २ रणनीति दिन्छु पहिलो: पेशागत क्षेत्र बर्षको अन्त्य तिर मानिसहरु आफ्नो बार्षिक प्रगतिको लेखा जोखा गर्छन् तपाईं गत बर्षमा पाएको सफलता हेर्नु हुन्छ आफ्नो "उन्नतिको सम्भावना" खोज्नुहुन्छ यसको अर्थ तथा उद्धेश्य त्यहि नै हो, तर मलाई पछाडी फेर्कर हेर्नुभन्दा अगाडी हेर्नु राम्रो लाग्छ अहिले अर्को बर्षको अन्त्य हो भन्ने सम्झनुहोस तपाई आफ्नो प्रगति विवरण हेर्दै हुनुहुन्छ तपाईंको व्यक्तित्वको हिसाबले यो बर्ष अत्यन्त लाभदायक छ ३-५ कुनै त्यस्ता काम भन्नुहोस जसले तपाईंको यो बर्षलाइ सफल बनायो तपाई अर्को बर्षको प्रगति विवरण यसरी अहिले लेख्न सक्नुहुन्छ यस्तै कुरा आफ्नो व्यक्तिगत जीवनको पनि सकिन्छ म जस्तै तपाईंहरु पनि कति जनाले बर्षको अन्त्यमा यसैगरी पट्टाएको रंगीन कागज पाउनुहुन्छ जसलाई पारिवारिक छुट्टीको कागज भनिन्छ .........(हाँसो)..... आश्चर्य भनौ कि बिडम्बना, कति व्यस्त छन् त परिवारका सदस्यहरु जहाँ परिवारका सदस्यहरु, संगै बस्ने, घुम्ने पनि समय छैन त्यसैले यो पत्रको अर्थ छ , जसले तपाईको परिवार तथा साथीभाईलाइ भन्छ तपाइले व्यक्तिगत जीवनमा जे गर्नुभयो, त्यो गएको समयको कुरा भो यसर्थ यस बर्षको काम गराई जुन आउदो बर्षको हो भनेर कल्पना गर्दै हुनुहुन्छ तपाई र तपाईले चाहनुभएको मान्छेको लागि अत्यन्त लाभदायक हुन्छ त्यसैले ३ देखि ५ वोटा ती महत्वपूर्ण कामहरु के हुन्? अर्को बर्षको बिदाको चिट्ठी अहिले नै लेख्न सक्नुहुन्छ तर पठाई नै चै नहाल्नुस .........(हाँसो)..... हो भन्या, नपठाउनुस तर पक्कै लेख्न सक्नुहुन्छ पारिवारिक छुट्टी र बार्षिक मुल्यांकनको बीचमा आगामी बर्षमा सम्पन्न गर्न सकिने ६-१० लक्ष्यहरु निर्धारण गर्न सकिन्छ सम्पन्न गर्न सकिनेको आधारमा यीनलाइ बर्गिकरण गर्न सकिन्छ हुन सक्छ तपाई पारीवारक इतिहास लेख्न सक्नुहुन्छ पहिला तपाईं अरुले लेखेको ईतिहास पढ्न सक्नुहुन्छ लेख्ने तरिका बुझ्न त्यसपछि, आफ्नो नातेदारहरुलाई सोध्ने प्रश्नहरुको सुची तयार पारेर अन्तर्वार्ताको समय मिलाउनुहुनेछ वा चन्दा संकलनको योजना गरेर चन्दा संकलनको तरिका र नियम सिकेर त्यसैमा लाग्न सक्नुहुन्छ यस्तो कार्य गर्दा, धारो भाँचिएको अवस्था जस्तै प्राथमिकता निर्धारण गर्नुहुनेछ काम सुरुगर्ने एक हप्ता अगाडिनै हामी यस बिषयमा सोच्छौं यो काममा हातहाल्न मलाई शुक्रबार दिउसो ठिक लाग्छ अर्थशास्त्रीहरु यो समयलाइ "न्यून मुल्यको सम्भावना" को समय भन्छन् शुक्रबार दिउसो हामी कोहि पनि "म मेरो व्यक्तिगत र ब्यवसायिक प्राथमिकता निर्धारण गर्ने ठिक समय हो" भन्ने सोचाईमा हुन्नौ .........(हाँसो)..... के गर्दा ठिक होला भन्ने बिषयमा भने सोच्दै हुन्छौं त्यसैले, शुक्रबार दिउसो केहि समय निकाल्नुस र आफ्नै ३ प्राथमिकताको सुची बनाउनुहोस: कार्य, सम्बन्ध, र व्यक्तिगत यस्तो ३ प्रकारको सुची बनाउँदा हरेक क्षेत्रमा केहि छ भन्ने सम्झना हुन्छ कार्यक्षेत्र: हामी सोच्छौं सम्बन्ध र व्यक्तिगत कुरा त्यति सोच्दैनौ जे भएपनि एउटा छोटो सूची जसमा २-३ काम मात्रै होस् अर्को हप्ताको काम हेरेर कहाँ अटाउन सकिन्छ, हेर्नुहोस कहाँ अटाउने, तपाईंकै विचार कोहि मान्छेको लागि अरुको तुलनामा यो निकै कठिन काम हुनेछ भन्नाले, कसैको काम अर्काको भन्दा निकै कठिन हुन सक्छ यदि तपाईंको धेरै बच्चाछन् भने, कामलाई प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ त्यो त म पनि बुझ्छु म कसैको संघर्षलाइ कम आंकलन गर्न चाहन्न तर मैंले भन्न गैरहेको एउटा नम्बरले तपाईंलाइ उत्साहित गराउनेछ हप्तामा १६८ घण्टा हुन्छन् २४X७ = १६८ घण्टा यो प्रसस्त समय हो हप्तामा लगभग ४० घण्टा काम गर्नुहुन्छ दिनको ८ घन्टाको दरले ५६ घण्टा सुताई त्यति गर्दा अरुकामको लागि ७२ घण्टा बाकी हुन्छ त्यो भनेको प्रसस्त समय हो मानौ, हप्तामा ५० घण्टा काम गर्नुहुन्छ मुख्य काम संगै अरु केहि काम तैपनि अरुकामको लागि ६२ घण्टा बाकी हुन्छ ६० घण्टा काम गर्छु भने पनि अरुकामको लागि ५२ घण्टा बाकी नै हुन्छ हप्तामा ६० घण्टा भन्दा बढी भन्नुहुन्छ भने पत्याउनु ? .........(हाँसो)..... एकपटक मानिसको कार्यतालिकाको अध्ययन गरिएको थियो ७५ घण्टाभन्दा बढी काम गर्छु भन्नेहरु, २५ घण्टा अघि नै हिडिसकेका थिए .........(हाँसो)..... कता लागे, त्यो प्रश्न भो जे भने पनि हप्ताको १६८ घण्टा आवश्यक पर्ने समय जसरीपनि निकाल्न सकिन्छ केटा केटि संग बढी समय बिताउन चाहनुहुन्छ कुनै परिक्षाको तयारी गर्न चाहनुहुन्छ , ३ घण्टा एक्सरसाइज र २ श्रमदान गर्न चाहनुहुन्छ सब सम्भव छ अहिले नै पनि धेरै समय काम गर्दै भएपनि हामी संग प्रसस्त समय छ, गज्ज़ब कुरा अर्को कुरा के, थाहा छ? रमाइलो काम गर्न हामीलाई त्यति समय पनि चाहिन्न फुर्सद भयो कि हामी के गर्छौं ? फोन गर्ने पुरानो इमेल मेट्ने अथवा घरको झिनामसिना काम गर्ने वा टि भी हेर्ने छोटो समय पनि महत्वपूर्ण हुनसक्छ केहि खुशीको लागि केहि समय दिन सक्नुहुन्छ हुन सक्छ, काममा जादा आउदा कुनै रमाइलो किताब पढ्न सक्नुहुन्छ एकताका मलाई काममा जान २ घण्टा बस चढ्नु पर्थ्यो सप्ताहन्तमा म लाइब्रेरी गएर किताब लेराऊथें जसले गर्दा बस यात्रा सहजै कटथ्यो ब्रेकको समयमा ध्यान वा प्रार्थना गर्न सकिन्छ कामको व्यस्तताले साँझको खाना बाहिरै खाने गर्नुहुन्छ भने बिहानको खाना परिवारसंगै बसेर खान सकिन्छ यो भनेको आफुसंग भएको समयलाई सहि तरिकाले व्यवस्थापन गर्ने कला हो यो कुरामा म बिश्वस्त छु समय निकाल्न सकिन्छ जस्तै व्यस्त भएपनि समय मिलाउन सकिन्छ अत्यावश्यक बिषयमा ध्यान पुर्याएर, भएको समयको सदुपयोग गर्दै हामी चाहेजस्तो जीवन बनाउन सक्छौं .........धन्यवाद..... .........ताली.....