असम्भव कार्य, डर माथिको विजय |डन मेयर | TEDxMaastricht
-
0:08 - 0:10धन्यबाद ।
-
0:16 - 0:21भारतमा, एक जना महाराजाको जन्मोत्सवको
उपलक्ष्यमा उपहार ल्याउन गाउँ प्रमुखहरुलाइ -
0:21 - 0:23आदेस जारी भयो ।
-
0:24 - 0:28कसैले सुन्दर स्लिकका कपडा ल्याए, त कसैले
गज्जबका तरबारहरु ल्याए । -
0:28 - 0:29कसैले सुन ल्याए ।
-
0:29 - 0:33लाइनको लगभग अन्त्यतिर
होचो कदका बृद्ध थिए । -
0:33 - 0:37जो आफ्ना गाउँबाट धेरै दिनको सामुद्रिक
यात्रापार गरेर त्यहाँ आइपुगेका थिए । -
0:37 - 0:41उनि नजिकै पुग्दा राजकुमारले सोधे
"राजाको लागि के उपहार ल्याउनु भयो ?" -
0:41 - 0:45र ति वृद्धले बिस्तारै आफ्नो हात खोले र
-
0:45 - 0:50कलेजी र पहेलो, रातो र निलो धर्सा सहितको,
शंखेकिरोको सार्है सुन्दर खोल देखाए । -
0:50 - 0:51त्यो देखेर राजकुमारले भने
-
0:51 - 0:54"यस्तो पनि राजालाई दिने उपहार हुन्छ,
के हो यो यस्तो ?" -
0:55 - 0:57ती बृद्धले बिस्तारै राजकुमारलाई
हेरे र भने, -
0:58 - 1:01"मेरो लामो यात्रा....उपहार कै भाग हो" ।
-
1:01 - 1:03(हाँसो)
-
1:03 - 1:06केहिबेरमा, म तपाईहरुलाई
एउटा उपहार दिन गईरहेको छु । -
1:06 - 1:08त्यस्तो उपहार जुन प्रचार गर्न योग्य छ ।
-
1:08 - 1:10तर त्यो भन्दा पहिले, म तपाईहरुलाई
-
1:10 - 1:12मेरो लामो यात्रामा लैजान चाहन्छु |
-
1:12 - 1:14तपाईहरु जस्तै,
-
1:14 - 1:15सानो बच्चाबाट मेरो जीवन सुरुभयो
-
1:15 - 1:17तपाईंहरु कतिको जीवन
बालावस्थाबाट सुरु भयो ? -
1:17 - 1:19बयस्क जन्मनु भयो कि?
-
1:19 - 1:20भनेपछि आधाआधि जसो ?...हैन त ?
-
1:21 - 1:22(हाँसो)
-
1:22 - 1:25अनि बाकि तपाईंहरु नि? हुर्केर ठुलो
भएपछि मात्रै जन्मनुभएको हो? -
1:25 - 1:28तपाईंको आमाको दर्शन गर्न पाए सोध्थें -
-
1:28 - 1:29त्यो असम्भव कसरी सम्भव भयो भनेर !
-
1:31 - 1:35सानो छदा म, असम्भव काम सम्पन्न गर्ने
कुराले रोमान्चित हुने गर्थे । -
1:36 - 1:39आजको यो दिनको लागि मैंले
बर्षौं प्रतिक्षा गरेको छु, -
1:39 - 1:41आजको यहि दिनमा म एउटा असम्भव कामलाइ
-
1:41 - 1:44सम्भव बनाउने प्रयत्न गर्नेछु,
तपाईंकै आँखा अगाडी , -
1:44 - 1:45यो TEDxMaastricht को स्टेजमा ।
-
1:46 - 1:48म अब सुरुवात गर्दैछु
-
1:49 - 1:51म यसको अन्त्य कसरी गर्दैछु भन्ने सुनाएर:
-
1:51 - 1:53म यो पुष्टि गर्न चाहन्छु कि
-
1:53 - 1:55असम्भव बास्तबमै असम्भव हुदैन ।
-
1:55 - 1:58र अन्त्यमा यस्तो उपहार दिनेछु,
जो दुनियालाई भन्न लायक हुनेछ: -
1:58 - 2:01म यो भन्न चाहन्छु कि तपाईंपनि जीवनमा
असम्भव काम गर्न सक्नुहुन्छ । -
2:03 - 2:05असम्भव कामको यात्रामा, मैंले दुइटा कुरा
-
2:05 - 2:08संसारभरका मानिसहरुमा समान पाएँ
-
2:08 - 2:10सबै जना भित्र डर छ,
-
2:10 - 2:12र सबैका सपनाहरु छन् ।
-
2:13 - 2:18असम्भव काम गर्ने मेरो खोजीमा,
मैले पाए- मलाई ३ कुरा -
2:18 - 2:20आज सम्म मैले गर्दै आएको काममा
-
2:20 - 2:23असम्भव काम गर्नका लागि कारक बनेका छन् ।
-
2:24 - 2:27डजबल, अथवा 'ट्रेफ्बल' भन्नुस ।
-
2:27 - 2:28सुपरम्यान,
-
2:28 - 2:29र मच्छड ।
-
2:29 - 2:31यी ३ मेरा प्रमुख शब्द हुन् ।
-
2:31 - 2:34म किन असम्भव काम गर्छु भन्ने
अब त बुझ्नुभयो । -
2:34 - 2:36अब म तपाईलाइ मेरो लामो यात्रामा
लैजान चाहन्छु -
2:36 - 2:39डर देखि सपना सम्म,
-
2:39 - 2:41शब्द देखि शक्तिसम्म,
-
2:41 - 2:43डजबल देखि
-
2:43 - 2:44सुपरम्यानसम्म
-
2:44 - 2:45लामखुट्टे सम्म ।
-
2:46 - 2:47म तपाइलाइ देखाउनेछु
-
2:47 - 2:50तपाईं कसरी असम्भव काम गर्न सक्नु हुन्छ ।
-
2:52 - 2:55अक्टोबर ४, २००७ को दिन
-
2:56 - 2:58मेरो धड्कन बढ्दै थियो,
मेरो खुट्टा काप्दै थियो, -
2:58 - 2:59जब हार्वर्ड युनीभर्सिटीको
-
2:59 - 3:01स्यान्डरस थिएटरमा
-
3:01 - 3:03पहिलो पाइला हालें -
-
3:03 - 3:05नोबेलप्राइज् २००७
-
3:05 - 3:05मेडिकल रिसर्च
-
3:07 - 3:09"तरबार निल्नेहरु
-
3:09 - 3:12र यसको हानिहरु" को सह लेखक भएर
-
3:12 - 3:13(हाँसो)
-
3:14 - 3:18मैले कहिल्यै नपढेको जर्नलमा
यो लेख प्रकाशित भएको थियो - -
3:18 - 3:20ब्रिटिश मेडिकल जर्नलमा ।
-
3:21 - 3:25मेरो लागि एउटा असम्भव सपना
साकार भएको जस्तो थियो, -
3:25 - 3:28म जस्तोको लागि यो एउटा आशा नगरेको
सफलता थियो, -
3:28 - 3:31र यस्तो सम्मान थियो जुन मैले कहिल्यै
भुल्ने छैन । -
3:31 - 3:35तर यो नै मेरो जीवनको मुख्य स्मरणयोग्य
घटना चाहि होइन । -
3:36 - 3:38सन् १९६७ को अक्टोबर ४ मा,
-
3:38 - 3:40यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो
-
3:41 - 3:43डरले मर्नै लागेको थियो ।
-
3:43 - 3:46जब ऊ स्टेजमा जानको लागि तयार हुदै थियो,
-
3:46 - 3:47उसको मुटु काप्दै थियो,
-
3:48 - 3:49उसको खुट्टा गल्दै थियो,
-
3:50 - 3:52उसले जब बोल्नको लागि मुख खोल्यो,
-
3:56 - 3:58उसका शब्दहरु नै हराए ।
-
3:58 - 4:00ऊ त्यहाँ काप्दै उभिएको थियो ।
-
4:01 - 4:02त्रासले अपाङ्ग जस्तो भएको थियो,
-
4:02 - 4:04डरले चिसिएको थियो ।
-
4:04 - 4:06यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो
-
4:06 - 4:08चरम डरले पिडित भएको थियो ।
-
4:09 - 4:10ऊ अध्यारो संग डराउथ्यो
-
4:11 - 4:12उचाईसंग डराउथ्यो,
-
4:12 - 4:13माकुरा र सर्पहरुसंग डराउथ्यो
-
4:13 - 4:15तपाईंलाइ माकुरा वा सर्पसंग डर लाग्छ ?
-
4:15 - 4:17ए, केहि हुनुहुदो र'छ....
-
4:17 - 4:19उसलाई पानी वा सार्क संग पनि डर लाग्थ्यो
-
4:19 - 4:22डाक्टर, नर्स र दातको डाक्टरसंग डराउथ्यो
-
4:22 - 4:25घोच्ने प्वाल पार्ने तिखा बस्तुसँग डराउथ्यो
-
4:25 - 4:27तर सबभन्दा बढी ऊ - मान्छेहरु संग
-
4:27 - 4:28डराउथ्यो ।
-
4:29 - 4:32त्यो डरछेरुवा, लज्जालु, र हुतिहारा केटो
-
4:32 - 4:33म नै थिए ।
-
4:33 - 4:36असफलता र अस्वीकार संग मेरो डर थियो,
-
4:37 - 4:40आत्मविश्वासको कमी, सानो भइएला भन्ने डर,
-
4:40 - 4:43त्यति बेला जानकारी नै नभएको बिषय-
-
4:43 - 4:45सामाजिक सुरक्षाको चिन्ता ।
-
4:45 - 4:49आवाराहरुले मलाई जिस्काउने र पिट्ने गर्थे,
किन कि, म डराउथे । -
4:49 - 4:52मलाई हास्य पात्र बनाउथे र जिस्काएर बोलाउथे
र मलाई तिनीहरुको कुनै पनि खेलमा -
4:52 - 4:54समाबेस गराउदैनथे ।
-
4:55 - 4:58अ, तर एउटा खेलमा भने मलाई समाबेस गराउथे -
-
4:58 - 4:59डजबल
-
5:00 - 5:01र म खासै गतिलो खेलाडी भने थिईन ।
-
5:02 - 5:04आवाराहरुले मलाई नाम काढेर बोलाउथे
-
5:04 - 5:06म तिनीहरु लाई हेर्थे र यी राता
डजबलहरु जुन ध्वनि -
5:06 - 5:08तरंग भन्दा पनि तिब्र गतिमा मेरो मुहार
-
5:08 - 5:10सामुन्ने हुदै जान्थ्यो! ब्याम ब्याम.
-
5:11 - 5:13म स्कुलबाट घर फर्किदै गरेका
धेरै दिनहरु सम्झन्छु -
5:13 - 5:18मेरो अनुहार पिडाले असहज हुन्थ्यो
कान राता अनि घुनुन्न गरिराखेको हुन्थ्यो -
5:18 - 5:21मेरा आखा आशुले भिजेका हुन्थे,
-
5:21 - 5:24तिनीहरुका शब्दले मेरो मन जलेको हुन्थ्यो ।
-
5:24 - 5:25यो जस्ले भनेको भए पनि
-
5:25 - 5:29"ढुंगामुढाले मेरो हड्डी भाच्न सक्ला,
तर शब्दले मलाई कहिले पिडा हुदैन" -
5:29 - 5:30यो झुट हो ।
-
5:30 - 5:32शब्दले चक्कुले झैँ काट्न सक्छ ।
-
5:32 - 5:34शब्दले तरबारले झैँ छेड्न सक्छ ।
-
5:34 - 5:36शब्दले निकै गहिरो घाउ बनाउन सक्छ
-
5:36 - 5:38जुन आखाले देख्न सकिन्न ।
-
5:38 - 5:41हो, म डराउथे । शब्दहरु नै मेरालागि
सबभन्दा ठुला शत्रु थिए । -
5:41 - 5:42अझै पनि छन् ।
-
5:43 - 5:45म संग सपनाहरु पनि थिए ।
-
5:45 - 5:48म घर जान्थे र सुपरम्यानको कमिकको
सहारा लिन्थे -
5:48 - 5:50सुपरम्यानको कमिक पढ्थे र
-
5:50 - 5:53सपना सुपरम्यान जस्तै सुपरहिरो हुने
कल्पना गर्थें । -
5:53 - 5:56म सत्य र न्यायको पक्षमा लड्न चाहन्थे,
-
5:56 - 5:59दुश्मन र गुण्डाहरुसंग भिड्न चाहन्थे,
-
5:59 - 6:03सुपर हयूमन झैं संसारभर बहादुरी र
अरुको जीवन रक्षा गर्न चाहन्थें -
6:03 - 6:06मलाई वास्तविक कुराहरुमा पनि शोख थियो ।
-
6:06 - 6:09म गिनिज बुक र रैप्लीको 'बिलिभ इट अर नट'
पढ्ने गर्थे । -
6:09 - 6:13तपाईंहरुले ससारको रेकर्ड राख्ने
गिनिज बुक र रैप्लीको बुक पढ्नु भएको ? -
6:13 - 6:14मलाई त्यस्ता किताब मनपर्छ !
-
6:14 - 6:16मैंले, साधारण मान्छेका अद्भुत काम देखें
-
6:16 - 6:18र सोचें-म त्यस्तै गर्न चाहन्छु
-
6:18 - 6:19हेपाहाहरुले मलाई उनीहरुको
-
6:19 - 6:21कुनै खेलमा समाबेस गराउन्नन भने,
-
6:21 - 6:23म जादुगरी र साहसिक काम गर्नेछु ।
-
6:23 - 6:27म यस्तो उल्लेखनिय काम गर्न चाहन्छु
जुन ति हेपाहाहरु गर्न सक्दैनन् । -
6:27 - 6:29म मेरो मेरो जीवनको उदेश्य जान्न चाहन्छु,
-
6:29 - 6:31म मेरो जीवनको अर्थ बुझ्न चाहन्छु ।
-
6:31 - 6:33म यस्तो काम गर्न चाहन्छु जसले
संसार परिवर्तन गर्न सकोस -
6:33 - 6:37म प्रमाणित गर्न चाहन्छु कि
असम्भव वास्तबमै असम्भव हुदैन । -
6:38 - 6:40दश बर्ष पछि-
-
6:40 - 6:43मेरो २१ औ जन्मदिन भन्दा एक हप्ता अघि
-
6:43 - 6:47एकैदिन दुइटा यस्ता कुरा भए जसले मेरो
जीवन सधैको लागि परिवर्तन भयो । -
6:47 - 6:49म दक्षिण भारतको तामिलनाडुमा बस्दथे
-
6:50 - 6:51म धर्मप्रचारक थिए,
-
6:51 - 6:53र मेरो प्रशिक्षक, मेरो साथीले सोध्यो,
-
6:53 - 6:55ड्यानियल, तिमिसंग 'थ्रोम्स' छ?
-
6:55 - 6:57मैले भने, "थ्रोम्स?
के हो थ्रोम्स भनेको?" -
6:57 - 7:00उसले भन्यो - जीवनका प्रमुख उद्धेश्यहरु ।
-
7:00 - 7:05सपना र उद्धेश्यको सम्मिश्रण, मानौं
-
7:05 - 7:07चाहेको सबै कुरा गर्न पाए,
सोचेको सबै ठाउं पुग्न पाए -
7:07 - 7:08चाहेको मान्छे बन्न पाए
-
7:08 - 7:10तिमि कहाँ जान्थ्यौ ?
तिमि के गर्थ्यौ ? -
7:10 - 7:11तिमि को बन्थ्यौ ?
-
7:11 - 7:14मैले भने, "म त्यस्तो गर्न सक्दिन !
मलाई डर लाग्छ, म भित्र डरको घर छ -
7:14 - 7:18त्यो रात घरको छतमा मैले गुन्द्री लगे
-
7:18 - 7:19खुल्ला आकासमुनि सुतेर
-
7:19 - 7:22चमेराको लामखुट्टे छोप्ने चर्तिकला
हेरिरहें । -
7:22 - 7:26र मैले सोचिरहेको थिए थ्रोम्स,
सपना र योजनाहरु, -
7:26 - 7:28र ति डजबल खेल्ने हेपाहाहरुको बारेमा ।
-
7:29 - 7:31केहि घण्टापछि म उठें ।
-
7:31 - 7:34मेरो मुटु जोडजोडले धड्किदै थियो,
घुंडा काम्दै थिए । -
7:34 - 7:36यसपटक डरले गर्दा यस्तो भएको थिएन ।
-
7:36 - 7:38मेरो पुरै शरीर कापिरहेको थियो ।
-
7:38 - 7:40यसपछिका पाँच दिन
-
7:40 - 7:44मृत्युशैयामा जीवनको लागी संघर्ष गरे झैं
मेरो होस हराउने र आउने भइ रह्यो -
7:44 - 7:48१०५ को मलेरिया ज्वरोले
मेरो दिमाग जलिरहेको थियो । -
7:48 - 7:52जतिबेला म होसमा आउथे,
मात्रै थ्रोम्स को बारेमा सोच्न सक्थे । -
7:52 - 7:54मनमा प्रश्न आइरह्यो
"म जीवनमा के चाहन्छु ?" -
7:54 - 7:56अन्त्यमा, मेरो २१औ जन्मदिनको
अघिल्लो रात, -
7:56 - 7:58स्पष्टताको त्यो क्षणमा,
-
7:58 - 8:00मैले बोध गरेँ :
-
8:00 - 8:02मैले जाने कि त्यो सानो लामखुट्टे,
-
8:03 - 8:05Anopheles Stephensi,
-
8:05 - 8:07त्यो सानो लामखुट्टे
-
8:07 - 8:08जुन ५ माइक्रोग्राम भन्दा पनि सानो
-
8:08 - 8:10माखाको पित्त भन्दापनि सानो
-
8:10 - 8:13लामखुट्टेले ८० किलोको मान्छेलाइ
हमला गर्न सक्छ भने- -
8:13 - 8:15मैंले मेरो कमजोरी पत्ता लगाएँ
-
8:15 - 8:17मैले बोध गरे
यो लामखुट्टे होइन, -
8:17 - 8:19लामखुट्टे भित्रको सुक्ष्म जिवाणु
-
8:19 - 8:23Plasmodium Falciparum हो, जो बर्षमा
लाखौ मानिसलाइ मार्न सक्षम छ । -
8:24 - 8:26मलाई लाग्यो, यो त अझ सुक्ष्म छ
-
8:26 - 8:29तर मलाई त्यहि कुरा बिशाल भयो ।
-
8:29 - 8:30मैले सोचे,
-
8:30 - 8:31डर नै मेरो कमजोरी हो,
-
8:31 - 8:32सुक्ष्म जीवाणु,
-
8:32 - 8:35जसले मेरो समग्र जीवनलाई नै
अपांग बनाएको छ । -
8:35 - 8:38खतरा र डर को भिन्नता थाहा छ तपाईंलाइ?
-
8:38 - 8:40खतरा वास्तविक हो ।
-
8:40 - 8:42डर रोजिने कुरा हो ।
-
8:42 - 8:44मैले बोध गरे कि म रोज्न सक्छु:
-
8:44 - 8:48डराएर बाच्न, र त्यो रात असफल भएर मर्न
-
8:49 - 8:52अथवा डरको हत्या गरेर,
म मेरो सपना पुरा गर्न । -
8:52 - 8:56म मेरो जीवन बाच्न सक्छु।
-
8:57 - 9:00र थाह छ! मृत्युशैयामा हुदाको कुरा
अलिक फरक हुन्छ -
9:00 - 9:04त्यो बेला तपाईं साच्ची नै जीवन जिउन
चाहनुहुन्छ। -
9:04 - 9:07मलाई बोध भो, सबैले मर्नुपर्छ,
सबैले जीवन जिउन जान्दैनन् -
9:08 - 9:10मृत्यु हुनेबेला हामि बाचीरहेका हुन्छौ
-
9:10 - 9:12थाहा छ, जब तपाई मर्न सिक्नुहुन्छ,
-
9:12 - 9:13तपाईं जिउन पनि जान्नुहुन्छ।
-
9:13 - 9:15त्यो रात मैंले आफ्नो कथा परिवर्तन गर्ने
-
9:15 - 9:16निर्णय गरें ।
-
9:17 - 9:18म मर्न चाहन्न ।
-
9:18 - 9:20मैले प्राथना गरे, मैले भने
-
9:20 - 9:22"भगवान, यदि मलाई मेरो २१औ जन्मदिन
देख्न दियौ भने, -
9:22 - 9:25डरले मेरो जीवन बर्बाद हुन
दिने छैन । -
9:25 - 9:27मेरो डरहरु मृत्युलाइ अर्पण गरेर,
-
9:27 - 9:30म मेरो सपनाहरु साकार पार्ने छु,
-
9:30 - 9:31मेरो स्वभाव परिवर्तन गर्न चाहन्छु,
-
9:31 - 9:34म मेरो जीवनमा केहि उत्कृष्ट
कार्यहरु गर्ने छु, -
9:34 - 9:36मेरो जीवनको अर्थ र उद्देश्य जान्न चाहन्छु,
-
9:36 - 9:39म जान्न चाहन्छु कि 'असम्भव वास्तवमै
असम्भव हुदैन' -
9:39 - 9:43म त्यो रात बाचे कि मरे, म भन्दिन
त्यो तपाईंनै पत्ता लगाउनुस। -
9:43 - 9:44(हासो)
-
9:44 - 9:47तर त्यो रात मैले १० ओटा 'थ्रोम्स' हरु
बनाए: -
9:47 - 9:50प्रमुख महादेशहरु घुम्ने,
-
9:50 - 9:52विश्वका सातै आश्चर्य भ्रमण गर्ने,
-
9:52 - 9:53र धेरै भाषाहरु सिक्ने,
-
9:53 - 9:55मरभुमी महादिपमा बस्ने,
-
9:55 - 9:56सामुद्रिक जहाजमा बस्ने,
-
9:56 - 9:59अमेजनमा आदिवासी इन्डियनहरु संग बस्ने,
-
9:59 - 10:01स्विडेनका अग्ला पहाडका चुचुरा चुम्ने,
-
10:01 - 10:03सुर्योदयमा सगरमाथा हेर्ने,
-
10:03 - 10:05नाशभिलमा संगीत व्यवसायमा काम गर्ने
-
10:05 - 10:07सर्कसमा काम गर्ने,
-
10:07 - 10:09हवाईजहाज बाट हाम फाल्ने।
-
10:09 - 10:12२० बर्षको दौरानमा मैले लगभग यी सबै
थ्रोम्स हरु हासील गरिसकेको छु। -
10:12 - 10:15जब म एउटा थ्रोम्स पुरा गर्छु,
-
10:15 - 10:18अरु ५ देखि १० ओटा थ्रोम्स थप्ने गर्छु
मेरा थ्रोम्स लिस्ट अझै लामो हुदैछ। -
10:19 - 10:23सात वर्ष मैले बहामासको सानो टापूमा
बिताए, -
10:23 - 10:25सात बर्ष जस्तो मैले
-
10:25 - 10:27खरको झुपडीमा बिताए,
-
10:29 - 10:34टापुमा एक्लै सार्क माछा मार्दै
-
10:34 - 10:36लगौटी मात्र लाएर,
-
10:37 - 10:39मैले सार्कहरु संग पौडी खेल सिके,
-
10:39 - 10:41त्यहाँबाट मेक्सिको बसाई सरे,
-
10:41 - 10:45त्यसपछि पुजो पोंगो, इक्वेडरको
अमेजन नदिकिनारमा -
10:45 - 10:48आदिबासीहरु संग बसे,
-
10:48 - 10:52बिस्तारै बिस्तारै म मा साहस थपिदै गयो।
-
10:52 - 10:55म नाशभिलको संगीत व्यवसायमा गए,
र त्यसपछि स्विडेन, -
10:55 - 10:58अनि स्टकहोममा संगीत व्यवसायमा
काम गरे, -
10:58 - 11:02जहा मैले केब्नेकेइज भन्ने पहाड चढे
-
11:03 - 11:05लाखे नाच सिके,
-
11:05 - 11:06बलहरु हातमा खेलाउन,
-
11:06 - 11:07लामो खुट्टा बनाएर हिन्न जाने
-
11:07 - 11:10एकपांग्रे साइकल चलाउन, आगो निल्न
र शिशा खान सिके। -
11:10 - 11:14१९९७ मा मैले विश्वमा दर्जन भन्दा
कम तरबार निल्ने मानिस भएको सुने -
11:14 - 11:15मैले सोचे, 'मैले त्यो गर्नु पर्छ!'
-
11:15 - 11:18मैले तरबार निल्ने मानिस लाइ भेटेर,
सिकाइ मागे। -
11:18 - 11:20उनले भने, ''म तिम्लाई दुई सुझाब दिन्छु:
-
11:20 - 11:22एक: "यो बहुतै खतरनाक हुन्छ,
-
11:22 - 11:24यो गर्दा मान्छे मरेका छन्"।
-
11:24 - 11:25दुइ:
-
11:25 - 11:26"यो काम नगर!"
-
11:26 - 11:28(हाँसो)
-
11:28 - 11:30मैले यसलाइ आफ्नो थ्रोम्सको लिस्टमा थपे।
-
11:30 - 11:33र मैले ४ वर्ष सम्म दैनिक
१० देखि १२ पटकसम्म -
11:34 - 11:35अभ्यास गरिरहे।
-
11:35 - 11:37अहिले हिसाब गर्दा
-
11:37 - 11:40४ x ३६५ [x १२]
-
11:40 - 11:43लगभग १३००० असफल प्रयास पछि
-
11:43 - 11:45मैले सन २००१ मा पहिलो पटक
मेरो घाँटीबाट तरबार छिराए । -
11:46 - 11:48त्यो समयमा मैले एउटा थ्रोम्स थपे
-
11:48 - 11:51म विश्वका तरबार निल्नेहरु मध्यको
प्रमुख बिशेषज्ञ बन्नेछु। -
11:51 - 11:54त्यसैले मैले धेरै बुक, म्यागजिन
र पत्रपत्रिकाका लेखहरु -
11:54 - 11:58मेडिकल रिपोर्टहरु खोजि गरे, मैले शरीरका
अंगहरु र यसले गर्ने कामका बारे पढे -
11:58 - 12:00डाक्टर र नर्सहरु संग सल्लाह गरे,
-
12:00 - 12:02तरबार निल्नेहरुसंग सम्पर्क बढाएर
-
12:02 - 12:04तरबारनिल्नेहरुको अन्तरास्ट्रिय
संगठन गठन गरे -
12:04 - 12:06र तरबार निल्ने र यसको असर
सम्बन्धमा -
12:06 - 12:09मेडिकल अनुसन्धानात्मक लेख लेखे
-
12:09 - 12:11जुन ब्रिटिस मेडिकल जर्नलमा
प्रकाशित भएको थियो। -
12:11 - 12:12(हाँसो)
-
12:12 - 12:13धन्यबाद।
-
12:13 - 12:18(ताली)
-
12:18 - 12:22र मैले तरबार निल्ने बारेमा निकै गजबका
तथ्यहरु जाने । -
12:22 - 12:25यस्तो कुरा जुन तपाईले जिन्दगीमा कहिले
सोच्नु भएन, तर आज देखि सोच्नुहुनेछ -
12:25 - 12:29अब घर गएर चक्कु वा तरबारले मासु
-
12:29 - 12:32काट्ने बेला तपाइले यो सोच्नु हुनेछ
-
12:34 - 12:37तरबार निल्ने काम इंडियामा करिब
४००० वर्ष अघि -
12:37 - 12:40सुरु भएको भन्ने जाने।
मैले पहिलोपटक इंडियामा नै -
12:40 - 12:42म २० वर्षको हुदा तरबार निलेको देखेको थिए
-
12:42 - 12:46पछिल्ला १५० वर्षमा, तरबार निल्नेहरु
-
12:46 - 12:47बिज्ञान र औषधिको क्षेत्रमा प्रयोग भएका
-
12:47 - 12:51छन् । सन् १८६८ मा जर्मनीका डाक्टर
एडोल्फ़ कुसमाउलले -
12:51 - 12:54इन्डोसकोप बनाउन ।
-
12:54 - 12:57सन् १९०६ मा वेल्समा निल्ने र पाचन समस्या
-
12:57 - 13:00अध्यनको लागि इलेक्टोकार्डियोग्राम बनाउन,
-
13:00 - 13:02ब्रोंकोसस्कोप बनाउन प्रयोग गरिए।
-
13:02 - 13:04पछिल्ला १५० बर्षमा हामीले,
-
13:04 - 13:08सयौ चोटपटक र दर्जनौ मृत्युको
बारेमा पनि जानेका छौ -
13:08 - 13:15ल हेर्नुस यो हो इन्डोसकोप जुन
डाक्टर एडोल्फ़ कुसमाउल ले बनाउनु भाको थ्यो -
13:15 - 13:19तर हामीले जान्यौ कि पछिल्ला १५० बर्षमा
जम्मा २९ जना मारिए -
13:19 - 13:22जसमा लण्डन का तरबारनिल्ने पनि थिए
जसले तरबारले आफ्नो मुटु छेडेका थिए। -
13:23 - 13:25प्रत्येक बर्षमा ३ देखि ८ ओटा चिन्ताजनक
-
13:25 - 13:28चोटपटक लाग्ने तथ्य पनि हामीले जान्यौ,
-
13:28 - 13:30मलाई फोन कल हरु आउछन यस बारेमा
-
13:30 - 13:31भर्खरे दुइटा घटना घटे,
-
13:31 - 13:34एउटा स्विडेनमा, अर्को ओरलान्डोमा
यहि बिगत केहि हप्ता भित्र, -
13:34 - 13:37ति तरबार निल्नेहरु अहिले हस्पिटलमा छन।
-
13:37 - 13:39त्यसैले यो अत्यन्तै खतरनाक छ।
-
13:39 - 13:42अर्को कुरा मैले जाने कि तरबार निल्न सिक्न
-
13:42 - 13:44साधारणतया
२ देखि १० बर्ष -
13:44 - 13:46सम्म लाग्न सक्छ
-
13:46 - 13:48मैले सिकेको सबभन्दा रमाइलो
तथ्य चाही यो थियो कि -
13:48 - 13:51तरबार निल्नेहरु कसरि असम्भव
काम गर्न सक्छन । -
13:51 - 13:53र म तपाईंलाइ एउटा सानो रहस्य बताउदै छु:
-
13:54 - 13:58तपाईं यो काम ९९.९% असम्भव छ भन्ने कुरामा
ध्यान केन्द्रित नगर्नुहोस । -
13:58 - 14:02बरु त्यो भएको .१% सम्भवलाइ कसरी सम्भवमा
रुपान्तरण गर्ने त्यो सोच्नुहोस -
14:03 - 14:06अब म तपाईंलाइ तरबार निल्नेहरुको
मस्तिष्कको यात्रामा लैजान चाहन्छु। -
14:06 - 14:09तरबार निल्नको लागि
ठुलो तपस्या चाहिन्छ, -
14:09 - 14:12धारिलो एकाग्रता, र अब्बल निशाना
चाहिन्छ जसले -
14:12 - 14:16शरीरका भित्रि अङ्गलाइ अलग्याएर
शरीरका स्वचालित चाललाइ जितेर -
14:16 - 14:20अतिरिक्त दिमागी प्रशिक्षण,
मासपेसीको स्मरणशक्ति -
14:20 - 14:24१०००० पटक भन्दा बढी पटक गरेका
विवेकपूर्ण अभ्यास चाहिन्छ। -
14:24 - 14:28अब म तपाईंलाइ तरबार निल्नेहरुको शरीरको
भ्रमण गराउन चाहन्छु। -
14:28 - 14:30तरबार निल्नको लागि,
-
14:30 - 14:32मैले मेरो जिब्रोमा धारलाई सुताउनु पर्छ,
-
14:32 - 14:35घाटीमा हुने स्वचालित चाललाइ दबाउनु पर्छ,
-
14:35 - 14:38र ९० डिग्री मा तरबार ठाडो पारेर
-
14:38 - 14:41घाँटी बाट भित्र छिराउदै
-
14:41 - 14:43अर्को शारीरिक स्वचाललाइ रोक्दै
-
14:43 - 14:44धार लाइ छाती भित्र भित्रै लादै
-
14:44 - 14:46फोक्सोको बीचबाट छिराउनु पर्छ
-
14:46 - 14:48र यो बेलामा, मैले मेरो मुटुलाइ
-
14:48 - 14:50हल्का धक्का दिएर छेउ लगाउनु पर्छ
-
14:50 - 14:52तपाईले ध्यान दिएर हेर्नुभो
-
14:52 - 14:54मेरो मुटुको चाल तरबारमा देख्नुहुनेछ
-
14:54 - 14:55किनकि यो मुटुसंग लगभग टासिएको हुन्छ
-
14:55 - 14:58१ इन्च को आठौ भाग भन्दा पनि कम दुरीमा
-
14:58 - 15:00यो ढाटेर ढाटीने कुरा होइन।
-
15:00 - 15:02त्यसपछि मैले यसलाई छातीको
हड्डी भित्र भित्रै -
15:02 - 15:05पेट सम्म पुर्याउनु पर्ने हुन्छ
-
15:05 - 15:09आमासयको एउटा स्वचाललाइ दबाउदै
सानोआन्द्रा सुरु सम्म पुर्याउनु पर्छ -
15:09 - 15:10सजिलै छ।
-
15:10 - 15:11(हाँसो)
-
15:11 - 15:13यो भन्दा पनि अझै भित्र
-
15:13 - 15:18प्रजनन नलि सम्म लग्नु पर्यो भने
-
15:18 - 15:21यो चाहिं तपाईंहरु पछि आफ्नो
श्रीमतीलाइ सोध्नुहोस ... -
15:22 - 15:24मान्छेहरु मलाई सोध्छन्,
-
15:24 - 15:27"आफ्नो जीवनलाइनै धरापमा राख्दै
-
15:27 - 15:29तरबार निल्न
पक्कै ठुलै साहस चाहिन्छ होला " -
15:29 - 15:30होइन! वास्तविक साहस त
-
15:30 - 15:33त्यो दुब्लो, पातलो र डरछेरुवा केटोलाइ
चाहिन्छ: जसले -
15:33 - 15:36असफलता र अश्विकृत हुने सम्भावना
-
15:36 - 15:37मुटु छाम्ने क्षमता
-
15:37 - 15:38अभिमान निल्ने हिम्मत
-
15:38 - 15:41बटुल्दै अपरीचितहरुका अगाडी यो स्टेजमा
उभिएर -
15:41 - 15:44आत्मबिस्वाशका साथ उसका डर र सपनाका
-
15:44 - 15:48गर्ने हिम्मत राख्दछ -
वास्तविक र साहित्यिक रुपमा। -
15:48 - 15:49बुझ्नु भो त- धन्यबाद।
-
15:49 - 15:54(ताली)
-
15:54 - 15:56बास्तवमै रोचक कुरो चाही
-
15:56 - 15:59मैले जिन्दगीमा सधै विशिष्ट कामगर्न चाहन्थे
-
15:59 - 16:00र अहिले गरिरहेको छु ।
-
16:00 - 16:03र बास्तवमै विशिष्ट कुरो चाही
मैले २१ ओटा तरबार एकै पटकमा निल्न -
16:03 - 16:05सक्छु भन्ने कदापि होइन, अथवा
-
16:08 - 16:10रिप्लेको रेकर्डको लागि
८८ सार्क र सामुद्रिक माछासंग -
16:10 - 16:12२० फिट मुनि बस्न सक्छु,
-
16:14 - 16:18अथवा स्टान लि को सुपरहुमन शो
Man of Steel' को लागि -
16:18 - 16:19रातो हुन्जेल तातेको तरबार निल्नु
-
16:20 - 16:22(ओहो !! त्यो त साह्रै तातो थ्यो !!)
-
16:22 - 16:25अथवा रिप्लेको अथवा गिनिजको लागि
-
16:25 - 16:26लागि तरबारले कार तान्नु,
-
16:26 - 16:29वा अमेरिका गट ट्यालेन्ट को
फाइनलमा पुग्नु -
16:29 - 16:32अथवा मेडिसिनमा २००७ को
इग नोबेल प्राइज जित्नु पनि होइन । -
16:32 - 16:34यी बास्तवमै विशिष्ट कुरा होइनन ।
-
16:34 - 16:36मानिस यसैलाइ विशिष्ट कुरा ठान्छन ।
-
16:36 - 16:38विशिष्ट कुरा त त्यो हो, जुन
-
16:38 - 16:41भगवानले त्यो दुब्लो पातलो
डरछेरुवा केटो -
16:41 - 16:42जो उचाई देखि डराउथ्यो,
-
16:42 - 16:44जो पानी र सार्क संग डराउथ्यो,
-
16:44 - 16:46डाक्टर नर्स र सुइ र तिखा कुरा हरु
संग डराउथ्यो -
16:46 - 16:48मान्छेसंग बोल्न डराउथ्यो
-
16:48 - 16:50अहिले उस्ले नै मलाई बिस्वभ्रमण
गराउदैछन् । -
16:50 - 16:51३०००० फिटको उचाईमा
-
16:51 - 16:54तिखा बस्तु निल्दै,
पानी मुनि सार्कहरु संग बस्दै, -
16:54 - 16:57डाक्टर नर्स र तपाईंहरु जस्ता
विश्वभरिका दर्शकसंग बोल्दै । -
16:57 - 17:00त्यहि नै वास्तविक रुपमा सुन्दर कुरा हो ।
-
17:00 - 17:01म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे ।
-
17:01 - 17:02धन्यबाद|
-
17:02 - 17:04(हाँसो)
-
17:04 - 17:05धन्यबाद।
-
17:06 - 17:09(हाँसो)
-
17:10 - 17:13म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे
र म अहिले गर्दैछु। -
17:13 - 17:16म जहिले पनि विशिष्ट कुरा गर्न चाहन्थे
र संसार परिवर्तन गर्न चाहन्थे। -
17:16 - 17:17र म अहिले गर्दैछु।
-
17:17 - 17:20म सुपरहुमनले जस्तै साहसिक काम गर्दै,
जीवनरक्षा गर्दै विश्व -
17:20 - 17:21घुम्न चाहन्थे,
म अहिले गर्दैछु -
17:21 - 17:23थाहा छ?
-
17:23 - 17:26त्यो सानो केटोको ठुलो सपनाको
सानो हिस्सा बाकि नै छ, -
17:26 - 17:27यो दिलभित्र ।
-
17:30 - 17:36(हाँसो) (ताली)
-
17:37 - 17:40थाहा छ, मैले मेरो जीवनको
अर्थ र उदेश्य जान्न चाहन्थे -
17:40 - 17:42र मैले अहिले जानेको छु।
-
17:42 - 17:43तर थाहा छ तपाइंलाई?
-
17:43 - 17:46यो तरबार संग होइन, जुन तपाईं ठान्नुहुन्छ,
मेरो सबल पक्ष संग पनि होइन। -
17:46 - 17:49यो बास्तवमै मेरो कमजोरीमा र मेरो शब्दमा छ।
-
17:49 - 17:51मेरो जीवनको अर्थ र उदेश्य
संसारलाई परिवर्तन गर्नु हो -
17:51 - 17:52डरलाइ पराजित गरेर,
-
17:52 - 17:55एक पटकमा एक तरबार, एक शब्द
-
17:55 - 17:57एक पटकमा एउटा चक्कु, एउटा जीवन
-
17:58 - 18:00मान्छेलाइ अभिप्रेरित गर्नको लागि
-
18:00 - 18:02असम्भव काम गराउनको लागि ।
-
18:02 - 18:05मेरो उद्धेश्य अरुको मार्गदर्शन गर्नु हो
-
18:05 - 18:06तपाइको के हो ?
-
18:06 - 18:07तपाइको उद्धेश्य के हो ?
-
18:07 - 18:09तपाईं के गर्न जन्मिनु भएको हो ?
-
18:09 - 18:12मलाई लाग्छ हा मी सबै सुपरहिरो हुनका
लागि आएका हौ। -
18:12 - 18:14तपाईंको बिशेष शक्ति के हो?
-
18:15 - 18:18विश्वभरिको ७ बिलियन मान्छेहरुमा
-
18:18 - 18:20केहि दर्जन भन्दा कम तरबार निल्नेहरु
-
18:20 - 18:22आज जीवित छन ।
-
18:22 - 18:23तर तपाईं त तपाईं मात्रै हो
-
18:23 - 18:24तपाईं बिल्कुल भिन्न हो।
-
18:24 - 18:26तपाईको कथा के हो ?
-
18:26 - 18:28तपाईंलाइ के ले भिन्न बनाउछ?
-
18:28 - 18:29तपाईंको कथा भन्नुस,
-
18:29 - 18:32तपाईंको आवाज सानो र मसिनो भए पनि।
-
18:32 - 18:33तपाईको थ्रोम्स के हुन्?
-
18:33 - 18:36चाहेको गर्न सक्ने र बन्न सक्ने,
रोजेको ठाउँ जान -
18:36 - 18:37पाउने भए
तपाईं के गर्नु हुन्थ्यो? -
18:37 - 18:38कहाँ जानुहुन्थ्यो?
-
18:38 - 18:40तपाईं जीवनमा के गर्न चाहनुहुन्छ?
-
18:40 - 18:42तपाईंका ठुला सपनाहरु के हुन?
-
18:42 - 18:44बाल्यकालमा सपना के के थिए?
फर्केर सोच्नुस। -
18:44 - 18:46म भन्न सक्छु,यति मात्रै त होइन, हो र?
-
18:46 - 18:48तपाईंका सन्की सपनाहरु के थिए
-
18:48 - 18:50जुन तपाइलाइ अनौठो र अमिल्दो
लागेको थियो? -
18:50 - 18:54म भन्न सक्छु, तपाईलाइ अब तपाईंका ति सपना
अनौठो लाग्ने छैनन, होइन र? -
18:55 - 18:57तपाईको तरबार के हो?
-
18:57 - 18:59तपाईंसबै संग तरबार छ,
-
18:59 - 19:01दुइ धारे तरबार, डर र सपनाको ।
-
19:01 - 19:04निल्नुहोस तपाईंको तरबार, त्यो जे सुकै होस्
-
19:04 - 19:06तपाईंको सपना पछ्याउनुस,
-
19:06 - 19:09तपाईंले चाहेको मान्छे बन्न
कहिले पनि ढिला हुदैन । -
19:10 - 19:13डजबल खेल्ने ति हेपाहाहरुलाइ, र
ति बालकहरु जो -
19:13 - 19:15कहिले असम्भव काम गर्न सक्दिन भन्ने सोच्थे,
-
19:15 - 19:18तिनीहरुलाई भन्ने म संग एउटा कुरा छ:
-
19:18 - 19:19धन्यबाद ।
-
19:19 - 19:22खलनायक नभए महानायक पनि हुदैन थिए ।
-
19:23 - 19:27म यहाँ 'असम्भव बास्तवमै असम्भव छैन'
भनेर प्रमाणित गर्न आएको हो । -
19:28 - 19:32यो वास्तबमै खतरनाक छ,
यसले मलाई मार्न पनि सक्छ । -
19:32 - 19:34आशा छ, तपाईंलाइ मन पर्नेछ।
-
19:34 - 19:35(हासो)
-
19:36 - 19:39यो गर्नको लागि मलाई तपाईंको सहयोगको जरुरत
पर्छ -
19:47 - 19:48दर्शक: दुइ, तिन ।
-
19:48 - 19:52ड्यान: हैन हैन, मलाई गन्ति गर्नको लागि
सहयोग गर्नुस भनेको, सबैले, ठिक छ? -
19:52 - 19:53(हासो)
-
19:53 - 19:56यदि तपाईंलाइ आउछ भने? ठिक छ?
म संगै गन्नुस। तयार हो? -
19:56 - 19:57एक।
-
19:57 - 19:58दुइ ।
-
19:58 - 19:59तिन।
-
19:59 - 20:01होइन, बल्ल दुइ भयो, जे होस् आइडिया
भो -
20:07 - 20:08दर्शक: एक
-
20:08 - 20:09दुइ
-
20:09 - 20:10तिन
-
20:11 - 20:13(स्वास लिदै)
-
20:14 - 20:16(ताली)
-
20:16 - 20:17ड्यान: ठिक छ!
-
20:17 - 20:23(ताली)
-
20:23 - 20:25धेरै धेरै धन्यबाद।
-
20:25 - 20:29धन्यबाद, धन्यबाद, धन्यबाद।
अन्तरआत्मा देखि नै धन्यबाद। -
20:29 - 20:31बास्तबमै, मेरो पेटै देखी धन्यबाद।
-
20:32 - 20:35मैले भनेको थिएकि म यहाँ असम्भव काम गर्न
आएको हु, र मैले गरे। -
20:35 - 20:38तर यो चाही असम्भव थिएन,
यो त म दिनदिनै गर्छु । -
20:38 - 20:43तर असम्भव कुरा चै त्यो दुब्लो, पातलो,
लज्जालु डरछेरुवा केटोलाइ -
20:43 - 20:45निडर भएर TEDx को यो स्टेज मा उभिएर,
-
20:45 - 20:47संसार परिवर्तनको गर्नु हो
एक पटक मा एक शब्द -
20:47 - 20:49एकपटकमा एक तरबार , एकपटकमा एक जीवन गर्दै
-
20:49 - 20:52यदि मैले तपाईंलाइ नयाँ तरिकाले सोच्ने बनाए
यदि मैले 'असम्भव -
20:52 - 20:54बास्तवमै असम्भव छैन' भन्ने विश्वास दिलाएँ,
-
20:54 - 20:58यदि मैले तपाईपनि असम्भव गर्न सक्नुहुन्छ
भन्ने अनुभूत गराऊन सकें भने -
20:58 - 21:01मैले मेरो जिम्मेवारी पुरा गरें
तपाइंको चै भर्खरै सुरु हुदैछ । -
21:01 - 21:04सपना बुन्न नछाडनुस, विश्वास गर्न नछाडनुस।
-
21:05 - 21:06धन्यबाद मलाई विश्वास गर्नुभएकोमा
-
21:06 - 21:08र मेरो सपनाको एउटा हिस्सा बनिदिनुभएकोमा
-
21:08 - 21:10र मेरो उपहार तपाईंको लागि:
-
21:10 - 21:11असम्भव बास्तबमै असम्भव
-
21:11 - 21:13श्रोता: हुदैन ।
-
21:13 - 21:15यो लामो यात्रा मेरो उपहारको एउटा पाटो
-
21:15 - 21:20(ताली)
-
21:20 - 21:21धन्यबाद।
-
21:21 - 21:25(ताली)
-
21:26 - 21:28(उठेर ताली)
-
21:28 - 21:30आयोजक: धन्यवाद ड्यान मेएर, वाऊ!
- Title:
- असम्भव कार्य, डर माथिको विजय |डन मेयर | TEDxMaastricht
- Description:
-
more » « less
http://CuttingEdgeInnertainment.com तपाईंको सुपर हिरो बनेर असम्भव काम सम्पन्न गर्ने चाहना छ ? डन मेएरको विश्वास छ, हाम्रो सपना जतिसुकै सन्की होस्, हाम्रो डर जति सुकै कडा होस्, हामी सबै संग संसार परिवर्तन गर्न सक्ने सुपरहिरो बन्ने क्षमता हुन्छ। काजकस्तानको एउटा अनाथालयलाइ सहयोग गर्ने एजेन्सीका डाइरेक्टर ड्यानले आफ्ना बाल्यकालका हदै सम्मको डर, समाजसंग डराउने समस्या र हेपाहाहरुसंग को दैनिकी बाट कसरी मुक्त भए र अमेरिका गट ट्यालेन्टमा फाइनलमा पुगे, हार्बडमा सन् २००७ को मेडिसिनमा इग नोबेल पुरस्कार प्राप्त गरे, र कसरी संसारको एउटा पुरानो र अति खतरनाक कला- तरबार निल्ने मा विश्व रेकर्ड बनाए, उनको मानिसहरु लाइ कसरि असम्भव काम गर्न उत्प्रेरित गर्ने भन्ने बारेमा प्रवचन दिदै छन्।
उनको यो प्रथम टेड प्रवचनमा, ड्यानले दर्शकलाइ उनको अति डरछेरुवा देखि अति साहसिक, कम्जोर देखि विश्वबिजेता, हरुवा देखि इग नोबेल प्राइज बिजेता, भगुवा देखि अमेरिका गट ट्यालेन्ट को अगुवासम्म को लामो यात्रामा लैजान्छन। ड्यानले अति पुरानो तरबार निल्ने कलाको बैज्ञानिक रहस्योदघाटन गर्दै उनलाई कसरि यस्तो सुपरहुमनले गर्ने कामको रुचि, असफल हुने चिन्ता बाट मुक्ति र मानव शरीरको बन्धनलाइ पार गर्दै कसरि असम्भव काम गर्ने अभिलाषा पलायो भन्ने बारेमा ब्याख्या गर्दैछन्। र उनले कसरि डरलाइ चिर्दै तपाईंपनि तपाईंको जीवनमा असम्भव काम गर्न सक्नुहुन्छ भनेर केहि सुझाब हरु दिदै छन।
यो प्रवचन मुख्य TED कन्फेरेस भन्दा भिन्न स्थानिय TEDx इभेन्टमा दिईएको थियो। - Video Language:
- English
- Duration:
- 21:39
