मलाई थाहा छ तपाईहरु के सोचिरहनुभएको छ | तपाईहरु सोचिरहनुभएको छ कि मैले बाटो बिराए, र केहि बेरमा कोही यो स्टेजमा आउँदैछ र मलाई बिस्तारै मेरो सिटमा लैजानेछ | (ताली) दुबईमा मलाई सधै नै यस्तो हुन्छ | "तपाई यहाँ छुट्टीमा आउनुभएको हगि?" (हाँसो) "बच्चाहरु भेट्न आउनुभएको हो? कहिले सम्म बस्नुहुन्छ?" तर सत्य, म अझै अलि लामै समयको आशा गर्छु | म खाडी क्षेत्रमा ३० वर्ष भन्दा अघि देखि बस्ने र पढाउने काम गरिरहेको छु | (ताली) र त्यो समयमा, मैले धेरै परिवर्तनहरु देखेको छु | त्यो तथ्यांक अलिक निराशाजनक छ | र आज म तपाईहरु संग भाषाको विनाश र अंग्रेजीको विश्वव्यापिकरण बारे केहि भन्न गैरहेकोछु | म तपाईहरुलाई मेरो एक जना साथी को बारेमा उल्लेख गर्न चाहन्छु, जसले आबु धाबीमा वयस्कहरुलाई अंग्रेजी पढाइरहेका थिए | अनि एक राम्रो मौसम भएको दिन पारेर उनीहरुलाई प्रकृति सम्बन्धि केहि शब्दहरु सिकाउन बगैचामा लैजाने निर्णय गरिन् | तर भयो के भने उनले उल्टै स्थानीय बोटबिरुवाहरुको अरेबिक नाम सिकिन् | तिनीहरु को प्रयोग सहित -- औषधि, सौन्दर्य, पकाउने तथा जडिबुटी को रूपमा | ती विद्यार्थीहरुले त्यो सबै ज्ञान कहाँ बाट पाए? अवस्य पनि, उनीहरूका बाजे-बजु बाट र अझ जिजु बाजे-बजु बाट | तपाईहरुलाई यो भन्नु आवश्यक छैन कि एक पुस्ता र अर्को पुस्ता बिचमा सम्बाद गर्न सक्ने क्षमता कति आवश्यक छ | तर दुःख को कुरा, आज भाषाहरु विनाश भैरहेका छन् र त्यो पनि अभूतपूर्व गतिमा | प्रत्येक १४ दिनमा एउटा भाषा को विनाश हुन्छ | र त्यहि समयमा, अंग्रजी चाहिँ निर्बाध विश्व भाषा भैरहेकोछ | के यो दुवैको को बिचमा केहि सम्बन्ध हुनसक्छ त? खै मलाई चाहिँ थाहा छैन | तर मलाई के थाहा छ भने मैले धेरै परिवर्तन देखेको छु | जब म पहिलो पटक खाडी क्षेत्रमा आएँ, म कुबेत आएको थिए त्यस्ता दिनहरुमा जब त्यो कठिन पद थियो | उति सारो पहिला पनि हैन | त्यो त अलि पहिला नै हो | तैपनि, ब्रिटिस काउन्सिलले म लगायत अरु २५ शिक्षकहरुलाई नियुक्ति दियो | र हामी कुबेतको सरकारी स्कुलमा पढाउने पहिलो गैर-मुसलमान भयौं | हामीहरु अंग्रेजी पढाउन ल्याईएका थियौं किनकि सरकार देशलाई आधुनिकरण गर्न र आफ्ना नागरिकलाई शिक्षा द्वारा सुदृढ गराउन चाहन्थ्यो | र अवस्य पनि बेलायतलाई फाइदा थियो त्यो आकर्षक तेल को सम्पति बाट | ल त्यसो भए | अब यो चाहिँ मैले देखेको मुख्य परिवर्तन हो -- कसरी अंग्रेजी को पढाई परस्पर फाइदा को परम्परा बाट हाल को एक भयंकर अन्तराष्ट्रिय व्यापारमा रुपान्तरित भएको छ | अब यो विद्यालयको एक वैदेशिक भाषाको पाठ्यक्रम मात्र सिमित छैन | र मातृभूमि बेलायतको एकल क्षेत्राधिकार भित्र मात्र पनि छैन | यो त अब विश्व का हरेक अंग्रेजी-भाषी मुलुकको लागि देखासिकी भएको छ | अनि किन नहोस त? जे भएपनि, सर्वोत्कृष्ट शिक्षा -- हालैको विश्वभरका विश्वविद्यालयहरुको वर्गीकरणलाई आधार मान्ने हो भने -- बेलायत तथा अमेरिकाका विश्वविद्यालयहरुमा पाइन्छ | त्यसैले स्वभावत रूपमा सबैजनाले अंग्रेजी शिक्षा लिन चाहान्छन् | तर यदि तपाई मौलिक भाषी हैन भने, तपाईले एउटा परीक्षा उत्तीर्ण गर्नु पर्छ | अब के एक विद्यार्थीलाई भाषागत क्षमताको आधारमा मात्र निषेध गर्नु उचित हुन्छ त? हुनसक्छ तपाई संग एक कम्प्युटर बैज्ञानिक छ जो अत्यन्त मेधावी छ | उदहारण को लागि, के त्यो विद्यार्थीलाई एक वकिल हुन चाहिने जतिनै भाषा ज्ञान चाहिन्छ ? खै, मलाई त त्यस्तो लाग्दैन | हामी अंग्रेजी शिक्षक सदैव उनीहरुलाई निषेध गर्छौ | हामी निषेधको चिन्ह राख्छौं, र उनीहरुको बाटो बाट रोक्छौं | अब उनीहरू आफ्नो सपना पुरा गर्न सक्दैनन्, जब सम्म उनीहरू अंग्रजी सिक्दैनन् | अब मलाई यसरी प्रस्तुत गर्न दिनुहोस्, मैले एक एकल-भाषी नेडरल्यान्डवासी भेटें, जो संग क्यान्सर को उपचार थियो, के म उनलाई एक बेलायती विश्वविद्यालयमा प्रवेश गर्न बाट रोक्ने थिएँ ? अहँ मलाई त त्यस्तो लाग्दैन | तर वास्तवमा हामी त्यहि गरिरहेका छौं | हामी अंग्रेजी शिक्षकहरु ढोके भएका छौं | तपाईले हामीलाई सन्तुष्ट पार्नु पर्छ कि तपाईको अंग्रजी राम्रो छ | अब समाज को सानो समुदाय लाई धेरै शक्ति दिनु खतरनाक पनि हुन सक्छ | त्यो बाधा अलि बढि नै विश्वव्यापी पनि हुनसक्छ | ल त्यसो भए | "तर", म तपाईले भनेको सुन्छु, अनुसन्धान जति सबै अंग्रेजीमै छ नी, त्यो बारेमा के गर्नु ? पुस्तकहरु सबै अंग्रेजीमा छन्, अनुसन्धानको प्रकाशन सबै अंग्रेजी मै गरिन्छ, तर त्यो आत्म-पूरा भविष्यवाणी मात्र हो | त्यसले अंग्रेजी को आवश्यकतालाई पोषण गर्छ | र त्यो त्यसरी नै बढिरहन्छ | म तपाईहरुलाई सोध्छु, अनुवाद के भयो? इस्लाम को स्वर्ण युगलाई नियाल्नुहोस, त्यति बेला धेरै नै अनुवादहरु हुन्थे | उनीहरुले ल्याटिन र ग्रीकलाई अरेबिकमा, अनि फारसीमा अनुवाद गरे, अनि फेरी युरोपको जर्मेनिक भाषामा अनुवाद गरियो अनि पछि रोमनिक भाषामा | त्यस पछि युरोपको अन्धकार युगमा उज्यालो छायो | मलाई गलत अर्थ नलगाउनुहोला; सबै अंग्रेजी शिक्षक महोदय, म अंग्रेजी शिक्षा को विरुद्धमा छैन | म खुसि छु, हामी संग एउटा विश्व-भाषा छ | अहिले त्यो हामीलाई सारै नै आवश्यक छ | तर म त्यसलाई एक बाधकको रूपमा प्रयोगको बिरुद्धमा छु | के हामी ६०० भाषामा सिमित हुन चाहन्छौं अंग्रेजी अथवा चीनिया भाषालाई मुख्य बनाएर ? हामीलाई त्यो भन्दा धेरै चाहिन्छ | हामीले सिमा कहाँ कोर्ने त ? अहिलेको यो प्रणालीले बौद्धिकतालाई अंग्रेजीको ज्ञान संग समान मान्छ जुन स्वेच्छाचारी हो | (ताली) तपाईहरुलाई म एउटा कुरा सम्झाउन चाहान्छु त्यो महान काँध जसमा आजको बौद्धिकता अडेको छ, त्यसले अंग्रेजी जान्नु परेको थिएन, उनीहरुले अंग्रेजीको परीक्षा उत्तीर्ण गर्नु परेको थिएन | उदाहरण को रूपमा आइन्स्टाइनलाई लिनुस् | उनलाई विद्यालयमा उपचाररत मानिन्थ्यो किनकि उनि, वास्तवमा भन्ने हो भने, सुस्तमनस्थिति का बिरामी थिए | तर विश्वको भाग्यवश, उनले अंग्रेजी परीक्षा उत्तीर्ण गर्नु परेको थिएन | किनकि १९६४ सम्म उनीहरुले टोफेल, अमेरिकन अंग्रेजीको परीक्षा, को सुरुवात गरेका थिएनन् | अहिले त्यो व्यापक छ | आजकल अंग्रेजीका कयौं परिक्षाहरु छन् | र प्रत्येक बर्ष लाखौ बिद्यार्थीहरुले त्यो परीक्षा दिन्छन् | अब तपाई सोच्नुहोला, तपाईहरु र म ती शुल्कहरु त्यति नराम्रो छैन, ठिकै छन्, तर तिनीहरु बाधक छन् लाखौ गरिब मानिसहरुको लागि | हामी तुरुन्तै उनीहरुलाई निषेध गरिरहेका छौ | (ताली) यसले मलाई भर्खरै को एउटा समाचार शिर्षक लाई सम्झाउँछ : "शिक्षा : एक ठुलो विभाजन" अब बल्ल म बुझ्दै छु, अब बल्ल बुझ्दैछु कि किन मानिसहरु अंग्रेजीमा केन्द्रित छन् | उनीहरू आफ्ना नानीहरुलाई जीवनको उत्कृष्ट अवसर दिन चाहन्छन | अनि त्यो सब गर्नको लागि उनीहरूलाई पश्चिमी शिक्षा चाहिन्छ | किनकि, अवस्य पनि, राम्रा अवसरहरु पश्चिमी विश्वविद्यालय बाट शिक्षितलाई जान्छ, जुन मैले पहिला भने | यो एक चक्रीय कुरा हो | ल त अब मलाई दुई बैज्ञानिकहरुको कथा भन्नदिनुस, दुई अंग्रेज बैज्ञानिक | उनीहरू एउटा प्रयोग गरिरहेका थिए जैविकीय प्रयोग जनावरहरुका अगाडि र पछाडि का पाउहरुको | तिनीहरुले आफुले चाहे जस्तो निचोड पाउन सकेनन | उनीहरुलाई के गर्ने भन्ने नै थाहा भएन, अनि एक जना जर्मन बैज्ञानिक आइपुगे जसले उनीहरुले आगाडि र पछाडि का पाउहरूको लागि दुई अलग अलग शब्दहरु प्रयोग गरिरहेका छन् जबकि जैविकताले त्यो कुरामा भेद गर्दैन न त जर्मन भाषा ले | ओह हो, समस्या त समाधान भयो | यदि तपाई एउटा सोच ल्याउन सक्नुहुन्न भने, तपाई अड्किनु भयो | तर यदि अर्को भाषाले त्यो सोच ल्याउन सक्छ भने, सहकार्य द्वारा हामीले धेरै कुरा प्राप्त गर्न र जान्न सक्छौं | मेरी छोरी, कुबेत बाट इंग्ल्यान्ड आइन् | उनले बिज्ञान र गणित अरेबिक भाषामा सिकेकी थिईन | त्यो अरेबिक माध्यम बिद्यालय थियो | उनले त्यसलाई आफ्नो प्राथमिक बिद्यालयमा अनुबाद गर्नुपर्थ्यो | र उनि आफ्नो कक्षामा सबसे तेज थिईन सबै बिषयहरुमा | यसले हामीलाई के बुझाउछ भने जब विदेश बाट बिद्यार्थीहरु हामी कहाँ आउछन्, हामीले उनीहरूलाई उनीहरुको ज्ञानको लागि उचित मान्यता नदिएको हुनसक्छ र उनीहरुलाई त्यो कुराको आफ्नो भाषामा राम्रो ज्ञान हुन सक्छ | जब एउटा भाषा लोप हुन्छ, त्यो भाषा संग हामी के गुमाउदै छौ भन्ने ज्ञान हुदैन | जस्तै -- तपाईहरुले भर्खरै सी.एन.एन. मा हेर्नुभयो कि हेर्नुभएन -- उनीहरूले केन्या को एउटा गोठालोलाई "सी.एन.एन. नायक" पुरस्कारले सम्मान गरे जसले आफ्नो गाउँमा अन्य बालबालिका सरह राती पढ्न सकेन, किनकि त्यो मट्टीतेल को बत्ति बाट धुवा आउथ्यो र त्यसले उसका आँखा खराब भए | र त्यसमाथि, त्यहि मट्टीतेल पनि पुग्दो हुदैन थियो, किनकि त्यो न्युन कमाईले के नै पो दिन सक्छ र ? त्यसैले गर्दा उसले आविष्कार गर्यो एउटा सित्तैमा चल्ने सौर्य बत्तिको | अब उसका गाउँका केटाकेटीहरुले विद्यालयमा त्यति नै अंक ल्याउछन् जति घरमा बिजुली भएका केटाकेटीहरुले ल्याउछन| (ताली) जब उनले त्यो पुरस्कार पाए उनले यी सुन्दर शब्दहरु भने : "केटाकेटीहरुले अफ्रीकाको अहिलेको अवस्था, एउटा अधेरो अशिक्षित महादेश, बाट एक उज्यालो र शिक्षित महादेश बनाउने तिर निर्देसित गर्नेछन्" एउटा साधारण सोच, तर जो संग त्यस्तो दुरगामी असर देखाउने क्षमता हुनसक्छ | ती मानिसहरु, जो संग उज्यालो छैन, भौतिक रूपमा अथवा लाक्षणिक रूपमा, उनीहरुले हाम्रो परीक्षा उतिर्ण गर्न सक्दैनन्, र हामीहरुलाई उनीहरुलाई के थाहा छ भन्ने कुरा कहिले पनि पत्तो हुदैन | अब हामी आफु तथा उनीहरुलाई अधेरोमा नराखौं | विविधतालाई अंगालौं | आफ्नो भाषा बारे सोचौँ | त्यसलाई महान विचारहरु फैलाउन प्रयोग गरौं | (ताली) यहाँहरुलाई धेरै धेरै धन्यवाद | (ताली)