प्याट्रीसिया रायन: अंग्रेजीमा जोड नदिनुस !
-
0:01 - 0:03मलाई थाहा छ तपाईहरु के सोचिरहनुभएको छ |
-
0:03 - 0:05तपाईहरु सोचिरहनुभएको छ कि मैले बाटो बिराए,
-
0:05 - 0:07र केहि बेरमा कोही यो स्टेजमा आउँदैछ
-
0:07 - 0:09र मलाई बिस्तारै मेरो सिटमा लैजानेछ |
-
0:09 - 0:15(ताली)
-
0:15 - 0:18दुबईमा मलाई सधै नै यस्तो हुन्छ |
-
0:18 - 0:20"तपाई यहाँ छुट्टीमा आउनुभएको हगि?"
-
0:20 - 0:22(हाँसो)
-
0:22 - 0:25"बच्चाहरु भेट्न आउनुभएको हो?
-
0:25 - 0:27कहिले सम्म बस्नुहुन्छ?"
-
0:27 - 0:30तर सत्य, म अझै अलि लामै समयको आशा गर्छु |
-
0:30 - 0:33म खाडी क्षेत्रमा ३० वर्ष भन्दा अघि देखि
-
0:33 - 0:35बस्ने र पढाउने काम गरिरहेको छु |
-
0:35 - 0:39(ताली)
-
0:39 - 0:43र त्यो समयमा, मैले धेरै परिवर्तनहरु देखेको छु |
-
0:43 - 0:45त्यो तथ्यांक
-
0:45 - 0:47अलिक निराशाजनक छ |
-
0:47 - 0:49र आज म तपाईहरु संग
-
0:49 - 0:51भाषाको विनाश र
-
0:51 - 0:54अंग्रेजीको विश्वव्यापिकरण बारे केहि भन्न गैरहेकोछु |
-
0:54 - 0:56म तपाईहरुलाई मेरो एक जना साथी को बारेमा उल्लेख गर्न चाहन्छु,
-
0:56 - 0:59जसले आबु धाबीमा वयस्कहरुलाई अंग्रेजी पढाइरहेका थिए |
-
0:59 - 1:01अनि एक राम्रो मौसम भएको दिन पारेर
-
1:01 - 1:03उनीहरुलाई प्रकृति सम्बन्धि केहि शब्दहरु सिकाउन
-
1:03 - 1:05बगैचामा लैजाने निर्णय गरिन् |
-
1:05 - 1:07तर भयो के भने उनले उल्टै
-
1:07 - 1:09स्थानीय बोटबिरुवाहरुको अरेबिक नाम सिकिन् |
-
1:09 - 1:11तिनीहरु को प्रयोग सहित --
-
1:11 - 1:14औषधि, सौन्दर्य,
-
1:14 - 1:17पकाउने तथा जडिबुटी को रूपमा |
-
1:17 - 1:19ती विद्यार्थीहरुले त्यो सबै ज्ञान कहाँ बाट पाए?
-
1:19 - 1:21अवस्य पनि, उनीहरूका बाजे-बजु बाट
-
1:21 - 1:24र अझ जिजु बाजे-बजु बाट |
-
1:24 - 1:27तपाईहरुलाई यो भन्नु आवश्यक छैन कि
-
1:27 - 1:29एक पुस्ता र अर्को पुस्ता बिचमा सम्बाद
-
1:29 - 1:31गर्न सक्ने क्षमता कति आवश्यक छ |
-
1:31 - 1:33तर दुःख को कुरा, आज
-
1:33 - 1:35भाषाहरु विनाश भैरहेका छन्
-
1:35 - 1:37र त्यो पनि अभूतपूर्व गतिमा |
-
1:37 - 1:40प्रत्येक १४ दिनमा एउटा भाषा को विनाश हुन्छ |
-
1:41 - 1:43र त्यहि समयमा,
-
1:43 - 1:45अंग्रजी चाहिँ निर्बाध विश्व भाषा भैरहेकोछ |
-
1:45 - 1:47के यो दुवैको को बिचमा केहि सम्बन्ध हुनसक्छ त?
-
1:47 - 1:49खै मलाई चाहिँ थाहा छैन |
-
1:49 - 1:52तर मलाई के थाहा छ भने मैले धेरै परिवर्तन देखेको छु |
-
1:52 - 1:55जब म पहिलो पटक खाडी क्षेत्रमा आएँ, म कुबेत आएको थिए
-
1:55 - 1:58त्यस्ता दिनहरुमा जब त्यो कठिन पद थियो |
-
1:58 - 2:00उति सारो पहिला पनि हैन |
-
2:00 - 2:03त्यो त अलि पहिला नै हो |
-
2:03 - 2:05तैपनि,
-
2:05 - 2:07ब्रिटिस काउन्सिलले म लगायत
-
2:07 - 2:09अरु २५ शिक्षकहरुलाई नियुक्ति दियो |
-
2:09 - 2:11र हामी कुबेतको सरकारी स्कुलमा पढाउने
-
2:11 - 2:14पहिलो गैर-मुसलमान भयौं |
-
2:14 - 2:16हामीहरु अंग्रेजी पढाउन ल्याईएका थियौं
-
2:16 - 2:20किनकि सरकार देशलाई आधुनिकरण गर्न
-
2:20 - 2:23र आफ्ना नागरिकलाई शिक्षा द्वारा सुदृढ गराउन चाहन्थ्यो |
-
2:23 - 2:25र अवस्य पनि बेलायतलाई फाइदा थियो
-
2:25 - 2:28त्यो आकर्षक तेल को सम्पति बाट |
-
2:28 - 2:30ल त्यसो भए |
-
2:30 - 2:33अब यो चाहिँ मैले देखेको मुख्य परिवर्तन हो --
-
2:33 - 2:35कसरी अंग्रेजी को पढाई
-
2:35 - 2:37परस्पर फाइदा को
-
2:37 - 2:41परम्परा बाट हाल को एक भयंकर
-
2:41 - 2:44अन्तराष्ट्रिय व्यापारमा रुपान्तरित भएको छ |
-
2:44 - 2:48अब यो विद्यालयको एक वैदेशिक भाषाको पाठ्यक्रम मात्र सिमित छैन |
-
2:48 - 2:50र मातृभूमि बेलायतको
-
2:50 - 2:52एकल क्षेत्राधिकार भित्र मात्र पनि छैन |
-
2:52 - 2:54यो त अब विश्व का हरेक अंग्रेजी-भाषी
-
2:54 - 2:57मुलुकको लागि देखासिकी भएको छ |
-
2:57 - 2:59अनि किन नहोस त?
-
2:59 - 3:02जे भएपनि, सर्वोत्कृष्ट शिक्षा --
-
3:02 - 3:05हालैको विश्वभरका विश्वविद्यालयहरुको वर्गीकरणलाई आधार मान्ने हो भने --
-
3:05 - 3:07बेलायत तथा अमेरिकाका
-
3:07 - 3:11विश्वविद्यालयहरुमा पाइन्छ |
-
3:11 - 3:15त्यसैले स्वभावत रूपमा सबैजनाले अंग्रेजी शिक्षा लिन चाहान्छन् |
-
3:15 - 3:17तर यदि तपाई मौलिक भाषी हैन भने,
-
3:17 - 3:19तपाईले एउटा परीक्षा उत्तीर्ण गर्नु पर्छ |
-
3:19 - 3:21अब के एक विद्यार्थीलाई
-
3:21 - 3:23भाषागत क्षमताको आधारमा मात्र
-
3:23 - 3:25निषेध गर्नु उचित हुन्छ त?
-
3:25 - 3:27हुनसक्छ तपाई संग एक कम्प्युटर बैज्ञानिक छ
-
3:27 - 3:29जो अत्यन्त मेधावी छ |
-
3:29 - 3:32उदहारण को लागि, के त्यो विद्यार्थीलाई एक वकिल हुन चाहिने जतिनै भाषा ज्ञान चाहिन्छ ?
-
3:32 - 3:35खै, मलाई त त्यस्तो लाग्दैन |
-
3:36 - 3:39हामी अंग्रेजी शिक्षक सदैव उनीहरुलाई निषेध गर्छौ |
-
3:39 - 3:41हामी निषेधको चिन्ह राख्छौं,
-
3:41 - 3:43र उनीहरुको बाटो बाट रोक्छौं |
-
3:43 - 3:45अब उनीहरू आफ्नो सपना पुरा गर्न सक्दैनन्,
-
3:45 - 3:48जब सम्म उनीहरू अंग्रजी सिक्दैनन् |
-
3:49 - 3:52अब मलाई यसरी प्रस्तुत गर्न दिनुहोस्,
-
3:52 - 3:56मैले एक एकल-भाषी नेडरल्यान्डवासी भेटें,
-
3:56 - 3:58जो संग क्यान्सर को उपचार थियो,
-
3:58 - 4:01के म उनलाई एक बेलायती विश्वविद्यालयमा प्रवेश गर्न बाट रोक्ने थिएँ ?
-
4:01 - 4:03अहँ मलाई त त्यस्तो लाग्दैन |
-
4:03 - 4:06तर वास्तवमा हामी त्यहि गरिरहेका छौं |
-
4:06 - 4:09हामी अंग्रेजी शिक्षकहरु ढोके भएका छौं |
-
4:09 - 4:12तपाईले हामीलाई सन्तुष्ट पार्नु पर्छ
-
4:12 - 4:15कि तपाईको अंग्रजी राम्रो छ |
-
4:16 - 4:18अब समाज को सानो समुदाय लाई
-
4:18 - 4:21धेरै शक्ति दिनु
-
4:21 - 4:23खतरनाक पनि हुन सक्छ |
-
4:23 - 4:26त्यो बाधा अलि बढि नै विश्वव्यापी पनि हुनसक्छ |
-
4:26 - 4:28ल त्यसो भए |
-
4:28 - 4:31"तर", म तपाईले भनेको सुन्छु,
-
4:31 - 4:33अनुसन्धान जति सबै
-
4:33 - 4:35अंग्रेजीमै छ नी, त्यो बारेमा के गर्नु ?
-
4:35 - 4:37पुस्तकहरु सबै अंग्रेजीमा छन्,
-
4:37 - 4:39अनुसन्धानको प्रकाशन सबै अंग्रेजी मै गरिन्छ,
-
4:39 - 4:42तर त्यो आत्म-पूरा भविष्यवाणी मात्र हो |
-
4:42 - 4:44त्यसले अंग्रेजी को आवश्यकतालाई पोषण गर्छ |
-
4:44 - 4:46र त्यो त्यसरी नै बढिरहन्छ |
-
4:46 - 4:49म तपाईहरुलाई सोध्छु, अनुवाद के भयो?
-
4:49 - 4:53इस्लाम को स्वर्ण युगलाई नियाल्नुहोस,
-
4:53 - 4:56त्यति बेला धेरै नै अनुवादहरु हुन्थे |
-
4:56 - 4:59उनीहरुले ल्याटिन र ग्रीकलाई
-
4:59 - 5:01अरेबिकमा, अनि फारसीमा अनुवाद गरे,
-
5:01 - 5:03अनि फेरी युरोपको
-
5:03 - 5:05जर्मेनिक भाषामा अनुवाद गरियो
-
5:05 - 5:07अनि पछि रोमनिक भाषामा |
-
5:07 - 5:11त्यस पछि युरोपको अन्धकार युगमा उज्यालो छायो |
-
5:12 - 5:14मलाई गलत अर्थ नलगाउनुहोला;
-
5:14 - 5:16सबै अंग्रेजी शिक्षक महोदय,
-
5:16 - 5:18म अंग्रेजी शिक्षा को विरुद्धमा छैन |
-
5:18 - 5:20म खुसि छु, हामी संग एउटा विश्व-भाषा छ |
-
5:20 - 5:23अहिले त्यो हामीलाई सारै नै आवश्यक छ |
-
5:23 - 5:25तर म त्यसलाई एक बाधकको
-
5:25 - 5:27रूपमा प्रयोगको बिरुद्धमा छु |
-
5:27 - 5:30के हामी ६०० भाषामा सिमित हुन चाहन्छौं
-
5:30 - 5:33अंग्रेजी अथवा चीनिया भाषालाई मुख्य बनाएर ?
-
5:33 - 5:36हामीलाई त्यो भन्दा धेरै चाहिन्छ | हामीले सिमा कहाँ कोर्ने त ?
-
5:36 - 5:38अहिलेको यो प्रणालीले
-
5:38 - 5:41बौद्धिकतालाई
-
5:41 - 5:44अंग्रेजीको ज्ञान संग समान मान्छ
-
5:44 - 5:46जुन स्वेच्छाचारी हो |
-
5:46 - 5:52(ताली)
-
5:52 - 5:54तपाईहरुलाई म एउटा कुरा सम्झाउन चाहान्छु
-
5:54 - 5:57त्यो महान काँध जसमा
-
5:57 - 5:59आजको बौद्धिकता अडेको छ,
-
5:59 - 6:01त्यसले अंग्रेजी जान्नु परेको थिएन,
-
6:01 - 6:03उनीहरुले अंग्रेजीको परीक्षा उत्तीर्ण गर्नु परेको थिएन |
-
6:03 - 6:06उदाहरण को रूपमा आइन्स्टाइनलाई लिनुस् |
-
6:07 - 6:10उनलाई विद्यालयमा उपचाररत मानिन्थ्यो
-
6:10 - 6:12किनकि उनि, वास्तवमा भन्ने हो भने, सुस्तमनस्थिति का बिरामी थिए |
-
6:12 - 6:14तर विश्वको भाग्यवश,
-
6:14 - 6:17उनले अंग्रेजी परीक्षा उत्तीर्ण गर्नु परेको थिएन |
-
6:17 - 6:20किनकि १९६४ सम्म उनीहरुले
-
6:20 - 6:22टोफेल, अमेरिकन अंग्रेजीको परीक्षा,
-
6:22 - 6:24को सुरुवात गरेका थिएनन् |
-
6:24 - 6:26अहिले त्यो व्यापक छ |
-
6:26 - 6:29आजकल अंग्रेजीका कयौं परिक्षाहरु छन् |
-
6:29 - 6:31र प्रत्येक बर्ष लाखौ बिद्यार्थीहरुले
-
6:31 - 6:33त्यो परीक्षा दिन्छन् |
-
6:33 - 6:35अब तपाई सोच्नुहोला, तपाईहरु र म
-
6:35 - 6:37ती शुल्कहरु त्यति नराम्रो छैन, ठिकै छन्,
-
6:37 - 6:39तर तिनीहरु बाधक छन्
-
6:39 - 6:41लाखौ गरिब मानिसहरुको लागि |
-
6:41 - 6:43हामी तुरुन्तै उनीहरुलाई निषेध गरिरहेका छौ |
-
6:43 - 6:46(ताली)
-
6:46 - 6:49यसले मलाई भर्खरै को एउटा समाचार शिर्षक लाई सम्झाउँछ :
-
6:49 - 6:51"शिक्षा : एक ठुलो विभाजन"
-
6:51 - 6:53अब बल्ल म बुझ्दै छु,
-
6:53 - 6:56अब बल्ल बुझ्दैछु कि किन मानिसहरु अंग्रेजीमा केन्द्रित छन् |
-
6:56 - 6:59उनीहरू आफ्ना नानीहरुलाई जीवनको उत्कृष्ट अवसर दिन चाहन्छन |
-
7:00 - 7:03अनि त्यो सब गर्नको लागि उनीहरूलाई पश्चिमी शिक्षा चाहिन्छ |
-
7:03 - 7:05किनकि, अवस्य पनि, राम्रा अवसरहरु
-
7:05 - 7:08पश्चिमी विश्वविद्यालय बाट शिक्षितलाई जान्छ,
-
7:08 - 7:10जुन मैले पहिला भने |
-
7:10 - 7:12यो एक चक्रीय कुरा हो |
-
7:12 - 7:14ल त अब
-
7:14 - 7:16मलाई दुई बैज्ञानिकहरुको कथा भन्नदिनुस,
-
7:16 - 7:18दुई अंग्रेज बैज्ञानिक |
-
7:18 - 7:20उनीहरू एउटा प्रयोग गरिरहेका थिए
-
7:20 - 7:22जैविकीय प्रयोग
-
7:22 - 7:25जनावरहरुका अगाडि र पछाडि का पाउहरुको |
-
7:25 - 7:27तिनीहरुले आफुले चाहे जस्तो निचोड पाउन सकेनन |
-
7:27 - 7:29उनीहरुलाई के गर्ने भन्ने नै थाहा भएन,
-
7:29 - 7:32अनि एक जना जर्मन बैज्ञानिक आइपुगे
-
7:32 - 7:35जसले उनीहरुले आगाडि र पछाडि का
-
7:35 - 7:37पाउहरूको लागि दुई अलग अलग शब्दहरु प्रयोग गरिरहेका छन्
-
7:37 - 7:41जबकि जैविकताले त्यो कुरामा भेद गर्दैन
-
7:41 - 7:43न त जर्मन भाषा ले |
-
7:43 - 7:45ओह हो,
-
7:45 - 7:47समस्या त समाधान भयो |
-
7:47 - 7:49यदि तपाई एउटा सोच ल्याउन सक्नुहुन्न भने,
-
7:49 - 7:52तपाई अड्किनु भयो |
-
7:52 - 7:54तर यदि अर्को भाषाले त्यो सोच ल्याउन सक्छ भने,
-
7:54 - 7:56सहकार्य द्वारा
-
7:56 - 7:59हामीले धेरै कुरा प्राप्त गर्न र जान्न सक्छौं |
-
8:01 - 8:03मेरी छोरी,
-
8:03 - 8:06कुबेत बाट इंग्ल्यान्ड आइन् |
-
8:06 - 8:09उनले बिज्ञान र गणित अरेबिक भाषामा सिकेकी थिईन |
-
8:09 - 8:12त्यो अरेबिक माध्यम बिद्यालय थियो |
-
8:12 - 8:15उनले त्यसलाई आफ्नो प्राथमिक बिद्यालयमा अनुबाद गर्नुपर्थ्यो |
-
8:15 - 8:17र उनि आफ्नो कक्षामा सबसे तेज थिईन
-
8:17 - 8:19सबै बिषयहरुमा |
-
8:19 - 8:21यसले हामीलाई के बुझाउछ भने
-
8:21 - 8:23जब विदेश बाट बिद्यार्थीहरु हामी कहाँ आउछन्,
-
8:23 - 8:25हामीले उनीहरूलाई उनीहरुको ज्ञानको लागि
-
8:25 - 8:27उचित मान्यता नदिएको हुनसक्छ
-
8:27 - 8:30र उनीहरुलाई त्यो कुराको आफ्नो भाषामा राम्रो ज्ञान हुन सक्छ |
-
8:30 - 8:32जब एउटा भाषा लोप हुन्छ,
-
8:32 - 8:35त्यो भाषा संग हामी के गुमाउदै छौ भन्ने ज्ञान हुदैन |
-
8:35 - 8:39जस्तै -- तपाईहरुले भर्खरै सी.एन.एन. मा हेर्नुभयो कि हेर्नुभएन --
-
8:39 - 8:41उनीहरूले केन्या को एउटा गोठालोलाई
-
8:41 - 8:44"सी.एन.एन. नायक" पुरस्कारले सम्मान गरे
-
8:44 - 8:47जसले आफ्नो गाउँमा अन्य बालबालिका सरह
-
8:47 - 8:49राती पढ्न सकेन,
-
8:49 - 8:51किनकि त्यो मट्टीतेल को बत्ति बाट
-
8:51 - 8:53धुवा आउथ्यो र त्यसले उसका आँखा खराब भए |
-
8:53 - 8:56र त्यसमाथि, त्यहि मट्टीतेल पनि पुग्दो हुदैन थियो,
-
8:56 - 8:59किनकि त्यो न्युन कमाईले के नै पो दिन सक्छ र ?
-
8:59 - 9:01त्यसैले गर्दा उसले आविष्कार गर्यो
-
9:01 - 9:04एउटा सित्तैमा चल्ने सौर्य बत्तिको |
-
9:04 - 9:06अब उसका गाउँका केटाकेटीहरुले
-
9:06 - 9:08विद्यालयमा त्यति नै अंक ल्याउछन्
-
9:08 - 9:12जति घरमा बिजुली भएका केटाकेटीहरुले ल्याउछन|
-
9:12 - 9:18(ताली)
-
9:18 - 9:20जब उनले त्यो पुरस्कार पाए
-
9:20 - 9:22उनले यी सुन्दर शब्दहरु भने :
-
9:22 - 9:25"केटाकेटीहरुले अफ्रीकाको अहिलेको अवस्था,
-
9:25 - 9:27एउटा अधेरो अशिक्षित महादेश, बाट
-
9:27 - 9:29एक उज्यालो र शिक्षित महादेश बनाउने तिर निर्देसित गर्नेछन्"
-
9:29 - 9:31एउटा साधारण सोच,
-
9:31 - 9:34तर जो संग त्यस्तो दुरगामी असर देखाउने क्षमता हुनसक्छ |
-
9:35 - 9:37ती मानिसहरु, जो संग उज्यालो छैन,
-
9:37 - 9:40भौतिक रूपमा अथवा लाक्षणिक रूपमा,
-
9:40 - 9:43उनीहरुले हाम्रो परीक्षा उतिर्ण गर्न सक्दैनन्,
-
9:43 - 9:46र हामीहरुलाई उनीहरुलाई के थाहा छ भन्ने कुरा कहिले पनि पत्तो हुदैन |
-
9:46 - 9:49अब हामी आफु तथा उनीहरुलाई
-
9:49 - 9:51अधेरोमा नराखौं |
-
9:51 - 9:54विविधतालाई अंगालौं |
-
9:54 - 9:57आफ्नो भाषा बारे सोचौँ |
-
9:57 - 10:01त्यसलाई महान विचारहरु फैलाउन प्रयोग गरौं |
-
10:01 - 10:08(ताली)
-
10:08 - 10:10यहाँहरुलाई धेरै धेरै धन्यवाद |
-
10:10 - 10:13(ताली)
- Title:
- प्याट्रीसिया रायन: अंग्रेजीमा जोड नदिनुस !
- Speaker:
- Patricia Ryan
- Description:
-
टेड एक्स दुबईमा लामो समय कि अंग्रेजी शिक्षिका प्याट्रीसिया रायन उत्तेजक प्रस्न सोध्छिन् : के विश्वको अंग्रेजी भाषा केन्द्रीकरणले अन्य भाषामा भएका महान विचारहरुलाई सम्प्रेसित हुन बाधा पुर्याइरहेको छ? (उदाहरण को लागि : आइन्स्टाइनले टोफेल (TOEFL) पास गर्नुपरेको भए के हुन्थ्यो?) विचार को अनुवाद र आदानप्रदान को भावुक रक्षा |
- Video Language:
- English
- Team:
closed TED
- Project:
- TEDTalks
- Duration:
- 10:14