बालीमा प्लास्टिक ब्याग बन्द गर्ने हाम्रो अभियान
-
0:01 - 0:04मेलाती विज्सेन: बाली . . .भगवानहरुको टापू
-
0:05 - 0:08इसाबेल विज्सेन: हरियालीको स्वर्ग
-
0:09 - 0:11मेला: अथवा.....
-
0:11 - 0:12हराएको स्वर्ग ।
-
0:13 - 0:14बाली:
-
0:15 - 0:17फोहोर मैलाको टापू ।
-
0:18 - 0:19इसा: बालीमा
-
0:19 - 0:25हामी दैनिक ६८० क्युबिक मीटर
प्लास्टिकका फोहर उत्पन्न गर्छौं । -
0:26 - 0:29झन्डै १४ तला अग्लो बिल्डिंग जत्रै ।
-
0:29 - 0:31५% भन्दा कम प्लास्टिकका ब्यागहरु मात्रै
-
0:31 - 0:34पुनः प्रयोगमा आउछन् ।
-
0:35 - 0:38मेला: थाहा छ, हाम्रो टापूप्रतिको तपाईंको
धारणामा परिवर्तन आउने छ । -
0:39 - 0:41यो कुरा जानेपछि हाम्रै सोच पनि
परिवर्तन भयो- -
0:41 - 0:46जब हामीले बुझ्यौं - लगभग सबै प्लास्टिक
ब्यागहरु ढलमा -
0:46 - 0:47ढल बाट नदिमा,
-
0:47 - 0:48र नदिहुँदै समुद्रमा पुग्छन्।
-
0:49 - 0:51समुद्रसम्म नपुग्नेहरु
-
0:51 - 0:54या त पोलीन्छन् या जथाभावी छरिन्छन् ।
-
0:54 - 0:56इसा: हामीले यो विषयमा केहि
गर्ने निर्णय गर्यौं -
0:57 - 0:59लगभग ३ बर्षदेखि, हामी टापुमा
प्लास्टिकका झोलाको -
0:59 - 1:03प्रयोग बन्द गराउन प्रयत्नरत छौं ।
-
1:03 - 1:05यस क्रममा केहि महत्वपूर्ण सफलता
प्राप्त गरेका छौं । -
1:07 - 1:09मेला: हामी दिदी बहिनी हौँ
-
1:09 - 1:11र हामी पृथ्वीकै सबै भन्दा राम्रो स्कूल
-
1:12 - 1:14ग्रीन स्कूल, बालीमा पढ़दछौँ ।
-
1:14 - 1:18ग्रीन स्कूल बाँसले बनेको कारणले मात्रै
अरु भन्दा भिन्न भएको होइन, -
1:18 - 1:20शिक्षा दिने तरिकाको कारण भिन्न भएको हो ।
-
1:21 - 1:24यहाँ हामीलाईआजको नेतृत्वकर्ता
बन्न सिकाइन्छ, -
1:25 - 1:27जून् अरु साधारण पाठ्यक्रमले सिकाउदैन ।
-
1:28 - 1:30इसा: एकदिन क्लासमा महत्वपूर्ण
-
1:30 - 1:33व्यक्तिहरुको बारेमा पढाई भयो, जस्तै:
-
1:33 - 1:34नेल्सन मण्डेला,
-
1:34 - 1:35लेडी डायना र
-
1:35 - 1:37महात्मा गान्धी ।
-
1:37 - 1:38त्यो दिन घर फर्किंदा,
-
1:38 - 1:42हामीलाई पनि चर्चित व्यक्ति बन्ने
अभिलाषा पलायो । -
1:43 - 1:45तर चर्चित व्यक्ति बन्न ठुलो
-
1:45 - 1:46हुदासम्म किन कुर्ने ?
-
1:46 - 1:48हामीले अहिले नै केहि गर्ने विचार गर्यौं ।
-
1:49 - 1:51मेला: त्यो रात सोफामा बसेर हामीले,
-
1:51 - 1:54बालीले झेलिरहेका समस्याका विषयमा
धेरै सोच विचार गर्यौं । -
1:54 - 1:56बारम्बार मनमा एउटा विचार आयो-
-
1:56 - 1:58प्लास्टिकका फोहरहरु ।
-
1:59 - 2:01तर यो भयङ्कर ठुलो समस्या हो ।
-
2:01 - 2:05हामीले सोच्यौं, केटाकेटीहरुको लागि
सम्भव लक्ष्य के होला: -
2:06 - 2:07जवाफ आयो-प्लास्टिक ब्याग
-
2:07 - 2:08एउटा विचार उत्पन्न भयो ।
-
2:09 - 2:11इसा: हामीले अनुसन्धान सुरु गर्यौं,
-
2:11 - 2:14बास्तवमा, जति बढी बुझ्दै गयौं, उतिनै
-
2:14 - 2:17प्लास्टिक ब्यागको सकारात्मक पक्ष भेटेनौं
-
2:17 - 2:19तपाईंलाइ थाहा छ,
-
2:19 - 2:20यो नभएर पनि फरक पर्दैन ।
-
2:21 - 2:25मेला: प्लास्टिक ब्याग हटाउने बिभिन्न
ठाउंहरुको प्रयत्नले -
2:25 - 2:26हामीलाई प्रभावित गर्यो, जस्तै :
-
2:26 - 2:28हवाईदेखि रुवान्डा
-
2:28 - 2:31र अन्य कयौं शहरहरु जस्तै :
अक्ल्यांड र डब्लिन । -
2:32 - 2:37इसा: हाम्रो विचार “बिदा प्लास्टिक ब्याग“
अभियानको रुपमा शुभारम्भ भयो । -
2:39 - 2:41मेला: अभियानको क्रममा
-
2:41 - 2:43हामीले निकै कुराहरु सिक्यौं ।
-
2:44 - 2:46पाठ नम्बर १ :
-
2:46 - 2:48सबै काम एक्लै गर्न सकिन्न ।
-
2:48 - 2:51उस्तै विचार भएका साथीहरुको
समूह चाहिन्छ -
2:51 - 2:54त्यसैले हामीले
प्लास्टिक ब्याग बिदाई समूह बनायौं । -
2:54 - 2:58स्वयंसेवकहरुको यो समूहमा टापुमा रहेका
राष्ट्रिय र अन्तर्रास्ट्रिय -
2:58 - 3:00स्कूलका केटाकेटिहरु सामेल भए ।
-
3:01 - 3:02सबैसंग मिलेर हामीले
-
3:02 - 3:03निवेदन दिनु पर्ने र नपर्ने
-
3:03 - 3:07विभिन्न तहका योजना सुरु गर्यौं,
-
3:07 - 3:10स्कूलहरुमा शैक्षिक र प्रेरणात्मक
प्रस्तुतिहरु, -
3:10 - 3:15र बजार, चाडपर्ब, सरसफाईआदि कार्यमा
सामूहिक जानकारी गराउन थाल्यौं । -
3:15 - 3:16त्यस्तै अन्य कार्यहरु :
-
3:16 - 3:18स्थानीय तहमै उत्पादन भएका बैकल्पिक ब्याग
-
3:18 - 3:20जस्तै: जालीको ब्याग,
-
3:20 - 3:21पत्रिकाबाट बनेको ब्याग
-
3:21 - 3:24१००% जैविक सामग्रीबाट बनेका ब्याग,
-
3:24 - 3:26वितरण गर्न थाल्यौं ।
-
3:27 - 3:28इसा: हामीले ८०० घर भएको
-
3:28 - 3:30नमूना गाउँ शुरु गर्यौं ।
-
3:31 - 3:33गाउँ अध्यक्ष हाम्रो पहिलो साथी बने,
-
3:33 - 3:35हाम्रो टी-शर्ट पनि मन पराए ।
-
3:36 - 3:39हामी ग्राहकचेतना अभियानमा केन्द्रित भयौं,
-
3:39 - 3:41किनकि त्यहींबाट नै परिवर्तनको
सुरुवात हुन सक्छ । -
3:42 - 3:44छोटो अवधिमै २/३ गाउँ, प्लास्टिक ब्याग
-
3:44 - 3:46मुक्त भैसकेको थियो ।
-
3:47 - 3:52बालीको गवर्नरलाइ भेट्ने हाम्रो
पहिलो प्रयास असफल भयो । -
3:53 - 3:54हामीले सोच्यौं -
-
3:54 - 3:59१० लाख हस्ताक्षर सहितको निवेदन ।
-
3:59 - 4:01पक्कै अस्वीकार गर्न सक्दैनन् । कि कसो ?
-
4:01 - 4:02मेला: कुरा ठिक हो !!
-
4:02 - 4:04इसा: कसले सोचेको थियो
-
4:04 - 4:08१० लाख भनेको १००० गुणा १००० । थोरै हो त ?
-
4:08 - 4:10(हाँसो)
-
4:10 - 4:12हामी रोकियौं ---
-
4:13 - 4:15जबसम्म हामीले पाठ नम्बर २ सिकेनौं :
-
4:16 - 4:17“फरक ढंगले सोच“ ।
-
4:18 - 4:19कसैले भन्यो -
-
4:19 - 4:25बाली एअरपोर्टमा बार्षिक १ करोड ६० लाख
मानिस ओहर दोहर गर्छन् । -
4:26 - 4:30मेला: तर एअरपोर्ट भित्र छिर्ने कसरी ?
-
4:30 - 4:32यहां आउंछ पाठ नम्बर ३ :
-
4:32 - 4:34अनुरोध ।
-
4:34 - 4:36हामी लाग्यौं एअरपोर्ट तिर ।
-
4:36 - 4:37सबैभन्दा पहिले कुचीकारलाइ भेट्यौं
-
4:38 - 4:40तेस्पछि उसको हाकिमको पनि हाकिमलाइ ,
-
4:40 - 4:42अनि, सहायक म्यानेजरलाइ
-
4:42 - 4:43त्यसपछि अफिस म्यानेजरलाइ,
-
4:43 - 4:45अनि फेरी,
-
4:45 - 4:47२ तह तल झर्यौं र सोच्यौं
-
4:47 - 4:49आयो फेरी कुचिकार ।
-
4:50 - 4:52यसरी कयौं दिन ढोका ढक ढकाउन परेपनि
-
4:52 - 4:54हामीले हरेस खाएनौं,
-
4:54 - 4:58र अन्त्यमा बाली एअरपोर्टको
बजार व्यवस्थापकसंग भेट भयो । -
4:58 - 5:02हामीले बालीको प्लास्टिक ब्यागको
बारेमा प्रवचन दियौं -
5:02 - 5:06उनले भने (आवाजको नक्कल गर्दै)
आफ्नो निर्णय प्रतिआफैं अचम्मित हुँदै -
5:06 - 5:08म तिमीहरुलाई भन्सार र आगमन कक्षको
-
5:08 - 5:11पछाडी रहेर हस्ताक्षर बटुल्ने
अनुमति दिन्छु । -
5:11 - 5:13(हाँसो)
-
5:13 - 5:16(ताली)
-
5:17 - 5:19इसा: हामीले लगभग डेड घन्टाको बिचमा
-
5:19 - 5:22१००० हस्ताक्षर जम्मा गरीसकेका थियौं ।
-
5:22 - 5:23गज्ज़ब होइन त ?
-
5:24 - 5:26पाठ नम्बर ४:
-
5:26 - 5:29बिद्यार्थीदेखि ब्यापारिक म्यानेजर सम्म
समाजका हरेक तहका -
5:29 - 5:33चर्चित व्यक्तित्वहरुसंगको चिनापर्चीको
आवश्यकता पर्दछ । -
5:34 - 5:36ग्रीन स्कूलको आकर्षणलाइ धन्यवाद,
-
5:36 - 5:39हामीले सेलिब्रेटीहरुको साथ् पाईराख्यौं ।
-
5:40 - 5:41बान की मुनले सिकाउनुभयो
-
5:41 - 5:45संयुक्त राष्ट्रसंघका महासचिबले
-
5:45 - 5:46निबेदनमा हस्तक्षर गर्दैनन्,
-
5:46 - 5:47(हाँसो)
-
5:47 - 5:49चाहे केटाकेटी जति नै नम्र बनुन् ।
-
5:49 - 5:51तर हाम्रो प्रचारगरिदिने बचन दिनुभयो
-
5:51 - 5:53र अहिले हामी संयुक्त राष्ट्रसंघसँग
सहकार्य गर्दै छौं -
5:54 - 5:57मेला: जेन गोड्लबाट हामीले नेटवर्किंगको
शक्तिबारेमा जान्यौं -
5:57 - 6:00उनले रुट्स एंड शुट्सको एउटा समूहबाट
शुरु गरेकीहुन्, -
6:00 - 6:03र अहिले संसारभरी गरेर उनको ४०००
भन्दा बढी समूह छन । -
6:03 - 6:05जसमा हामी पनि एक हौँ ।
-
6:05 - 6:06उनी प्रेरणाकी श्रोत हुन् ।
-
6:07 - 6:08यदि तपाईं रोटरीको सदस्य हो भने,
-
6:09 - 6:10भेटेर खुशी लाग्यो ।
-
6:10 - 6:11हामी रोटरीको सबैभन्दा
-
6:11 - 6:13यूवा समूह हौँ ।
-
6:15 - 6:18इसा: हामीले धैर्यताको बारेमा पनि
धेरै नै सिकेका छौं -
6:18 - 6:20मेला: निराशाबाट कसरी बच्ने,
-
6:20 - 6:21इसा: नेतृत्व,
-
6:21 - 6:22मेला: सामुहिककार्य,
-
6:22 - 6:24इसा: मित्रता,
-
6:24 - 6:26मेला: हामीले बाली र बालीको संस्कारको
बारेमा अझ जान्यौं -
6:26 - 6:30इसा: प्रतिबद्धताको महत्व जान्यौं ।
-
6:30 - 6:32मेला: यो सधैं सहज थिएन ।
-
6:32 - 6:35कहिले कहीं आफ्नो कुरा सम्झाउन
निकै कठिन हुन्छ । -
6:36 - 6:38इसा: गत बर्ष ठ्याक्कै त्यस्तै भयो ।
-
6:39 - 6:40हामी इंडिया गएका थियौं
-
6:40 - 6:42हाम्रा अविभावकहरुले हामीलाई
-
6:42 - 6:44म. गान्धीको पुरानो घर देखाउन लग्नुभो
-
6:45 - 6:47आफ्नो लक्ष्य प्राप्तिको लागि, भोक हड्तालको
-
6:47 - 6:49शक्ति हामीले बुझ्यौं ।
-
6:49 - 6:51यात्राको अन्तिमतिर जब हामीले
-
6:51 - 6:53अभिभावकलाइ फेरी भेट्यौं,
-
6:53 - 6:55हामीले एउटा निर्णय गर्यौं र भन्यौं
-
6:55 - 6:56"हामी भोक हड्ताल गर्दै छौं"
-
6:56 - 6:57(हाँसो)
-
6:58 - 7:00मेला: वहाँहरुको अनुहार कस्तो भो होला,
-
7:00 - 7:03हाम्रो अविभावक मात्र होइन,
-
7:03 - 7:04साथीहरु र शिक्षकहरु समेतलाइ
-
7:05 - 7:07सम्झाउन गार्हो भयो
-
7:08 - 7:11इसाबेल र मैंले भने यसको मनस्थिति
बनाईसकेका थियौं । -
7:11 - 7:12हामीसबैले पोषणबिज्ञसंग छलफल गरेर
-
7:12 - 7:14एउटा सम्झौतामा पुग्यौं -
-
7:14 - 7:18जबसम्म, बालीको गवर्नर हामीलाइ भेटेर
प्लास्टिकको ब्याग -
7:18 - 7:21रोक्ने बिषयमा छलफल गर्न तयार हुँदैनन्,
-
7:21 - 7:24तबसम्म हामी सूर्योदय देखि सूर्यास्तसम्म
केहि खादैनौं । -
7:25 - 7:29इसा: इन्डोनेसियन भाषामा "मोगा माकान" भनिने
-
7:29 - 7:30भोक हड्ताल शुरु भयो ।
-
7:30 - 7:32यो कुरा सामाजिक संजालहरुमा फैलियो,
-
7:32 - 7:34दोश्रो दिनमै,
-
7:34 - 7:36पुलिसहरु हाम्रो घर र स्कुलमा आएर
-
7:37 - 7:39हाम्रो सोध खोज गर्न थाले ।
-
7:39 - 7:42हामीलाई थाहा थियो, यसरी भोक हड्ताल गरेर
-
7:42 - 7:44गवर्नर खुशी हुने वाला छैनन् --
-
7:44 - 7:45बरु हामी जेल चलान हुन सक्थ्यौं
-
7:46 - 7:48तर अचम्मै भयो,
-
7:48 - 7:49२४ घन्टा पछि,
-
7:49 - 7:50हामीलाई स्कूलबाट
-
7:50 - 7:52गवर्नरको अफिस लगियो ।
-
7:53 - 7:55मेला: र गवर्नरसंग भेट भयो
-
7:55 - 7:57(ताली)
-
7:57 - 7:59छलफलको क्रममा गवर्नरले ,
-
7:59 - 8:02बालीको सुन्दरता र वातावरणप्रतिको हाम्रो
-
8:02 - 8:04लगन र अठोट देखेर आभार व्यक्त गर्नुभयो ।
-
8:05 - 8:06र बालीबाट प्लास्टिकहटाउन
-
8:06 - 8:09मद्धत गर्ने पत्रमा हस्ताक्षर गर्नुभयो
-
8:09 - 8:10अहिले हामी साथी भएकाछौं,
-
8:10 - 8:11बेला बेलामा वहांको र
-
8:11 - 8:15वहांको समूहको प्रतिज्ञाको बारेमा
झक झकाउछौँ -
8:15 - 8:17खुशीको कुरा, वहांले
-
8:17 - 8:18प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुभएको छ-
-
8:18 - 8:23सन् २०१८ सम्ममा बाली प्लास्टिक ब्याग
मुक्त हुनेछ -
8:23 - 8:30(ताली)
-
8:31 - 8:36इसा: त्यस्तै बाली अन्तर्रास्ट्रिय एअरपोर्ट
-
8:36 - 8:41सन् २०१६ सम्ममा प्लास्टिक मुक्त क्षेत्र
बन्ने तयारीमा छ -
8:41 - 8:43मेला: हाम्रो अबको संदेश छ -
-
8:43 - 8:45प्लास्टिक ब्याग दिने नगरौं,
-
8:45 - 8:48पुन: प्रयोग गर्न मिल्ने ब्याग बोक्ने गरौँ
-
8:49 - 8:51इसा: हाम्रो अल्पकालीन अभियान-
-
8:51 - 8:53"एक टापू, एक आवाज"
-
8:53 - 8:54यहि नै योजना हो ।
-
8:54 - 8:57हामी, प्लास्टिक मुक्त घोषणा गरेका
-
8:57 - 9:00पसल र रेस्टुरेन्टहरुमा जांच गर्छौं र
-
9:00 - 9:02प्रवेश द्वारमा गएर यस्तो स्टिकर टास्छौँ र
-
9:02 - 9:04उनीहरुको नाम सामाजिक संजाल
-
9:04 - 9:06र बालीका मुख्य पत्रिकाहरुमा प्रचार गर्छौं
-
9:07 - 9:08यस्तो स्टिकर नहुनेलाई
-
9:08 - 9:11ठिक बिपरित गर्छौं ।
-
9:11 - 9:12(हाँसो)
-
9:13 - 9:16मेला: हामी तपाईंहरुलाई यो कथा किन
सुनाईरहेका छौं ? -
9:17 - 9:19एउटा कारण त, हामी गौरवान्नित छौं,
-
9:19 - 9:21हामी र हाम्रो समूहले संयुक्तरुपमा
-
9:21 - 9:22प्राप्त गरेको उपलब्धि सुनाउन
-
9:22 - 9:25अर्को कारण, यो परियोजनाको क्रममा
-
9:25 - 9:27हामीले बुझ्यौं, समूहमा मिलेर केटाकेटीले
-
9:27 - 9:29पनि गरेर देखाउन सक्छौं
-
9:30 - 9:32जतिखेर हामीले यो काम सुरु गर्यौं,
-
9:32 - 9:34इसाबेल र म १० र १२ बर्षका थियौं
-
9:34 - 9:36हामीसंग कुनै व्यापारको योजना थिएन,
-
9:36 - 9:37न योजना र नीति थिए,
-
9:37 - 9:39न त कुनै अदृश्य कार्यक्रम नै थिए--
-
9:39 - 9:42केवल अगाडी विचार थियो--
-
9:42 - 9:44र केहि गरौँ भन्ने साथीहरुको समूह ।
-
9:44 - 9:46हाम्रो प्रयाश, हाम्रो घरको
सुन्दरतालाइ बाँधेर -
9:46 - 9:49उकुस मुकुस बनाउने प्लास्टिक
ब्यागको प्रयोग रोक्नु हो -
9:50 - 9:52केटाकेटीहरु संग, अथाह शक्ति र
-
9:52 - 9:56संसारले चाहेको परिवर्तन गर्न
सक्ने सामर्थ्य हुन्छ । -
9:56 - 10:01इसा: सुन्दर तर चुनौतिपूर्ण यस संसारका
सबै यूवावर्गलाइ हामी भन्न चाहन्छौं - -
10:02 - 10:03प्रयास गर्नुहोस !!
-
10:03 - 10:05आफूलाई भिन्न प्रमाणित गर्नुहोस !!
-
10:05 - 10:07हामी भन्दैनौं यो बाटो सजिलो छ ।
-
10:08 - 10:10तर भन्न चाहन्छौं, यसको धेरै महत्व छ ।
-
10:10 - 10:15हामी केटा केटि कुल जनसंख्याको
केवल २५% मात्रै हौला, -
10:15 - 10:18तर भविष्यको १००%, हामी नै हौँ ।
-
10:19 - 10:22मेला: अझै धेरै काम गर्न बाँकि छ
-
10:22 - 10:23तर हामी रोकिनेवाला छैनौं ,
-
10:23 - 10:28तब सम्म, जबसम्म बाली एअरपोर्टमा उत्रने
हरेक यात्रुलाई सोधिने पहिलो प्रश्न हुनेछ: -
10:29 - 10:30दुवै: बालीमा स्वागत छ,
-
10:30 - 10:32तपाईंसंग कुनै प्लास्टिकका ब्याग त छैनन् ?
-
10:32 - 10:34(हाँसो)
-
10:34 - 10:36ऊं शान्ति शान्ति शान्ति ऊं
-
10:36 - 10:38धन्यवाद
-
10:38 - 10:47(ताली)
- Title:
- बालीमा प्लास्टिक ब्याग बन्द गर्ने हाम्रो अभियान
- Speaker:
- मेलाती र इसाबेल विज्सेन
- Description:
-
बास्तवमा प्लास्टिकहरु पूर्णतया नस्ट हुदैनन्, तैपनि इनिहरुको प्रयोग हुन्छ र यत्र तत्र छरिन्छ । धेरै जस्तो प्लास्टिकहरुको यात्रा समुद्रमा गएर टुंगिन्छ, र पानी प्रदुषण गरेर सामुन्द्रिक जीवहरु नस्ट गर्दछ । बाकी प्लास्टिकहरु बाल्ने गरिन्छ, जसले हानिकारक ग्याँसहरु उत्पादन गरेर प्रदुषणको मात्र बढाउँछ । मेलाती र इसाबेल विज्सेन आफ्नो सुन्दर घर बालीलाई प्लास्टिकको फोहरले निसास्सिन बाट बचाउन प्रयत्न गर्दैछन । उनीहरुले निबेदन लेख्ने, सामुद्रिक किनारा सफा गर्ने देखि लिएर भोक हड्ताल सम्म गरेर, बालीको गवर्नरसंग भेटेर सन् २०१८ सम्ममा बालीलाई प्लास्टिक मुक्त क्षेत्र बनाउन कठिन परिश्रम गर्दै छन । कुनै पनि मानिसलाइ - तिमी सानो छौ, तिमीले गर्न सक्दैनौ भन्ने अवसर नदिनु । उनीहरु भन्छन - यो सजिलो छैन, तर यस्तो कार्यको मूल्य धेरै छ ।
- Video Language:
- English
- Team:
closed TED
- Project:
- TEDTalks
- Duration:
- 11:00
![]() |
Deepak Basyal approved Nepali subtitles for Melati and Isabel Wijsen | |
![]() |
Deepak Basyal accepted Nepali subtitles for Melati and Isabel Wijsen | |
![]() |
Deepak Basyal edited Nepali subtitles for Melati and Isabel Wijsen | |
![]() |
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen | |
![]() |
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen | |
![]() |
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen | |
![]() |
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen | |
![]() |
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen |