< Return to Video

विलिएम काम्कवाम्बा: म कसरी हावा दोहन गर्छु

  • 0:00 - 0:03
    धन्यबाद |
  • 0:03 - 0:07
    दुइ वर्ष अगाडि म तान्जानियाको अरुशामा 'टेड' को मंचमा बोलेको थिएँ,
  • 0:07 - 0:12
    मैले एकदमै संक्षेपमा मेरो एउटा बिशिस्ठ सिर्जनाको बारेमा बोलेको थिएँ|
  • 0:12 - 0:16
    यो एउटा सामान्य मेशिन थियो जसले मेरो जिन्दगि नै परिवर्तन गरिदियो|
  • 0:16 - 0:18
    त्यो भन्दा अगाडि
  • 0:18 - 0:21
    म कहिले पनि मेरो मलावीमा भएको घरबाट बाहिर
  • 0:21 - 0:24
    हिडेको थिईन|
  • 0:24 - 0:26
    मैले कहिल्यै कम्पुटर प्रयोग गरेको पनि थिईन|
  • 0:26 - 0:30
    मैले कहिल्यै इन्टरनेट भन्ने पनि देखेको थिईन|
  • 0:30 - 0:35
    अनि त्यो दिन, मंचमा म निकै अत्तालिएको थिएँ|
  • 0:35 - 0:39
    मेरो बोली हरायो|
  • 0:39 - 0:41
    म बान्ता गर्न चाहन्थे|
  • 0:41 - 0:45
    (हाँसो)
  • 0:45 - 0:49
    म त्यती धेरै खैरा र गोरा मान्छेहरुबाट कहिल्यै पनि
  • 0:49 - 0:51
    घेरिएको थिईन/
  • 0:51 - 0:54
    (हाँसो)
  • 0:54 - 0:57
    त्यहाँ एउटा यस्तो कथा थियो कि जुन मैले सुनाउने थिईन|
  • 0:57 - 1:00
    तर ठिकै छ, अहिले त म राम्रै अनुभव गर्दै छु |
  • 1:00 - 1:03
    म त्यो कथा आज भन्न चाहन्छु |
  • 1:03 - 1:05
    हामी सात जना बच्चाहरु छौ हाम्रो परिवारमा|
  • 1:05 - 1:09
    सबै बहिनिहरु, म बाहेक |
  • 1:09 - 1:14
    यो चाही म हु मेरो बुबासँग, जतिखेर म बच्चा थिएँ |
  • 1:14 - 1:17
    मैले बिज्ञानको चमत्कार पत्ता लगाउनु भन्दा पहिले,
  • 1:17 - 1:19
    म एउटा सामान्य किसान थिएँ
  • 1:19 - 1:22
    एउटा गरीब किसानहरुको देशको/
  • 1:22 - 1:26
    अरुहरुले जस्तै, हामीले मकै खेति गर्थ्यौ/
  • 1:26 - 1:31
    एउटा वर्षमा चाही हाम्रो भाग्य एकदमसँग बिग्रियो|
  • 1:31 - 1:36
    सन् २००१ मा हामीले साह्रै नराम्रो खडेरी बेहोर्नु पर्यो|
  • 1:36 - 1:43
    त्यसको पाँच महिना भित्र सबै मलावीका जनता भोकमरीले मर्न थाले|
  • 1:43 - 1:47
    हाम्रो परिवारले दिनमा एक छाक मात्र खान्थ्यौँ, बेलुका मात्र|
  • 1:47 - 1:51
    त्यो पनि हरेकको लागि जम्मा तीन गास मकैको ढिडो मात्र|
  • 1:51 - 1:53
    र त्यो खाना हाम्रो शरीरमा सिंचित त हुन्थ्यो
  • 1:53 - 1:57
    तर पेटसम्म पुग्न पाउदैनथ्यो|
  • 1:57 - 2:00
    मलावीमा, माध्यमिक शिक्षाको लागि
  • 2:00 - 2:02
    पैसा तिर्नु पर्छ|
  • 2:02 - 2:08
    भोकमरी लागेपछि, म स्कुलबाट निक्लिन बाध्य भएँ|
  • 2:08 - 2:10
    मैले आफ्नो बुबालाई हेरें,
  • 2:10 - 2:12
    अनि त्यो सुख्खा खेतलाई हेरें|
  • 2:12 - 2:16
    र यो नै मेरो भबिष्य थियो जुन म स्वीकार गर्न सक्दिनथे|
  • 2:16 - 2:20
    म माध्यमिक तहमा भर्ना हुदा निकै खुसि थिएँ|
  • 2:20 - 2:25
    त्यसैले म शिक्षाको लागि जे पनि गर्न सक्छु भन्ने
  • 2:25 - 2:27
    कुरामा प्रतिबद्ध थिएँ|
  • 2:27 - 2:29
    त्यसैले म पुस्तकालय गएँ,
  • 2:29 - 2:33
    मैले किताबहरु पढे, बिज्ञानका , बिशेषतः भौतिक शास्त्रका|
  • 2:33 - 2:35
    मैले अंग्रेजी पढ्न त्यती राम्रो जान्दिनथें|
  • 2:35 - 2:38
    त्यसैले मैले चित्र र तस्बिरहरुको सहारामा
  • 2:38 - 2:43
    त्यहाँ लेखेका शब्द हरु बुझ्दथें |
  • 2:43 - 2:47
    एउटा किताबले मलाई यो दिव्यज्ञान मेरो हत्केलामा राखिदियो|
  • 2:47 - 2:53
    यसमा भनिएको थियो कि विन्डमिलले पानीलाई पम्प गरेर बिधुत पैदा गर्न सक्छ|
  • 2:53 - 2:56
    पानी पम्प गरिनु अर्थात् सिचाई
  • 2:56 - 2:58
    भोकमरीकोको प्रतिरक्षा,
  • 2:58 - 3:02
    जुन हामीले त्यो समयमा सामना गरि राखेका थियौं |
  • 3:02 - 3:06
    त्यसैले मैले मेरो निम्ति एउटा विन्डमिल बनाउछु भन्ने निधो गरे|
  • 3:06 - 3:09
    तर मसँग सरसामग्री त केही पनि थिएन |
  • 3:09 - 3:11
    त्यसैले म कवाडीखानामा गएँ|
  • 3:11 - 3:14
    जहाँ मैले मेरा सरसामग्रीहरु फेला पारें|
  • 3:14 - 3:18
    थुप्रै मान्छेहरुले, मेरो आमाले पनि,
  • 3:18 - 3:20
    मलाई बौल्हायो भने|
  • 3:20 - 3:22
    (हाँसो)
  • 3:22 - 3:24
    मैले एउटा टेक्टरको पंखा
  • 3:24 - 3:26
    कम्पन नियन्त्रक, पिभिसी पाइप भेट्टाएँ|
  • 3:26 - 3:29
    एउटा साइकलको फ्रेम
  • 3:29 - 3:33
    र एउटा थोत्रो साइकलको डाइनामो
  • 3:33 - 3:35
    प्रयोग गरि मैले मेरो मेसिन बनाएँ|
  • 3:35 - 3:38
    पहिले एउटा बत्ति बल्यो|
  • 3:38 - 3:41
    र त्यस पछि चार ओटा,
  • 3:41 - 3:46
    स्वीच सर्किट ब्रेकर सहित,
  • 3:46 - 3:50
    सबै संरचना बिधुतिय घन्टी जस्तै गरि बनाइएको थियो|
  • 3:50 - 3:54
    अर्को मेसिनले चाही सिंचाइको लागि
  • 3:54 - 3:57
    पानी पम्प गर्थ्यो|
  • 3:57 - 4:00
    मान्छेहरुको लामो लर्को मेरो घरको अगाडी देखा पर्न थाल्यो
  • 4:00 - 4:02
    (हाँसो)
  • 4:02 - 4:04
    मोबाइल चार्ज गर्नको लागि|
  • 4:04 - 4:08
    (ताली)
  • 4:08 - 4:10
    मैले तिनीहरुबाट छुटकारा पाउन सकिन|
  • 4:10 - 4:12
    (हाँसो)
  • 4:12 - 4:15
    अनि पत्रकारहरु पनि आए,
  • 4:15 - 4:17
    तिनीहरु बाट ब्लगरहरु तानिए
  • 4:17 - 4:22
    अनि ति सबै कुराहरुले मलाई यो टेड भन्ने ठाउँबाट कल आउने बनाए|
  • 4:22 - 4:24
    मैले कहिल्यै हवाइजहाज देखेको थिइन पहिले|
  • 4:24 - 4:27
    म कहिल्यै होटेलमा पनि सुतेको थिईन |
  • 4:27 - 4:31
    त्यसैले, त्यो दिन अरुशाको त्यो मंचमा,
  • 4:31 - 4:34
    मेरो बोली हरायो|
  • 4:34 - 4:37
    मैले यति मात्रै भनें कि,™
  • 4:37 - 4:41
    "मैले प्रयास गरें, अनि यसलाई बनाएँ|"
  • 4:41 - 4:43
    त्यसैले म यो भन्न चाहन्छु कि
  • 4:43 - 4:46
    ति सबै मानिसहरुलाई, म जस्तै
  • 4:46 - 4:49
    अफ्रिकनहरुलाई, र ती सबै गरीबहरू
  • 4:49 - 4:53
    जो आफ्नो सपनाको खातिर संघर्स गर्दै छन,
  • 4:53 - 4:55
    भगवानले आसिर्बाद दिऊन|
  • 4:55 - 4:59
    सायद तपाईंहरु कुनैदिन यो इन्टरनेटमा हेर्नु हुनेछ |
  • 4:59 - 5:04
    म तपाईंहरुलाई भन्छु कि, आफुप्रति विश्वास राख्नुस|
  • 5:04 - 5:06
    जे सुकै होस् तर हरेस नखानुस|
  • 5:06 - 5:08
    धन्यबाद
  • 5:08 - 5:38
    (ताली)
Title:
विलिएम काम्कवाम्बा: म कसरी हावा दोहन गर्छु
Speaker:
William Kamkwamba
Description:

जम्मा १४ वर्षको उमेर, अनि कसरी गरीबी र भोकमरी, एउटा मलावीको किशोरले विन्डमिलको निर्माण गरेर आफ्नो घरको बिधुत आवस्कतालाई पूर्ति गरे| अहिले २२ बर्षको उमेरमा, विलिएम काम्कवाम्बा, जो यहाँ टेडमा दोश्रो पटक बोल्दैछन, उनको आफ्नै जीवनलाई परिवर्तन गर्ने आबिस्कारको त्यो सनसनीपूर्ण कथा आज आफ्नै शब्दमा सुनाउदैछन्|

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
05:39
Deepak Basyal added a translation

Nepali subtitles

Revisions