केन रबिन्सनका भनाईअनुसार विद्यालयहरूले सिर्जनशीलताको विनाश गर्छन्
-
0:00 - 0:07सुभप्रभात। के छ त? सब ठिकठाक, हैन त?
-
0:07 - 0:11यी सबै कुराहरूले मलाई अचम्म र हैरान् तुल्यायो।
-
0:11 - 0:15वास्तवमा, म छोडेर जाँदैछु। (हाँसो)©
-
0:15 - 0:19यहाँ तीन बिषयहरू छन, हैन त,♫
-
0:19 - 0:23सम्मेलनको तयारी, र यी प्रासङ्गिक पनि छन्
-
0:23 - 0:25मैले भन्न चाहेका कुरासित।¼
-
0:25 - 0:29एउटा चाहिँ मानव सिर्जनशीलताको असाधारण प्रमाण
-
0:29 - 0:32हाम्रामा भएका सबै प्रस्तुतिहरूमा देखिएको छ
-
0:32 - 0:35र यहाँ उपस्थित सबै व्यक्तिहरूमा। मात्र यसको विविधता
-
0:35 - 0:38र यसको प्रकार। दोस्रो चाहिँ
-
0:38 - 0:41यसले हामीलाई एउटा यस्तो ठाउँमा पुर्र्याएको छ जहाँ अब अगाडि भविष्यमा के हुँदैछ भन्ने,
-
0:41 - 0:43हामीलाई केहि थाहा छैन। अनि यो
-
0:43 - 0:45कसरी सकिएला भन्ने केहि थाहा छैन।
-
0:45 - 0:48मलाई शिक्षामा रुचि छ --
-
0:48 - 0:51वास्तवमा, मलाई के लाग्छ भने सबैलाई शिक्षामा रुचि हुन्छ।
-
0:51 - 0:53तपाईँलाई छैन त? मलाई चाहिँ यो खुब रमाईलो लाग्छ।€
-
0:53 - 0:56यदि तपाईँ कुनै रात्रिभोजमा हुनुहुन्छ, र तपाईँले भन्नुभयो कि
-
0:56 - 0:59तपाईँ शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ --
-
0:59 - 1:06वास्तवमा, प्रष्टै छ, यदि तपाईँ शिक्षामा काम गर्नुहुन्छ भने, तपाईं प्राय: भोजमै भेटिनुहुन्न।
-
1:06 - 1:09(हाँसो) तपाईंलाई कसैले सोध्दैन।
-
1:09 - 1:14अनि तपाईँलाई फेरि कसैले सोध्दैन, उत्सुक भएर। त्यो मेरो लागि अचम्मको कुरा हो।
-
1:14 - 1:16तर यदि तपाईँ शिक्षामै काम गर्नुहुन्छ, अनि तपाईँले कसैलाई भन्नुभयो भने,
-
1:16 - 1:18तपाईँलाई थाहै छ, उनीहरू भन्छन, "तपाईँ के गर्नुहुन्छ?"
-
1:18 - 1:20अनि तपाईँ आफू शिक्षामा काम गर्छु भन्नुहुन्छ,
-
1:20 - 1:24तपाईँले उनीहरूको अनुहारको रङ्ग हराएको देख्नुहुनेछ। तिनीहरू यस्तो खाले कुरा गर्छन्,
-
1:24 - 1:30"हे भगवान," थाहा छ, "मै चाहिँ किन? मेरो साताभरिको यहि एउटा रात्रिभोजमा।" (हाँसो)
-
1:30 - 1:32तर यदि तपाईँले उनीहरूको शिक्षाको बारेमा सोध्नुभयो भने,
-
1:32 - 1:34उनीहरूले तपाईँलाई जकड्नेछन्। किनभने यो एउटा त्यस्तो कुरा हो
-
1:34 - 1:37जसले मानिसको भित्रसम्म छुन्छ, हैन त?
-
1:37 - 1:40धर्म, अनि पैसा र अन्य कुराहरू जस्तै।♫
-
1:40 - 1:44मलाई शिक्षामा ठूलो रुचि छ, अनि मलाई लाग्छ हामी सबैलाई छ।
-
1:44 - 1:46यसमा हाम्रो एउटा ठूलो अन्तर्निहित स्वार्थ छ,♪
-
1:46 - 1:49केहि मात्रामा यसको कारण, शिक्षा नै यस्तो चिज हो जसले
-
1:49 - 1:52हामीले ग्रहण गर्न नसक्ने भविष्यमा हामीलाई लैजान्छ।
-
1:52 - 1:55एक पटक सोच्नुस त, यस वर्ष विद्यालय शुरु गरेका केटाकेटीहरू
-
1:55 - 2:01सन २०६५ मा निवृत्त हुनेछन्। कसैलाई थाहा छैन --
-
2:01 - 2:04गएका चार दिनमा यहाँ गरिएका सबै विशेषज्ञहरूका कुराहरूका बावजुद --
-
2:04 - 2:06यो विश्व पाँच वर्षमा
-
2:06 - 2:08कस्तो देखिनेछ भनेर। तरै पनि हामी
-
2:08 - 2:11उनीहरूलाई त्यसका निम्ति पढाईरहनु पर्दछ। त्यसैले यो अनुमानविहीनता, मलाई लाग्छ,
-
2:11 - 2:13अद्भुत किसिमको छ।®
-
2:13 - 2:15र यसको तेस्रो कुरा के हो भने
-
2:15 - 2:20जे भएपनि, हामी सबै सहमत छौँ
-
2:20 - 2:23बच्चाहरूसँग हुने साँच्चै अद्भुत क्षमतामा --
-
2:23 - 2:25उनीहरूको नवीनताको क्षमतामा। मेरो मतलव, हिजो राती सिरेनाले अचम्मै गरिन,
-
2:25 - 2:28हैन त? उनले के गर्न सक्दी रहिछन भन्ने हेर्दा त।
-
2:28 - 2:33र उनी अपवाद हुन, तर मलाई लाग्छ हैनन,अझ यसरी भनौं,
-
2:33 - 2:36सम्पूर्ण बचपनभरिमै अपवाद।
-
2:36 - 2:39तपाईँले त्यहाँ देख्नुभएको एउटा असाधारण रुपमा समर्पित व्यक्ति हो
-
2:39 - 2:41जोसँग एउटा प्रतिभा छ। र मेरो असहमति के छ भने,
-
2:41 - 2:43सबै बच्चाहरूसँग अथाह प्रतिभा हुन्छ।€
-
2:43 - 2:45र हामी ती प्रतिभालाई अत्यन्त निर्ममतापूर्वक नष्ट गर्दिन्छौं।
-
2:45 - 2:48त्यसैले म शिक्षाको बारेमा कुरा गर्न चाहन्छु र
-
2:48 - 2:51म सिर्जनशीलताको बारेमा कुरा गर्न चाहन्छु। मेरो धारणा के हो भने
-
2:51 - 2:54अहिले शिक्षामा सिर्जनशीलताको महत्व पनि साक्षरताको जत्तिकै छ,
-
2:54 - 2:58र हामीले यसलाई उत्तिकै महत्वका साथ हेर्नु पर्छ।
-
2:58 - 3:06(ताली) धन्यवाद। वास्तवमा, मैले भन्न खोजेको त्यहि हो।
-
3:06 - 3:10धेरै धेरै धन्यवाद। (हाँसो) भनेपछि, अब १५ मिनेट बाँकि।
-
3:10 - 3:17अँ, म जन्मेको थिएँ ... अहँ। (हाँसो)
-
3:17 - 3:21मैले हालसालै एउटा गज्जबको कथा सुनेँ -- मलाई यो कथा भन्न रमाईलो लाग्छ --
-
3:21 - 3:25चित्रकला कक्षामा बसेकी एउटी सानी नानीको कथा। छ वर्षकी नानी
-
3:25 - 3:27र उनी पछाडि बसेकी थिईन, चित्र कोर्दै,
-
3:27 - 3:29शिक्षीकाले भन्थिन कि ती नानीले कुनै कुरामा ध्यान दिन्नथिन,
-
3:29 - 3:33तर यो चित्रकलाको कक्षामा उनले ध्यान दिएकी थिईन।
-
3:33 - 3:35शिक्षीकालाई खुब अचम्म लागेछ र उनको छैउमा गईछन्
-
3:35 - 3:38र भनिछन, "तिमीले के को चित्र बनाई राखेको?"
-
3:38 - 3:41अनि ती नानीले भनिछन, "म ईश्वरको चित्र बनाउँदैछु।"
-
3:41 - 3:44अनि शिक्षीकाले भनिछन, "तर ईश्वर कस्ता छन भनेर त कसैलाई पनि थाहा छैन।"¼
-
3:44 - 3:51अनि ती नानीले भनिछन, "एक मिनेटपछि सबैले थाहा पाउनेछन।"
-
3:51 - 3:52(हाँसो)
-
3:52 - 3:57जब मेरो छोरो बेलायतमा चार वर्षको थियो --
-
3:57 - 4:00वास्तवमा भन्दा, उ जहाँतहिँ चार वर्षकै थियो। (हाँसो)
-
4:00 - 4:06यदि ठ्याक्कै भन्ने हो भने, जहाँसुकै गएपनि, उ त्यस वर्ष चार वर्षको थियो।
-
4:06 - 4:08ऊ नेटिभिटी प्लेमा थियो।
-
4:08 - 4:11तपाईँ त्यो कथा सम्झिनुहुन्छ? अहँ, त्यो धेरै लामो थियो।
-
4:11 - 4:14यो लामो कथा थियो। मेल गिब्सनले यसको शृङ्खलै बनाएका छन।♫
-
4:14 - 4:19तपाईँले हेर्नुभएको होला: "नेटिभिटी २।" तर जेम्सले जोसेफको भूमिका पाएको थियो,
-
4:19 - 4:22जसले हामीलाई रोमाञ्चित बनाएको थियो।£
-
4:22 - 4:24हामीले यसलाई एक मुख्य भूमिकाका रुपमा लिएका थियौँ।
-
4:24 - 4:26अनि त्यहाँ टी-सर्टमा बोलाईएका टन्नै एजेन्टहरूको भिड थियो:
-
4:26 - 4:29"जेम्स रबिन्सन जोसेफ नै हो!" (हाँसो)
-
4:29 - 4:31उसले बोल्नु पर्ने थिएन, तर तपाईँलाई थाहै छ त्यो खण्ड
-
4:31 - 4:34जहाँ तीन राजाहरू आउँछन्। उनीहरूले उपहारहरू लिएर आउँछन्,
-
4:34 - 4:36र उनीहरूले सुन, फ्रान्किन्सेन्स र मिर लिएर आउँछन्।
-
4:36 - 4:38यो साच्चैँ नै भयो। हामी त्यहाँ बसिराखेका थियौँ
-
4:38 - 4:40अनि मलाई लाग्छ उनीहरू कथाको क्रमबाट बाहिर गए,
-
4:40 - 4:42किनभने हामीले पछि त्यो बच्चासँग कुरा गर्दा भन्यौँ,
-
4:42 - 4:44"तिमीलाई ठिकै लाग्यो त?" अनि उसले भन्यो, "अँ, किन? केहि बिग्र्यो र?"
-
4:44 - 4:46उनीहरूले बद्लि गरे, त्यत्ति मात्रै हो।
-
4:46 - 4:47जे होस, ती तीनजना केटाहरू आए --
-
4:47 - 4:49टाउकामा टावेल राखेका चार वर्षे बच्चाहरू --
-
4:49 - 4:52अनि उनीहरूले ती बक्साहरू भुईँमा राखे,
-
4:52 - 4:54अनि पहिलो केटोले भन्यो, "मैले यहाँको लागि सुन ल्याएको छु।"
-
4:54 - 4:57अनि दोस्रो केटोले भन्यो, "मैले यहाँको लागि मिर ल्याएको छु।"
-
4:57 - 5:11अनि तेस्रो केटोले भन्यो, "फ्र्याङ्कले पठाएको।" (हाँसो)
-
5:11 - 5:13यी कुराहरूमा समानता के छ भने बच्चाहरू अवसर लिईहाल्छन्।
-
5:13 - 5:16उनीहरूले कुनै कुरा जानेनन भने पनि केहि चाहिँ गरिहाल्छन्।
-
5:16 - 5:19हैन त? उनीहरू गलत हुन डराउँदैनन्।
-
5:19 - 5:24अब, मैले भन्न खोजेको कुरा यो हैन कि गलत हुनु र सिर्जनशील हुनु भनेको एकै हो।
-
5:24 - 5:25हामीलाई यो थाहा छ कि,
-
5:25 - 5:28यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने,
-
5:28 - 5:31तपाईँ कुनै कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न।
-
5:31 - 5:34यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने। अनि बच्चाहरू जब बयस्क भईसक्छन्,
-
5:34 - 5:36धेरैजसोले त्यो क्षमता गुमाईसकेका हुन्छन्।
-
5:36 - 5:39उनीहरू गलत हुनबाट डराउने हुन्छन्।
-
5:39 - 5:41अनि, हामी हाम्रा कम्पनीहरू पनि यसरी नै चलाउँछौँ।®
-
5:41 - 5:44हामी गल्तीहरूलाई नराम्रो रुपमा हेर्छौँ। अनि हामी अहिले
-
5:44 - 5:47यस्तो प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ
-
5:47 - 5:50गल्ती भनेको तपाईँले गर्नैनहुने सबैभन्दा नराम्रो कुरा हो।
-
5:50 - 5:53र यसको परिणाम भने हामी मानिसलाई उनीहरूको सिर्जनशील क्षमताभन्दा
-
5:53 - 5:56बाहिर शिक्षा दिईराखेका छौं। पिकासोले एकपटक यसो भनेका थिए।
-
5:56 - 5:59उनले भनेका थिए कि सबै बच्चाहरू जन्मिँदा कलाकार हुन्छन्।
-
5:59 - 6:03समस्या भने हामी बढ्दै जाँदा पनि कलाकारनै रहिरहनु हो। म यसलाई पूर्ण विश्वास गर्छु कि,
-
6:03 - 6:05हामी सिर्जनशीलतातिर बढ्दैनौ,
-
6:05 - 6:08हामी यसबाट बाहिरतिर बढ्छौँ। अझ भन्दा, हामी यसबाट बाहिर शिक्षित हुन्छौँ।
-
6:08 - 6:10त्यसोभए किन यस्तो छ त?
-
6:10 - 6:14म करिब ५ बर्षअघिसम्म स्ट्र्याटफर्ड-अन-एभनमा बस्थेँ।
-
6:14 - 6:16वास्तवमा, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस सरेका हौँ।
-
6:16 - 6:20यसबाट यो परिवर्तन कति सजिलो भयो होला भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ।
-
6:20 - 6:22(हाँसो) वास्तवमा,
-
6:22 - 6:24हामी एउटा स्निटरफिल्ड भन्ने ठाउँमा बस्थ्यौँ,
-
6:24 - 6:26स्ट्र्याटफर्डको केहि बाहिर मात्र, जहाँ
-
6:26 - 6:31शेक्सपियरका बाबु जन्मेका थिए। तपाईँ अर्को अचम्ममा पर्नु भयो? म चाहिँ परेको थिएँ है।
-
6:31 - 6:33तपाईँले शेक्सपियरका बाबु पनि थिए भनेर सोच्नुहुन्न, सोच्नुहुन्छ त?
-
6:33 - 6:35सोच्नु हुन्छ त? किनभने तपाईँ शेक्सपियर
-
6:35 - 6:37लाई बच्चाको रुपमा सोच्नुहुन्न, हैन त?
-
6:37 - 6:40सात वर्षका शेक्सपियर? मैले यो कुरा कहिल्यै सोचेको थिईन। मेरो मतलव, उनी
-
6:40 - 6:42एकपटक सात वर्षका त थिए नि। उनी
-
6:42 - 6:51कसैको अङ्ग्रेजी कक्षामा थिए, हैन त? त्यो कस्तो दिक्कलाग्दो हुन्थ्यो होला?
-
6:51 - 7:05(हाँसो) "अझ कडा परिश्रम गर्नुपर्छ।" उनका बाबुले सुत्न पठाउँदा, क्या त,
-
7:05 - 7:08शेक्सपियरलाई, "जाऊ सुत, चाँडै,"
-
7:08 - 7:10विलियम शेक्सपियरलाई, "अनि त्यो कलम छोड्दे त।
-
7:10 - 7:18अनि त्यसरी कुरा गर्नु हुँदैन। यसले सबैलाई दोधारमा पार्छ।"
-
7:18 - 7:23(हाँसो)
-
7:23 - 7:26जे होस, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस गयौँ,
-
7:26 - 7:30र म, वास्तवमा, त्यो परिवर्तनका बारे एउटा शब्द भन्न चाहन्छु।
-
7:30 - 7:33मेरो छोरो आउन चाहेको थिएन।
-
7:33 - 7:36मेरो दुई बच्चा छन्। ऊ अहिले २१ वर्षको भयो, मेरी छोरी १६ वर्षकी छ।
-
7:36 - 7:38ऊ लस एञ्जलस आउन चाहेको थिएन। उसलाई यो ठाऊँ मन परेको थियो,
-
7:38 - 7:43तर बेलायतमा उसकी एकजना प्रेमिका थिई। सेरा, उसको जीवनकी प्रेमिका।
-
7:43 - 7:45ऊसले ऊनलाई चिनेको एकमहिना भएको थियो।
-
7:45 - 7:48ख्याल गर्नुस, ऊनीहरूले चौथो वार्षिकोत्सव मनाईसकेका थिए,
-
7:48 - 7:52किनभने १६ वर्षको हुँदा यो लामो समय हो।©
-
7:52 - 7:54जे होस, उसले हवाईजहाजमा साँच्चै चित्त दुखाएको थियो,
-
7:54 - 7:56अनि उसले भनेको थियो, "मैले सेराजस्तो अर्को केटी कहिल्यै भेटाउने छैन।"
-
7:56 - 7:58अनि हामीलाई भने यो कुराले खुशी लागिराखेको थियो, साँच्चै भन्दा,
-
7:58 - 8:10किनभने हामीले देश छोड्नुको मुख्य कारण ऊनी नै थिईन।
-
8:10 - 8:13(हाँसो)
-
8:13 - 8:16तर जब तपाईँ अमेरीका सर्नुहुन्छ तपाईँलाई केही कुराले छोप्छ
-
8:16 - 8:18र तपाईँ पृथ्वीमा जहाँ पुग्नुभयो भने पनि:
-
8:18 - 8:22विश्वका सबै शिक्षा पद्धतिमा उहि प्रकारका विषयगत तहहरू छन्।
-
8:22 - 8:24जुनसुकै ठाउँमा पनि। तपाईँ जहाँ गएपनि केहि फरक पर्दैन।
-
8:24 - 8:26तपाईँलाई यस्तो हुँदैन जस्तो लाग्ला, तर हैन।
-
8:26 - 8:29माथिल्लो तहमा गणित र भाषाहरू हुन्छन्,
-
8:29 - 8:31अनि मानविकी, अनि कलाहरू सबैभन्दा तल हुन्छन्।
-
8:31 - 8:33पृथ्वीको जुनसुकै ठाउँमा पनि।
-
8:33 - 8:36अनि प्राय:जसो सबै पद्दतिमा पनि,
-
8:36 - 8:38कलाहरूभित्र पनि अझ तहहरू हुन्छन्।¼
-
8:38 - 8:40विद्यालयहरूमा साधारणतया कला र सङ्गीतलाई उपल्लो दर्जा दिईन्छ
-
8:40 - 8:43त्यसपछि नाटक र नृत्य। यो ग्रहमा एउटा पनि त्यस्तो शिक्षा पद्दति छैन जहाँ
-
8:43 - 8:45बच्चाहरूलाई हरेक दिन नृत्य सिकाईन्छ
-
8:45 - 8:48हामीले ऊनीहरूलाई गणित पढाएको जस्तै। किन?
-
8:48 - 8:50किन होइन त? मलाई लाग्छ यो कुरा अझ महत्वपूर्ण छ।♫
-
8:50 - 8:53मलाई लाग्छ गणित एकदमै महत्वपूर्ण हो, तर नृत्यपनि उत्तिकै हो।
-
8:53 - 8:56बच्चाहरूलाई दियो भने जतिबेला पनि नाच्छन, हामी सबै नाच्छौँ।
-
8:56 - 8:59हामी सबैको शरीर छ, हैन त? मैले केहि विर्शेको त छैन नि?
-
8:59 - 9:03(हाँसो) साँचो भन्दा, के हुन्छ भने,
-
9:03 - 9:05जब बच्चाहरू बढ्दै जान्छन, हामी ऊनीहरूलाई क्रमिकरुपमा
-
9:05 - 9:08कम्मरदेखि माथितिर पढाउँदै जान्छौँ। अनि त्यसपछि हामी ऊनीहरूको टाउकोमा केन्द्रित हुन्छौँ।
-
9:08 - 9:10अनि विस्तारै एउटा भागतिर।
-
9:10 - 9:14यदि तपाईले एउटा वाह्यजीवको रुपमा शिक्षालाई हेर्नुपर्ने भएमा,
-
9:14 - 9:17अनि "के का लागि हो, सार्वजनिक शिक्षा?" भनेर भन्नुपर्ने भएमा,
-
9:17 - 9:19मलाई लाग्छ कि तपाईँ निश्कर्षमा पुग्नुहुन्छ -- यदि तपाईँले उत्पादन हेर्नुभयो भने,
-
9:19 - 9:21यसबाट को को साँच्चै सफल हुन्छन्,
-
9:21 - 9:23क कसले ऊनीहरूले गर्नुपर्ने सबै कुरा गर्छन्,
-
9:23 - 9:26क कसले सबै अङ्कहरू पाउँछन, कसले जित्छन् --
-
9:26 - 9:29मलाई लाग्छ तपाईँ यो निष्कर्षमा पुग्नुपर्ने हुन्छ कि सार्वजनिक शिक्षाको सम्पूर्ण उद्देश्य
-
9:29 - 9:30विश्वभरि नै
-
9:30 - 9:34विश्वविद्यालयका प्राध्यापकहरू उत्पादन गर्नु हो, हैन त?
-
9:34 - 9:36ऊनीहरू नै हुन जो अग्र स्थानमा आउँछन्।
-
9:37 - 9:40अनि म पनि त्यस्तै एकजना थिएँ। (हाँसो)©
-
9:40 - 9:44अनि मलाई विश्वविद्यालयका प्राध्यापकहरू मन पर्छन, तर तपाईँलाई थाहा छ,
-
9:44 - 9:48हामीले ऊनीहरूलाई सम्पूर्ण मानव उपलब्धिकै चरमविन्दुको रुपमा राख्नु हुँदैन।
-
9:48 - 9:50ऊनीहरू जीवनको एउटा प्रकार मात्र हुन,®
-
9:50 - 9:52जीवनको अर्को प्रकार। तर तिनीहरू बरु जिज्ञासु हुन्छन्,
-
9:52 - 9:54अनि मैले यो कुरा ऊनीहरूलाई माया गरेर भनेको हुँ।
-
9:54 - 9:57मेरो अनुभवमा प्राध्यापकहरूको बारेमा एउटा रमाईलो कुरा छ --
-
9:57 - 10:00सबैचाहिँ हैन, तर प्राय:जसो -- उनीहरू आफ्नो टाउकोले बाँच्छन्।
-
10:00 - 10:02ऊनीहरू त्यहाँ माथि बाँच्छन, र अलिकति एकातिर।
-
10:02 - 10:06एक प्रकारले ऊनीहरू, शाब्दिक रुपमा, शरीरविहीन हुन्छन्।
-
10:06 - 10:08ऊनीहरू आफ्नो शरीरलाई
-
10:08 - 10:17एक प्रकारको टाउकोको वाहन जसरी लिन्छन, हैन त?
-
10:17 - 10:24(हाँसो) यो ऊनीहरूको टाउकोलाई बैठकहरूमा लैजाने एउटा माध्यम हो।
-
10:24 - 10:27तपाईँ शरीरविहीनताको साँचो प्रमाण खोज्नुहुन्छ भने,
-
10:27 - 10:30तपाईँ आवाशीय सम्मेलनमा जानुस,
-
10:30 - 10:32वरिष्ठ प्राज्ञहरूको,
-
10:32 - 10:35अनि अन्तिम रातको डिस्कोमा जानुस।
-
10:35 - 10:39(हाँसो) अनि त्यहाँ तपाईँले देख्नुहुनेछ -- लोग्नेमान्छे र आईमाईहरू
-
10:39 - 10:43बेतालमा, अनियन्त्रित रुपमा शरीर बटारिरहेका,
-
10:43 - 10:47ता कि घर गएपछि यसको बारेमा एउटा लेखै लेख्न सकियोस भनेर अन्तिमसम्म पर्खिरहेका।
-
10:47 - 10:53अहिले हाम्रो शिक्षा पद्दती प्राज्ञिक क्षमताको अवधारणामा खडा छ।
-
10:53 - 10:56र यसको एउटा कारण छ।
-
10:56 - 10:58यो सबै पद्दति विश्वभरि त्यतिबेला आविश्कार गरिएको थियो जतिबेला
-
10:58 - 11:00सार्वजनिक शिक्षा नै थिएन, साँच्चै, १९औँ शताब्दी अगाडि।
-
11:00 - 11:03त्यतिबेला ती सबै कुराहरू औद्योगिकीकरणका
-
11:03 - 11:04आवश्यकताहरू पुर्ति गर्न शुरु गरिएका थिए।
-
11:04 - 11:07त्यसैले यो तहगत प्रणाली दुई विचारधाराहरूमा आधारित छ।
-
11:07 - 11:11प्रथम, कामका लागि सबैभन्दा बढी चाहिने विषयहरू
-
11:11 - 11:13माथि छन्। त्यसले गर्दा तपाईँलाई बच्चै हुँदा मृदुभावले
-
11:13 - 11:15तपाईँलाई मन पर्ने कुराहरूबाट टाढा लगिन्छ,
-
11:15 - 11:17यो आधारमा कि, तपाईँले ती काम गरेर
-
11:17 - 11:20कहिल्यै नोकरी पाउनुहुन्न। हो कि हैन?
-
11:20 - 11:22सङ्गीततिर नलाग, तिमी सङ्गीतकार बन्ने हैन;
-
11:22 - 11:24कलातिर नलाग, तिमी कलाकार बन्ने हैन।
-
11:25 - 11:29मिठो सुझाव -- अहिले, गम्भिर रुपले गलत। यो सम्पूर्ण विश्व
-
11:29 - 11:30एउटा क्रान्तिमा फसेको छ।
-
11:30 - 11:33र दोस्रो हो प्राज्ञिक क्षमता, जसले हाम्रो बौद्धिक दृष्टिकोणमाथि
-
11:33 - 11:34साँच्चै प्रभुत्व जमाएको छ,
-
11:34 - 11:37किनभने यो प्रणालीलाई विश्वविद्यालयहरूले ऊनीहरूको आफ्नै छविअनुसार रचना गरेका छन्।
-
11:37 - 11:39यदि तपाईँले यसबारेमा सोच्नु भयो भने, सार्वजनिक शिक्षाको
-
11:39 - 11:41विश्वभरिकै सम्पूर्ण पद्दति विश्वविद्यालयको प्रवेशको
-
11:41 - 11:43एउटा तन्काईएको प्रक्रिया हो।
-
11:43 - 11:46र यसको परिणाम के हो भने धेरै प्रतिभाशाली, मेधावी,
-
11:46 - 11:48सिर्जनशील व्यक्तिहरूले आफूलाई केहि हैन भन्ने सोच्छन्,
-
11:48 - 11:50किनभने ऊनीहरूले विद्यालयमा राम्रो गरिराखेका विषयहरूको
-
11:50 - 11:54केहि कदर गरिएन, अथवा वास्तवमै खराब मानिन्छ।
-
11:54 - 11:56र मलाई के लाग्छ भने हामी त्यो बाटोमा जान सक्दैनौँ।
-
11:56 - 11:58युनेस्कोका अनुसार, आउने ३० बर्षमा,
-
11:58 - 12:01ईतिहासको शुरूदेखि आजसम्म भएकाभन्दा धेरै
-
12:01 - 12:03व्यक्तिहरू शिक्षाबाट स्नातक हुनेछन्।
-
12:03 - 12:05धेरै व्यक्तिहरू, र यो हामीले कुरा गरेका
-
12:05 - 12:07सबै चिजहरूको मिश्रण हो --
-
12:07 - 12:10प्रविधि र यसले काममा ल्याएको रुपान्तरण, अनि जनसङ्ख्या अध्ययन
-
12:10 - 12:12र जनसङ्ख्याको विशाल वृद्धि।
-
12:12 - 12:15एकाएक, उपाधिहरूको केहि मूल्य छैन। हैन त?
-
12:15 - 12:19म विद्यार्थी छँदा, तपाईँसँग उपाधि भए जागिर पाउनुहुन्थ्यो।
-
12:19 - 12:22यदि तपाईँको जागिर थिएन भने त्यो तपाईँले नचाहेर मात्र हुन्थ्यो।
-
12:22 - 12:25अनि मलाई, सोझै भन्दा, जागिरको ईच्छा थिएन। (हाँसो)
-
12:25 - 12:30तर अहिले उपाधि लिएका बच्चाहरू धेरैजसो
-
12:30 - 12:31भिडियो गेम खेल्न घर फर्किन्छन्,
-
12:31 - 12:34किनभने पहिले बीए चाहिने जागिरलाई अहिले एमए चाहिन्छ
-
12:34 - 12:37अनि एमए चाहिनेलाई पीएचडी चाहिन्छ।
-
12:37 - 12:39यो प्राज्ञिक स्फीतिको एउटा प्रक्रिया हो।
-
12:39 - 12:41र यसले पुरै शिक्षा पद्दति हाम्रो पैतालामुनितिर
-
12:41 - 12:43खस्किराखेको छ भन्ने दर्शाउँछ। हामीले हाम्रो बौद्धिक दृष्टिकोणबारे
-
12:43 - 12:44समस्त रुपमा पुनर्विचार गर्नुपर्छ।
-
12:44 - 12:46हामीले बुद्धिको बारेमा तीनओटा कुराहरू जानेका छौ।
-
12:46 - 12:49पहिलो, यसको विविधता। विश्वलाई हामीले यसलाई अनुभव गरेका
-
12:49 - 12:51हरेक तरिकाबाट हेर्दछौँ। हामी दृश्यमा सोच्छौँ,
-
12:51 - 12:54हामी आवाजमा सोच्छौँ, हामी सौन्दर्यमा सोच्छौँ।
-
12:54 - 12:57हामी अमूर्त ढाँचामा सोच्छौँ, हामी चालमा सोच्छौँ।
-
12:57 - 12:59दोस्रो, बुद्धि गतिशील छ।
-
12:59 - 13:02यदि तपाईँले मान्छेको दिमागको अन्तरक्रियालाई हेर्नुभयो भने, हामीले
-
13:02 - 13:05हिजो त्यतिका प्रस्तुतिहरूमा सुनेजस्तो,
-
13:05 - 13:07बुद्धि आश्चर्यजनक रुपले अन्तरक्रियात्मक छ।
-
13:07 - 13:10दिमाग कक्षहरूमा बिभाजित छैन।
-
13:10 - 13:13वास्तवमा, सिर्जनशीलता -- जसलाई मैले मुल्यवान मौलिक विचारहरू
-
13:13 - 13:15जान्ने प्रक्रियाको रुपमा परिभाषित गर्छु --
-
13:15 - 13:18प्राय:जसो विभिन्न शास्त्रको वस्तुहरूलाई हेर्ने तरीकाहरुको
-
13:18 - 13:21अन्तरक्रियाबाट उत्पन्न हुन्छ।
-
13:21 - 13:23दिमाग जानिबुझिकनै -- वास्तवमा,
-
13:23 - 13:26दिमागका दुई भागहरूलाई जोड्ने कर्पस क्यालोसम नामको
-
13:26 - 13:28एउटा स्नायुरेसाको मुठो हुन्छ। यो महिलाहरूमा अलि मोटो हुन्छ।
-
13:28 - 13:30हिजोकी हेलेनलाई हेर्दा, सायद यहि कारणले महिलाहरू
-
13:30 - 13:34एकैपटक धेरैओटा काम राम्ररी गर्न सक्छन् भन्ने मलाई लाग्छ।
-
13:34 - 13:36किनभने तपाईँ त्यस्तो हुनुहुन्छ, हैन त?
-
13:36 - 13:39यसको अनुसन्धानको एउटा पाटो छ, तर मैले आफ्नै जीबनबाट यो कुरा जानेको छु।
-
13:39 - 13:41यदि मेरी श्रीमतीले घरमा खाना बनाउँदैछिन भने --
-
13:41 - 13:45जुनचाहिँ धेरैजसो हुन्न, धन्न। (हाँसो)
-
13:45 - 13:48तर तपाईँलाई थाहा छ, ऊनले पकाउँदैछिन् -- हैन, ऊनले केहि-केहि चाहिँ राम्रै पकाउँछिन् --
-
13:48 - 13:50तर यदि ऊनले पकाउँदैछिन भने, तपाईँलाई थाहा छ,
-
13:50 - 13:52ऊनले फोनमा कसैसित कुरा गरिरहेकि हुन्छिन्,
-
13:52 - 13:55केटाकेटीहरूसित कुरा गरिराखेकि हुन्छिन, छत लिपिराखेकी हुन्छिन्,
-
13:55 - 13:58उनी यहाँ ओपन-हार्ट सर्जरी गरिराखेकी हुन्छिन्।
-
13:58 - 14:01यदि मैले पकाउँदै छु भने, ढोका बन्द हुन्छ, केटाकेटीहरू बाहिर हुन्छन्,
-
14:01 - 14:04फोन उठिराखेको हुन्छ, अनि ऊनी आउँदा पनि मलाई दिक्क लाग्छ।
-
14:04 - 14:17म भन्छु, "टेरी, कृपया, मैले यहाँ अण्डा पकाईराखेको छु। एकैछिन पर्ख न।"(हाँसो)
-
14:17 - 14:19वास्तवमा, पुरानो दार्शनिक कुरा छ नि,
-
14:19 - 14:22यदि जङ्गलमा एउटा रुख ढल्छ र कसैले सुन्दैन,
-
14:22 - 14:25ढलेकै हो त? त्यो पुरानो कटुस सम्झिनुहुन्छ?
-
14:25 - 14:28मैले हालसालै एउटा गज्जबको टि-सर्ट देखेको थिएँ जसमा लेखेको थियो, "यदि एउटा लोग्नेमान्छेले
-
14:28 - 14:31जङ्गलमा आफ्नो मनको कुरा भन्छ, र कुनै आईमाईले सुन्दैन भने,
-
14:31 - 14:40तबपनि ऊ गलत हुन्छ त?" (हाँसो)
-
14:40 - 14:42अनि बुद्धिको बारेमा तेस्रो कुरा हो,
-
14:43 - 14:45यो पृथक छ। मैले अहिले एउटा किताब लेख्दै छु
-
14:45 - 14:47"एपिफानी" नामको, जुन व्यक्तिहरूले ऊनीहरूको प्रतिभा कसरी पत्ता लगाए
-
14:47 - 14:49भन्ने कुराको एउटा अन्तर्वार्ताको शृङ्खलामा आधारित छ।
-
14:49 - 14:51मान्छेहरु कसरी त्यहाँसम्म पुगे भन्ने कुराले मलाई आकर्षित गरेको छ।
-
14:51 - 14:54यो मैले एउटी बिचित्रकी महिलासँग
-
14:54 - 14:56गरेका कुराबाट प्रेरित छ जसको बारेमा सायद धेरै व्यक्तिहरूले
-
14:56 - 14:58सुनेका छैनन होला, ऊनको नाम हो गिलियन लिने,
-
14:58 - 15:00तपाईँले सुन्नुभएको थियो त? कसैकसैले सुनेका छन्। ऊनी एउटा कोरियोग्राफर हुन्
-
15:00 - 15:02र ऊनको काम सबैलाई थाहा छ।
-
15:02 - 15:04ऊनले "क्याट्स" अनि "फ्यान्टम अफ द ओपेरा" बनाएकि थिईन्।
-
15:04 - 15:08ऊनी बिचित्रकी छन। म वेलायतमा रोयल ब्यालेटको समितिमा बस्थेँ।
-
15:08 - 15:10तपाईँलाई थाहै छ।
-
15:10 - 15:12जे होस, गिलियन र मैले एकदिन संगै खाना खायौँ अनि मैले भने,
-
15:12 - 15:14"गिलियन, तपाईँ कसरी नृत्यकर्मी बन्नुभयो त?" अनि उनले भनिन"
-
15:14 - 15:16यो रोचक थियो, जब ऊनी विद्यालयमा थिईन्,
-
15:16 - 15:19ऊनी साँच्चै निराश थिईन। अनि त्यो विद्यालयले, सन ३०को दशक तिर,
-
15:19 - 15:21ऊनका आमाबाबुहरूलाई लेख्यो, "हामीलाई लाग्छ
-
15:21 - 15:23गिलियनको सिकाई क्षमतामा समस्या छ।" ऊनी एकाग्र हुन सक्दिनन्,
-
15:23 - 15:25ऊनी धेरै चञ्चल थिइन। मलाई लाग्छ अहिले तिनीहरूले उनलाई
-
15:25 - 15:29एडीएचडी थियो भन्थे होलान्। हैन त? तर यो १९३० तिरको कुरा हो,
-
15:29 - 15:32अनि त्यतिबेला एडीएचडीको आविश्कार नै भएको थिएन।
-
15:32 - 15:35त्यतिबेला यो एउटा उपलब्ध अवस्था थिएन। (हाँसो)
-
15:35 - 15:39कसैलाई यो हुन्छ भन्ने कुरा कसैलाई थाहै थिएन।
-
15:39 - 15:43जे होस, ऊनी विशेषज्ञकहाँ देखाउन गईन। अनि, त्यो भब्य कोठा,
-
15:43 - 15:46र ऊनि आमासँग गएकी थिईन्,
-
15:46 - 15:49अनि उनलाई एउटा छेउको कुर्सीमा लगेर बसाईयो,
-
15:49 - 15:51अनि ऊनी २० मिनेटसम्म एक्लै बसिराखिन जतिबेला
-
15:51 - 15:53त्यो मान्छेले ऊनकी आमासँग गिलियनलाई विद्यालयमा भएका
-
15:53 - 15:57ऊनका सबै समस्याहरूका बारेमा कुरा गर्र्यो। अन अन्तिममा --
-
15:57 - 15:59ऊनले मान्छेहरूलाई अलमल्याएकाले,
-
15:59 - 16:01ऊनको गृहकार्य सधै ढीलो हुन्थ्यो, अनि यस्तै यस्तै,
-
16:01 - 16:04आठ वर्षकी सानी बच्ची -- अन्त्यमा, डाक्टर गएर
-
16:04 - 16:06गिलियनको छेउमा बस्यो अनि भन्यो, "गिलियन्,
-
16:06 - 16:08मैले तिम्रो आमाले भनेका सबै कुराहरू सुनेँ,
-
16:08 - 16:10र म ऊहाँसँग एकान्तमा कुरा गर्न चाहन्छु।"
-
16:10 - 16:13ऊसले भन्यो, "यहिँ पर्ख है, हामी आईहाल्छौँ, धेरै बेर लाग्दैन।"
-
16:13 - 16:15अनि ऊनीहरू ऊनलाई छाडेर गए।
-
16:15 - 16:17तर ऊनीहरू कोठाबाट बाहिर जाँदा उसले उसको टेबलमा भएको
-
16:17 - 16:19रेडियो खोल्यो। अनि जब तिनीहरू
-
16:19 - 16:21कोठाबाहिर गए, ऊसले ऊनको आमालाई भन्यो,
-
16:21 - 16:24"उँभिनुस र ऊनलाई हेर्नुस।" र ऊनीहरू कोठाबाट निस्किने बित्तीकै,
-
16:24 - 16:28ऊनले भनिन, ऊनी ऊभिईन, अनि सङ्गीतसँगै चल्न थालिन्।
-
16:28 - 16:30ऊनीहरूले केहि मिनेटसम्म हेरे
-
16:30 - 16:33अनि ऊ ऊनकी आमातिर फर्केर भन्यो,
-
16:33 - 16:37"श्रीमती लिने, गिलियन बिरामी छैनन, ऊनी नर्तकी हुन्।
-
16:37 - 16:39ऊनलाई नृत्य विद्यालयमा लैजानुस।"
-
16:39 - 16:41मैले भनेँ, "अनि के भयो?"
-
16:41 - 16:44ऊनले भनिन, "पठाउनुभयो। त्यो कति रमाईलो थियो भन्ने म तपाईँलाई भन्नै सक्दिन।
-
16:44 - 16:46हामी त्यो कोठामा गयौँ त्यहाँ सबै म जस्ता मान्छेहरूले
-
16:46 - 16:49भरिएको थियो। स्थिर बसिराख्न नसक्ने मान्छेहरू।
-
16:49 - 16:52सोच्नका लागि चल्नैपर्ने मान्छेहरू ।" सोच्नका लागि चल्नुपर्नेहरू ।
-
16:52 - 16:54ऊनीहरू ब्याले नाच्थे, ट्याप नाच्थे, ज्याज नाच्थे,
-
16:54 - 16:56आधुनिक नाच्थे, समकालीन नाच्थे ।
-
16:56 - 16:59अन्तत: ऊनी रोयल ब्याले विद्यालयका लागि छानिईन,
-
16:59 - 17:01ऊनी एकल कलाकार बनिन, ऊनले रोयल ब्यालेमा
-
17:01 - 17:03गज्जबको पेशा पाईन। अन्तत: ऊनी
-
17:03 - 17:05रोयल ब्याले स्कूलबाट स्नातक भईन् र
-
17:05 - 17:08आफ्नै कम्पनी शुरु गरिन -- द गिलियन लिने डान्स कम्पनी --
-
17:08 - 17:11एन्ड्रु लोयड वेबरलाई भेटिन। ऊनी ईतिहासकै सबैभन्दा बढी
-
17:11 - 17:13सफल साङ्गीतिक थिएटर निर्माणका लागि जिम्मेबार छिन्
-
17:13 - 17:18ऊनले दसौँ लाखलाई आनन्द दिएकी छन्,
-
17:18 - 17:21अनि ऊनी करोडपति छिन् । अरु कोहि भएको भए
-
17:21 - 17:25ऊनलाई उपचार गर्थ्यो होला अनि ऊनलाई
-
17:25 - 17:27चुप लाग्न भन्थ्यो होला।
-
17:27 - 17:30अब, मलाई लाग्छ ... (ताली) मैले के सोच्छु भने:
-
17:30 - 17:32अल गोरले हिजो राती पर्यावरणको बारेमा,
-
17:32 - 17:35अनि राचेल कार्सनले शुरु गरेको क्रान्तिको बारेमा बोले ।
-
17:35 - 17:39मलाई विश्वास छ भविष्यको लागि हाम्रो एकमात्र आशा
-
17:39 - 17:42भनेको मानव पर्यावरणको नयाँ अवधारणा अपनाउने नै हो,
-
17:42 - 17:46यस्तो अवधारणा जसमा हामी मानव क्षमताको सम्पन्नताको
-
17:46 - 17:48नयाँ धारणा बनाउँन शुरु गर्नेर्छौँ।
-
17:48 - 17:52हाम्रो शिक्षा पद्दतिले हाम्रो दिमागलाई यसरी खाईदिएको छ
-
17:52 - 17:54कि हामी पृथ्वीलाई खान्छौँ: एउटा विशेष क्रयवस्तुका लागि।
-
17:54 - 17:57र भविष्यमा, यसले हामीलाई काम दिने छैन ।
-
17:57 - 18:00हामीले आधारभूत सिद्धान्तहरूलाई पुनर्विचार गर्नुपर्छ
-
18:00 - 18:02जसमा हामी हाम्रा बच्चाहरूलाई शिक्षा दिँदैछौँ । जोनास साल्कको
-
18:02 - 18:06एउटा गज्जबको भनाई छ नि, ऊनले भनेका छन, "यदि सबै कीराहरू
-
18:06 - 18:09पृथ्वीबाट हराउनुपर्ने भए,
-
18:09 - 18:12५० वर्षभित्र पृथ्वीका सबै जीवहरू खत्तम हुनेथियो ।
-
18:12 - 18:15यदि पृथ्वीबाट सबै मान्छेहरू हराए भने,
-
18:15 - 18:19५० वर्षभित्र सबै जीवहरू फस्टाउने छन्।"
-
18:19 - 18:21अनि ऊनले ठीक भनेका छन्।
-
18:21 - 18:24टेडले मानव कल्पनाको उपहारलाई सम्मान गर्छ।
-
18:24 - 18:28हामीले यो उपहार वुद्धिमानीपूर्वक प्रयोग गर्नेबारे सचेत हुनुपर्छ,
-
18:28 - 18:31अनि हामीले केहि परिदृश्यहरूलाई हटाईदिनुपर्छ
-
18:31 - 18:34जसको बारेमा हामीले कुरा गरेका छौँ। र हामीले यसो गर्ने
-
18:35 - 18:38एउटै मात्र तरिका भनेको हाम्रा सृजनशील क्षमताहरूलाई
-
18:38 - 18:40तिनीहरूका सम्पन्नताअनुसार हेर्ने, र हाम्रा
-
18:40 - 18:43बच्चाहरूलाई तिनीहरूका आशाको रुपमा हेर्ने नै हो । र हाम्रो काम
-
18:43 - 18:46ऊनीहरूको सम्पूर्ण पक्षलाई शिक्षित गर्नु हो, जसद्वारा उनीहरूले भविष्यलाई सामना गर्न सकून्।
-
18:46 - 18:49-- जे होस -- हामीले भविष्य नदेखौँला,
-
18:49 - 18:52तर ऊनीहरूले देख्नेछन् । र हाम्रो काम भनेको ऊनीहरूलाई
-
18:52 - 18:54यसमा केही गर्न सहयोग गर्ने हो । धेरै धेरै धन्यवाद ।
- Title:
- केन रबिन्सनका भनाईअनुसार विद्यालयहरूले सिर्जनशीलताको विनाश गर्छन्
- Speaker:
- Sir Ken Robinson
- Description:
-
सिर्जनशीलतालाई हुर्काउने (न कि यसको उपेक्षा गर्ने) शिक्षा पद्धति निर्माण गर्ने बारेमा सर केन रबिन्सन एउटा मनोरञ्जक एवं अत्यन्त हृदयस्पर्शी कुरा गर्छन्।
- Video Language:
- English
- Team:
- closed TED
- Project:
- TEDTalks
- Duration:
- 19:00