मलाई थाहा छ तपाईहरु के सोचिरहनुभएको छ |
तपाईहरु सोचिरहनुभएको छ कि मैले बाटो बिराए,
र केहि बेरमा कोही यो स्टेजमा आउँदैछ
र मलाई बिस्तारै मेरो सिटमा लैजानेछ |
(ताली)
दुबईमा मलाई सधै नै यस्तो हुन्छ |
"तपाई यहाँ छुट्टीमा आउनुभएको हगि?"
(हाँसो)
"बच्चाहरु भेट्न आउनुभएको हो?
कहिले सम्म बस्नुहुन्छ?"
तर सत्य, म अझै अलि लामै समयको आशा गर्छु |
म खाडी क्षेत्रमा ३० वर्ष भन्दा अघि देखि
बस्ने र पढाउने काम गरिरहेको छु |
(ताली)
र त्यो समयमा, मैले धेरै परिवर्तनहरु देखेको छु |
त्यो तथ्यांक
अलिक निराशाजनक छ |
र आज म तपाईहरु संग
भाषाको विनाश र
अंग्रेजीको विश्वव्यापिकरण बारे केहि भन्न गैरहेकोछु |
म तपाईहरुलाई मेरो एक जना साथी को बारेमा उल्लेख गर्न चाहन्छु,
जसले आबु धाबीमा वयस्कहरुलाई अंग्रेजी पढाइरहेका थिए |
अनि एक राम्रो मौसम भएको दिन पारेर
उनीहरुलाई प्रकृति सम्बन्धि केहि शब्दहरु सिकाउन
बगैचामा लैजाने निर्णय गरिन् |
तर भयो के भने उनले उल्टै
स्थानीय बोटबिरुवाहरुको अरेबिक नाम सिकिन् |
तिनीहरु को प्रयोग सहित --
औषधि, सौन्दर्य,
पकाउने तथा जडिबुटी को रूपमा |
ती विद्यार्थीहरुले त्यो सबै ज्ञान कहाँ बाट पाए?
अवस्य पनि, उनीहरूका बाजे-बजु बाट
र अझ जिजु बाजे-बजु बाट |
तपाईहरुलाई यो भन्नु आवश्यक छैन कि
एक पुस्ता र अर्को पुस्ता बिचमा सम्बाद
गर्न सक्ने क्षमता कति आवश्यक छ |
तर दुःख को कुरा, आज
भाषाहरु विनाश भैरहेका छन्
र त्यो पनि अभूतपूर्व गतिमा |
प्रत्येक १४ दिनमा एउटा भाषा को विनाश हुन्छ |
र त्यहि समयमा,
अंग्रजी चाहिँ निर्बाध विश्व भाषा भैरहेकोछ |
के यो दुवैको को बिचमा केहि सम्बन्ध हुनसक्छ त?
खै मलाई चाहिँ थाहा छैन |
तर मलाई के थाहा छ भने मैले धेरै परिवर्तन देखेको छु |
जब म पहिलो पटक खाडी क्षेत्रमा आएँ, म कुबेत आएको थिए
त्यस्ता दिनहरुमा जब त्यो कठिन पद थियो |
उति सारो पहिला पनि हैन |
त्यो त अलि पहिला नै हो |
तैपनि,
ब्रिटिस काउन्सिलले म लगायत
अरु २५ शिक्षकहरुलाई नियुक्ति दियो |
र हामी कुबेतको सरकारी स्कुलमा पढाउने
पहिलो गैर-मुसलमान भयौं |
हामीहरु अंग्रेजी पढाउन ल्याईएका थियौं
किनकि सरकार देशलाई आधुनिकरण गर्न
र आफ्ना नागरिकलाई शिक्षा द्वारा सुदृढ गराउन चाहन्थ्यो |
र अवस्य पनि बेलायतलाई फाइदा थियो
त्यो आकर्षक तेल को सम्पति बाट |
ल त्यसो भए |
अब यो चाहिँ मैले देखेको मुख्य परिवर्तन हो --
कसरी अंग्रेजी को पढाई
परस्पर फाइदा को
परम्परा बाट हाल को एक भयंकर
अन्तराष्ट्रिय व्यापारमा रुपान्तरित भएको छ |
अब यो विद्यालयको एक वैदेशिक भाषाको पाठ्यक्रम मात्र सिमित छैन |
र मातृभूमि बेलायतको
एकल क्षेत्राधिकार भित्र मात्र पनि छैन |
यो त अब विश्व का हरेक अंग्रेजी-भाषी
मुलुकको लागि देखासिकी भएको छ |
अनि किन नहोस त?
जे भएपनि, सर्वोत्कृष्ट शिक्षा --
हालैको विश्वभरका विश्वविद्यालयहरुको वर्गीकरणलाई आधार मान्ने हो भने --
बेलायत तथा अमेरिकाका
विश्वविद्यालयहरुमा पाइन्छ |
त्यसैले स्वभावत रूपमा सबैजनाले अंग्रेजी शिक्षा लिन चाहान्छन् |
तर यदि तपाई मौलिक भाषी हैन भने,
तपाईले एउटा परीक्षा उत्तीर्ण गर्नु पर्छ |
अब के एक विद्यार्थीलाई
भाषागत क्षमताको आधारमा मात्र
निषेध गर्नु उचित हुन्छ त?
हुनसक्छ तपाई संग एक कम्प्युटर बैज्ञानिक छ
जो अत्यन्त मेधावी छ |
उदहारण को लागि, के त्यो विद्यार्थीलाई एक वकिल हुन चाहिने जतिनै भाषा ज्ञान चाहिन्छ ?
खै, मलाई त त्यस्तो लाग्दैन |
हामी अंग्रेजी शिक्षक सदैव उनीहरुलाई निषेध गर्छौ |
हामी निषेधको चिन्ह राख्छौं,
र उनीहरुको बाटो बाट रोक्छौं |
अब उनीहरू आफ्नो सपना पुरा गर्न सक्दैनन्,
जब सम्म उनीहरू अंग्रजी सिक्दैनन् |
अब मलाई यसरी प्रस्तुत गर्न दिनुहोस्,
मैले एक एकल-भाषी नेडरल्यान्डवासी भेटें,
जो संग क्यान्सर को उपचार थियो,
के म उनलाई एक बेलायती विश्वविद्यालयमा प्रवेश गर्न बाट रोक्ने थिएँ ?
अहँ मलाई त त्यस्तो लाग्दैन |
तर वास्तवमा हामी त्यहि गरिरहेका छौं |
हामी अंग्रेजी शिक्षकहरु ढोके भएका छौं |
तपाईले हामीलाई सन्तुष्ट पार्नु पर्छ
कि तपाईको अंग्रजी राम्रो छ |
अब समाज को सानो समुदाय लाई
धेरै शक्ति दिनु
खतरनाक पनि हुन सक्छ |
त्यो बाधा अलि बढि नै विश्वव्यापी पनि हुनसक्छ |
ल त्यसो भए |
"तर", म तपाईले भनेको सुन्छु,
अनुसन्धान जति सबै
अंग्रेजीमै छ नी, त्यो बारेमा के गर्नु ?
पुस्तकहरु सबै अंग्रेजीमा छन्,
अनुसन्धानको प्रकाशन सबै अंग्रेजी मै गरिन्छ,
तर त्यो आत्म-पूरा भविष्यवाणी मात्र हो |
त्यसले अंग्रेजी को आवश्यकतालाई पोषण गर्छ |
र त्यो त्यसरी नै बढिरहन्छ |
म तपाईहरुलाई सोध्छु, अनुवाद के भयो?
इस्लाम को स्वर्ण युगलाई नियाल्नुहोस,
त्यति बेला धेरै नै अनुवादहरु हुन्थे |
उनीहरुले ल्याटिन र ग्रीकलाई
अरेबिकमा, अनि फारसीमा अनुवाद गरे,
अनि फेरी युरोपको
जर्मेनिक भाषामा अनुवाद गरियो
अनि पछि रोमनिक भाषामा |
त्यस पछि युरोपको अन्धकार युगमा उज्यालो छायो |
मलाई गलत अर्थ नलगाउनुहोला;
सबै अंग्रेजी शिक्षक महोदय,
म अंग्रेजी शिक्षा को विरुद्धमा छैन |
म खुसि छु, हामी संग एउटा विश्व-भाषा छ |
अहिले त्यो हामीलाई सारै नै आवश्यक छ |
तर म त्यसलाई एक बाधकको
रूपमा प्रयोगको बिरुद्धमा छु |
के हामी ६०० भाषामा सिमित हुन चाहन्छौं
अंग्रेजी अथवा चीनिया भाषालाई मुख्य बनाएर ?
हामीलाई त्यो भन्दा धेरै चाहिन्छ | हामीले सिमा कहाँ कोर्ने त ?
अहिलेको यो प्रणालीले
बौद्धिकतालाई
अंग्रेजीको ज्ञान संग समान मान्छ
जुन स्वेच्छाचारी हो |
(ताली)
तपाईहरुलाई म एउटा कुरा सम्झाउन चाहान्छु
त्यो महान काँध जसमा
आजको बौद्धिकता अडेको छ,
त्यसले अंग्रेजी जान्नु परेको थिएन,
उनीहरुले अंग्रेजीको परीक्षा उत्तीर्ण गर्नु परेको थिएन |
उदाहरण को रूपमा आइन्स्टाइनलाई लिनुस् |
उनलाई विद्यालयमा उपचाररत मानिन्थ्यो
किनकि उनि, वास्तवमा भन्ने हो भने, सुस्तमनस्थिति का बिरामी थिए |
तर विश्वको भाग्यवश,
उनले अंग्रेजी परीक्षा उत्तीर्ण गर्नु परेको थिएन |
किनकि १९६४ सम्म उनीहरुले
टोफेल, अमेरिकन अंग्रेजीको परीक्षा,
को सुरुवात गरेका थिएनन् |
अहिले त्यो व्यापक छ |
आजकल अंग्रेजीका कयौं परिक्षाहरु छन् |
र प्रत्येक बर्ष लाखौ बिद्यार्थीहरुले
त्यो परीक्षा दिन्छन् |
अब तपाई सोच्नुहोला, तपाईहरु र म
ती शुल्कहरु त्यति नराम्रो छैन, ठिकै छन्,
तर तिनीहरु बाधक छन्
लाखौ गरिब मानिसहरुको लागि |
हामी तुरुन्तै उनीहरुलाई निषेध गरिरहेका छौ |
(ताली)
यसले मलाई भर्खरै को एउटा समाचार शिर्षक लाई सम्झाउँछ :
"शिक्षा : एक ठुलो विभाजन"
अब बल्ल म बुझ्दै छु,
अब बल्ल बुझ्दैछु कि किन मानिसहरु अंग्रेजीमा केन्द्रित छन् |
उनीहरू आफ्ना नानीहरुलाई जीवनको उत्कृष्ट अवसर दिन चाहन्छन |
अनि त्यो सब गर्नको लागि उनीहरूलाई पश्चिमी शिक्षा चाहिन्छ |
किनकि, अवस्य पनि, राम्रा अवसरहरु
पश्चिमी विश्वविद्यालय बाट शिक्षितलाई जान्छ,
जुन मैले पहिला भने |
यो एक चक्रीय कुरा हो |
ल त अब
मलाई दुई बैज्ञानिकहरुको कथा भन्नदिनुस,
दुई अंग्रेज बैज्ञानिक |
उनीहरू एउटा प्रयोग गरिरहेका थिए
जैविकीय प्रयोग
जनावरहरुका अगाडि र पछाडि का पाउहरुको |
तिनीहरुले आफुले चाहे जस्तो निचोड पाउन सकेनन |
उनीहरुलाई के गर्ने भन्ने नै थाहा भएन,
अनि एक जना जर्मन बैज्ञानिक आइपुगे
जसले उनीहरुले आगाडि र पछाडि का
पाउहरूको लागि दुई अलग अलग शब्दहरु प्रयोग गरिरहेका छन्
जबकि जैविकताले त्यो कुरामा भेद गर्दैन
न त जर्मन भाषा ले |
ओह हो,
समस्या त समाधान भयो |
यदि तपाई एउटा सोच ल्याउन सक्नुहुन्न भने,
तपाई अड्किनु भयो |
तर यदि अर्को भाषाले त्यो सोच ल्याउन सक्छ भने,
सहकार्य द्वारा
हामीले धेरै कुरा प्राप्त गर्न र जान्न सक्छौं |
मेरी छोरी,
कुबेत बाट इंग्ल्यान्ड आइन् |
उनले बिज्ञान र गणित अरेबिक भाषामा सिकेकी थिईन |
त्यो अरेबिक माध्यम बिद्यालय थियो |
उनले त्यसलाई आफ्नो प्राथमिक बिद्यालयमा अनुबाद गर्नुपर्थ्यो |
र उनि आफ्नो कक्षामा सबसे तेज थिईन
सबै बिषयहरुमा |
यसले हामीलाई के बुझाउछ भने
जब विदेश बाट बिद्यार्थीहरु हामी कहाँ आउछन्,
हामीले उनीहरूलाई उनीहरुको ज्ञानको लागि
उचित मान्यता नदिएको हुनसक्छ
र उनीहरुलाई त्यो कुराको आफ्नो भाषामा राम्रो ज्ञान हुन सक्छ |
जब एउटा भाषा लोप हुन्छ,
त्यो भाषा संग हामी के गुमाउदै छौ भन्ने ज्ञान हुदैन |
जस्तै -- तपाईहरुले भर्खरै सी.एन.एन. मा हेर्नुभयो कि हेर्नुभएन --
उनीहरूले केन्या को एउटा गोठालोलाई
"सी.एन.एन. नायक" पुरस्कारले सम्मान गरे
जसले आफ्नो गाउँमा अन्य बालबालिका सरह
राती पढ्न सकेन,
किनकि त्यो मट्टीतेल को बत्ति बाट
धुवा आउथ्यो र त्यसले उसका आँखा खराब भए |
र त्यसमाथि, त्यहि मट्टीतेल पनि पुग्दो हुदैन थियो,
किनकि त्यो न्युन कमाईले के नै पो दिन सक्छ र ?
त्यसैले गर्दा उसले आविष्कार गर्यो
एउटा सित्तैमा चल्ने सौर्य बत्तिको |
अब उसका गाउँका केटाकेटीहरुले
विद्यालयमा त्यति नै अंक ल्याउछन्
जति घरमा बिजुली भएका केटाकेटीहरुले ल्याउछन|
(ताली)
जब उनले त्यो पुरस्कार पाए
उनले यी सुन्दर शब्दहरु भने :
"केटाकेटीहरुले अफ्रीकाको अहिलेको अवस्था,
एउटा अधेरो अशिक्षित महादेश, बाट
एक उज्यालो र शिक्षित महादेश बनाउने तिर निर्देसित गर्नेछन्"
एउटा साधारण सोच,
तर जो संग त्यस्तो दुरगामी असर देखाउने क्षमता हुनसक्छ |
ती मानिसहरु, जो संग उज्यालो छैन,
भौतिक रूपमा अथवा लाक्षणिक रूपमा,
उनीहरुले हाम्रो परीक्षा उतिर्ण गर्न सक्दैनन्,
र हामीहरुलाई उनीहरुलाई के थाहा छ भन्ने कुरा कहिले पनि पत्तो हुदैन |
अब हामी आफु तथा उनीहरुलाई
अधेरोमा नराखौं |
विविधतालाई अंगालौं |
आफ्नो भाषा बारे सोचौँ |
त्यसलाई महान विचारहरु फैलाउन प्रयोग गरौं |
(ताली)
यहाँहरुलाई धेरै धेरै धन्यवाद |
(ताली)