तपाईंलाइ कुनै चाइनिज साथीले कहिल्यै सोधेका छन् - "तपाईंको राशी के हो" ? यो कुनै सानोतिनो गफको प्रश्न होइन । यदि तपाईंले भन्नुभो मेरो राशी "बाँदर" हो उनीहरुले थाहा पाईहाल्छन् तपाई २४, ३६, ४८, ६० मध्ये कुनै वर्षको हुनुभो । -----(हाँसो)----- राशी सोध्नु भनेको विनम्र तरीकाले तपाईंको उमेर सोध्नु हो । आफ्नो राशीको बारेमा थाहा दिएर, तपाईं आफ्नो मूल्याङ्कन गर्ने मौका दिनुहुन्छ । मूल्याङ्कन गरिने कुराहरु हुन्छन् - तपाईंको भाग्य, दुर्भाग्य, तपाईको व्यक्तित्व, पेशा, र तपाईंको कुनै निश्चित वर्ष कस्तो हुन्छ। यदि तपाईंले आफ्नो र आफ्नो जोडाको राशी भन्नुभयो भने , उनीहरुको दिमागमा तपाईंको व्यक्तिगत जीवनको चित्र बन्नेछ । हुनसक्छ तपाईंलाइ चाइनिज राशी चिन्हमा विश्वास नलाग्ला । एक चौथाई विश्व यसबाट प्रभावित भएकोले पनि, धेरै थोरै त्यसको बारेमा थाहा पाउनु राम्रै होला । बास्तबमा चाइनिज राशी चिन्ह के हो त ? प्रायः पश्चिमाहरु ग्रीक-रोमन राशिमा विश्वास गर्छन् । जहाँ, १२ महिनालाई राशिको रुपमा बाँडेको हुन्छ । चाइनिज राशी अलि फरक छ । यसमा जनावरहरुले प्रतिनिधित्व गर्ने १२ वर्षे चक्र हुन्छ, जुन मुसाबाट सुरु भएर सुँगुरमा पुगेर टुंगिन्छ, र यसमा ग्रहहरुको स्थानको कुनै अर्थ छैन । उदाहरणको लागि , यदि तपाईंको जन्म १९७५ मा भएको हो भने, तपाईंको राशी खरायो हो । त्यहाँ आफ्नो राशी देख्न सक्नुहुन्छ ? चाइनिज पुर्खाहरुले जटिल सैद्धान्तिक ढाँचाको निर्माण गरे, जुन यीन र यांग, ५ तत्वहरु, १२ राशीका जनावरको आधारमा छ । बिगतका हजारौं बर्ष देखि, यो संस्कृतिले मानव निर्णय प्रक्रियामा ठुलो भूमिका खेलेको छ । जस्तो: नामकरण, विवाह, जन्म र एक अर्का प्रतिको व्यवहार कतिपय लगाव साह्रै अचम्मको पनि छ । चाइनिजहरु विश्वास गर्छन् कि कुनै एक जनावर भन्दा अर्को राम्रो हुन्छ । त्यसैले बच्चा जन्माउन कुनै निश्चित बर्ष छान्छन्, किन कि, उनीहरुलाई विश्वास छ, जनावरहरुको सही संयोगले परिवारको समृद्धिमा वृद्धि गर्छ । हामी रोमान्टिक सम्बन्ध बनाउनु अघि समेत राशी हेर्छौं । मेरो राशी सुँगुर हो; रोमान्सको लागि उत्तम मेरो राशी हो - बाघ, बाख्रा र खरायो । चाइनिजहरु बिश्वास गर्छन् कि केही जनावरहरु प्राकृतिकरुप मैं शत्रू हुन्छन् । सुँगुर हुनाले मैंले सधैं सर्पसंग सतर्क हुनुपर्छ । सर्प राशी हुनेहरु हात उठाउनुस् त ! अहिले पछि भेटेर कुरा गरौंला । -----(हाँसो)----- कुनै एउटा भन्दा अर्को जनावर भाग्यशाली हुने कुरामा हाम्रो विश्वास छ, जस्तै: ड्रागन । पश्चिमेली परम्पराभन्दा फरक, चाइनिज ड्रागनलाइ शक्ति, सामर्थ्य र सम्पन्नताको प्रतीकको रुपमा हेरिन्छ । हरेक व्यक्तिको ड्रागन राशीको बच्चाको सपना हुन्छ । ज्याक मा'का आमा-बुवा पक्कै गौरवान्वित हुनुपर्छ । तर केवल उनीहरुमात्रै होइन । सन् २०१२, ड्रागन राशिको वर्ष, चाइना, हंगकंग र ताइवानको जन्मदरमा ५% ले वृद्धि भएको थियो । त्यसको अर्थ अर्को १० लाख बच्चाको जन्म छोरी भन्दा छोराको प्राथमिकताहुने पुरातन चलन अनुसार, त्यो बर्षको केटा र केटीको अनुपात १२० : १०० भएको थियो । जब यी ड्रागन बच्चाहरु हुर्किने छन्, उनीहरुले प्रेम र नोकरीको क्षेत्रमा कठिन भन्दा कठिन प्रतियोगिता गर्नुपर्ने छ । BBC र चाइनिज सरकारको प्रेस वक्तव्य अनुसार, सन् २०१५को जनवरीमा शल्य क्रियाको संख्या अत्यन्त बढेको थियो । किन ? किनकि त्यो घोडा वर्षको अन्तिम महिना थियो । घोडा धेरै मनपर्ने भएर होइन कि, उनीहरु त्यसभन्दा पछि शुरुहुने अशुभ बाख्रा राशीबाट बच्न चाहन्थे । -----(हाँसो)----- बाख्रा राशी हुनेले दु:खमनाउ नगर्नुहोला । उनीहरु बाख्रा राशी भए पनि मभन्दा धेरै सफल छन् । -----(हाँसो)----- बाघ अर्को अनिच्छित जनावर हो, उनीहरुको अस्थिर स्वभावको कारणले । यी वर्षहरुमा चाइनिज जनसंख्या वृद्धि उल्लेखनीय रुपमा ओरालो लाग्छ । कसैले यो राशीलाई उल्टोबाट हेर्नु आवश्यक छ। किन कि, बाघ र बाख्रा राशीहुनेहरुले अत्यन्त कम प्रतियोगिता गरे पुग्छ । न उनै पो भाग्यशाली हुन् कि ! फोब्स पत्रिकाको विश्वका सर्वाधिक धनी ३०० मान्छेहरु सूची हेर्दा, रमाइलो प्रसंग छ यहाँ, सबैभन्दा बढी अनिच्छित बाघ र बाख्रा राशीहुनेहरु तालिकामा सबैभन्दा माथि छन्, ड्रागन हुने भन्दा पनि माथि ! त्यसैले हामीले विचार गर्नुपर्छ, थोरैमा प्रतियोगिता हुनु नै राम्रो हो कि ! अन्तिम तर रोचक प्रसंग: धेरै चाइनिजहरु लगानीको निर्णय, आफ्नो राशी सूचकांकको आधारमा गर्छन् । राशी चिन्हमाथिको विश्वास हजारौं बर्ष पुरानो भएपनि, मूख्य निर्णय लिने बेलामा यसको प्रयोगको चलन विगतका केही सताब्दिदेखि मात्रै भएको देखिन्छ । हाम्रा पुर्खाहरु गरिवी, सुक्खा, अनिकाल, रोग र गृहयुद्धसंग संघर्ष गर्दैमा बिते । अहिले आएर चाइनिज जनसंख्यासंग समय, सम्पत्ति र प्रविधि छ, र आफुले चाहेजस्तो जीवन जिउन सक्षम छन् । १.३ अरब जनसंख्याले गरेको सामूहिक निर्णयले अस्थिर अर्थनीति र सबैकुराको मागमा असर गर्यो- स्वास्थ्य सेवा, शिक्षा देखि लिएर सम्पत्ति र उपभोग्य सामग्री सम्म जसरी चाइनाले अन्तरराष्ट्रिय अर्थनीति र सम्बन्धमा ठुलो भूमिका खेल्छ, राशी एवं अन्य पुरातनमा आधारित चिनियाँ निर्णयले विश्वभरीकै मानिसहरुलाई असर गर्दछ । बाँदर राशी हुने कोही छ ? २०१६ बाँदर राशिको बर्ष हो बाँदरहरु चलाख, जिज्ञासु, सृजनशील र उपद्रवी हुन्छन् ---- धन्यवाद ----- ---- ताली -----