चाइनिज राशीको बयान
-
0:01 - 0:04तपाईंलाइ कुनै चाइनिज साथीले
कहिल्यै सोधेका छन् - -
0:04 - 0:05"तपाईंको राशी के हो" ?
-
0:06 - 0:08यो कुनै सानोतिनो गफको प्रश्न होइन ।
-
0:08 - 0:10यदि तपाईंले भन्नुभो मेरो राशी "बाँदर" हो
-
0:10 - 0:12उनीहरुले थाहा पाईहाल्छन्
-
0:12 - 0:15तपाई २४, ३६, ४८, ६० मध्ये कुनै
वर्षको हुनुभो । -
0:15 - 0:16-----(हाँसो)-----
-
0:16 - 0:20राशी सोध्नु भनेको विनम्र तरीकाले
तपाईंको उमेर सोध्नु हो । -
0:21 - 0:25आफ्नो राशीको बारेमा थाहा दिएर, तपाईं
आफ्नो मूल्याङ्कन गर्ने मौका दिनुहुन्छ । -
0:25 - 0:29मूल्याङ्कन गरिने कुराहरु हुन्छन् -
तपाईंको भाग्य, दुर्भाग्य, -
0:29 - 0:31तपाईको व्यक्तित्व, पेशा,
-
0:31 - 0:33र तपाईंको कुनै निश्चित वर्ष कस्तो हुन्छ।
-
0:33 - 0:36यदि तपाईंले आफ्नो र आफ्नो जोडाको
राशी भन्नुभयो भने , -
0:36 - 0:40उनीहरुको दिमागमा तपाईंको व्यक्तिगत
जीवनको चित्र बन्नेछ । -
0:41 - 0:43हुनसक्छ तपाईंलाइ चाइनिज राशी
चिन्हमा विश्वास नलाग्ला । -
0:43 - 0:47एक चौथाई विश्व यसबाट प्रभावित भएकोले पनि,
-
0:47 - 0:50धेरै थोरै त्यसको बारेमा थाहा
पाउनु राम्रै होला । -
0:50 - 0:53बास्तबमा चाइनिज राशी चिन्ह के हो त ?
-
0:54 - 0:57प्रायः पश्चिमाहरु ग्रीक-रोमन
राशिमा विश्वास गर्छन् । -
0:57 - 0:59जहाँ, १२ महिनालाई राशिको रुपमा
बाँडेको हुन्छ । -
1:00 - 1:02चाइनिज राशी अलि फरक छ ।
-
1:02 - 1:05यसमा जनावरहरुले प्रतिनिधित्व गर्ने
१२ वर्षे चक्र हुन्छ, -
1:05 - 1:08जुन मुसाबाट सुरु भएर सुँगुरमा
पुगेर टुंगिन्छ, -
1:08 - 1:11र यसमा ग्रहहरुको स्थानको कुनै अर्थ छैन ।
-
1:12 - 1:17उदाहरणको लागि , यदि तपाईंको जन्म १९७५ मा
भएको हो भने, तपाईंको राशी खरायो हो । -
1:17 - 1:19त्यहाँ आफ्नो राशी देख्न सक्नुहुन्छ ?
-
1:20 - 1:25चाइनिज पुर्खाहरुले जटिल सैद्धान्तिक
ढाँचाको निर्माण गरे, -
1:25 - 1:30जुन यीन र यांग, ५ तत्वहरु, १२ राशीका
जनावरको आधारमा छ । -
1:30 - 1:32बिगतका हजारौं बर्ष देखि,
-
1:32 - 1:37यो संस्कृतिले मानव निर्णय प्रक्रियामा
ठुलो भूमिका खेलेको छ । -
1:37 - 1:42जस्तो: नामकरण, विवाह, जन्म र
एक अर्का प्रतिको व्यवहार -
1:42 - 1:45कतिपय लगाव साह्रै अचम्मको पनि छ ।
-
1:46 - 1:51चाइनिजहरु विश्वास गर्छन् कि कुनै एक
जनावर भन्दा अर्को राम्रो हुन्छ । -
1:51 - 1:56त्यसैले बच्चा जन्माउन कुनै
निश्चित बर्ष छान्छन्, -
1:56 - 2:01किन कि, उनीहरुलाई विश्वास छ,
जनावरहरुको सही संयोगले -
2:01 - 2:03परिवारको समृद्धिमा वृद्धि गर्छ ।
-
2:04 - 2:08हामी रोमान्टिक सम्बन्ध बनाउनु
अघि समेत राशी हेर्छौं । -
2:09 - 2:14मेरो राशी सुँगुर हो; रोमान्सको लागि उत्तम
मेरो राशी हो - बाघ, बाख्रा र खरायो । -
2:15 - 2:19चाइनिजहरु बिश्वास गर्छन् कि केही जनावरहरु
प्राकृतिकरुप मैं शत्रू हुन्छन् । -
2:20 - 2:23सुँगुर हुनाले मैंले सधैं सर्पसंग
सतर्क हुनुपर्छ । -
2:23 - 2:25सर्प राशी हुनेहरु हात उठाउनुस् त !
-
2:26 - 2:27अहिले पछि भेटेर कुरा गरौंला ।
-
2:27 - 2:29-----(हाँसो)-----
-
2:29 - 2:32कुनै एउटा भन्दा अर्को जनावर भाग्यशाली
हुने कुरामा हाम्रो विश्वास छ, -
2:32 - 2:34जस्तै: ड्रागन ।
-
2:34 - 2:36पश्चिमेली परम्पराभन्दा फरक,
-
2:36 - 2:40चाइनिज ड्रागनलाइ शक्ति, सामर्थ्य र
सम्पन्नताको प्रतीकको रुपमा हेरिन्छ । -
2:40 - 2:43हरेक व्यक्तिको ड्रागन राशीको बच्चाको
सपना हुन्छ । -
2:43 - 2:46ज्याक मा'का आमा-बुवा पक्कै
गौरवान्वित हुनुपर्छ । -
2:46 - 2:48तर केवल उनीहरुमात्रै होइन ।
-
2:48 - 2:51सन् २०१२, ड्रागन राशिको वर्ष,
-
2:51 - 2:53चाइना, हंगकंग र ताइवानको जन्मदरमा
-
2:53 - 2:55५% ले वृद्धि भएको थियो ।
-
2:56 - 2:59त्यसको अर्थ अर्को १० लाख बच्चाको जन्म
-
3:00 - 3:03छोरी भन्दा छोराको प्राथमिकताहुने
पुरातन चलन अनुसार, -
3:03 - 3:08त्यो बर्षको केटा र केटीको अनुपात
१२० : १०० भएको थियो । -
3:08 - 3:10जब यी ड्रागन बच्चाहरु हुर्किने छन्,
-
3:10 - 3:15उनीहरुले प्रेम र नोकरीको क्षेत्रमा कठिन
भन्दा कठिन प्रतियोगिता गर्नुपर्ने छ । -
3:16 - 3:20BBC र चाइनिज सरकारको
प्रेस वक्तव्य अनुसार, -
3:20 - 3:25सन् २०१५को जनवरीमा शल्य क्रियाको
संख्या अत्यन्त बढेको थियो । -
3:25 - 3:26किन ?
-
3:27 - 3:30किनकि त्यो घोडा वर्षको अन्तिम महिना थियो ।
-
3:30 - 3:33घोडा धेरै मनपर्ने भएर होइन कि,
-
3:33 - 3:36उनीहरु त्यसभन्दा पछि शुरुहुने अशुभ
बाख्रा राशीबाट बच्न चाहन्थे । -
3:36 - 3:37-----(हाँसो)-----
-
3:37 - 3:40बाख्रा राशी हुनेले दु:खमनाउ नगर्नुहोला ।
-
3:40 - 3:42उनीहरु बाख्रा राशी भए पनि
-
3:42 - 3:44मभन्दा धेरै सफल छन् ।
-
3:44 - 3:45-----(हाँसो)-----
-
3:45 - 3:48बाघ अर्को अनिच्छित जनावर हो,
-
3:48 - 3:50उनीहरुको अस्थिर स्वभावको कारणले ।
-
3:50 - 3:54यी वर्षहरुमा चाइनिज जनसंख्या वृद्धि
उल्लेखनीय -
3:54 - 3:55रुपमा ओरालो लाग्छ ।
-
3:56 - 4:00कसैले यो राशीलाई उल्टोबाट हेर्नु आवश्यक छ।
-
4:00 - 4:04किन कि, बाघ र बाख्रा राशीहुनेहरुले
अत्यन्त कम प्रतियोगिता गरे पुग्छ । -
4:04 - 4:06न उनै पो भाग्यशाली हुन् कि !
-
4:08 - 4:13फोब्स पत्रिकाको विश्वका सर्वाधिक धनी
३०० मान्छेहरु सूची हेर्दा, -
4:13 - 4:15रमाइलो प्रसंग छ यहाँ,
-
4:15 - 4:18सबैभन्दा बढी अनिच्छित बाघ र
बाख्रा राशीहुनेहरु -
4:18 - 4:20तालिकामा सबैभन्दा माथि छन्,
-
4:21 - 4:22ड्रागन हुने भन्दा पनि माथि !
-
4:22 - 4:24त्यसैले हामीले विचार गर्नुपर्छ,
-
4:24 - 4:28थोरैमा प्रतियोगिता हुनु नै राम्रो हो कि !
-
4:28 - 4:30अन्तिम तर रोचक प्रसंग:
-
4:30 - 4:33धेरै चाइनिजहरु लगानीको निर्णय,
-
4:33 - 4:36आफ्नो राशी सूचकांकको आधारमा गर्छन् ।
-
4:37 - 4:40राशी चिन्हमाथिको विश्वास
-
4:40 - 4:42हजारौं बर्ष पुरानो भएपनि,
-
4:43 - 4:46मूख्य निर्णय लिने बेलामा यसको प्रयोगको चलन
-
4:46 - 4:50विगतका केही सताब्दिदेखि मात्रै
भएको देखिन्छ । -
4:50 - 4:54हाम्रा पुर्खाहरु गरिवी, सुक्खा, अनिकाल,
-
4:54 - 4:58रोग र गृहयुद्धसंग संघर्ष गर्दैमा बिते ।
-
4:58 - 5:04अहिले आएर चाइनिज जनसंख्यासंग
समय, सम्पत्ति र प्रविधि छ, -
5:04 - 5:07र आफुले चाहेजस्तो जीवन जिउन सक्षम छन् ।
-
5:08 - 5:11१.३ अरब जनसंख्याले गरेको सामूहिक निर्णयले
-
5:11 - 5:16अस्थिर अर्थनीति र सबैकुराको
मागमा असर गर्यो- -
5:16 - 5:20स्वास्थ्य सेवा, शिक्षा देखि लिएर सम्पत्ति
र उपभोग्य सामग्री सम्म -
5:21 - 5:26जसरी चाइनाले अन्तरराष्ट्रिय अर्थनीति र
सम्बन्धमा ठुलो भूमिका खेल्छ, -
5:26 - 5:30राशी एवं अन्य पुरातनमा आधारित
चिनियाँ निर्णयले -
5:30 - 5:34विश्वभरीकै मानिसहरुलाई असर गर्दछ ।
-
5:35 - 5:37बाँदर राशी हुने कोही छ ?
-
5:38 - 5:41२०१६ बाँदर राशिको बर्ष हो
-
5:41 - 5:47बाँदरहरु चलाख, जिज्ञासु, सृजनशील
र उपद्रवी हुन्छन् -
5:47 - 5:48---- धन्यवाद -----
-
5:48 - 5:51---- ताली -----
- Title:
- चाइनिज राशीको बयान
- Speaker:
- शाओलान हु
- Description:
-
विश्व जनसंख्याको एकचौथाईले चाइनिज राशीको खुबै विचार गर्छ । तपाईं यसमा विश्वास गर्नुहुन्न भने पनि थाहा पाईराख्नु राम्रो भन्छिन् टेक्नोलोजिस्ट एवं व्यवसायी शाओलान हु । यो रमाइलो तथा जानकारीमुलक व्याख्यानमा शाओलान हु यस पुरातन प्रबिधिबारे बुझ्ने तरीका बताउनको साथै, आफ्नो व्यक्तित्व, जीविका, विवाह आदिको बारेमा गरिने विश्वासको बारेमा बताउछिन् । तपाईंको राशिले के भन्छ त ?
- Video Language:
- English
- Team:
closed TED
- Project:
- TEDTalks
- Duration:
- 06:04
![]() |
Deepak Basyal approved Nepali subtitles for The Chinese zodiac, explained | |
![]() |
Guhanath Paudel गुहनाथ पौडेल accepted Nepali subtitles for The Chinese zodiac, explained | |
![]() |
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained | |
![]() |
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained | |
![]() |
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained | |
![]() |
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained | |
![]() |
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained | |
![]() |
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained |