एरिअन्ना हफ्फिंगटन: सफल कसरि हुने? टन्न सुत्नुस
-
0:00 - 0:02मेरो ठुलो आइडिया
-
0:02 - 0:04एउटा एकदमै सानो आइडिया हो
-
0:04 - 0:06जसले
-
0:06 - 0:09लाखौ करोडौ आइडियाहरुको ताला खोल्न सक्छ
-
0:09 - 0:12जुन अहिले हामी भित्र सुसुप्त अवस्थामा रहिरहेको छ|
-
0:12 - 0:14मेरो सानो आइडिया जसले त्यो ताला खोल्न मद्दत गर्छ
-
0:14 - 0:16त्यो हो-- सुत्नु |
-
0:16 - 0:18(हाँसो)
-
0:18 - 0:22(तालि)
-
0:22 - 0:25यो टाईप-ए महिलाहरुको कोठा हो|
-
0:26 - 0:28यो सुत्नबाट बन्चित महिलाहरुको
-
0:28 - 0:31कोठा हो|
-
0:31 - 0:33र मैले मेरा तिता अनुभवहरु बाट
-
0:33 - 0:35निन्द्राको महत्व को बारेमा जानेकी हु|
-
0:35 - 0:37आज भन्दा अढाई वर्ष अघि
-
0:37 - 0:39म थकाईको कारणले बिहोस भएकी थिए|
-
0:39 - 0:42मेरो टाउको मेरो डेस्क मा ठोकियो, अनि मेरो गालाको हड्डी भाचियो,
-
0:42 - 0:45मेरो दाहिने आँखामा पाच ओटा टाँका मारियो|
-
0:45 - 0:47र त्यसपछि मेरो यात्रा सुरु भयो
-
0:47 - 0:50कि निन्द्राको महत्व को बारेमा पुनर अनुसन्धानको लागि
-
0:50 - 0:52र त्यो दौरानमा,
-
0:52 - 0:54मैले पढे,
-
0:54 - 0:56मैले मेडिकल डाक्टरहरु, बैज्ञानिकहरुलाई भेटें,
-
0:56 - 0:58र अहिले म तपाईंहरुलाई यो भन्न आएकी छु कि
-
0:58 - 1:01जीवनलाई बढि उत्पादनशील बनाउन,
-
1:01 - 1:03बढि उत्प्रेरित र सुखी बनाउने उपाय भनेको
-
1:03 - 1:06पर्याप्त सुत्नु हो|
-
1:06 - 1:11(तालि)
-
1:11 - 1:14र हामी महिलाहरु नै अगुवाई गर्न गइरहेका छौं
-
1:14 - 1:17यो नया क्रान्तिको, यो नया नारीवादी बिषयको|
-
1:18 - 1:21हामी साच्चीनै टन्न सुत्न गैरहेका छौ, साच्ची नै.
-
1:21 - 1:23(हाँसो)
-
1:23 - 1:28(तालि)
-
1:28 - 1:30तर दुर्भाग्यबस,
-
1:30 - 1:32पुरुषको लागि
-
1:32 - 1:35अनिदो हुनु भनेको पुरुषार्थको संकेत जस्तो बनेको छ|
-
1:36 - 1:38मैले अस्ति भर्खरमात्र एउटा पुरुससँग डीनर खाएकी थिएँ
-
1:38 - 1:40जसले मलाई अघिल्लो रातमा जम्मा
-
1:40 - 1:42चार घण्टा सुते भनेर फुर्ती लगायो|
-
1:42 - 1:45र मलाई उसलाई यस्तो भन्न मन लागेको थियो-- तर मैले भन्न चाही भनिन
-
1:45 - 1:47म यस्तो भन्ने पक्षमा थिए, "था छ तपाइंलाई?
-
1:47 - 1:49यदि तपाईं ५ घण्टा सुतेको भए,
-
1:49 - 1:52आजको यो हाम्रो डिनर अझै बढी रमाइलो हुने थियो|"
-
1:52 - 1:55(हाँसो)
-
1:55 - 1:57अहिले, यहाँ एक प्रकारको अनिदो भेटिन्छ
-
1:57 - 1:59सधै- बिजेता हुने चाहनाको|
-
1:59 - 2:02विशेषगरी यहाँ वासिंगटनमा, यदि तपाइंले बिहानीको खाजा खानलाई
-
2:02 - 2:04कोही कसैलाइ " आठ बजे भेट्दा कसो होला?" भन्नु भयो भने,
-
2:04 - 2:06तिनीहरु ले यसो भन्ने सम्भावना हुन्छ, "आठ बजे त अलि नै ढिलो हुन्छ कि,
-
2:06 - 2:08तर पनि ठिकै छ, म टेनिसको एक गेम खेलिवरी
-
2:08 - 2:11केही कन्फेरेन्स कल सकिवरि तपाईंलाई आठ बजे भेटुला नि|"
-
2:11 - 2:13र तिनीहरुलाई यसो भनिरहदा यो लाग्छ कि
-
2:13 - 2:16तिनीहरु साची नै ब्यस्त र उत्पादक छन्,
-
2:16 - 2:19तर सत्य यो हो कि तिनीहरु गलत छन्,
-
2:19 - 2:21किनकि, हामीसँग अहिलेको समयमा
-
2:21 - 2:23निकै सक्षम नेताहरु छन्
-
2:23 - 2:26ब्यबसायमा, बित्तिय संस्थामा, राजनीतिमा
-
2:26 - 2:29जो एकदमै गलत निर्णयहरु गरिरहन्छन|
-
2:29 - 2:31त्यसैले, आई. क्यु. मा अब्बल
-
2:31 - 2:34हुनु भनेको नेतृत्वमा पनि सबल नै हुन्छ भन्ने केहि छैन,
-
2:34 - 2:36किनकि नेतृत्वको सार भनेको
-
2:36 - 2:38जहाज डुब्न भन्दा पहिले नै
-
2:38 - 2:41यसलाई सम्भावित दुर्घटनाबाट बचाउन सक्ने खुबी हुनु हो|
-
2:41 - 2:44र हामी सँग त्यस्ता दुर्घटनाका टन्नै कारकहरु छन्
-
2:44 - 2:46जसले हाम्रो जहाज डुबाउन सक्छन|
-
2:46 - 2:48बास्तबमै,मेरो यस्तो चिन्तन छ
-
2:48 - 2:50कि यदि लेहम्यानका दाजुभाई मात्र नभएर
-
2:50 - 2:52दाजुभाई र दिदीबहिनी हुन्थे भने
-
2:52 - 2:54तिनीहरुको अस्तित्व अझै पनि यतै कतै हुन्थ्यो|
-
2:54 - 2:57(तालि)
-
2:57 - 2:59जब सबै दाजुहरु ब्यस्त हुन्थे
-
2:59 - 3:02चौबिसै घण्टा दशतिर दशथरी कुरा गरेर
-
3:02 - 3:05सायद बैनीले त्यो दुर्घटनाको कारक तत्व देखेकी हुनसक्थी,
-
3:05 - 3:09किनकि उनि साढे सात-- अथवा आठ--घण्टा सुतेर उठेकी हुन सक्थिन
-
3:09 - 3:11र त्यो दुर्घटनाको कारक तत्वलाई
-
3:11 - 3:13देख्न सक्थिन |
-
3:13 - 3:15त्यसैले, हामीले यो बिश्वमा
-
3:15 - 3:17विभिन्न थरिका अभाबहरु
-
3:17 - 3:20अहिलेको समयमा भोगीरहेका छौ, त्यसैले
-
3:20 - 3:23हाम्रो व्यक्तिगत मापदण्डमा जे गर्दा ठीक हुन्छ,
-
3:23 - 3:26जे ले हामीलाई अपार आनन्द, आत्मसम्मान,
-
3:26 - 3:28अनि जीवनको उत्पादकता बढाउछ
-
3:28 - 3:31र जुन हाम्रो व्यक्तित्व बिकासमा अत्युतम ठहर्छ,
-
3:31 - 3:34त्यो नै बाकी बिश्वको लागि पनि अत्युतम हुन्छ|
-
3:34 - 3:37त्यसैले म तपाईंलाई यो भन्छु
-
3:37 - 3:39कि आखा चिम्म गरेर चिन्तन गर्नुस
-
3:39 - 3:41र ठुला ठुला आइडियाहरु पत्ता लगाउनुस
-
3:41 - 3:43जुन हामी भित्रै बसेको छ,
-
3:43 - 3:46र तपाईंको यो यान्त्रिक शरीरलाई बिश्राम दिनुस र सुताईको शक्ति पत्ता लगाउनुस|
-
3:46 - 3:48धन्यबाद|
-
3:48 - 3:50(तालि)
- Title:
- एरिअन्ना हफ्फिंगटन: सफल कसरि हुने? टन्न सुत्नुस
- Speaker:
- Arianna Huffington
- Description:
-
यो छोटो प्रस्तुतिमा, एरिअन्ना हफ्फिंगटन ले एउटा सानो आइडिया सुनाउदै छिन, जुन आइडियाले ठुलाठुला आइडियाहरु लाइ जागृत गराउन सक्छ: त्यो हो सुताई को शक्ति. अनिदो हुदा यो अथवा त्यो हुन्छ भन्नुको साटो, उनि हामीलाई आखा चिम्म गरेर चिन्तन गरि त्यो ठुलो आइडियाको मनन गर्न अभिप्रेरित गर्छिन कि: हामी सुतेर हाम्रो उत्पादकता अनि प्रशन्नता बढाउन सक्छौ-- र सहि निर्णय गर्ने क्षमता बढाउन सक्छौ|
- Video Language:
- English
- Team:
closed TED
- Project:
- TEDTalks
- Duration:
- 03:50