सुखी जीवन र मेरो जीवन दर्शन : साम बर्न्स
-
0:18 - 0:20अभिवादन, नमस्कार !!
-
0:20 - 0:22मेरो नाम साम हो ।
-
0:22 - 0:24म भर्खरै १७ बर्षमा लागें ।
-
0:24 - 0:27केहि बर्ष अगाडी,
माध्यमिकतहमा भर्ना नहुदै -
0:27 - 0:31फक्सबोरो माध्यमिक बिद्यालयको
मार्चपासमा ड्रमबजाउने रहर थियो -
0:32 - 0:35यो सपना म पुरा गर्न चाहन्थे ।
-
0:36 - 0:38घाँटीमा बेर्ने फित्ता समेत गरेर
-
0:38 - 0:40एउटा ड्रम लगभग १८ किलोको हुन्छ ।
-
0:41 - 0:43र मलाई एउटा रोग छ - प्रोजेरिया
-
0:43 - 0:46यसको बारेमा तपाइलाई छोटोमा भन्दा -
मेरो तौल लगभग २३ किलो मात्रै छ -
0:47 - 0:51तेसैले, निश्चितरुपमै म
साधारण ड्रम बोक्न सक्दिन । -
0:51 - 0:55यसैले ब्यान्ड निर्देशकले मलाई, मध्यान्तरमा,
-
0:55 - 0:58बोक्न नपर्ने बाजाहरु बजाउने काम दियो ।
-
0:59 - 1:01ती बाजाहरु बजाउन पनि रमाइलो नै हुन्थ्यो ।
-
1:01 - 1:05यसका सहायक बाजाहरु मज्जाका थिए,
-
1:05 - 1:08जस्तै : बोंगो, तिम्पनी,
-
1:08 - 1:11तिम्बालेस र घन्टी
-
1:11 - 1:12यो रमाइलो त थियो,
-
1:14 - 1:18तर मलाई समूहमा हिड्ने मन थियो,
म निराश भएँ । -
1:19 - 1:21मध्यान्नमा ड्रम झुन्डाएर मार्च पास गर्ने
-
1:21 - 1:23मेरो रहरलाई रोक्नसक्ने तागत
-
1:23 - 1:25कसैको थिएन ।
-
1:25 - 1:28एकजना इन्जिनियरसंग मिलेर हाम्रो परिवारले
-
1:28 - 1:31एउटा ड्रमको डिजाइन बनायौं, जून हलुगो र
-
1:31 - 1:35घाँटीमा झुन्ड्याएर हिड्न मिल्ने थियो ।
-
1:36 - 1:38लामो समयको मेहेनेत पछि,
-
1:38 - 1:43लगभग ३ किलो तौल भएको
ड्रम बनाउन हामी सफल भयौं । -
1:44 - 1:48(ताली)
-
1:48 - 1:52प्रोजेरियाको बारेमा अलिकति अरु -
-
1:52 - 1:58बिश्वभरि नै गरेर जम्मा ३५० जना
केटाकेटीलाइ यो रोग लागेको छ -
1:58 - 2:01यो असाधारण रोग हो,
-
2:01 - 2:03प्रोजेरियाले असर गर्ने अन्य कुराहरुमा -
-
2:03 - 2:07छाला कस्सिने, तौल नबढ्ने,
शरीरको बृध्दि नहुने, -
2:07 - 2:09मुटुको रोग लाग्ने आदि हुनसक्छ ।
-
2:09 - 2:11गएको बर्ष मेरो आमा र उहाँको
बैज्ञानिक समूह मिलेर -
2:11 - 2:16प्रोजेरिया उपचार अध्ययन प्रकाशित गर्यो
-
2:17 - 2:20यसैको कारणले NPR वालाले
मेरो अन्तरबार्ता लिएका थिए -
2:20 - 2:22जोन ह्यामिल्टनले मलाई सोधेका थिए -
-
2:22 - 2:25तिम्रो बारेमा मानिसले थाहा पाउनु पर्ने
-
2:25 - 2:27महत्वपुर्ण कुरा के हो ?
-
2:27 - 2:28मेरो सिधा उत्तर थियो -
-
2:28 - 2:32मेरो जीवन खुशीले भरिपूर्ण छ
-
2:32 - 2:35(ताली)
-
2:36 - 2:39मेरो जीवनमा निकै अवरोधहरु छन
-
2:39 - 2:42र ती मध्ये अधिकांस त
प्रोजेरियाले सिर्जना गरेका हुन् । -
2:42 - 2:45तर म चाहन्न मानिसहरु
मलाई देखेर दु:खी बनुन -
2:45 - 2:48म जतिखेर पनि आफ्नो
समस्याको बारेमा सोच्दिन -
2:49 - 2:51किन कि, म यी समस्याबाट
पार पाउने नै छु । -
2:51 - 2:55तेसैले, आज यहाँ छु मेरो
सुखी जीवनदर्शन सुनाउन -
2:56 - 3:00मेरो जीवनदर्शनका ३ धारणाहरु छन -
-
3:01 - 3:04फेरिस बुलरको कोटेशन जस्तै
-
3:05 - 3:08मेरो जीवनदर्शनको पहिलो धारणा हो -
-
3:08 - 3:12अत्ति कठिन काम गर्ने नसकेकोमा म दुखि हुन्न
-
3:12 - 3:14किनकि मैले गर्नसक्ने काम धेरै नै छन ।
-
3:15 - 3:17कहिलेकहीं मानिसहरु मलाई सोध्ने गर्छन -
-
3:17 - 3:19प्रोजेरिया भएको जीवन बाँच्न कठिन छैन ?
वा -
3:20 - 3:22दैनिक जीवन कत्तिको
कस्टकर बनाएकोछ -
3:23 - 3:26म भन्न चाहन्छु - मलाई प्रोजेरिया भएपनि,
-
3:26 - 3:29प्राय: म यस्ता बिषयहरु
सोच्नमा व्यस्त हुन्छु -
3:29 - 3:32जसलाई प्रोजेरियासंग केहि लिनु दिनु छैन ।
-
3:32 - 3:35यसको अर्थ यो होइन कि यसको
नकारात्मक पक्षलाइ बेवास्ता गर्छु । -
3:37 - 3:41लामो समय दौडिने, वा रोलर कोस्टर चड़ने
-
3:41 - 3:44जस्ता कामहरु गर्न नसक्दा पक्कै पनि
-
3:44 - 3:45मलाई नरमाइलो लाग्छ ।
-
3:45 - 3:47तर म गर्न नसकेको काममा दुखि हुनुभन्दा
-
3:47 - 3:52मलाई मनपर्ने र गर्न पनि सक्ने
क्रियाकलापमा बढी ध्यान दिन्छु । -
3:53 - 3:56जस्तै: स्काउट, संगीत, कमिक पढ्नु, वा
-
3:56 - 3:59मलाई सबै भन्दा मनपर्ने टिमको खेल हेर्नु ।
-
4:00 - 4:02(हाँसो)
-
4:02 - 4:05कहिले काहीं कुनै काम गर्न फरक तरिकाले
-
4:05 - 4:07सोच्नुपर्छ, नया उपाय लगाउनु पर्छ,
-
4:07 - 4:12थोरै सम्झौता गरेर भएपनि
गर्न सक्छुमा बदल्नु पर्छ । -
4:12 - 4:14जस्तो कि अघि देखि हाल्नुभो
घाँटीमा झुन्ड्याउने ड्रम। -
4:16 - 4:18केहि बर्ष अगाडीको एउटा
क्लिप्स देखाउँदै छु – -
4:18 - 4:19यसमा फक्सबोरो स्कूलको
-
4:19 - 4:21मध्यान्हको मार्च पासमा म
-
4:21 - 4:24स्पाइडर म्यानको धुन बजाउदै छु ।
-
4:24 - 4:28(भिडियो)
-
4:29 - 4:33(स्पाइडर म्यानको मुख्य गीत )
-
5:05 - 5:10(ताली)
-
5:11 - 5:13धन्यबाद !!
-
5:13 - 5:14कस्तो लाग्यो ?
-
5:14 - 5:17रमाइलो भएको थियो
-
5:17 - 5:19यसरी मैले, ड्रम बजाएर मार्च पास गर्ने
-
5:19 - 5:22मेरो सपना पुरा गरेरै छाडें ।
-
5:22 - 5:25म आफ्नो सपना पुरा गर्न
जति संघर्ष पनि गर्न सक्छु । -
5:26 - 5:30मलाई लाग्छ, दृढ विश्वासले तपाईपनि
आफ्नो सपना साकार पार्न सक्नुहुन्छ । -
5:31 - 5:33मेरो जीवनदर्शनको अर्को धारणा छ -
-
5:33 - 5:35म, राम्रा विचार भएका र मलाई मनपर्ने
-
5:35 - 5:38मानिसहरु संग मात्रै संगत गर्छु ।
-
5:39 - 5:43म आफुलाई सार्है भाग्यमानी सम्झिन्छु
आदर्श परिवार पाएर -
5:44 - 5:47जसले जीवनभरी नै मलाई साथ दिएको छ ।
-
5:47 - 5:50स्कुलमा मिल्ने साथीहरु पाउनु पनि
-
5:50 - 5:52मेरो सौभाग्य हो ।
-
5:52 - 5:55अचेल ब्याण्डप्रति अलि बढी नै
ध्यान दिएर हामी बदमाश भएका छौं । -
5:55 - 5:58तर जे होस्, हामीलाइ एक अर्का संग खेल्न
खुब मन पर्छ -
5:58 - 6:00साथै हामी एक अर्कालाई
मद्धत गर्न सदा तत्पर छौं -
6:01 - 6:04हामी भित्रबाट जस्तो छौं,
अरुलाई पनि तेस्तै देख्छौं -
6:04 - 6:07यो अलि बदमाशी हो कि !
-
6:07 - 6:10अहिले हामी माध्यमिक बिद्यालयमा छौं र
-
6:10 - 6:14आफूभन्दा सानो तहका सदस्यहरुलाइ
-
6:15 - 6:17संयुक्तरुपमा प्रशिक्षण गर्न पाउछौँ ।
-
6:18 - 6:20मलाई ब्याण्ड जस्तो समूहमा के मनपर्छ भने,
-
6:21 - 6:23हामीले संगैबसेर बनाएको संगीत
-
6:23 - 6:26सच्चा र आधिकारिक हुन्छ र
-
6:26 - 6:29जब म संगीत भर्नमा मस्त हुन्छु,
-
6:29 - 6:33प्रोजेरियाको बारेमा सोच्न पनि भ्याउन्न
-
6:34 - 6:36मेरो बारेमा डकुमेन्ट्री बनिसक्यो,
-
6:37 - 6:39कतिपटक TV मा आइसकें,
-
6:39 - 6:42तैपनि मलाई हरेक दिन, आफ्नै साथीहरुसंग
-
6:42 - 6:45घुलमिल गर्दानै सबै भन्दा रमाइलो लाग्छ ।
-
6:46 - 6:49उनीहरुको साथले मलाइ
सकारात्मक उर्जा दिन्छ -
6:50 - 6:53मलाई लाग्छ म पनि उनीहरुलाई
सकारात्मक उर्जा दिन्छु -
6:55 - 6:58(तालि)
-
6:58 - 6:59धन्यवाद !!
-
7:00 - 7:01निस्कर्षमा भन्दा -
-
7:02 - 7:05आफ्नो परिवारलाई माया र सम्मान गर्नुहोस,
-
7:05 - 7:09साथीहरुलाई माया दिनुहोस,
-
7:10 - 7:12आफ्नो प्रशिक्षक
-
7:12 - 7:14र समूदाय प्रति कृतज्ञ हुनुहोस ।
-
7:14 - 7:17किनकि दैनिक जीवनका प्रमुख
आधार उनीहरु नै हुन् -
7:17 - 7:20तिनैले जीवनमा सकारात्मक प्रभाब पार्छन
-
7:21 - 7:23मेरो जीवनदर्शनको तेस्रो आधार हो -
-
7:23 - 7:25अगाडी बढ्दै रहनु ।
-
7:25 - 7:29मलाई मनपर्ने कोटेशन मध्येको एक
-
7:29 - 7:32वाल्ट डिज्नीको कोटेशन सम्झिन चाहन्छु -
-
7:32 - 7:35म सधैंअगाडी बढीरहन
केहि खोजि रहन्छु -
7:35 - 7:37जीवन सम्पन्न बनाउने
उपाय खोजिरहन्छु -
7:37 - 7:39ठुलो कुरा हुनपनि पर्दैन
-
7:39 - 7:41कुनै पनि साधारण कुरा हुनसक्छ
-
7:41 - 7:44जस्तै: नया कमिक आउने प्रतिक्षा वा
-
7:44 - 7:46सबै परिवार छुट्टीमा घुम्न जाने वा
-
7:47 - 7:49साथीभाईहरुसंग गफ गाफ वा
-
7:49 - 7:51अर्को हाई स्कुल फुटबल म्याच
-
7:52 - 7:54यी कुनै पनि कुराले मेरो ध्यान
केन्द्रित गरिराख्छ -
7:54 - 7:58र मलाई भनिराख्छ -
अगाडी सुन्दर भबिष्य छ -
7:58 - 8:02बाटोमा समस्याहरु आएपनि
मलाई अगाडी बढाउनेछ -
8:02 - 8:07यहि मनस्थिति नै
भबिश्य द्रस्टा हो -
8:08 - 8:11आफ्नै कमजोरीको बारेमा सोच्न
म उर्जा खर्चिन्न -
8:12 - 8:15यसले मानसिक विरोधाभासमा फसाउँछ
-
8:15 - 8:19जहाँ अरु कुनै खुशी वा भावनाको स्थान रहन्न ।
-
8:19 - 8:23तर यो होइन, म दुखि भएर
सबै कुराहरुको बेवास्ता गरूँ -
8:24 - 8:25एक किसिमले म स्विकार्छु
-
8:25 - 8:28यी भावनालाई आउन दिन्छु
ताकी अवस्थालाइ बुझ्न सकूँ -
8:28 - 8:31अनि जे आवस्यक छ, त्यो गरेर
अगाडी बढ्छु -
8:32 - 8:35म सानो हुँदा इन्जिनियर बन्न चाहन्थें
-
8:35 - 8:37म आविस्कारक बन्न चाहन्थें जसले विश्वलाई
-
8:37 - 8:40आकर्षक भबिष्यमा रूपान्तरत गर्न सकोस
-
8:40 - 8:43सायद यस्तो विचार
लेगो खेलबाट आयो होला -
8:43 - 8:45मैंले अभिव्यक्ति स्वतन्त्रताको अनुभव
-
8:45 - 8:48लेगो खेल्दा गरेँ ।
-
8:49 - 8:53यसको श्रेय पनि परिवार र
प्रशिक्षकलाइ नै जान्छ । -
8:54 - 8:58वहाँहरु सधै मलाई - पूर्ण र
सक्षम छु भन्ने भावना जगाउनुहुन्छ । -
8:58 - 9:01आजभोली मेरो चाहनामा
थोरै परिवर्तन आएको छ -
9:02 - 9:04म अब बायोलोजी पढ्ने बिचारमा छु,
-
9:04 - 9:08हुनसक्छ सेल बायोलोजी, जेनिटिक्स
-
9:08 - 9:12वा बायोकेमेस्ट्री तर
केहि न केहि चैं पक्कै !! -
9:12 - 9:15मेरो मनपर्ने साथीहरु मध्येको हुन् यी -
-
9:15 - 9:19NIH का निर्देशक - फ्रान्सिस कोलिन्स ।
-
9:19 - 9:22गत बर्षको TEDMED को
कुराकानीको बेलाको हो यो -
9:23 - 9:26मलाई बिश्वास छ, म जो बन्न रोजे पनि
-
9:26 - 9:29संसारलाइ परिवर्तनगर्ने क्षमता मसंग छ
-
9:30 - 9:33संसार परिवर्तन गर्ने अठोटले
म खुशी छु । -
9:34 - 9:36४ बर्ष अगाडिको कुरा हो,
-
9:36 - 9:40HBO ले म र मेरो परिवारको बारेमा
एउटा डकुमेन्ट्री बनाउँदै थियो - -
9:40 - 9:42
जीवन-सामको बिचारमा । -
9:43 - 9:46४ बर्ष अगाडिको
त्यो एउटा रमाइलोअनुभव थियो। -
9:46 - 9:50अरु जस्तै, मेरो हेराइमा
धेरै परिवर्तन आइसकेकोछ -
9:51 - 9:55सम्भवत: भबिष्यको बारेमा
सोच्न सक्ने भइसकें । -
9:55 - 9:59तर जीवनका केहि कुराहरुमा कहिल्यै
परिवर्तन आएनन । -
9:59 - 10:02जस्तै : मेरो मनस्थिति र
जीवनलाई हेर्ने दृस्टीकोण । -
10:02 - 10:05म तपाईंलाइ त्यहि फिल्मको
-
10:05 - 10:08एउटा सानो दृश्य देखाउन चाहन्छु,
-
10:08 - 10:10जसले मेरो जीवन दर्शन झल्काउँछ
-
10:10 - 10:13(भिडियो)
-
10:13 - 10:15वंशाणुगतरुपमै यो कुरा म बढी नै जान्दछु,
-
10:16 - 10:19र यो कुरा मलाई खासै ठुलो पनि लाग्दैन
-
10:19 - 10:21यो के कारण हो, जसले म अरु जस्तै
-
10:21 - 10:25साधारण काम गर्न सक्दिन,
-
10:25 - 10:27कतिपय बच्चाको मृत्युको कारण बन्दछ,
-
10:27 - 10:30र सबैलाई तनाबमा राख्दछ
-
10:30 - 10:33त्यो हो - प्रोटिनको असमान्यता ।
-
10:33 - 10:37यसले शरीरका कोषीकाहरुलाइ कमजोर बनाउछ ।
-
10:42 - 10:43यो कुरा बुझेपछि
-
10:43 - 10:46मेरो मन हलुङ्गो भयो,
-
10:48 - 10:50किन कि, अब मैंले प्रोजेरियाको बारेमा
-
10:50 - 10:53सोचिराख्नु परेन ।
-
10:56 - 10:58हो कि होइन त ?
-
10:58 - 11:01(ताली)
-
11:02 - 11:03धन्यवाद !!
-
11:03 - 11:06लामो समयदेखि म यसैगरि सोच्दै आइरहेको छु ।
-
11:06 - 11:08मैले मेरो जीवनका साह्रा जीवन दर्शनलाई
-
11:08 - 11:13एकसाथ परिक्षण गर्नु परेको थिएन,
तर गत जनवरीमा त्यो पर्यो । -
11:14 - 11:18छातीको चिसोले बिरामी भएर
केहि दिन अस्पताल बसें -
11:19 - 11:21मलाई त्यतिखेर "म" भनेर चिनाउने,
-
11:21 - 11:23मेरो परिचय गराउने सबै कुराहरुबाट
-
11:23 - 11:27एक्लिन परेको अनुभव भएको थियो ।
-
11:28 - 11:29फेरी स्वस्थ हुन्छु
भन्ने बिचारले -
11:29 - 11:30आफू ठिक भएको समयको कल्पनाले
-
11:30 - 11:37मलाई हौसला राख्ने प्रेरणा दिइरहेको थियो ।
-
11:37 - 11:39कहिले काहीं, म साहसी बन्नु पर्थ्यो
-
11:39 - 11:41र यो काम त्यति सजिलो थिएन ।
-
11:41 - 11:43कहिलेकाहीं लर्बराउथें
-
11:43 - 11:44नराम्रा दिनहरु आउंथे ।
-
11:44 - 11:47अनि सोच्थें, त्यसै साहसी बनिन्छ त
-
11:48 - 11:52मलाई अगाडी बढाईरहने मुख्य तरिका नै यहि हो
-
11:52 - 11:54समग्रमा भन्दा -
-
11:54 - 11:58आफुलाई दुखि बनाउन म समय खर्चिन्न
-
11:58 - 12:00आफूले चाहेको मानिससंग
उठबस गर्छु -
12:01 - 12:03र अगाडी बढीरहन्छु ।
-
12:03 - 12:04मलाई लाग्छ, यस्तै
दर्शनले तपाईपनि -
12:04 - 12:08आएका सबै बाधा पन्छाउँदै
-
12:08 - 12:11जीवन सुखमय बनाउन सक्नुहुन्छ ।
-
12:12 - 12:13एउटा कुरा झन्डै
-
12:13 - 12:16बिर्सेको, अर्को एउटा सानो सल्लाह
-
12:16 - 12:17(हाँसो)
-
12:18 - 12:20पार्टी (जमघट) मा जान चै, नछाड्नुहोला ।
-
12:20 - 12:22मेरो स्कूलमा भोलि एउटा डान्स पार्टी छ,
-
12:22 - 12:24म पक्कै त्यहीं हुनेछु ।
-
12:24 - 12:26धेरै धेरै धन्यवाद !!
-
12:26 - 12:29(ताली)
- Title:
- सुखी जीवन र मेरो जीवन दर्शन : साम बर्न्स
- Description:
-
साम २ बर्षको हुँदा प्रोजेरिया नामक छिट्टै बुढो देखिने असाधारण रोगबाट पिडित हुन पुग्यो । यस प्रेरणादाइ कुराकानीमा उसले सुखी जीवनको लागिआफ्नो जीवन दर्शन सुनाएको छ ।
- Video Language:
- English
- Team:
- closed TED
- Project:
- TEDxTalks
- Duration:
- 12:46
Deepak Basyal approved Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic | ||
Deepak Basyal edited Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic | ||
Deepak Basyal edited Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic | ||
Deepak Basyal edited Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic | ||
Deepak Basyal accepted Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic | ||
Deepak Basyal edited Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic | ||
Deepak Basyal edited Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic | ||
Heli Paudel edited Nepali subtitles for My Philosophy for a Happy Life: Sam Berns at TEDxMidAtlantic |