Nepali subtitles

← सर्बोत्कृस्ट पेशा प्राप्त गर्नबाट तपाईं कसरी वन्चित हुनुहुनेछ

यो रमाइलो र सिधा साधा प्रसंगमा ल्यारी स्मिथ - आफ्नो अभिलाषाको पछि लाग्न नसकेर अनर्गल बहाना बनाउनेहरुको खेदो खन्दै छन्

Get Embed Code
41 Languages

Showing Revision 25 created 06/29/2016 by Deepak Basyal.

  1. यस मध्यान्ह म तपाईंहरु संग छलफल गर्दैछु -
  2. किन तपाईं सर्बोत्कृस्ट पेशा पाउन
    असक्षम हुनुहुनेछ
  3. -----(हाँसो)-----

  4. म अर्थशास्त्री हुँ ।

  5. म उदास रहने गर्छु ।

  6. दिनको समाप्तिसंगै उदास प्रतिक्रियाको
    बेला हुन्छ ।
  7. म तपाईंहरु मध्य सर्बोत्कृस्ट पेशा
    चाहनेहरुसंग मात्रै कुरा गर्छु ।
  8. तपाई मध्ये कतिपयले राम्रो पेशा
    बनाउने निर्णय गर्नुभएको छ ।
  9. तपाईंपनि असफल नै हुनुहुने छ ।
  10. -----(हाँसो)-----

  11. किनभने-- हे प्रभु,
    असफल हुन खोज्दा पनि प्रशन्न !

  12. -----(हाँसो)-----

  13. पक्कैपनि, क्यानेडियन समूह !

  14. -----(हाँसो)-----

  15. राम्रो पेशा चाहने जो हुनुहुन्छ,
    असफल हुदै हुनुहुन्छ

  16. किनकि, बास्तवमै, अचेल
    राम्रो पेशा हराउदै छन् ।
  17. सर्बोत्कृस्ट काम र पेशा भेटिन्छन्,
  18. र ती संगै कामको चाप,
  19. उच्च तनाव, आत्मा मारेर रगत पसिना एक
    गर्नु पर्ने अवस्था आउँछ,
  20. ब्यावहारिक रुपमा बिचमा केहि हुन्न
  21. तेसैले राम्रो काम खोज्नेहरु अन्तत:
    असफल हुन्छन् ।

  22. म सर्बोत्कृस्ट काम, पेशा
    खोज्नेहरुको कुरा गर्दै छु,
  23. तपाईंहरु किन असफल हुँदै हुनुहुन्छ ।
  24. पहिलो कारण, मानिसहरुले
    जतिपटक नै किन नभनुन्,
  25. "तिमी सर्बोत्कृस्ट पेशा चाहान्छौ भने,
    आफ्नो अभिलाषा पछ्याउ,
  26. आफ्नो सपनाको पछि लाग,
    र पछि लाग,
  27. आफ्नो सबै भन्दा ठुलो कल्पनाको",
  28. तपाईं बारम्बार यहि कुरा सुनेपनि
    आफ्नो विचार परित्याग गर्नुहुनेछ
  29. यसले केहि फरक पर्दैन कि तपाईंले कति पटक
    Steven J को स्ट्यान्डफोर्ड
  30. शुभारम्भ संबोधन download गर्नुभो,
  31. जतिपटक त्यो संबोधन हेरेपनि हताश नै हुनुभो
  32. मलाई थाहा छैन तपाई किन यस्तो हताश हुनुभो ।

  33. तपाईं अल्छि हुनुहुन्छ वा यो काम नै कठिन छ
  34. तपाईं डराउनुहुन्छ, जब यो काममा
    आफ्नो अभिलाषा देख्नुहुन्न,
  35. आफू मुर्ख भएजस्तो महसुश गरेर,
    बिभिन्न बहाना बनाउनुहुन्छ
  36. कसरी यो कामबाट हात झिकौं भनेर
  37. महिला तथा सज्जनबृन्द त्यो केवल बहाना हो
  38. हामी एउटा तालिका बनाउन सक्छौं --
  39. गर्नै पर्ने कामहरु नगर्न सिर्जना
    गरिएका बहानाहरुको जून कामहरु,
  40. सर्बोत्कृस्ट पेशा प्राप्त गर्न
    अत्यावाशक थिए
  41. उदाहरणको लागि तपाईंहरुको एउटा बहाना -

  42. ---(लामो स्वाश)---

  43. "बास्तवमा,सर्बोत्कृस्ट पेशा भनेको प्राय:

  44. भाग्यमा भर पर्ने कुरा हो"
  45. त्यसैले म पनि प्रयाश गर्दै गर्छु,
    भाग्यले कतिको साथ् दिन्छ,
  46. भाग्यमा रहेछ भने
    सर्बोत्कृस्ट पेशा भेट्नेछु
  47. रैन्छ भने, राम्रो कार्य भेटिएला"
  48. राम्रो कार्य लगभग असम्भव जस्तै हो,
    केहि हुनेवाला छैन ।
  49. तपाईंको अर्को बहाना हुनेछ :

  50. आफ्नो अभिलाषाको पछिलाग्ने मानिस,
    बेग्लै हुन्छन,
  51. असाधारण हुन्छन् ।
  52. उनीहरु Steven J. हुन्
  53. म त्यस्तो असाधारण छैन ।
  54. ५ बर्षको छँदा, म पनि असाधारण छु
    जस्तो लाग्थ्यो ।
  55. मेरो प्रोफेसरहरुले धेरै अगाडी
    त्यो विचार सफा गर्दिसके" ।
  56. -----(हाँसो)-----

  57. मलाई थाहा छ, म सामान्य छु ।

  58. यदि यो सामान्य हुने कुरा,
  59. १९५० तिर भए --
  60. तपाईंलाइ महान व्यक्ति बनाउथ्यो ।
  61. तर के त ?
  62. लगभग २०१२ को समयमा, यो संसारलाइ
  63. "म केवल साधारण क्षमताको हुँ" भन्नु भनेको
  64. आफैंले आफ्नो घातक प्रसंसा गर्नु जस्तै हो
  65. त्यसपछि निश्चितरुपमा अर्को बहाना :

  66. हुन त म यो काम गर्न सक्थें, तर .. तर ....
  67. म त्यस्तो बिचित्रको मान्छे होइन ।
  68. सबैलाई थाहा छ, आफ्नो अभिलाषाको
    पछि लाग्ने मानिस
  69. अलिकति अप्ठ्यारा हुन्छन् ।
  70. अनौठा खालका ।
  71. हो कि होइन ?
  72. एउटा बिभाजन रेखा - पागलपन र
    असाधारण क्षमता बीचको ।
  73. म अप्ठ्यारो होइन, मैले Steven J. को
    जीवनकथा पढेको छु ।
  74. हे भगवान ... म त्यस्तो मान्छे होइन क्या!!
    म ज्ञानी छु ।
  75. म बिल्कुल ठिक छु ।
  76. म ज्ञानी, बिल्कुल ठिक
    ज्ञानी र बिल्कुल ठिक ----
  77. किनकि म संग कुनै अभिलाषा छैन ।
  78. -----(हाँसो)-----

  79. "तैपनि, म महान व्यक्ति बन्न चाहन्छु ।

  80. म आफ्नो अभिलाषा प्रति समर्पित छैन ,
  81. त्यसैले मलाई थाहा छ, के गर्ने
  82. किनकि म संग उपाय छ ।
  83. म संग योजना छ ।
  84. यो मलाई मेरो बा आमाले सिकाएको कुरा हो ।
  85. बा आमाले भनेको, यदि मैंले
    कडा परिश्रम गरें भने -
  86. मैंले सर्बोत्कृस्ट पेशा पाउने छु ।
  87. तसर्थ, कडा मेहनेत गर, राम्रो कार्य गर ।
  88. यदि तिमीले धेरै धेरै मेहेनत गर्यौ भने
  89. सर्बोत्कृस्ट पेशा पाउनेछौ
  90. गणितीय नतिजा जस्तो छैन त ?
  91. पक्कै छैन ।
  92. तर तपाईंले आफुलाई यसै भनेर चित्त
    बुझाउनु भएको छ ।
  93. एउटा गोप्य कुरा भन्दै छु :

  94. तपाईं काम गर्नुहुन्छ ? तपाईं साँचै नै
    कडा मेहिनेत गर्नुहुन्छ ?
  95. तपाईं पक्कै सफल हुनुहुनेछ ।
  96. यो संसारले तपाईंलाइ मरी मरी
  97. काम गर्ने अवसर दिनेछ ।
  98. के तपाईं निश्चित हुनुहुन्छ,
  99. यो तपाईंको सर्बोत्कृस्ट पेशा हुनेछ,
  100. जबकि साह्रा परिस्थितिले बिपरीत
    संकेत दिंदै छन् ?
  101. आउनुस कुरा गरौं आफ्नो अभिलाषा
    खोज्दै गरेकाहरुसंग ।

  102. तपाईंलाइ राम्ररी थाहा छ,
    राम्रै काम गर्नु पर्छ,
  103. बहानाले पुग्दैन ।
  104. आफ्नो अभिलाषा केमा छ, खोज्दैहुनुहुन्छ ---
  105. --(सुस्केरा) --

  106. अनि त्यसै दङ्ग पर्नुभएकोछ ।

  107. तपाईंलाइ रुची भएको केहि भेट्नुभो ।
  108. "मलाई रुची छ, मलाई रुची छ"

  109. मलाई भन्नुहुनेछ ।

  110. मलाई भन्नुहुनेछ -मलाई रुची छ
    म भन्ने छु - गज्ज़ब !!
  111. तपाईं मलाई के भन्न खोज्दैहुनुहुन्छ ?
  112. "त्यहि, मलाई रुची छ" ।
  113. म - "अभिलाषा छ?"
  114. तपाईं - "मलाई रुची छ"
  115. "के संग तुलना गर्दा रुची छ त ?"
  116. "मलाई यसमा रुची छ"
  117. अरु मानवीय क्रियाकलाप प्रति के विचार छ ?
  118. "मलाई तिनीहरु मन पर्दैन "
  119. ति कुराहरुको विचार त गर्नुभएको छ नी !
  120. "छैन । खासमा छैन ।"
  121. अभिलाषा नै तपाईंको बिशेष प्रेम हो ।

  122. अभिलाषा त्यस्तो कुरा हो-
  123. जसले तपाईंभित्रको प्रतिभालाइ
    प्रस्फुटन हुन मद्धत गर्छ ।
  124. अभिलाषा, मनपर्नु --- उस्तै कुरा होइनन
  125. तपाईं अफ्न्नो प्रेमिकालाई गएर भन्नुहुन्छ -
  126. "तिमि एकदम रोचक छौ, के म संग बिहे गर्छौ"
  127. -----(हाँसो)-----

  128. काम बन्दैन ।

  129. उसले मान्दिन र तपाईंको जिन्दगी एक्लो हुनेछ
  130. -----(हाँसो)-----

  131. के चाहनुहुन्छ,

  132. के चाहनुहुन्छ, आखिर के चाहनुहुन्छ,
  133. त्यो नै अभिलाषा हो ।
  134. रुची भन्दा पर अभिलाषा छ ।
  135. तपाईंका २० वोटा रुचि छन् भने, कुनै एउटा
  136. कुनै एउटाले तपाईंलाइ पक्रिने छ,
  137. कुनै एउटाले तपाईंलाइ पुरै ब्यस्त बनाउने छ,
  138. तपाईंलाइ यसैमा प्यार लाग्ने छ,
  139. तपाईंलाइ रुचि भएका कुनै पनि
    अरु कुरा भन्दा,
  140. यो अवस्था नै अभिलाषा हो ।
  141. मेरो एउटा साथीले प्रेमिकालाइ
    प्रस्ताव राख्यो ।

  142. उ आर्थिकरुपमा पनि समृद्ध थियो ।
  143. उसले प्रेमिकालाइ भन्यो "हामी बिबाह गरौँ ।
  144. हाम्रा रुचिहरूलाई एकीकृत गरौँ" ।
  145. -----(हाँसो)-----

  146. हो, उसले यसै भन्यो ।

  147. "म तिमीलाई साँचो माया गर्छु" उसले भन्यो
    "म धेरै माया गर्छु ।

  148. मैंले भेटेका अरु कुनै पनि महिला भन्दा,
    म तिमीलाई माया गर्छु ।
  149. म तिमीलाई म्यारी, जेन, सुसी, पेनोलोप,
  150. एन्ग्रिड, गरतुर्ड, ग्रेटेल--
  151. त्यतिखेर म जर्मन आदानप्रदान
    कार्यक्रममा थिएँ ।
  152. म तिमीलाई माया गर्छु ...
  153. भयो अब !
  154. उ बाहिर हिंडी
  155. उसले राखेको प्रेम प्रस्ताव आधा पनि नहुँदै
    उ बाहिर पुगी ।
  156. आफ्नो चकित बनाउने योजनाले चित खाएको देखेर
  157. उ यो निष्कर्षमा पुग्यो - गलत मान्छेसंग
  158. बिबाह गर्नबाट धन्य बचेछ !
  159. संगै उसले अर्को एउटा पाठ पनि सम्झियो,
    अब अरु प्रस्ताब राख्दा,
  160. सबै महिलाहरुको नाम लिनुपनि
  161. सायद लिनु नपर्ला कि !
  162. -----(हाँसो)-----

  163. कुरा के हो त !

  164. बैकल्पिक उपायहरु सोच्नु पर्छ - ताकी
    आफ्नो गन्तब्य भेटियोस्,
  165. वा, "गन्तब्य" शब्द सुनेर नै सातो जान्छ ?
  166. "गन्तब्य" भन्ने शब्दले तर्साउँछ, हो ?
  167. हामी त्यहि कुरा गर्दैछौं ।
  168. यदि तपाईंले आफ्नो क्षमताको
    उच्चतम अभिब्यक्ती नभेटे,
  169. या "मन पर्ने" मै सिमित रहे
  170. जिन्दगीको अन्त्यमा के हुनेछ, थाहा छ ?
  171. तपाईंका परिवार र साथीहरु तपाईंको
    चिहान वरीपरी जम्मा हुनेछन्,
  172. चिहानको अगाडीपट्टि एउटा ढुंगा हुनेछ,
  173. र त्यो ढुंगामा लेखिएको हुनेछ -
  174. "यो महान इन्जिनीयरको चिहान हो,
  175. जसले Velcro को स्थापना गरेका थिए " ।
  176. तर त्यो ढुंगामा अर्कै कुरा
    लेखिएको हुनसक्थ्यो,
  177. एउटा भिन्नै जीवनचरित्र,
  178. तपाईंको क्षमताको उच्च सम्मान र ब्याख्या,
  179. "यहाँ छन् भौतिक शास्त्रका महान व्यक्तित्व,
  180. Grand Unified Field Theory का जन्मदाता,
  181. जसले warp drive को सफल प्रयोग गर्न सके ।
  182. -----(हाँसो)-----

  183. भनेको त Velcro नै हो !

  184. -----(हाँसो)-----

  185. एउटा थियो - सर्बोत्कृस्ट पेशा

  186. अर्को थियो गुमेको अवसर ।
  187. केहि मान्छेहरु छन्, तपाईजस्तै
  188. यस्तै बहानाहरुको बीचमा पनि
  189. आफ्नो अभिलाषा प्राप्त गर्दछन् ।
  190. तैपनि तपाई असफल हुनुहुनेछ ।
  191. तपाई असफल हुनुहुनेछ, किनभने --

  192. तपाई त्यो काम गर्नुहुन्न,
  193. किनकि, तपाईंले अर्को बहानाको
    आविस्कार गर्नुहुनेछ,
  194. एउटा बहाना जसले काम गर्नबाट रोक्नेछ ,
  195. र यस्ता बहाना मैंले कयौंपटक सुनेको छु :
  196. "म राम्रो भविष्यको पछि लाग्ने थिएँ,
  197. तर म मानवीय मान्यताको सम्मान गर्छु --
  198. -----(हाँसो)-----

  199. कुनै कुरा प्राप्तगर्नु भन्दाबढी

  200. म सर्बोत्कृस्ट साथी बन्न चाहन्छु ।
  201. म सर्बोत्कृस्ट जीवनसाथी बन्न चाहन्छु ।
  202. म सर्बोत्कृस्ट अविभावक बन्नचाहन्छु,
  203. ठुलो सफलता प्राप्त गर्नको लागी म उनीहरुको
  204. बलिदान दिन सक्दिन ।
  205. -----(हाँसो)-----

  206. आखिर भन्न के खोज्दै हुनुहुन्छ ?

  207. तपाईले मलाई भन्न खोजेको यहि हो-
  208. "कस्सम, म केटाकेटीलाइ चुट्दीन"
  209. -----(हाँसो)-----

  210. तपाईंले बनाएको संसारदृस्टी हेर्नुस त ।

  211. जेसुकै भएपनि तपाईं नायक हो ।
  212. नम्रतापूर्वक एउटा सल्लाह दिन्छु, तपाईं
    महान भबिष्यको
  213. कल्पना गर्नुहुन्छ भने, केटाकेटीको
    तिरस्कार गर्नुपर्छ ।
  214. म केटाकेटीको तिरस्कार गर्दिन, भकुर्दिन ।
  215. अघि म आउदैगर्दा एउटा केटाले
    घुरेर हेर्दै थियो
  216. मैंले त्यसलाई लात्ताले हानिन ।
  217. -----(हाँसो)-----

  218. मैंले खाली, यो भवन ठुलाको लागि मात्रै हो,

  219. बाहिर जाउ मात्रै भनेको हुँ ।
  220. उ मुर्मुरिदै आमाको बारेमा भन्दै थियो,
  221. मैंले तिम्रो आमा बाहिर कुर्दै होला भंने ।
  222. अन्तिमपटक देख्दा उ भर्यांगमा रुँदै थियो ।
  223. -----(हाँसो)-----

  224. कस्तो रुन्चे !!

  225. -----(हाँसो)-----

  226. मैंले त्यस्तै भन्छु भन्ने सोच्नु भएको ?

  227. यस्तो भन्नु ठिक हो भन्ने लाग्छ तपाईंलाइ ?
  228. केटा केटिहरुलाई ढाल बनाएर उपयोग गर्नु
    ठिक लाग्छ, तपाईंलाइ ?
  229. थाहा छ, कुनै यस्तो दिन आउनेछ,
  230. तपाईं आदर्श अविभावक होइन त ?
  231. कुनै दिन बच्चा तपाईंकहाँ आएर भन्ने छन्
  232. "मलाई थाहा छ म के बन्न चाहन्छु ।
  233. जिन्दगी कसरी बाँच्नुपर्छ,
    मलाई थाहा छ ।"
  234. तपाईं खुशी हुनुहुनेछ ।
  235. आमा बाबुले यस्तै बार्ता सुन्न चाहन्छन् ,
  236. किनकि तपाईंको बच्चा गणितमा राम्रो छ,
  237. अब उसले के भन्छ भन्ने पनि
    तपाईंलाइ थाहा छ ।
  238. तपाईंको बच्चाले भन्नेछ,
  239. "म जादुगर बन्न चहान्छु,
  240. म स्टेजमा जादु देखाउन चाहन्छु ।"
  241. -----(हाँसो)-----

  242. त्यतिखेर तपाई के भन्नुहुनेछ ?

  243. तपाई बल्ल तल्ल बोल्नुहुनेछ,
  244. ¨त्यसमा अलि खतरा छ, बाबु !
  245. खसेर लड्न सक्छ र खासै पैसा पनि कमाईन्न,
  246. एकपटक फेरी राम्ररी विचार गर्छस कि बाबु,
  247. तँ गणितमा त्यस्तो राम्रो छस, बरु ...."
  248. बिचैमा रोकेर बच्चाले भन्ने छ -

  249. "तर यो मेरो सपना हो,
    म आफ्नो सपना पुरा गर्न चाहन्छु "
  250. अनि तपाई के भन्नुहुनेछ ?
  251. तपाईं के भन्नुहुनेछ, थाहा छ -
  252. "हेर् बाबु, कुनै दिन मेरा पनि सपना थिए,
  253. तर ---"
  254. तर भन्दै के भनेर बाक्य टुंग्याउनु हुन्छ ?
  255. "तर, मेरो पनि सपना थियो तर
    पुरा गर्ने हिम्मत भएन ।"
  256. अथवा यसो भन्नुहुनेछ -
  257. "कुनै बेला मेरो पनि सपना थियो,
  258. तर तेतिखेरै तँ जन्मिस ।"
  259. -----(हाँसो)-----

  260. ---- ताली -----

  261. के तपाई परिवारको प्रयोग गर्न चाहनु हुन्छ.

  262. आफ्नो जीवनसाथी र बच्चालाइ हेर्दै
    यसो भन्न चाहनुहुन्छ -
  263. तिमीहरु मेरो बन्धन हौ ?
  264. तपाईंले बच्चालाई भन्न सक्ने
    अर्कै कुरा थियो -
  265. जब उनीहरु आफ्नो सपनाको कुरा गर्थे
  266. तपाईं पनि उनीहरुको अनुहारमा हेरेर
  267. भन्न सक्नुहुन्थ्यो -
  268. "जा बाबु, अगाडी बढ,
  269. त्यसरी नै, जसरी म बढेको थिएँ"
  270. तर तपाईंले त्यस्तो भन्न पाउनुहुने छैन,
  271. किनकि, तपाईं अगाढी बढ्नु भएन ।
  272. तपाईं चुप्प हुनुहुनेछ ।
  273. -----(हाँसो)-----

  274. यसरी बाउ आमाको गल्ति

  275. बिचरा केटाकेटीमा थोपरिन्छ ।
  276. आफ्नो सपना पुरा गर्न नसकेको पिडा छोप्न
  277. किन मानवीय सम्बन्धमा शरण खोज्नुहुन्छ ?
  278. किन भने,
  279. तपाईंको भित्रि मनलाई थाहा छ, किन,
  280. म एकदमै गम्भीर भएर भन्दै छु ।
  281. तपाईंलाइ थाहा छ, किन तपाईं
    अस्पस्ट हुनुहुन्छ
  282. र मानवीय सम्बन्धमा आफुलाई लुकाउनु हुन्छ ।
  283. किन कि तपाईं, तपाईं
  284. स्वयंलाइ थाहा छ तपाईं को हो
  285. तपाईं आफ्नो अभिलाषा प्राप्तगर्न डराउनुभयो

  286. हास्यास्पद बनिएला बन्ने डर लाग्यो ।
  287. तपाईं प्रयत्न गर्न डराउनु भयो,
  288. असफल भनिएला भनेर डराउनुभयो ।
  289. सर्बोत्तम साथि, सर्बोत्तम जीवनसाथी,
    सर्बोत्तम अविभावक, सर्बोत्तम जीवन ।
  290. समग्र रुपमा तपाईंको परिचय यहि होइन ?
  291. यो एउटा बिना अर्को कसरी सम्भव छ ?
  292. तर तपाईं डराउनु भयो ।
  293. त्यसैले तपाईंले जीवन सर्बोत्कृस्ट
    बन्ने छैन ।

  294. तबसम्म ---
  295. "तबसम्म" अंग्रेजीको भाषाको
    अर्थपूर्ण शब्द --
  296. "तबसम्म"
  297. तर यो "तबसम्म" शब्द अर्को डरलाग्दो
  298. बाक्यसंग पनि जोडिन सक्छ --
  299. " यदि म संग भइदिएको भए" ---
  300. " यदि म संग भइदिएको भए" ---
  301. यदि तपाईंको दिमागमा यी शब्द
    घुम्न थाले भने,
  302. धेरै चोट पुर्याउनेछ ।
  303. यसर्थ यीनै प्रमुख कारणहरु हुन्,

  304. जो तपाईंको सर्बोत्कृस्ट जीवन पथमा
  305. बाधा बन्न आउछन् ।
  306. "तबसम्म"---
  307. तबसम्म ।

  308. धन्यबाद ।

  309. ---- ताली -----