1 00:00:00,000 --> 00:00:02,000 यो मेरो पहिलो भ्रमण हो। 2 00:00:02,000 --> 00:00:04,000 मेरो प्रथम महिला भएपछिको पहिलो भ्रमण। (राष्ट्रपतीकी श्रीमतीलाई अमेरिकामा प्रथम महिला भनिन्छ) 3 00:00:04,000 --> 00:00:06,000 के तपाईंलाई विश्वास लाग्छ? 4 00:00:06,000 --> 00:00:16,000 (ताली) 5 00:00:16,000 --> 00:00:19,000 मेरो यो युकेको पहिलो भ्रमण त होइन, 6 00:00:19,000 --> 00:00:24,000 तर यो मेरो पहिलो अधिकारिक भ्रमण भएकोमा म खुशी छु। 7 00:00:24,000 --> 00:00:28,000 संयुक्त राज्य अमेरिका र युके बिचको बिशेष सम्बन्ध 8 00:00:28,000 --> 00:00:33,000 दुई सरकारहरूको सम्बन्धमा मात्रै आधारित छैन, 9 00:00:33,000 --> 00:00:36,000 हामीले अँगालेको साझा भाषा एवं मान्यताहरूमा समेत आधारित छ। 10 00:00:36,000 --> 00:00:40,000 र मैले त्यो कुरा आज तपाईंहरू सबैलाई देखेर महशुस गरिरहेकी छु। 11 00:00:40,000 --> 00:00:44,000 मेरो भ्रमणको क्रममा अफुलाई धेरै भाग्यमानी पाएकी छु 12 00:00:44,000 --> 00:00:47,000 ब्रिटेनका अत्यन्तै क्षमतावान महिलाहरू भेट्न पाएकोमा। 13 00:00:47,000 --> 00:00:50,000 महिला जसले तपाईंहरुको लागि बाटो बनाइरहनुभएको छ। 14 00:00:50,000 --> 00:00:53,000 र तपाईंहरुलाई भेट्न पाएकोमा म भाग्यमानी महशुस गरिरहेकी छु, 15 00:00:53,000 --> 00:00:59,000 जो ग्रेट ब्रिटेन र विश्वकै भावी नेत्रीहरु हुनुहुन्छ। 16 00:00:59,000 --> 00:01:04,000 यद्यपि हाम्रो जीवन को परिस्थितीहरू ज्यादै भिन्न देखिन्छन, 17 00:01:04,000 --> 00:01:08,000 यहाँ अमेरिकाको प्रथम महिलाको रुपमा उभिएकी म, 18 00:01:08,000 --> 00:01:12,000 र तपाईंहरु, जो भर्खर विद्यालयको पढाई सक्दै हुनुहुन्छ। 19 00:01:12,000 --> 00:01:16,000 यहाँ म भन्न चाहन्छु कि हामीबिच धेरै समानता छन। 20 00:01:16,000 --> 00:01:20,000 किनकी मेरो जिन्दगीको बाटोमा केहीले-कोहिले पनि 21 00:01:20,000 --> 00:01:22,000 अनुमान गरेको थिएन कि म यहाँ भविश्यमा उभिनेछु, 22 00:01:22,000 --> 00:01:25,000 प्रथम अफ्रिकन-अमेरिकन प्रथम महिलाको रुपमा 23 00:01:25,000 --> 00:01:27,000 संयुक्त राज्य अमेरिका को। 24 00:01:27,000 --> 00:01:32,000 मेरो कथामा एस्तो केहीपनी छैन जस्ले मलाई यहाँ ल्याइ पुर्याओस। 25 00:01:32,000 --> 00:01:35,000 म सम्पन्नता र सुबिधामा हुर्काइएकी थिईन 26 00:01:35,000 --> 00:01:39,000 न त समाजमा मेरो कुनै श्रेणी नै थियो। 27 00:01:39,000 --> 00:01:43,000 म शिकागोको पश्चिम भाग मा हुर्किएकी हुँ। 28 00:01:43,000 --> 00:01:46,000 जुन शिकागोको वास्तविक भाग हो। 29 00:01:46,000 --> 00:01:49,000 अनि म मजदुर-वर्गीय समाजको उपज थिएँ। 30 00:01:49,000 --> 00:01:53,000 मेरो बुवाले जीवनभर शहरको लागि काम गर्नुभो। 31 00:01:53,000 --> 00:01:55,000 अनी मेरी आमा एउटी गृहिणी हुनुहुन्थ्यो। 32 00:01:55,000 --> 00:02:00,000 अनि उहाँ घरमा बसेर म र मेरो ठुलो दाजुको हेरचाह गर्नुहुन्थ्यो। 33 00:02:00,000 --> 00:02:03,000 उहाँहरू दुवैजना विश्वबिद्यालय जानुभएन। 34 00:02:03,000 --> 00:02:06,000 मेरो बुवालाई "मल्टिपल स्किल्ररोहसिस" भएको थियो 35 00:02:06,000 --> 00:02:08,000 उहाँको जिन्दगीको सबभन्दा महत्वपूर्ण चरणमा। 36 00:02:08,000 --> 00:02:11,000 तर जति उहाँलाई हिँड्न 37 00:02:11,000 --> 00:02:13,000 अनि बिहान ठीक पर्न गाह्रो हुन्थ्यो -- 38 00:02:13,000 --> 00:02:15,000 मैले उहाँले झन झन सङ्घर्ष गरेको देखेँ -- 39 00:02:15,000 --> 00:02:19,000 मेरो बुवाले त्यो सङ्घर्षको बारेमा कहिल्यै पनि गुनासो गर्नुभएन। 40 00:02:19,000 --> 00:02:21,000 आफुसँग जे छ त्यसका लागि उहाँ कृतज्ञ हुनुहुन्थ्यो। 41 00:02:21,000 --> 00:02:26,000 उहाँ अझ चाँडै उठ्नुहुन्थ्यो र अझै बढी मेहेनत गर्नुहुन्थ्यो। 42 00:02:26,000 --> 00:02:29,000 अनि म र मेरो दाजु कसैलाई साँच्चै जरुरत हुने कुराहरू दिएर हुर्काइयौँ : 43 00:02:29,000 --> 00:02:32,000 माया, कडा मान्यताहरू 44 00:02:32,000 --> 00:02:35,000 अनि एउटा विश्वास, कि राम्रो शिक्षा, 45 00:02:35,000 --> 00:02:37,000 र धेरै मेहेनतले , 46 00:02:37,000 --> 00:02:40,000 हामीले गर्न नसकिने चीज केही पनि छैन। 47 00:02:40,000 --> 00:02:44,000 के सम्भव छ भन्नेकुराको म एउटा उदाहरण हुँ 48 00:02:44,000 --> 00:02:48,000 जब केटीहरुले सानै उमेरदेखि 49 00:02:48,000 --> 00:02:53,000 आफ्नो वरिपरिका व्यक्तिहरूबाट माया, स्याहार र प्रेरणा पाउँछन। 50 00:02:53,000 --> 00:02:57,000 मा सानोमा अतिनै-क्षमतापूर्ण महिलाहरूबाट घेरिएकी थिएँ। 51 00:02:57,000 --> 00:03:02,000 हजुरआमाहरू, शिक्षिकाहरू, सानीमाहरु, मामा-काका-फुपू-काकी-का छोरीहरू , छिमेकीहरू 52 00:03:02,000 --> 00:03:06,000 जसले मलाई अघि बढ्न चहिने हिम्मत र मर्यादाका बारेमा धेरै सिकाए। 53 00:03:06,000 --> 00:03:11,000 अनी मेरी आमा, मेरो जीवनको सबभन्दा महत्वपूर्ण व्यक्तित्व, 54 00:03:11,000 --> 00:03:13,000 जो अहिले हामीसँगै "व्ह्वाइट हाउश" मा बस्नुहुन्छ 55 00:03:13,000 --> 00:03:16,000 र हाम्रा दुई छोरी 56 00:03:16,000 --> 00:03:18,000 मलिआ र साषा लाई हुर्काउन मद्दत गर्नुहुन्छ। 57 00:03:18,000 --> 00:03:22,000 उहाँ मेरो र उनिहरुको जीवनमा उपस्थित रहनुहुन्छ, 58 00:03:22,000 --> 00:03:24,000 र उनिहरुलाई सिकाउनुहुन्छ 59 00:03:24,000 --> 00:03:27,000 तिनै मान्यताहरू जुन उहाँले म र मेरो दाजुलाई सिकाउनुभएको थियो: 60 00:03:27,000 --> 00:03:30,000 प्रेम र मर्यादा जस्ता कुरा, 61 00:03:30,000 --> 00:03:34,000 अनी हिम्मत, र जेहेन्दारीका कुरा। 62 00:03:34,000 --> 00:03:37,000 उहाँ ती सबै नि:स्वार्थ मायाले बेरेर दिनुहुन्छ 63 00:03:37,000 --> 00:03:40,000 जुन केवल एउटा हजुरआमाले मात्र दिन सक्छिन। 64 00:03:40,000 --> 00:03:44,000 हौशला र उत्साह पाउने म साँच्चै भाग्यशाली थिएँ 65 00:03:44,000 --> 00:03:49,000 केही उच्चतम पुरुष व्यक्तित्वबाट पनि 66 00:03:49,000 --> 00:03:52,000 मेरा बुवा, मेरा दाजु , मेरो काकाहरू र हजुरबुवाहरु। 67 00:03:52,000 --> 00:03:57,000 मेरा जिन्दगीमा उहाँहरूले पनि मलाई धेरै महत्वपूर्ण कुराहरु सिकाउनुभयो। 68 00:03:57,000 --> 00:04:00,000 उहाँहरुले मलाई मर्यादित सम्बन्ध कस्तो हुन्छ भनेर सिकाउनुभयो 69 00:04:00,000 --> 00:04:04,000 महिला र पुरुष बिचको सम्बन्ध। 70 00:04:04,000 --> 00:04:08,000 उहाँहरूले मलाई एउटा दरिलो दाम्पत्य जीवन कस्तो हुन्छ भनेर सिकाउनुभयो। 71 00:04:08,000 --> 00:04:11,000 कि त्यो विश्वाश र एक अर्काप्रतिको समर्पणमा बनेको हुन्छ, 72 00:04:11,000 --> 00:04:15,000 र त्यसमा एक अर्कामा भएको पृथक गुणहरूको तारिफ हुन्छ भनेर। 73 00:04:15,000 --> 00:04:17,000 उहाँहरूले मलाई सिकाउनुभयो 74 00:04:17,000 --> 00:04:19,000 एउटा बाबु कसरी बन्ने 75 00:04:19,000 --> 00:04:21,000 र कसरी परिवार हुर्क्याउने भनेर। 76 00:04:21,000 --> 00:04:23,000 अनी सिकाउनुभयो आफ्नो घर-परिवार मा मात्रै लगानी गर्न होइन कि 77 00:04:23,000 --> 00:04:28,000 अरु बच्चाहरू पनि हुर्क्याउन मद्दत गर्न 78 00:04:28,000 --> 00:04:30,000 आफ्नो समुदायमा। 79 00:04:30,000 --> 00:04:32,000 यिनै गुणहरु थिए 80 00:04:32,000 --> 00:04:35,000 जसलाई म आफ्नो पति, 81 00:04:35,000 --> 00:04:37,000 बराक ओबामामा खोज्थें। 82 00:04:38,000 --> 00:04:41,000 अनि जब हामी पहिलो चोटि भेट्यौं, 83 00:04:41,000 --> 00:04:45,000 मैले सम्झेको एउटा कुरा के हो भने उहाँले मलाई "डेट" मा बहिर लिएर जानुभयो। 84 00:04:45,000 --> 00:04:48,000 अनि यो "डेट"मा म उहाँसँग एउटा सामाजिक भेलामा जानुपर्ने थियो। 85 00:04:48,000 --> 00:04:50,000 (हाँसो) 86 00:04:50,000 --> 00:04:52,000 मलाई थाहा छ ,कस्तो रोमान्चक हगि? 87 00:04:52,000 --> 00:04:55,000 (हाँसो) 88 00:04:55,000 --> 00:04:57,000 तर जब हामीले भेटेका थियौँ , बराक एउटा सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो। 89 00:04:57,000 --> 00:05:01,000 उहाँ अरुको लागि काम खोज्ने काम गर्नुहुन्थ्यो 90 00:05:01,000 --> 00:05:05,000 अनि गरीब छर-छिमेकमा श्रोत-साधन को व्यवस्था गर्ने। 91 00:05:05,000 --> 00:05:07,000 जसै उहाँले त्यस समाज का नागरिकहरूसँग बोल्नुभयो, 92 00:05:07,000 --> 00:05:09,000 उहाँले दुई बिचारका बारेमा बोल्नुभो। 93 00:05:09,000 --> 00:05:15,000 उहाँले "यो विश्व अहिले कस्तो छ" र "यो विश्व कस्तो हुनुपर्ने हो" भन्नेबारेमा बोल्नुभयो। 94 00:05:15,000 --> 00:05:19,000 अनि मैले यस बारेमा चुनाव प्रचार अभियानभरि बोलें। 95 00:05:19,000 --> 00:05:21,000 उहाँले भन्नुहुन्थ्यो, कि धेरै पटक, 96 00:05:21,000 --> 00:05:26,000 हामीले यी दुई बिचार बिचको दुरीलाई स्वीकार्छौं। 97 00:05:26,000 --> 00:05:30,000 अनी कहिलेकाहीं हामी अहिलेको विश्व जस्ताको तस्तै लिन्छौं , 98 00:05:30,000 --> 00:05:34,000 त्यसमा हाम्रा सिद्धान्त र हाम्रो प्रयासहरू नझल्किएकै भए पनि। 99 00:05:34,000 --> 00:05:37,000 तर बराकले हामीलाई त्यो दिन सम्झाउनुभयो, 100 00:05:37,000 --> 00:05:40,000 त्यो कोठामा भएका सबैलाई, कि हामी सबैलाई थाहा छ 101 00:05:40,000 --> 00:05:44,000 हाम्रो विश्व कस्तो हुनुपर्छ भनेर। 102 00:05:44,000 --> 00:05:47,000 हामीलाई थाहा छ स्वच्छन्दता र कानुन अनि अवसर कस्ता हुन्छन भनेर। 103 00:05:47,000 --> 00:05:49,000 हामी सबैलाई थाहा छ। 104 00:05:49,000 --> 00:05:51,000 अनी उहाँले आह्वान गर्नुभयो त्यहाँ भेला भएका व्यक्तिलाई, 105 00:05:51,000 --> 00:05:53,000 त्यस समाजमा बस्नेहरूलाई, 106 00:05:53,000 --> 00:05:56,000 कटिबद्ध हुनको लागि 107 00:05:56,000 --> 00:05:58,000 ती दुई बिचार बिचको दुरी मेटाउनका लागि, 108 00:05:58,000 --> 00:06:02,000 यो विश्व जस्तो हुनुपर्ने हो, 109 00:06:02,000 --> 00:06:06,000 र अहिले जस्तो छ, दुबै स्थितिलाई एक बनाउन, एकजुट हुनका लागि। 110 00:06:06,000 --> 00:06:09,000 अनि म आज यसबारेमा सोच्दैछु किनभने मलाई 111 00:06:09,000 --> 00:06:13,000 आभास भएको छ, र म विश्वसत छु कि तपाईँहरू यस विद्यालयका सबैजना 112 00:06:13,000 --> 00:06:18,000 यो दुरी मेटाउने महत्वपूर्ण भाग हुनुहुन्छ भनेर। 113 00:06:18,000 --> 00:06:23,000 तपाईंहरू नै ती महिलाहरु हुनुहुन्छ जस्ले यो विश्व जस्तो हुनुपर्नेहो त्यस्तै बनाउनेछ। 114 00:06:23,000 --> 00:06:25,000 तपाईंहरूले ईतिहासको अर्को अध्याय लेख्नुहुनेछ। 115 00:06:25,000 --> 00:06:29,000 आफ्ना लागि मात्र होइन, यो पुस्ताकै लागि, 116 00:06:29,000 --> 00:06:32,000 अनि आउँदा पुस्ताहरूको लागि। 117 00:06:32,000 --> 00:06:34,000 त्यसैले राम्रो शिक्षा पाउन, 118 00:06:34,000 --> 00:06:36,000 अति महत्वपूर्ण छ। 119 00:06:36,000 --> 00:06:39,000 त्यसैले जे बाट तपाईं गुज्रिरहनुभएको छ -- 120 00:06:39,000 --> 00:06:43,000 उतार-चढावहरू, तपाईँले माया गर्ने शिक्षकहरू र तपाईँले माया नगर्ने शिक्षकहरू 121 00:06:43,000 --> 00:06:46,000 यो सबै कुरा अत्यन्त महत्वपूर्ण छ। 122 00:06:46,000 --> 00:06:49,000 किनकी समाज अनि देशहरू अनि अन्त्यमा यो विश्व 123 00:06:49,000 --> 00:06:54,000 त्यति नै बलियो हुन्छ जति त्यहाँका महिलाहरुको स्वास्थ्य छ। 124 00:06:54,000 --> 00:06:56,000 अनि त्यो कुरा दिमागमा राख्न जरुरी छ। 125 00:06:56,000 --> 00:07:02,000 अनि त्यो स्वास्थ्यको एक भाग उत्कृष्ट शिक्षा हो। 126 00:07:02,000 --> 00:07:07,000 दु:ख पाईरहेको परिवार र एउटा स्वस्थ परिवारको फरक 127 00:07:07,000 --> 00:07:10,000 सामान्यतया एक शक्तिसम्पन्न नारी 128 00:07:10,000 --> 00:07:13,000 वा नरीहरूको परिवारको केन्द्रमा उपस्थिति हो। 129 00:07:13,000 --> 00:07:16,000 एउटा टुटेको समाज र एउटा जल्दोबल्दो समाज बिचको भिन्नता, 130 00:07:16,000 --> 00:07:20,000 धेरैचोटी पुरुष र महिला बिचको स्वस्थ इज्जत 131 00:07:20,000 --> 00:07:25,000 र एक अर्काले समाजको लागि दिएको योगदानप्रतिको कृतज्ञतामा हुन्छ। 132 00:07:25,000 --> 00:07:28,000 एउटा तेजहीन राष्ट्र 133 00:07:28,000 --> 00:07:30,000 र एउटा फल्न-फुल्नलागेको राष्ट्र बिचको भिन्नता, 134 00:07:30,000 --> 00:07:34,000 शिक्षाको पहुँच 135 00:07:34,000 --> 00:07:36,000 केटा र केटी दुबैलाई बराबरी रुपमा चहिन्छ भन्ने कुरा चिन्नसक्नुमा हुन्छ। 136 00:07:36,000 --> 00:07:41,000 अनि यो विद्यालय, युकेको पहिलो महिला डाक्टरका नाममा राखिएको, 137 00:07:41,000 --> 00:07:47,000 अनी छेउछाउका भवनहरू मेक्सिकन चित्रकार फ्रिडा काह्लोका नाममा, 138 00:07:47,000 --> 00:07:49,000 अनि, मेरी सीएकोल, 139 00:07:49,000 --> 00:07:53,000 जमैकन नर्स जस्लाई "कालाजातिकी फ्लोरेन्स नाइटइङगल" भनेर चिनिन्थ्यो, 140 00:07:53,000 --> 00:07:56,000 अनी अङ्रेजी लेखिका, एमिली ब्रोन्टे, 141 00:07:56,000 --> 00:08:00,000 ती महिलाहरुलाई जस्ले लैङ्गिक भेदभाव, जातीयता र तामसका बिरुद्ध लडे, तिनीहरूलाई आदर गरौँ, 142 00:08:00,000 --> 00:08:05,000 जस्ले आफ्ना चाहनलाई पछ्याए, आफ्नो आत्माशान्ति को लागि। 143 00:08:05,000 --> 00:08:08,000 उहाँहरूले कुनै अवरोध आउन दिनुभएन। 144 00:08:08,000 --> 00:08:12,000 त्यहाँ पछाडि लेखिएजस्तै , "कुनै रोकटोक बिना" 145 00:08:12,000 --> 00:08:14,000 उहाँहरूलाई बाँच्ने अरु कुनै तरिका नै थाहा थिएन 146 00:08:14,000 --> 00:08:17,000 आफ्ना सपनाहरूलाई पछ्याउन बाँच्ने बहेक। 147 00:08:17,000 --> 00:08:22,000 अनी त्यसै गरेर, यी महिलाहरुले 148 00:08:22,000 --> 00:08:24,000 धेरै अवरोध हटाउनुभयो। 149 00:08:24,000 --> 00:08:26,000 अनी उहाँहरूले धेरै नयाँ ढोकाहरू खोल्दिनुभयो 150 00:08:26,000 --> 00:08:29,000 दशौँ लाख महिला डाक्टर र नर्स 151 00:08:29,000 --> 00:08:32,000 र चित्रकार र लेखिकाहरूलाई, 152 00:08:32,000 --> 00:08:34,000 जसले उहाँहरूलाई पछ्याउनु भयो। 153 00:08:34,000 --> 00:08:37,000 अनि राम्रो शिक्षा पाएपछी, 154 00:08:37,000 --> 00:08:41,000 तपाईंहरूले पनि आफ्नो भविश्य आफ्नो हातामा लिन सक्नुहुन्छ। 155 00:08:41,000 --> 00:08:44,000 कृपया यो सम्झिनुहोला। 156 00:08:44,000 --> 00:08:48,000 तपाईंहरूलाई म यहाँ उभिएको कारण थाहा पाउनु छ भने, 157 00:08:48,000 --> 00:08:51,000 त्यो शिक्षाकै कारण हो। 158 00:08:51,000 --> 00:08:55,000 मैले कहिले पनि क्लास छाडिन। माफ गर्नुहोला मलाई थाहा छैन तपाईंहरूमध्ये कसैले क्लास छाडछ कि छाडदैन भनेर। 159 00:08:55,000 --> 00:08:57,000 मैलेचाहिँ कहिलै छाडिन। 160 00:08:57,000 --> 00:08:59,000 मलाई 'ए' ल्याउन धेरै मनपर्थ्यो। 161 00:08:59,000 --> 00:09:01,000 मलाई चतुर हुन मन पर्थ्यो। 162 00:09:01,000 --> 00:09:05,000 मलाई समयमै काम गर्न मनपर्थ्यो। मलाई मेरो काम सक्न मनपर्थ्यो। 163 00:09:05,000 --> 00:09:10,000 मलाई चतुर हुन जस्तो राम्रो संसारमा अरु केही लाग्दैनथ्यो। 164 00:09:10,000 --> 00:09:12,000 अनि तपाईंहरूले पनि, यिनै मान्यताहरूले, 165 00:09:12,000 --> 00:09:14,000 आफ्नो भविश्य आफ्नो हातमा लिन सक्नुहुन्छ। 166 00:09:14,000 --> 00:09:17,000 तपाईंहरूले पनि बाटो बनाउन सक्नुहुन्छ। 167 00:09:17,000 --> 00:09:19,000 आफ्नो सपना पुरा गर्न सक्नुहुन्छ, 168 00:09:19,000 --> 00:09:23,000 अनि तपाईंको काम हुनेछ 169 00:09:23,000 --> 00:09:27,000 पछाडि फर्केर आफुजस्तै कसैलाई आफुजस्तै बन्न मद्दत गर्ने। 170 00:09:27,000 --> 00:09:30,000 ईतिहासले दर्शाउँछ कि, मतलब छैन 171 00:09:30,000 --> 00:09:32,000 तपाईं सरकारले दिएको आबासबाट आउनुभएको होस या 172 00:09:32,000 --> 00:09:34,000 आफ्नो ठुलो बङगलाबाट। 173 00:09:34,000 --> 00:09:36,000 तपाईंको सफलता भरपर्छ 174 00:09:36,000 --> 00:09:39,000 तपाईँकै जेहेन्दारी मा, 175 00:09:39,000 --> 00:09:43,000 तपाईँकै आत्मविश्वासमा, तपाईँकै परिश्रममा। 176 00:09:43,000 --> 00:09:47,000 त्यही सत्य हो। त्यही नै हामी बस्ने यो विश्वको वस्तबिकता हो। 177 00:09:47,000 --> 00:09:50,000 तपाईंको भविश्य अहिले तपाईंकै हातमा छ। 178 00:09:50,000 --> 00:09:55,000 अनि यो सजिलो हुनेछैन। त्यो पक्कै हो। 179 00:09:55,000 --> 00:09:57,000 तर तपाईंसँग चाहिएको सबैथोक छ। 180 00:09:57,000 --> 00:10:00,000 सफल हुन चहिने सबैकुरा, 181 00:10:00,000 --> 00:10:03,000 अहिले तपाईंसँगै छ। 182 00:10:03,000 --> 00:10:07,000 मेरो श्रीमान एउटा ठुलो कार्यालयमा काम गर्नुहुन्छ। 183 00:10:07,000 --> 00:10:10,000 त्यसलाई "द ओभल अफिस" भनिन्छ। 184 00:10:10,000 --> 00:10:12,000 व्ह्वाइट हाउसमा, एउटा "डेस्क" छ जस्मा उहाँ बस्नुहुन्छ। 185 00:10:12,000 --> 00:10:15,000 त्यसलाई "द रेसोलुट डेस्क" भनिन्छ। 186 00:10:15,000 --> 00:10:19,000 यो "हर म्याजेस्टीज सिप रेजोल्युट"को काठ बाट बनेको थियो 187 00:10:19,000 --> 00:10:22,000 र रानी विक्टोरयाले दिएकी हुन। 188 00:10:22,000 --> 00:10:27,000 यो दुई देश बिचको लामो र गहिरो मित्रताको प्रतीक हो। 189 00:10:27,000 --> 00:10:29,000 अनि यसको नाम, "अडान" ले 190 00:10:29,000 --> 00:10:33,000 त्यो आवश्यक चरित्र को शक्तिको याद दिलाउँछ, 191 00:10:33,000 --> 00:10:35,000 जुन देश हाँक्न मात्र होइन, 192 00:10:35,000 --> 00:10:40,000 तर एउटा अर्थपूर्ण जीवन बिताउन पनि महत्वपूर्ण हुन्छ। 193 00:10:40,000 --> 00:10:44,000 अनि म आशा गर्छु आफ्ना सपना पहिल्याउन, तपाईंहरु सबै अडिग रहनुहुन्छ भनेर, 194 00:10:44,000 --> 00:10:47,000 कि तपाईंहरू कुनैपनि सीमाभन्दा पर जानलाई, 195 00:10:47,000 --> 00:10:52,000 अनी आफ्नो बुद्धिको प्रयोग गर्नलाई -- किनकि त्यस्ता सीमा र आवरोध धेरै छन। हामीले देखेका छौँ। 196 00:10:52,000 --> 00:10:54,000 तिनीहरू छन। 197 00:10:54,000 --> 00:10:58,000 किनकि तपाईंहरुले तिनीहरूको प्रयोग विश्व जस्तो हुनुपर्ने त्यस्तै बनाउन प्रयोग गर्नुहुन्छ भनेर। 198 00:10:58,000 --> 00:11:01,000 किनकि हामी तपाईंहरूमा भर परेका छौं। 199 00:11:01,000 --> 00:11:03,000 हामी तपाईंहरूमध्ये हर एक जनाको भर परेका छौं 200 00:11:03,000 --> 00:11:06,000 कि तपाईंहरू आफुले सम्भव भए जति बन्नुहुन्छ भनेर। 201 00:11:06,000 --> 00:11:08,000 किनकि संसार ठूलो छ। 202 00:11:08,000 --> 00:11:10,000 र यो चुनौतिहरूले भरिएको छ। 203 00:11:10,000 --> 00:11:14,000 र हामीलाई बल, बुद्धि र आत्मविश्वासले भरिएका युवतीहरूको आवश्यकता छ 204 00:11:14,000 --> 00:11:16,000 उठेर लगाम आफ्नो हातमा लिनको लागि। 205 00:11:16,000 --> 00:11:20,000 हामीलाई थाहा छ तपाईंहरूले गर्न सक्नुहुन्छ भनेर। हामी तपाईंलाई माया गर्छौं। धेरै धेरै धन्यवाद। 206 00:11:20,000 --> 00:11:27,000 (ताली)