अर्थर बेञ्जामिनको गणित शिक्षा परिवर्तन गर्ने सुत्र
-
0:00 - 0:03अहिले, यदि राष्ट्रपति ओबामाले
-
0:03 - 0:07मलाई गणितको अर्को बडा हाकिम बन्न बोलाए भने
-
0:07 - 0:10मलाई लाग्छ ऊनलाई मेरो एउटा सुझाव हुनेछ
-
0:10 - 0:12कि यो देशको गणित शिक्षालाई
-
0:12 - 0:15व्यापक सुधार गर्नुपर्छ।
-
0:15 - 0:17र यो लागू गर्न सजिलो
-
0:17 - 0:19अनि कम खर्चिलो हुनेछ।
-
0:19 - 0:21हाम्रो गणित पाठ्यक्रम
-
0:21 - 0:25अङ्क र बीजगणितको जगमा आधारित छ।
-
0:25 - 0:27र हामीले त्यसपछि हामीले सिक्ने सबैकुरा
-
0:27 - 0:30एउटा बिषयतिर अघि बढ्छ।
-
0:30 - 0:34अनि त्यो पिरामीडको टुप्पोमा क्याल्कुलस हुन्छ।
-
0:34 - 0:36र मैले यहाँ भन्न चाहन्छु कि
-
0:36 - 0:40मेरो बिचारमा त्यो पिरामीडको गलत टुप्पो हो ...
-
0:40 - 0:42सही टुप्पो -- हाम्रा सबै विद्यार्थीहरूले,
-
0:42 - 0:44सबै उच्च माध्यमिक पास गर्नेले जान्नु पर्ने कुरो --
-
0:44 - 0:47त तथ्याङ्क पो हुनुपर्छ।
-
0:47 - 0:49सम्भाव्यता र तथ्याङ्क।
-
0:49 - 0:51(ताली)
-
0:51 - 0:55मेरो मतलव, मलाई गलत नसोच्नुस। तथ्याङ्क एउटा महत्वपूर्ण विषय हो।
-
0:55 - 0:57यो मानव मस्तिष्कको एउटा महान उपज हो।
-
0:57 - 1:01प्रकृतिका नियमहरू क्याल्कुलसको भाषामा लेखिएका छन।
-
1:01 - 1:05र प्रत्येक विद्यार्थी जसले गणित, विज्ञान, अभियान्त्रिकी, अर्थशाष्त्र पढ्छन
-
1:05 - 1:07उनीहरूले कलेजको पहिलो वर्षको अन्त्यसम्म
-
1:07 - 1:09क्याल्कुलस अबश्य सिक्नु पर्छ।
-
1:09 - 1:12तर मैले यहाँ यो भन्न चाहन्छु, गणितको प्रध्यापकका नाताले,
-
1:12 - 1:16कि वास्तवमा धेरै थोरै व्यक्तिहरू ऊनीहरूको दैनिक जीवनमा
-
1:16 - 1:19सचेत, अर्थपुर्ण रुपमा क्याल्कुलसको प्रयोग गर्छन।
-
1:19 - 1:21अर्कोतिर,
-
1:21 - 1:24तथ्याङ्क -- त्यस्तो विषय हो जुन तपाईँले दैनिक रुपमा
-
1:24 - 1:27प्रयोग गर्न सक्नुहुन्छ, र गर्नुहुन्छ। हैन त?
-
1:27 - 1:30यो जोखिम हो। यो प्रतिफल हो। यो क्रमरहित हो।
-
1:30 - 1:32यो तथ्य बुझ्नु हो।
-
1:32 - 1:34मलाई लाग्छ यदि हाम्रा विद्यार्थीहरूले, यदि हाम्रा उच्च माध्यमिक विद्यार्थीहरूले --
-
1:34 - 1:36यदि सबै अमेरिकी नागरिकहरूले --
-
1:36 - 1:39सम्भाव्यता र तथ्याङ्कको बारेमा जानेका भए,
-
1:39 - 1:42हामी अहिले भईराखेको अर्थतन्त्रको अस्तव्यस्ततामा हुन्नथ्यौँ।
-
1:42 - 1:45त्यति मात्र -- धन्यवाद -- त्यति मात्र हैन --
-
1:45 - 1:48[तर] यदि यो राम्ररी पढाईयो भने, यो धेरै नै रमाईलो हुन सक्छ।
-
1:48 - 1:50मेरो मतलव, सम्भाव्यता र तथ्याङ्क,
-
1:50 - 1:54यो खेलहरू र जुवाको गणित हो।
-
1:54 - 1:58यो झुकावहरूको विश्लेषण हो। यो भविश्यको अनुमान हो।
-
1:58 - 2:00हेर्नुस, विश्व एनालगबाट
-
2:00 - 2:03डिजिटलमा परिवर्तन भएको छ।
-
2:03 - 2:06र यो समय हाम्रो गणित पाठ्यक्रम एनालगबाट डिजिटलमा परिवर्तन
-
2:06 - 2:08गर्ने समय हो।
-
2:08 - 2:12अझ प्राचीन, अविरल गणितबाट आधुनिक,
-
2:12 - 2:15डिस्कृट गणिततर्फ।
-
2:15 - 2:17अनिश्चितताको गणित,
-
2:17 - 2:19क्रमविहीनताको, तथ्यको --
-
2:19 - 2:22गणित, सम्भाव्यता र तथ्याङ्क हो।
-
2:22 - 2:24छोटकरीमा, हाम्रा विद्यार्थीहरू क्याल्कुलसका
-
2:24 - 2:27हिसाब गर्ने तरिकाहरु सिक्नुको सट्टा,
-
2:27 - 2:30मध्यमा बाट दुई स्ट्याण्डर्ड डेभिएसनहरू भनेको
-
2:30 - 2:33के हो भन्ने कुरा यदि सबैले जानेको भए एकदमै सार्थक
-
2:33 - 2:36हुन्थ्यो। र यो मेरो आशय हो।
-
2:36 - 2:38धेरै धेरै धन्यवाद।
-
2:38 - 2:41(ताली)
- Title:
- अर्थर बेञ्जामिनको गणित शिक्षा परिवर्तन गर्ने सुत्र
- Speaker:
- Arthur Benjamin
- Description:
-
more » « less
कसै कसैले गणित शिक्षकलाइ यो सोध्ने गर्छन कि, "मैले वास्तविक जीवनमा क्याल्कुलस प्रयोग गरुँला त?" र प्राय: हामी सबैले भन्ने, अर्थर बेञ्जामिन भन्छन, उत्तर हो--गर्दैनौ। ऊनले गणित शिक्षालाई कसरी डिजिटल युगअनुरुपको बनाउन सकिन्छ भन्ने एउटा साहसिक प्रस्ताव प्रस्तुत गरेका छन्|
- Video Language:
- English
- Team:
closed TED
- Project:
- TEDTalks
- Duration:
- 02:42