सर्बोत्कृस्ट पेशा प्राप्त गर्नबाट तपाईं कसरी वन्चित हुनुहुनेछ
-
0:02 - 0:06यस मध्यान्ह म तपाईंहरु संग छलफल गर्दैछु -
-
0:06 - 0:09किन तपाईं सर्बोत्कृस्ट पेशा पाउन
असक्षम हुनुहुनेछ -
0:09 - 0:10-----(हाँसो)-----
-
0:10 - 0:12म अर्थशास्त्री हुँ ।
-
0:13 - 0:14म उदास रहने गर्छु ।
-
0:15 - 0:18दिनको समाप्तिसंगै उदास प्रतिक्रियाको
बेला हुन्छ । -
0:19 - 0:23म तपाईंहरु मध्य सर्बोत्कृस्ट पेशा
चाहनेहरुसंग मात्रै कुरा गर्छु । -
0:23 - 0:27तपाई मध्ये कतिपयले राम्रो पेशा
बनाउने निर्णय गर्नुभएको छ । -
0:27 - 0:28तपाईंपनि असफल नै हुनुहुने छ ।
-
0:28 - 0:29-----(हाँसो)-----
-
0:29 - 0:32किनभने-- हे प्रभु,
असफल हुन खोज्दा पनि प्रशन्न ! -
0:32 - 0:33-----(हाँसो)-----
-
0:33 - 0:35पक्कैपनि, क्यानेडियन समूह !
-
0:35 - 0:38-----(हाँसो)-----
-
0:38 - 0:41राम्रो पेशा चाहने जो हुनुहुन्छ,
असफल हुदै हुनुहुन्छ -
0:41 - 0:44किनकि, बास्तवमै, अचेल
राम्रो पेशा हराउदै छन् । -
0:44 - 0:48सर्बोत्कृस्ट काम र पेशा भेटिन्छन्,
-
0:48 - 0:50र ती संगै कामको चाप,
-
0:50 - 0:55उच्च तनाव, आत्मा मारेर रगत पसिना एक
गर्नु पर्ने अवस्था आउँछ, -
0:55 - 0:57ब्यावहारिक रुपमा बिचमा केहि हुन्न
-
0:57 - 0:59तेसैले राम्रो काम खोज्नेहरु अन्तत:
असफल हुन्छन् । -
0:59 - 1:02म सर्बोत्कृस्ट काम, पेशा
खोज्नेहरुको कुरा गर्दै छु, -
1:02 - 1:05तपाईंहरु किन असफल हुँदै हुनुहुन्छ ।
-
1:06 - 1:12पहिलो कारण, मानिसहरुले
जतिपटक नै किन नभनुन्, -
1:12 - 1:15"तिमी सर्बोत्कृस्ट पेशा चाहान्छौ भने,
आफ्नो अभिलाषा पछ्याउ, -
1:15 - 1:18आफ्नो सपनाको पछि लाग,
र पछि लाग, -
1:18 - 1:21आफ्नो सबै भन्दा ठुलो कल्पनाको",
-
1:21 - 1:25तपाईं बारम्बार यहि कुरा सुनेपनि
आफ्नो विचार परित्याग गर्नुहुनेछ -
1:25 - 1:28यसले केहि फरक पर्दैन कि तपाईंले कति पटक
Steven J को स्ट्यान्डफोर्ड -
1:28 - 1:32शुभारम्भ संबोधन download गर्नुभो,
-
1:32 - 1:35जतिपटक त्यो संबोधन हेरेपनि हताश नै हुनुभो
-
1:35 - 1:38मलाई थाहा छैन तपाई किन यस्तो हताश हुनुभो ।
-
1:38 - 1:40तपाईं अल्छि हुनुहुन्छ वा यो काम नै कठिन छ
-
1:40 - 1:43तपाईं डराउनुहुन्छ, जब यो काममा
आफ्नो अभिलाषा देख्नुहुन्न, -
1:43 - 1:46आफू मुर्ख भएजस्तो महसुश गरेर,
बिभिन्न बहाना बनाउनुहुन्छ -
1:46 - 1:48कसरी यो कामबाट हात झिकौं भनेर
-
1:48 - 1:50महिला तथा सज्जनबृन्द त्यो केवल बहाना हो
-
1:50 - 1:52हामी एउटा तालिका बनाउन सक्छौं --
-
1:52 - 1:57गर्नै पर्ने कामहरु नगर्न सिर्जना
गरिएका बहानाहरुको जून कामहरु, -
1:57 - 1:59सर्बोत्कृस्ट पेशा प्राप्त गर्न
अत्यावाशक थिए -
1:59 - 2:05उदाहरणको लागि तपाईंहरुको एउटा बहाना -
-
2:05 - 2:06---(लामो स्वाश)---
-
2:06 - 2:10"बास्तवमा,सर्बोत्कृस्ट पेशा भनेको प्राय:
-
2:10 - 2:12भाग्यमा भर पर्ने कुरा हो"
-
2:12 - 2:15त्यसैले म पनि प्रयाश गर्दै गर्छु,
भाग्यले कतिको साथ् दिन्छ, -
2:15 - 2:17भाग्यमा रहेछ भने
सर्बोत्कृस्ट पेशा भेट्नेछु -
2:17 - 2:19रैन्छ भने, राम्रो कार्य भेटिएला"
-
2:19 - 2:23राम्रो कार्य लगभग असम्भव जस्तै हो,
केहि हुनेवाला छैन । -
2:23 - 2:24तपाईंको अर्को बहाना हुनेछ :
-
2:24 - 2:29आफ्नो अभिलाषाको पछिलाग्ने मानिस,
बेग्लै हुन्छन, -
2:29 - 2:30असाधारण हुन्छन् ।
-
2:30 - 2:32उनीहरु Steven J. हुन्
-
2:32 - 2:33म त्यस्तो असाधारण छैन ।
-
2:33 - 2:36५ बर्षको छँदा, म पनि असाधारण छु
जस्तो लाग्थ्यो । -
2:36 - 2:40मेरो प्रोफेसरहरुले धेरै अगाडी
त्यो विचार सफा गर्दिसके" । -
2:40 - 2:41-----(हाँसो)-----
-
2:41 - 2:46मलाई थाहा छ, म सामान्य छु ।
-
2:46 - 2:49यदि यो सामान्य हुने कुरा,
-
2:49 - 2:52१९५० तिर भए --
-
2:52 - 2:54तपाईंलाइ महान व्यक्ति बनाउथ्यो ।
-
2:54 - 2:55तर के त ?
-
2:55 - 2:59लगभग २०१२ को समयमा, यो संसारलाइ
-
2:59 - 3:02"म केवल साधारण क्षमताको हुँ" भन्नु भनेको
-
3:02 - 3:06आफैंले आफ्नो घातक प्रसंसा गर्नु जस्तै हो
-
3:06 - 3:08त्यसपछि निश्चितरुपमा अर्को बहाना :
-
3:08 - 3:12हुन त म यो काम गर्न सक्थें, तर .. तर ....
-
3:12 - 3:16म त्यस्तो बिचित्रको मान्छे होइन ।
-
3:16 - 3:19सबैलाई थाहा छ, आफ्नो अभिलाषाको
पछि लाग्ने मानिस -
3:19 - 3:20अलिकति अप्ठ्यारा हुन्छन् ।
-
3:20 - 3:22अनौठा खालका ।
-
3:22 - 3:23हो कि होइन ?
-
3:23 - 3:26एउटा बिभाजन रेखा - पागलपन र
असाधारण क्षमता बीचको । -
3:27 - 3:31म अप्ठ्यारो होइन, मैले Steven J. को
जीवनकथा पढेको छु । -
3:31 - 3:35हे भगवान ... म त्यस्तो मान्छे होइन क्या!!
म ज्ञानी छु । -
3:35 - 3:36म बिल्कुल ठिक छु ।
-
3:36 - 3:40म ज्ञानी, बिल्कुल ठिक
ज्ञानी र बिल्कुल ठिक ---- -
3:41 - 3:43किनकि म संग कुनै अभिलाषा छैन ।
-
3:43 - 3:44-----(हाँसो)-----
-
3:44 - 3:46"तैपनि, म महान व्यक्ति बन्न चाहन्छु ।
-
3:46 - 3:48म आफ्नो अभिलाषा प्रति समर्पित छैन ,
-
3:48 - 3:50त्यसैले मलाई थाहा छ, के गर्ने
-
3:50 - 3:52किनकि म संग उपाय छ ।
-
3:52 - 3:53म संग योजना छ ।
-
3:53 - 3:55यो मलाई मेरो बा आमाले सिकाएको कुरा हो ।
-
3:55 - 3:59बा आमाले भनेको, यदि मैंले
कडा परिश्रम गरें भने - -
3:59 - 4:00मैंले सर्बोत्कृस्ट पेशा पाउने छु ।
-
4:01 - 4:04तसर्थ, कडा मेहनेत गर, राम्रो कार्य गर ।
-
4:04 - 4:06यदि तिमीले धेरै धेरै मेहेनत गर्यौ भने
-
4:06 - 4:07सर्बोत्कृस्ट पेशा पाउनेछौ
-
4:07 - 4:09गणितीय नतिजा जस्तो छैन त ?
-
4:09 - 4:11पक्कै छैन ।
-
4:11 - 4:13तर तपाईंले आफुलाई यसै भनेर चित्त
बुझाउनु भएको छ । -
4:13 - 4:16एउटा गोप्य कुरा भन्दै छु :
-
4:16 - 4:19तपाईं काम गर्नुहुन्छ ? तपाईं साँचै नै
कडा मेहिनेत गर्नुहुन्छ ? -
4:19 - 4:20तपाईं पक्कै सफल हुनुहुनेछ ।
-
4:20 - 4:22यो संसारले तपाईंलाइ मरी मरी
-
4:22 - 4:26काम गर्ने अवसर दिनेछ ।
-
4:26 - 4:29के तपाईं निश्चित हुनुहुन्छ,
-
4:29 - 4:32यो तपाईंको सर्बोत्कृस्ट पेशा हुनेछ,
-
4:32 - 4:34जबकि साह्रा परिस्थितिले बिपरीत
संकेत दिंदै छन् ? -
4:34 - 4:40आउनुस कुरा गरौं आफ्नो अभिलाषा
खोज्दै गरेकाहरुसंग । -
4:40 - 4:43तपाईंलाइ राम्ररी थाहा छ,
राम्रै काम गर्नु पर्छ, -
4:43 - 4:44बहानाले पुग्दैन ।
-
4:44 - 4:46आफ्नो अभिलाषा केमा छ, खोज्दैहुनुहुन्छ ---
-
4:47 - 4:48--(सुस्केरा) --
-
4:48 - 4:49अनि त्यसै दङ्ग पर्नुभएकोछ ।
-
4:50 - 4:52तपाईंलाइ रुची भएको केहि भेट्नुभो ।
-
4:52 - 4:54"मलाई रुची छ, मलाई रुची छ"
-
4:54 - 4:55मलाई भन्नुहुनेछ ।
-
4:55 - 4:58मलाई भन्नुहुनेछ -मलाई रुची छ
म भन्ने छु - गज्ज़ब !! -
4:58 - 5:01तपाईं मलाई के भन्न खोज्दैहुनुहुन्छ ?
-
5:01 - 5:02"त्यहि, मलाई रुची छ" ।
-
5:02 - 5:04म - "अभिलाषा छ?"
-
5:04 - 5:05तपाईं - "मलाई रुची छ"
-
5:06 - 5:08"के संग तुलना गर्दा रुची छ त ?"
-
5:08 - 5:10"मलाई यसमा रुची छ"
-
5:11 - 5:14अरु मानवीय क्रियाकलाप प्रति के विचार छ ?
-
5:14 - 5:16"मलाई तिनीहरु मन पर्दैन "
-
5:16 - 5:18ति कुराहरुको विचार त गर्नुभएको छ नी !
-
5:18 - 5:20"छैन । खासमा छैन ।"
-
5:21 - 5:23अभिलाषा नै तपाईंको बिशेष प्रेम हो ।
-
5:23 - 5:26अभिलाषा त्यस्तो कुरा हो-
-
5:26 - 5:31जसले तपाईंभित्रको प्रतिभालाइ
प्रस्फुटन हुन मद्धत गर्छ । -
5:31 - 5:33अभिलाषा, मनपर्नु --- उस्तै कुरा होइनन
-
5:33 - 5:36तपाईं अफ्न्नो प्रेमिकालाई गएर भन्नुहुन्छ -
-
5:36 - 5:39"तिमि एकदम रोचक छौ, के म संग बिहे गर्छौ"
-
5:39 - 5:42-----(हाँसो)-----
-
5:42 - 5:44काम बन्दैन ।
-
5:44 - 5:46उसले मान्दिन र तपाईंको जिन्दगी एक्लो हुनेछ
-
5:46 - 5:47-----(हाँसो)-----
-
5:47 - 5:49के चाहनुहुन्छ,
-
5:49 - 5:51के चाहनुहुन्छ, आखिर के चाहनुहुन्छ,
-
5:51 - 5:52त्यो नै अभिलाषा हो ।
-
5:53 - 5:54रुची भन्दा पर अभिलाषा छ ।
-
5:54 - 5:58तपाईंका २० वोटा रुचि छन् भने, कुनै एउटा
-
5:58 - 6:00कुनै एउटाले तपाईंलाइ पक्रिने छ,
-
6:00 - 6:02कुनै एउटाले तपाईंलाइ पुरै ब्यस्त बनाउने छ,
-
6:02 - 6:05तपाईंलाइ यसैमा प्यार लाग्ने छ,
-
6:05 - 6:09तपाईंलाइ रुचि भएका कुनै पनि
अरु कुरा भन्दा, -
6:09 - 6:11यो अवस्था नै अभिलाषा हो ।
-
6:11 - 6:14मेरो एउटा साथीले प्रेमिकालाइ
प्रस्ताव राख्यो । -
6:14 - 6:17उ आर्थिकरुपमा पनि समृद्ध थियो ।
-
6:17 - 6:20उसले प्रेमिकालाइ भन्यो "हामी बिबाह गरौँ ।
-
6:21 - 6:24हाम्रा रुचिहरूलाई एकीकृत गरौँ" ।
-
6:24 - 6:25-----(हाँसो)-----
-
6:26 - 6:27हो, उसले यसै भन्यो ।
-
6:27 - 6:31"म तिमीलाई साँचो माया गर्छु" उसले भन्यो
"म धेरै माया गर्छु । -
6:31 - 6:35मैंले भेटेका अरु कुनै पनि महिला भन्दा,
म तिमीलाई माया गर्छु । -
6:35 - 6:40म तिमीलाई म्यारी, जेन, सुसी, पेनोलोप,
-
6:40 - 6:42एन्ग्रिड, गरतुर्ड, ग्रेटेल--
-
6:42 - 6:44त्यतिखेर म जर्मन आदानप्रदान
कार्यक्रममा थिएँ । -
6:44 - 6:47म तिमीलाई माया गर्छु ...
-
6:47 - 6:49भयो अब !
-
6:49 - 6:50उ बाहिर हिंडी
-
6:50 - 6:55उसले राखेको प्रेम प्रस्ताव आधा पनि नहुँदै
उ बाहिर पुगी । -
6:56 - 7:00आफ्नो चकित बनाउने योजनाले चित खाएको देखेर
-
7:00 - 7:04उ यो निष्कर्षमा पुग्यो - गलत मान्छेसंग
-
7:04 - 7:07बिबाह गर्नबाट धन्य बचेछ !
-
7:08 - 7:11संगै उसले अर्को एउटा पाठ पनि सम्झियो,
अब अरु प्रस्ताब राख्दा, -
7:11 - 7:13सबै महिलाहरुको नाम लिनुपनि
-
7:13 - 7:18सायद लिनु नपर्ला कि !
-
7:18 - 7:20-----(हाँसो)-----
-
7:20 - 7:21कुरा के हो त !
-
7:21 - 7:25बैकल्पिक उपायहरु सोच्नु पर्छ - ताकी
आफ्नो गन्तब्य भेटियोस्, -
7:25 - 7:28वा, "गन्तब्य" शब्द सुनेर नै सातो जान्छ ?
-
7:28 - 7:31"गन्तब्य" भन्ने शब्दले तर्साउँछ, हो ?
-
7:31 - 7:32हामी त्यहि कुरा गर्दैछौं ।
-
7:32 - 7:35यदि तपाईंले आफ्नो क्षमताको
उच्चतम अभिब्यक्ती नभेटे, -
7:35 - 7:38या "मन पर्ने" मै सिमित रहे
-
7:38 - 7:41जिन्दगीको अन्त्यमा के हुनेछ, थाहा छ ?
-
7:41 - 7:45तपाईंका परिवार र साथीहरु तपाईंको
चिहान वरीपरी जम्मा हुनेछन्, -
7:45 - 7:48चिहानको अगाडीपट्टि एउटा ढुंगा हुनेछ,
-
7:48 - 7:50र त्यो ढुंगामा लेखिएको हुनेछ -
-
7:50 - 7:54"यो महान इन्जिनीयरको चिहान हो,
-
7:54 - 7:56जसले Velcro को स्थापना गरेका थिए " ।
-
7:59 - 8:02तर त्यो ढुंगामा अर्कै कुरा
लेखिएको हुनसक्थ्यो, -
8:02 - 8:05एउटा भिन्नै जीवनचरित्र,
-
8:05 - 8:10तपाईंको क्षमताको उच्च सम्मान र ब्याख्या,
-
8:10 - 8:14"यहाँ छन् भौतिक शास्त्रका महान व्यक्तित्व,
-
8:14 - 8:18Grand Unified Field Theory का जन्मदाता,
-
8:18 - 8:21जसले warp drive को सफल प्रयोग गर्न सके ।
-
8:22 - 8:24-----(हाँसो)-----
-
8:24 - 8:26भनेको त Velcro नै हो !
-
8:26 - 8:27-----(हाँसो)-----
-
8:29 - 8:31एउटा थियो - सर्बोत्कृस्ट पेशा
-
8:32 - 8:35अर्को थियो गुमेको अवसर ।
-
8:36 - 8:38केहि मान्छेहरु छन्, तपाईजस्तै
-
8:38 - 8:41यस्तै बहानाहरुको बीचमा पनि
-
8:41 - 8:43आफ्नो अभिलाषा प्राप्त गर्दछन् ।
-
8:45 - 8:47तैपनि तपाई असफल हुनुहुनेछ ।
-
8:48 - 8:51तपाई असफल हुनुहुनेछ, किनभने --
-
8:52 - 8:55तपाई त्यो काम गर्नुहुन्न,
-
8:55 - 8:59किनकि, तपाईंले अर्को बहानाको
आविस्कार गर्नुहुनेछ, -
8:59 - 9:02एउटा बहाना जसले काम गर्नबाट रोक्नेछ ,
-
9:02 - 9:07र यस्ता बहाना मैंले कयौंपटक सुनेको छु :
-
9:07 - 9:13"म राम्रो भविष्यको पछि लाग्ने थिएँ,
-
9:13 - 9:20तर म मानवीय मान्यताको सम्मान गर्छु --
-
9:20 - 9:21-----(हाँसो)-----
-
9:21 - 9:23कुनै कुरा प्राप्तगर्नु भन्दाबढी
-
9:23 - 9:26म सर्बोत्कृस्ट साथी बन्न चाहन्छु ।
-
9:26 - 9:28म सर्बोत्कृस्ट जीवनसाथी बन्न चाहन्छु ।
-
9:28 - 9:30म सर्बोत्कृस्ट अविभावक बन्नचाहन्छु,
-
9:30 - 9:32ठुलो सफलता प्राप्त गर्नको लागी म उनीहरुको
-
9:32 - 9:35बलिदान दिन सक्दिन ।
-
9:37 - 9:38-----(हाँसो)-----
-
9:38 - 9:39आखिर भन्न के खोज्दै हुनुहुन्छ ?
-
9:39 - 9:42तपाईले मलाई भन्न खोजेको यहि हो-
-
9:42 - 9:45"कस्सम, म केटाकेटीलाइ चुट्दीन"
-
9:45 - 9:47-----(हाँसो)-----
-
9:47 - 9:50तपाईंले बनाएको संसारदृस्टी हेर्नुस त ।
-
9:50 - 9:52जेसुकै भएपनि तपाईं नायक हो ।
-
9:53 - 9:56नम्रतापूर्वक एउटा सल्लाह दिन्छु, तपाईं
महान भबिष्यको -
9:56 - 9:59कल्पना गर्नुहुन्छ भने, केटाकेटीको
तिरस्कार गर्नुपर्छ । -
9:59 - 10:01म केटाकेटीको तिरस्कार गर्दिन, भकुर्दिन ।
-
10:01 - 10:04अघि म आउदैगर्दा एउटा केटाले
घुरेर हेर्दै थियो -
10:04 - 10:07मैंले त्यसलाई लात्ताले हानिन ।
-
10:07 - 10:08-----(हाँसो)-----
-
10:08 - 10:11मैंले खाली, यो भवन ठुलाको लागि मात्रै हो,
-
10:11 - 10:13बाहिर जाउ मात्रै भनेको हुँ ।
-
10:13 - 10:15उ मुर्मुरिदै आमाको बारेमा भन्दै थियो,
-
10:15 - 10:19मैंले तिम्रो आमा बाहिर कुर्दै होला भंने ।
-
10:19 - 10:21अन्तिमपटक देख्दा उ भर्यांगमा रुँदै थियो ।
-
10:21 - 10:22-----(हाँसो)-----
-
10:22 - 10:24कस्तो रुन्चे !!
-
10:24 - 10:25-----(हाँसो)-----
-
10:25 - 10:27मैंले त्यस्तै भन्छु भन्ने सोच्नु भएको ?
-
10:27 - 10:29यस्तो भन्नु ठिक हो भन्ने लाग्छ तपाईंलाइ ?
-
10:29 - 10:36केटा केटिहरुलाई ढाल बनाएर उपयोग गर्नु
ठिक लाग्छ, तपाईंलाइ ? -
10:36 - 10:38थाहा छ, कुनै यस्तो दिन आउनेछ,
-
10:38 - 10:41तपाईं आदर्श अविभावक होइन त ?
-
10:42 - 10:45कुनै दिन बच्चा तपाईंकहाँ आएर भन्ने छन्
-
10:45 - 10:48"मलाई थाहा छ म के बन्न चाहन्छु ।
-
10:48 - 10:50जिन्दगी कसरी बाँच्नुपर्छ,
मलाई थाहा छ ।" -
10:50 - 10:51तपाईं खुशी हुनुहुनेछ ।
-
10:51 - 10:53आमा बाबुले यस्तै बार्ता सुन्न चाहन्छन् ,
-
10:53 - 10:55किनकि तपाईंको बच्चा गणितमा राम्रो छ,
-
10:55 - 10:58अब उसले के भन्छ भन्ने पनि
तपाईंलाइ थाहा छ । -
10:58 - 10:59तपाईंको बच्चाले भन्नेछ,
-
10:59 - 11:03"म जादुगर बन्न चहान्छु,
-
11:03 - 11:06म स्टेजमा जादु देखाउन चाहन्छु ।"
-
11:07 - 11:09-----(हाँसो)-----
-
11:09 - 11:10त्यतिखेर तपाई के भन्नुहुनेछ ?
-
11:11 - 11:14तपाई बल्ल तल्ल बोल्नुहुनेछ,
-
11:14 - 11:17¨त्यसमा अलि खतरा छ, बाबु !
-
11:17 - 11:20खसेर लड्न सक्छ र खासै पैसा पनि कमाईन्न,
-
11:20 - 11:23एकपटक फेरी राम्ररी विचार गर्छस कि बाबु,
-
11:23 - 11:25तँ गणितमा त्यस्तो राम्रो छस, बरु ...."
-
11:25 - 11:26बिचैमा रोकेर बच्चाले भन्ने छ -
-
11:26 - 11:30"तर यो मेरो सपना हो,
म आफ्नो सपना पुरा गर्न चाहन्छु " -
11:30 - 11:32अनि तपाई के भन्नुहुनेछ ?
-
11:32 - 11:34तपाईं के भन्नुहुनेछ, थाहा छ -
-
11:34 - 11:37"हेर् बाबु, कुनै दिन मेरा पनि सपना थिए,
-
11:39 - 11:40तर ---"
-
11:40 - 11:43तर भन्दै के भनेर बाक्य टुंग्याउनु हुन्छ ?
-
11:43 - 11:48"तर, मेरो पनि सपना थियो तर
पुरा गर्ने हिम्मत भएन ।" -
11:49 - 11:51अथवा यसो भन्नुहुनेछ -
-
11:51 - 11:53"कुनै बेला मेरो पनि सपना थियो,
-
11:55 - 11:57तर तेतिखेरै तँ जन्मिस ।"
-
11:57 - 11:59-----(हाँसो)-----
-
11:59 - 12:02---- ताली -----
-
12:02 - 12:07के तपाई परिवारको प्रयोग गर्न चाहनु हुन्छ.
-
12:07 - 12:11आफ्नो जीवनसाथी र बच्चालाइ हेर्दै
यसो भन्न चाहनुहुन्छ - -
12:11 - 12:13तिमीहरु मेरो बन्धन हौ ?
-
12:15 - 12:18तपाईंले बच्चालाई भन्न सक्ने
अर्कै कुरा थियो - -
12:18 - 12:21जब उनीहरु आफ्नो सपनाको कुरा गर्थे
-
12:22 - 12:24तपाईं पनि उनीहरुको अनुहारमा हेरेर
-
12:24 - 12:28भन्न सक्नुहुन्थ्यो -
-
12:28 - 12:30"जा बाबु, अगाडी बढ,
-
12:31 - 12:33त्यसरी नै, जसरी म बढेको थिएँ"
-
12:35 - 12:37तर तपाईंले त्यस्तो भन्न पाउनुहुने छैन,
-
12:37 - 12:39किनकि, तपाईं अगाढी बढ्नु भएन ।
-
12:39 - 12:40तपाईं चुप्प हुनुहुनेछ ।
-
12:40 - 12:42-----(हाँसो)-----
-
12:45 - 12:48यसरी बाउ आमाको गल्ति
-
12:48 - 12:50बिचरा केटाकेटीमा थोपरिन्छ ।
-
12:52 - 12:58आफ्नो सपना पुरा गर्न नसकेको पिडा छोप्न
-
12:58 - 13:04किन मानवीय सम्बन्धमा शरण खोज्नुहुन्छ ?
-
13:05 - 13:06किन भने,
-
13:06 - 13:09तपाईंको भित्रि मनलाई थाहा छ, किन,
-
13:09 - 13:11म एकदमै गम्भीर भएर भन्दै छु ।
-
13:11 - 13:14तपाईंलाइ थाहा छ, किन तपाईं
अस्पस्ट हुनुहुन्छ -
13:14 - 13:17र मानवीय सम्बन्धमा आफुलाई लुकाउनु हुन्छ ।
-
13:18 - 13:20किन कि तपाईं, तपाईं
-
13:21 - 13:22स्वयंलाइ थाहा छ तपाईं को हो
-
13:23 - 13:26तपाईं आफ्नो अभिलाषा प्राप्तगर्न डराउनुभयो
-
13:26 - 13:28हास्यास्पद बनिएला बन्ने डर लाग्यो ।
-
13:28 - 13:30तपाईं प्रयत्न गर्न डराउनु भयो,
-
13:30 - 13:32असफल भनिएला भनेर डराउनुभयो ।
-
13:35 - 13:41सर्बोत्तम साथि, सर्बोत्तम जीवनसाथी,
सर्बोत्तम अविभावक, सर्बोत्तम जीवन । -
13:42 - 13:45समग्र रुपमा तपाईंको परिचय यहि होइन ?
-
13:46 - 13:48यो एउटा बिना अर्को कसरी सम्भव छ ?
-
13:49 - 13:51तर तपाईं डराउनु भयो ।
-
13:52 - 13:57त्यसैले तपाईंले जीवन सर्बोत्कृस्ट
बन्ने छैन । -
13:59 - 14:02तबसम्म ---
-
14:02 - 14:07"तबसम्म" अंग्रेजीको भाषाको
अर्थपूर्ण शब्द -- -
14:07 - 14:08"तबसम्म"
-
14:09 - 14:14तर यो "तबसम्म" शब्द अर्को डरलाग्दो
-
14:14 - 14:19बाक्यसंग पनि जोडिन सक्छ --
-
14:19 - 14:21" यदि म संग भइदिएको भए" ---
-
14:21 - 14:24" यदि म संग भइदिएको भए" ---
-
14:24 - 14:29यदि तपाईंको दिमागमा यी शब्द
घुम्न थाले भने, -
14:29 - 14:32धेरै चोट पुर्याउनेछ ।
-
14:33 - 14:36यसर्थ यीनै प्रमुख कारणहरु हुन्,
-
14:36 - 14:38जो तपाईंको सर्बोत्कृस्ट जीवन पथमा
-
14:38 - 14:39बाधा बन्न आउछन् ।
-
14:41 - 14:43"तबसम्म"---
-
14:47 - 14:48तबसम्म ।
-
14:50 - 14:51धन्यबाद ।
-
14:51 - 14:54---- ताली -----
- Title:
- सर्बोत्कृस्ट पेशा प्राप्त गर्नबाट तपाईं कसरी वन्चित हुनुहुनेछ
- Speaker:
- ल्यारी स्मिथ
- Description:
-
यो रमाइलो र सिधा साधा प्रसंगमा ल्यारी स्मिथ - आफ्नो अभिलाषाको पछि लाग्न नसकेर अनर्गल बहाना बनाउनेहरुको खेदो खन्दै छन्
- Video Language:
- English
- Team:
- closed TED
- Project:
- TEDTalks
- Duration:
- 15:15
Deepak Basyal approved Nepali subtitles for Why you will fail to have a great career | ||
Deepak Basyal edited Nepali subtitles for Why you will fail to have a great career | ||
Deepak Basyal accepted Nepali subtitles for Why you will fail to have a great career | ||
Deepak Basyal edited Nepali subtitles for Why you will fail to have a great career | ||
Deepak Basyal edited Nepali subtitles for Why you will fail to have a great career | ||
Heli Paudel edited Nepali subtitles for Why you will fail to have a great career | ||
Heli Paudel edited Nepali subtitles for Why you will fail to have a great career | ||
Heli Paudel edited Nepali subtitles for Why you will fail to have a great career |