आज म तपाईंहरुलाई देखाउँदै छु - कसरी यो ट्याब्लेट र मैंले लगाईरहेको भर्चुयल रियालिटी हेड्सेटले विज्ञान विषयको शिक्षणमा क्रान्ति लेराउँदै छ । साथै म के कुरा पनि देखाउने छु भने - कसरी यसले विज्ञान शिक्षकलाई दोहोरो प्रभावकारी बनाउन सक्छ । यसभन्दाअघि, यो कसरी सम्भव छ त्यो तपाईंलाई देखाउँछु आउनुस् छोटो प्रसंग जोडौं, विज्ञान शिक्षणको गुणस्तरमा सुधार किन महत्वपूर्ण छ । यसो सोच्ने हो भने, संसार कति छिटो परिवर्तन भइरहेछ । परिवर्तन सँगसँगै चुनौतीहरु पनि बढ्दा छन् । बढ्दो चुनौतीहरु- जस्तै : ग्लोबल वार्मिंगको सामना, खाद्यान्न तथा पानीको अभावको समाधान, विभिन्न रोगहरुको उपचार, केही थोरै उदाहरण मात्रै । यी चुनौतिहरुको सामना गर्न, बास्तवमा हामीलाई कसले मद्धत गर्दै छ ? धेरै हदसम्म, यिनै युवा विद्यार्थीहरुले । यी युवा पुस्ता नै भविष्यका होनहार वैज्ञानिक हुन् । धेरै हदसम्म हामी यिनैको भर पर्ने छौं - भविष्यका नवीनतम र महान् आविष्कारका लागि जसले आउँदा चुनौतीहरुको सामना गर्न हामीलाई सहयोग गर्नेछ । केहि बर्ष अगाडी, मेरो सह संस्थापक र म यूनिवर्सिटीका विद्यार्थीहरुलाई यसै गरी पढाउँथ्यौं । हामीले पढाउँदै गर्दा विद्यार्थी लगभग यस्तै हुन्थे होलान् - (हाँसो) विश्वका कतिपय यूनिवर्सिटीको बास्तविकता हो यो : नीरस, अनि अल्छी मान्दै गरेका विद्यार्थीहरु, जसलाई यो विषय किन पढ्दै गरेको भन्ने पनि मतलब छैन । हामीले हाम्रो वरिपरी नवीन शिक्षा पद्धतीको खोजि गर्यौं । तर हामीले जे भेट्यौं, ती एकदमै निराशाजनक थिए । किताबहरु इ-बुकमा रुपान्तरण भएका थिए, कालोपाटी - यू ट्युब भिडियोमा परिवर्तित भएका थिए कक्षा संचालन गरिने हलहरु MOOCs मा बदलिएका थिए (Massive Online Open Courses) । हामीले पनि यहि गर्यौं भने तिनै पुराना सामग्री त्यही ढाँचा, अरु विद्यार्थीहरुसम्म पुर्याउँथ्यौं । मैंले त्यो तरिका नराम्रो भन्नखोजेको होइन । तर शिक्षण पद्धति लगभग उस्तै हुन्थ्यो , नयाँपन केही हुन्नथ्यो । हामी अरु उपाय सोच्न थाल्यौं । हामीले देख्यौं - Flight Simulator (उडान सिकाउने कम्प्युटर खेल) वास्तविक उडान तालिम संगै पाइलटहरुलाई खेल्न दिंदा, तालिम बढी नै प्रभावकारी देखियो । हामीले विचार गयौं, यी कुरा विज्ञान शिक्षणमा पनि किन प्रयोग नगर्ने ? किन Virtual Laboratory Simulator नबनाउने ? हामीले ल्याब बनायौं । विशेषत: एक शिक्षक, एक प्रशिक्षक हुने गरी हामीले पूर्ण Virtual Reality Laboratory Simulator बनायौं, जहाँ बिद्यार्थीहरु वास्तविक संसारको ल्याबमा जस्तै गणितीय समीकरणको साथमा बिभिन्न प्रयोग गर्न सक्छन् । साधारण Simulations मात्र नभएर MIT जस्ता स्तरीय युनिवर्सिटीसंग मिलेर हामीले Advanced Simulations बनायौं । जहाँ, क्यान्सरको Cutting-Edge रिसर्च समेत गर्न सकिन्छ । विद्यार्थीहरुलाई वास्तविक रिसर्चमा पठाउनु अघि, Virtual Experiments गर्न दिएर यूनिवर्सिटीहरुले करोडौं रुपैंया बचाउन सक्छन् । त्यतिमात्र नभएर ; मसिनको भित्री तह सम्म हेरेर मसिनमा के हुदै छ समेत बुझ्न सक्छन् । उनीहरु ल्याबमा खतरापूर्ण परिक्षण गर्न समेत सजिलै सक्षम हुनेछन्। उदाहरणको लागि: साल्मोनेला ब्याक्टेरियाको बारेमा जान्नु एउटा महत्वपुर्ण विषय हो । तर सुरक्षाको कारण, धेरै स्कूलहरुले पढाउन सक्दैनन् । हामी बिद्यार्थीलाइ यो काम दिएर, शिक्षकलाइ पुरै ड्यास बोर्ड दिएर, उनीहरुले बिद्यार्थीले कत्तिको बुझेका रहेछन, थाहा पाउन सक्छौं । त्यति मात्र होइन, बिद्यार्थीलाई किन क्लासमा व्यस्त बनाउन आवश्यक छ, हामीले बुझेका छौं । त्यसैले रमाइलो र आकर्षक कथाहरु जोड्न हामीले गेम डिजाईनरहरुको मद्धत लियौं । उदाहरणको लागि यो कक्षामा आफ्नो विज्ञान क्षमताको पूर्ण सदुपयोग गर्दै बिद्यार्थीहरुले CSI रहस्यमय घटना सुल्झाउनु पर्छ । यी कामहरु गर्दा हामीले पाएको प्रतिक्रिया अत्यन्त सकारात्मक छ । यहाँ ३०० जना बिद्यार्थीहरु आफूले जानेको बिज्ञान ज्ञानको प्रयोग गर्दै धैर्यपूर्वक CSI मर्डर केस सुल्झाउँदै छन । मलाई सबैभन्दा रमाइलो लाग्ने कुरा, कहिले कहीं बिद्यार्थीहरु क्लास पछि छक्क पर्दै आउछन् र भन्छन् यो Virtual Lab मा Facebook नै नहेरी २ घण्टा बितेको पत्तै पाइनं । (हाँसो) यसरी बिद्यार्थीहरुले समय बितेको पत्तै पाऊदैनन् । यसको बास्तवमै काम गरेको नगरेको अनुसन्धान गर्न Stanford University र Technical University of Denmark का १६० बिद्यार्थीहरुमा अनुसन्धान गरियो । उनीहरुले ती बिद्यार्थीहरुको समूहलाई २ भागमा बाँडे - एउटा समूहलाई Virtual Laboratory Simulations र अर्को समूहलाइ पुरानै शिक्षण पद्धति दिइयो । दुवै समूहलाइ बराबर समय दिइयो । अनुसन्धान गर्नु अघि र पछि बिद्यार्थीहरुको जांच लिइयो । यसरी उनीहरुले विद्यार्थी सिकाई प्रभाबलाई प्रस्ट रुपमा परिक्षण गर्न सकियोस् । अनुसन्धान नतिजा अनुसार: पुरानो शिक्षण पद्धति भन्दा नयाँ पद्धति पढ्ने ७६% बिद्यार्थीहरुको सिकाई - गुणस्तरीय थियो । अझ रमाइलो कुरा अनुसन्धानको दोस्रो पाटो - शिक्षकहरुमा पार्ने प्रभाव थियो । के पत्ता लाग्यो भने - शिक्षकद्वारा दिइने कक्षा, प्रशिक्षण र Virtual Laboratories संयुक्त गर्ने हो भने, सिकाईको गुणस्तरमा १०१ % ले वृद्धि भएको देखियो । र उत्तिकै समय अबधिमा बिज्ञान शिक्षकको प्रभाव पनि दोब्बर देखियो । केहि महिना पछि हामीले हामीलाई प्रश्न गर्यौं अहिले हामी संग- प्रशिक्षार्थी मनोबिज्ञ, शिक्षक, बैज्ञानिक, गेम ड़ेवलपरहरुको राम्रो समूह छ फेरी आफैंलाई प्रश्न गर्यौं - निरन्तर नयाँ शिक्षा पद्धति निर्माण गर्ने हाम्रो प्रणलाइ राख्न सक्छौं ? हामीले लामो समयदेखि निर्माणगर्दै गरेको र कठिन कामको बारेमा प्रस्तुत गर्न पाउँदा आज म खुशी छु । यो के हो त, म छोटकरीमा भन्ने छु । मेरो हातमा यो मोबाइल फोन छ, प्राय: बिद्यार्थीहरुसंग पहिले नै यो स्मार्ट फोन छ । मैंले यसलाई Virtual-Reality Headset संग Plug In गरेको छु । शाब्दिक रुपमा भन्दा, अब म यो Virtual World मा प्रवेश गर्न सक्छु केही दर्शकहरुलाई पनि हामीले यो मौका दिएका छौं । कुन हद सम्मको यो वास्तविक संसार लाग्छ, त्यो थाहा पाउन, तपाईंले यो हेर्नैपर्दछ । अब म बास्तबिकतामै यो ल्याबमा प्रवेश गरेको महसुस गर्दै छु । मलाई स्क्रिनमा देख्नुभो ? दर्शक : देख्यौं माइकल बोडेकर : गज्ज़ब !! मैले भर्खरै मेरो मोबाइल फोन अन गरें - अब म, अत्याधुनिक, बिशाल, करोडौं रुपिया पर्ने ल्याबसंग अन्तरक्रिया गर्न सक्छु । उदाहरणको लागि, अब म यो औजार लिएर अनुसन्धान गर्न सक्छु । म संग E-Ggel, PCR छन, हेर्नुस त त्यहाँ मसंग अत्याधुनिक परीक्षण मसिन छ । त्यहाँ Electron Microscope छ आफ्नो खल्तीमा Electron Microscope राखेर कोही हिड्छ ? यहाँ परीक्षण उपकरण छ यसको सहायताले म बिभिन्न परिक्षण गर्न सक्छु यहाँ ढोका छ, यहाँबाट म अरु परीक्षणमा जान सक्छु, ल्याबरोटरीमा काम गर्न सक्छु । यो मेरो पढ्ने ट्याब्लेट हो, यो साह्रै चलाख छ । यसले मलाई Relevant Theory पढ्न दिन्छ । म यससंग अन्तरक्रिया गर्न सक्छु । म यसमा विडियो हेर्न सक्छु, परिक्षण गर्दै गरेको बिषयमा आवस्यक जानकारी खोज्न सक्छु । यहाँनिर म्यारी छन् । उनी मेरो शिक्षक र ल्याब सहायक हुन् । उनले मलाई सम्पूर्ण ल्याबको पथ प्रदर्शन गराउछिन् । चाडै नै शिक्षकहरु अहिले म भैरहेको Virtual संसारमा आफैंलाई Teleport गर्नेछन, अनि यही उपकरणको सहायताले मलाई मद्धत गर्न, मार्ग निर्देशन गर्न सक्नेछन । यो बिषयलाइ सम्पन्न गर्नु अगाडी, म तपाईलाइ अझ मज्जाको कुरा देखाउन गइरहेको छु । यस्तो काम तपाईं वास्तविक परीक्षणशाला पनि गर्न पाउनुहुन्न । यो PCR मशिन हो अब म यो परिक्षण गर्न जादै छु । भर्खरै मैले मेरो आकार लाखौं गुणा सानो बनाएँ, झन्डै अणुको आकारमा । यो तपाईंले पनि अनुभव गर्नुपर्छ । यस्तो लाग्दैछ, म मसिन भित्र उभिरहेकोछु । म अणु र DNA सबै देख्दै छु, Polymerase र Enzymes देख्दै छु । यतिखेरको अवस्थामा DNA को लाखौं गुणा प्रतिलिपि बन्दै छ, त्यसरी नै जसरी येतिखेर हाम्रो शरीरमा बन्दै छ । यो प्रक्रिया कस्तो हुन्छ भन्ने कुरा म अब नजिकबाट बुझ्न र अनुभव गर्न सक्छु । मलाई आशा छ, नयाँ प्रबिधियुक्त यो मसिनको सम्भावनाको अलि अलि ज्ञान भयो होला । र म अगाडी जोड दिन चाहन्छु, हामीले भर्खर देखेका कुराहरु iPad र Laptop हरुमा Headset बिना पनि देख्न सकिन्छ । यो कुरा महत्वपुर्ण भएकोले भन्दै छु । आउँदो पुस्ताका बैज्ञानिकहरुलाई बल र हौसला प्रदान गर्न, शिक्षकहरुले नयाँ प्रविधिहरु आत्मसाथ गर्नु अत्यन्त आवश्यक छ । धेरै कारणले मलाई लाग्छ, बिज्ञान शिक्षणमा रहेको Quantum Leap अब प्रविधिको कारण होइन, कक्षा कोठामा नया प्रबिधि भित्र्याउने एवं प्रबिधि आत्मसाथ गर्ने शिक्षकको बिबेकमा निर्भर गर्दछ । हामीलाई बिश्वास छ, धेरै विश्वविद्यालय, स्कूल शिक्षकले यसको पूर्ण क्षमतालाई बुझ्न प्राबिधिक सहकार्य गर्नेछन् । अन्त्यमा मलाई सधै प्रेरणादिने यो कथा संगै बिदा माग्दछु - यो कथा हो ज्याक एन्द्रकाको । तपाईहरुले चिन्नु पनि हुन्छ होला । ज्याकले न्यून खर्चमा प्यान्क्रियाज क्यान्सर पत्ता लगाउने प्राबिधि को आविस्कार गरे, १५ बर्षको उमेरमा । उसले आफ्नो महान आविस्कारको बारेमा अरुलाई सुनाउदा भन्छ, एउटा कुराले यो आविस्कार गर्न झन्डै रोकेको थियो । त्यो हो - वास्तविक प्रयोगशालामा उसको पहुँच थिएन । किनकि, ल्याबमा जान उसको अनुभव अत्यन्त थोरै थियो । कल्पना गरौँ, हामीले यदि संसारभरी नै, ज्याकजस्ता सबै बिद्यार्थीलाई अत्याधुनिक, करोडौं रुपया पर्ने, Virtual Lab र मसिन-उपकरण दिने हो भने, खुशीले उफ्रंदै जो कोहि पनि यहाँ बैज्ञानिक बन्नेछन् । अनुमान लगाउनुहोस्, यसले नयाँ पुस्ताका समग्र जवान र जेहेन्दार बैज्ञानिकहरुलाई नया अन्वेसण र आविष्कारले संसार परिवर्तन गराउन कति हौसला र शक्ति दिनेछ धेरै धेरै धन्यवाद !! (ताली)