0:00:00.000,0:00:02.000 यो मेरो पहिलो भ्रमण हो। 0:00:02.000,0:00:04.000 मेरो प्रथम महिला भएपछिको पहिलो भ्रमण। (राष्ट्रपतीकी श्रीमतीलाई अमेरिकामा प्रथम महिला भनिन्छ) 0:00:04.000,0:00:06.000 के तपाईंलाई विश्वास लाग्छ? 0:00:06.000,0:00:16.000 (ताली) 0:00:16.000,0:00:19.000 मेरो यो युकेको पहिलो भ्रमण त होइन, 0:00:19.000,0:00:24.000 तर यो मेरो पहिलो अधिकारिक भ्रमण भएकोमा म खुशी छु। 0:00:24.000,0:00:28.000 संयुक्त राज्य अमेरिका र युके बिचको बिशेष सम्बन्ध 0:00:28.000,0:00:33.000 दुई सरकारहरूको सम्बन्धमा मात्रै आधारित छैन, 0:00:33.000,0:00:36.000 हामीले अँगालेको साझा भाषा एवं मान्यताहरूमा समेत आधारित छ। 0:00:36.000,0:00:40.000 र मैले त्यो कुरा आज तपाईंहरू सबैलाई देखेर महशुस गरिरहेकी छु। 0:00:40.000,0:00:44.000 मेरो भ्रमणको क्रममा अफुलाई धेरै भाग्यमानी पाएकी छु 0:00:44.000,0:00:47.000 ब्रिटेनका अत्यन्तै क्षमतावान महिलाहरू भेट्न पाएकोमा। 0:00:47.000,0:00:50.000 महिला जसले तपाईंहरुको लागि बाटो बनाइरहनुभएको छ। 0:00:50.000,0:00:53.000 र तपाईंहरुलाई भेट्न पाएकोमा म भाग्यमानी महशुस गरिरहेकी छु, 0:00:53.000,0:00:59.000 जो ग्रेट ब्रिटेन र विश्वकै भावी नेत्रीहरु हुनुहुन्छ। 0:00:59.000,0:01:04.000 यद्यपि हाम्रो जीवन को परिस्थितीहरू ज्यादै भिन्न देखिन्छन, 0:01:04.000,0:01:08.000 यहाँ अमेरिकाको प्रथम महिलाको रुपमा उभिएकी म, 0:01:08.000,0:01:12.000 र तपाईंहरु, जो भर्खर विद्यालयको पढाई सक्दै हुनुहुन्छ। 0:01:12.000,0:01:16.000 यहाँ म भन्न चाहन्छु कि हामीबिच धेरै समानता छन। 0:01:16.000,0:01:20.000 किनकी मेरो जिन्दगीको बाटोमा केहीले-कोहिले पनि 0:01:20.000,0:01:22.000 अनुमान गरेको थिएन कि म यहाँ भविश्यमा उभिनेछु, 0:01:22.000,0:01:25.000 प्रथम अफ्रिकन-अमेरिकन प्रथम महिलाको रुपमा 0:01:25.000,0:01:27.000 संयुक्त राज्य अमेरिका को। 0:01:27.000,0:01:32.000 मेरो कथामा एस्तो केहीपनी छैन जस्ले मलाई यहाँ ल्याइ पुर्याओस। 0:01:32.000,0:01:35.000 म सम्पन्नता र सुबिधामा हुर्काइएकी थिईन 0:01:35.000,0:01:39.000 न त समाजमा मेरो कुनै श्रेणी नै थियो। 0:01:39.000,0:01:43.000 म शिकागोको पश्चिम भाग मा हुर्किएकी हुँ। 0:01:43.000,0:01:46.000 जुन शिकागोको वास्तविक भाग हो। 0:01:46.000,0:01:49.000 अनि म मजदुर-वर्गीय समाजको उपज थिएँ। 0:01:49.000,0:01:53.000 मेरो बुवाले जीवनभर शहरको लागि काम गर्नुभो। 0:01:53.000,0:01:55.000 अनी मेरी आमा एउटी गृहिणी हुनुहुन्थ्यो। 0:01:55.000,0:02:00.000 अनि उहाँ घरमा बसेर म र मेरो ठुलो दाजुको हेरचाह गर्नुहुन्थ्यो। 0:02:00.000,0:02:03.000 उहाँहरू दुवैजना विश्वबिद्यालय जानुभएन। 0:02:03.000,0:02:06.000 मेरो बुवालाई "मल्टिपल स्किल्ररोहसिस" भएको थियो 0:02:06.000,0:02:08.000 उहाँको जिन्दगीको सबभन्दा महत्वपूर्ण चरणमा। 0:02:08.000,0:02:11.000 तर जति उहाँलाई हिँड्न 0:02:11.000,0:02:13.000 अनि बिहान ठीक पर्न गाह्रो हुन्थ्यो -- 0:02:13.000,0:02:15.000 मैले उहाँले झन झन सङ्घर्ष गरेको देखेँ -- 0:02:15.000,0:02:19.000 मेरो बुवाले त्यो सङ्घर्षको बारेमा कहिल्यै पनि गुनासो गर्नुभएन। 0:02:19.000,0:02:21.000 आफुसँग जे छ त्यसका लागि उहाँ कृतज्ञ हुनुहुन्थ्यो। 0:02:21.000,0:02:26.000 उहाँ अझ चाँडै उठ्नुहुन्थ्यो र अझै बढी मेहेनत गर्नुहुन्थ्यो। 0:02:26.000,0:02:29.000 अनि म र मेरो दाजु कसैलाई साँच्चै जरुरत हुने कुराहरू दिएर हुर्काइयौँ : 0:02:29.000,0:02:32.000 माया, कडा मान्यताहरू 0:02:32.000,0:02:35.000 अनि एउटा विश्वास, कि राम्रो शिक्षा, 0:02:35.000,0:02:37.000 र धेरै मेहेनतले , 0:02:37.000,0:02:40.000 हामीले गर्न नसकिने चीज केही पनि छैन। 0:02:40.000,0:02:44.000 के सम्भव छ भन्नेकुराको म एउटा उदाहरण हुँ 0:02:44.000,0:02:48.000 जब केटीहरुले सानै उमेरदेखि 0:02:48.000,0:02:53.000 आफ्नो वरिपरिका व्यक्तिहरूबाट माया, स्याहार र प्रेरणा पाउँछन। 0:02:53.000,0:02:57.000 मा सानोमा अतिनै-क्षमतापूर्ण महिलाहरूबाट घेरिएकी थिएँ। 0:02:57.000,0:03:02.000 हजुरआमाहरू, शिक्षिकाहरू, सानीमाहरु, मामा-काका-फुपू-काकी-का छोरीहरू , छिमेकीहरू 0:03:02.000,0:03:06.000 जसले मलाई अघि बढ्न चहिने हिम्मत र मर्यादाका बारेमा धेरै सिकाए। 0:03:06.000,0:03:11.000 अनी मेरी आमा, मेरो जीवनको सबभन्दा महत्वपूर्ण व्यक्तित्व, 0:03:11.000,0:03:13.000 जो अहिले हामीसँगै "व्ह्वाइट हाउश" मा बस्नुहुन्छ 0:03:13.000,0:03:16.000 र हाम्रा दुई छोरी 0:03:16.000,0:03:18.000 मलिआ र साषा लाई हुर्काउन मद्दत गर्नुहुन्छ। 0:03:18.000,0:03:22.000 उहाँ मेरो र उनिहरुको जीवनमा उपस्थित रहनुहुन्छ, 0:03:22.000,0:03:24.000 र उनिहरुलाई सिकाउनुहुन्छ 0:03:24.000,0:03:27.000 तिनै मान्यताहरू जुन उहाँले म र मेरो दाजुलाई सिकाउनुभएको थियो: 0:03:27.000,0:03:30.000 प्रेम र मर्यादा जस्ता कुरा, 0:03:30.000,0:03:34.000 अनी हिम्मत, र जेहेन्दारीका कुरा। 0:03:34.000,0:03:37.000 उहाँ ती सबै नि:स्वार्थ मायाले बेरेर दिनुहुन्छ 0:03:37.000,0:03:40.000 जुन केवल एउटा हजुरआमाले मात्र दिन सक्छिन। 0:03:40.000,0:03:44.000 हौशला र उत्साह पाउने म साँच्चै भाग्यशाली थिएँ 0:03:44.000,0:03:49.000 केही उच्चतम पुरुष व्यक्तित्वबाट पनि 0:03:49.000,0:03:52.000 मेरा बुवा, मेरा दाजु , मेरो काकाहरू र हजुरबुवाहरु। 0:03:52.000,0:03:57.000 मेरा जिन्दगीमा उहाँहरूले पनि मलाई धेरै महत्वपूर्ण कुराहरु सिकाउनुभयो। 0:03:57.000,0:04:00.000 उहाँहरुले मलाई मर्यादित सम्बन्ध कस्तो हुन्छ भनेर सिकाउनुभयो 0:04:00.000,0:04:04.000 महिला र पुरुष बिचको सम्बन्ध। 0:04:04.000,0:04:08.000 उहाँहरूले मलाई एउटा दरिलो दाम्पत्य जीवन कस्तो हुन्छ भनेर सिकाउनुभयो। 0:04:08.000,0:04:11.000 कि त्यो विश्वाश र एक अर्काप्रतिको समर्पणमा बनेको हुन्छ, 0:04:11.000,0:04:15.000 र त्यसमा एक अर्कामा भएको पृथक गुणहरूको तारिफ हुन्छ भनेर। 0:04:15.000,0:04:17.000 उहाँहरूले मलाई सिकाउनुभयो 0:04:17.000,0:04:19.000 एउटा बाबु कसरी बन्ने 0:04:19.000,0:04:21.000 र कसरी परिवार हुर्क्याउने भनेर। 0:04:21.000,0:04:23.000 अनी सिकाउनुभयो आफ्नो घर-परिवार मा मात्रै लगानी गर्न होइन कि 0:04:23.000,0:04:28.000 अरु बच्चाहरू पनि हुर्क्याउन मद्दत गर्न 0:04:28.000,0:04:30.000 आफ्नो समुदायमा। 0:04:30.000,0:04:32.000 यिनै गुणहरु थिए 0:04:32.000,0:04:35.000 जसलाई म आफ्नो पति, 0:04:35.000,0:04:37.000 बराक ओबामामा खोज्थें। 0:04:38.000,0:04:41.000 अनि जब हामी पहिलो चोटि भेट्यौं, 0:04:41.000,0:04:45.000 मैले सम्झेको एउटा कुरा के हो भने उहाँले मलाई "डेट" मा बहिर लिएर जानुभयो। 0:04:45.000,0:04:48.000 अनि यो "डेट"मा म उहाँसँग एउटा सामाजिक भेलामा जानुपर्ने थियो। 0:04:48.000,0:04:50.000 (हाँसो) 0:04:50.000,0:04:52.000 मलाई थाहा छ ,कस्तो रोमान्चक हगि? 0:04:52.000,0:04:55.000 (हाँसो) 0:04:55.000,0:04:57.000 तर जब हामीले भेटेका थियौँ , बराक एउटा सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो। 0:04:57.000,0:05:01.000 उहाँ अरुको लागि काम खोज्ने काम गर्नुहुन्थ्यो 0:05:01.000,0:05:05.000 अनि गरीब छर-छिमेकमा श्रोत-साधन को व्यवस्था गर्ने। 0:05:05.000,0:05:07.000 जसै उहाँले त्यस समाज का नागरिकहरूसँग बोल्नुभयो, 0:05:07.000,0:05:09.000 उहाँले दुई बिचारका बारेमा बोल्नुभो। 0:05:09.000,0:05:15.000 उहाँले "यो विश्व अहिले कस्तो छ" र "यो विश्व कस्तो हुनुपर्ने हो" भन्नेबारेमा बोल्नुभयो। 0:05:15.000,0:05:19.000 अनि मैले यस बारेमा चुनाव प्रचार अभियानभरि बोलें। 0:05:19.000,0:05:21.000 उहाँले भन्नुहुन्थ्यो, कि धेरै पटक, 0:05:21.000,0:05:26.000 हामीले यी दुई बिचार बिचको दुरीलाई स्वीकार्छौं। 0:05:26.000,0:05:30.000 अनी कहिलेकाहीं हामी अहिलेको विश्व जस्ताको तस्तै लिन्छौं , 0:05:30.000,0:05:34.000 त्यसमा हाम्रा सिद्धान्त र हाम्रो प्रयासहरू नझल्किएकै भए पनि। 0:05:34.000,0:05:37.000 तर बराकले हामीलाई त्यो दिन सम्झाउनुभयो, 0:05:37.000,0:05:40.000 त्यो कोठामा भएका सबैलाई, कि हामी सबैलाई थाहा छ 0:05:40.000,0:05:44.000 हाम्रो विश्व कस्तो हुनुपर्छ भनेर। 0:05:44.000,0:05:47.000 हामीलाई थाहा छ स्वच्छन्दता र कानुन अनि अवसर कस्ता हुन्छन भनेर। 0:05:47.000,0:05:49.000 हामी सबैलाई थाहा छ। 0:05:49.000,0:05:51.000 अनी उहाँले आह्वान गर्नुभयो त्यहाँ भेला भएका व्यक्तिलाई, 0:05:51.000,0:05:53.000 त्यस समाजमा बस्नेहरूलाई, 0:05:53.000,0:05:56.000 कटिबद्ध हुनको लागि 0:05:56.000,0:05:58.000 ती दुई बिचार बिचको दुरी मेटाउनका लागि, 0:05:58.000,0:06:02.000 यो विश्व जस्तो हुनुपर्ने हो, 0:06:02.000,0:06:06.000 र अहिले जस्तो छ, दुबै स्थितिलाई एक बनाउन, एकजुट हुनका लागि। 0:06:06.000,0:06:09.000 अनि म आज यसबारेमा सोच्दैछु किनभने मलाई 0:06:09.000,0:06:13.000 आभास भएको छ, र म विश्वसत छु कि तपाईँहरू यस विद्यालयका सबैजना 0:06:13.000,0:06:18.000 यो दुरी मेटाउने महत्वपूर्ण भाग हुनुहुन्छ भनेर। 0:06:18.000,0:06:23.000 तपाईंहरू नै ती महिलाहरु हुनुहुन्छ जस्ले यो विश्व जस्तो हुनुपर्नेहो त्यस्तै बनाउनेछ। 0:06:23.000,0:06:25.000 तपाईंहरूले ईतिहासको अर्को अध्याय लेख्नुहुनेछ। 0:06:25.000,0:06:29.000 आफ्ना लागि मात्र होइन, यो पुस्ताकै लागि, 0:06:29.000,0:06:32.000 अनि आउँदा पुस्ताहरूको लागि। 0:06:32.000,0:06:34.000 त्यसैले राम्रो शिक्षा पाउन, 0:06:34.000,0:06:36.000 अति महत्वपूर्ण छ। 0:06:36.000,0:06:39.000 त्यसैले जे बाट तपाईं गुज्रिरहनुभएको छ -- 0:06:39.000,0:06:43.000 उतार-चढावहरू, तपाईँले माया गर्ने शिक्षकहरू र तपाईँले माया नगर्ने शिक्षकहरू 0:06:43.000,0:06:46.000 यो सबै कुरा अत्यन्त महत्वपूर्ण छ। 0:06:46.000,0:06:49.000 किनकी समाज अनि देशहरू अनि अन्त्यमा यो विश्व 0:06:49.000,0:06:54.000 त्यति नै बलियो हुन्छ जति त्यहाँका महिलाहरुको स्वास्थ्य छ। 0:06:54.000,0:06:56.000 अनि त्यो कुरा दिमागमा राख्न जरुरी छ। 0:06:56.000,0:07:02.000 अनि त्यो स्वास्थ्यको एक भाग उत्कृष्ट शिक्षा हो। 0:07:02.000,0:07:07.000 दु:ख पाईरहेको परिवार र एउटा स्वस्थ परिवारको फरक 0:07:07.000,0:07:10.000 सामान्यतया एक शक्तिसम्पन्न नारी 0:07:10.000,0:07:13.000 वा नरीहरूको परिवारको केन्द्रमा उपस्थिति हो। 0:07:13.000,0:07:16.000 एउटा टुटेको समाज र एउटा जल्दोबल्दो समाज बिचको भिन्नता, 0:07:16.000,0:07:20.000 धेरैचोटी पुरुष र महिला बिचको स्वस्थ इज्जत 0:07:20.000,0:07:25.000 र एक अर्काले समाजको लागि दिएको योगदानप्रतिको कृतज्ञतामा हुन्छ। 0:07:25.000,0:07:28.000 एउटा तेजहीन राष्ट्र 0:07:28.000,0:07:30.000 र एउटा फल्न-फुल्नलागेको राष्ट्र बिचको भिन्नता, 0:07:30.000,0:07:34.000 शिक्षाको पहुँच 0:07:34.000,0:07:36.000 केटा र केटी दुबैलाई बराबरी रुपमा चहिन्छ भन्ने कुरा चिन्नसक्नुमा हुन्छ। 0:07:36.000,0:07:41.000 अनि यो विद्यालय, युकेको पहिलो महिला डाक्टरका नाममा राखिएको, 0:07:41.000,0:07:47.000 अनी छेउछाउका भवनहरू मेक्सिकन चित्रकार फ्रिडा काह्लोका नाममा, 0:07:47.000,0:07:49.000 अनि, मेरी सीएकोल, 0:07:49.000,0:07:53.000 जमैकन नर्स जस्लाई "कालाजातिकी फ्लोरेन्स नाइटइङगल" भनेर चिनिन्थ्यो, 0:07:53.000,0:07:56.000 अनी अङ्रेजी लेखिका, एमिली ब्रोन्टे, 0:07:56.000,0:08:00.000 ती महिलाहरुलाई जस्ले लैङ्गिक भेदभाव, जातीयता र तामसका बिरुद्ध लडे, तिनीहरूलाई आदर गरौँ, 0:08:00.000,0:08:05.000 जस्ले आफ्ना चाहनलाई पछ्याए, आफ्नो आत्माशान्ति को लागि। 0:08:05.000,0:08:08.000 उहाँहरूले कुनै अवरोध आउन दिनुभएन। 0:08:08.000,0:08:12.000 त्यहाँ पछाडि लेखिएजस्तै , "कुनै रोकटोक बिना" 0:08:12.000,0:08:14.000 उहाँहरूलाई बाँच्ने अरु कुनै तरिका नै थाहा थिएन 0:08:14.000,0:08:17.000 आफ्ना सपनाहरूलाई पछ्याउन बाँच्ने बहेक। 0:08:17.000,0:08:22.000 अनी त्यसै गरेर, यी महिलाहरुले 0:08:22.000,0:08:24.000 धेरै अवरोध हटाउनुभयो। 0:08:24.000,0:08:26.000 अनी उहाँहरूले धेरै नयाँ ढोकाहरू खोल्दिनुभयो 0:08:26.000,0:08:29.000 दशौँ लाख महिला डाक्टर र नर्स 0:08:29.000,0:08:32.000 र चित्रकार र लेखिकाहरूलाई, 0:08:32.000,0:08:34.000 जसले उहाँहरूलाई पछ्याउनु भयो। 0:08:34.000,0:08:37.000 अनि राम्रो शिक्षा पाएपछी, 0:08:37.000,0:08:41.000 तपाईंहरूले पनि आफ्नो भविश्य आफ्नो हातामा लिन सक्नुहुन्छ। 0:08:41.000,0:08:44.000 कृपया यो सम्झिनुहोला। 0:08:44.000,0:08:48.000 तपाईंहरूलाई म यहाँ उभिएको कारण थाहा पाउनु छ भने, 0:08:48.000,0:08:51.000 त्यो शिक्षाकै कारण हो। 0:08:51.000,0:08:55.000 मैले कहिले पनि क्लास छाडिन। माफ गर्नुहोला मलाई थाहा छैन तपाईंहरूमध्ये कसैले क्लास छाडछ कि छाडदैन भनेर। 0:08:55.000,0:08:57.000 मैलेचाहिँ कहिलै छाडिन। 0:08:57.000,0:08:59.000 मलाई 'ए' ल्याउन धेरै मनपर्थ्यो। 0:08:59.000,0:09:01.000 मलाई चतुर हुन मन पर्थ्यो। 0:09:01.000,0:09:05.000 मलाई समयमै काम गर्न मनपर्थ्यो। मलाई मेरो काम सक्न मनपर्थ्यो। 0:09:05.000,0:09:10.000 मलाई चतुर हुन जस्तो राम्रो संसारमा अरु केही लाग्दैनथ्यो। 0:09:10.000,0:09:12.000 अनि तपाईंहरूले पनि, यिनै मान्यताहरूले, 0:09:12.000,0:09:14.000 आफ्नो भविश्य आफ्नो हातमा लिन सक्नुहुन्छ। 0:09:14.000,0:09:17.000 तपाईंहरूले पनि बाटो बनाउन सक्नुहुन्छ। 0:09:17.000,0:09:19.000 आफ्नो सपना पुरा गर्न सक्नुहुन्छ, 0:09:19.000,0:09:23.000 अनि तपाईंको काम हुनेछ 0:09:23.000,0:09:27.000 पछाडि फर्केर आफुजस्तै कसैलाई आफुजस्तै बन्न मद्दत गर्ने। 0:09:27.000,0:09:30.000 ईतिहासले दर्शाउँछ कि, मतलब छैन 0:09:30.000,0:09:32.000 तपाईं सरकारले दिएको आबासबाट आउनुभएको होस या 0:09:32.000,0:09:34.000 आफ्नो ठुलो बङगलाबाट। 0:09:34.000,0:09:36.000 तपाईंको सफलता भरपर्छ 0:09:36.000,0:09:39.000 तपाईँकै जेहेन्दारी मा, 0:09:39.000,0:09:43.000 तपाईँकै आत्मविश्वासमा, तपाईँकै परिश्रममा। 0:09:43.000,0:09:47.000 त्यही सत्य हो। त्यही नै हामी बस्ने यो विश्वको वस्तबिकता हो। 0:09:47.000,0:09:50.000 तपाईंको भविश्य अहिले तपाईंकै हातमा छ। 0:09:50.000,0:09:55.000 अनि यो सजिलो हुनेछैन। त्यो पक्कै हो। 0:09:55.000,0:09:57.000 तर तपाईंसँग चाहिएको सबैथोक छ। 0:09:57.000,0:10:00.000 सफल हुन चहिने सबैकुरा, 0:10:00.000,0:10:03.000 अहिले तपाईंसँगै छ। 0:10:03.000,0:10:07.000 मेरो श्रीमान एउटा ठुलो कार्यालयमा काम गर्नुहुन्छ। 0:10:07.000,0:10:10.000 त्यसलाई "द ओभल अफिस" भनिन्छ। 0:10:10.000,0:10:12.000 व्ह्वाइट हाउसमा, एउटा "डेस्क" छ जस्मा उहाँ बस्नुहुन्छ। 0:10:12.000,0:10:15.000 त्यसलाई "द रेसोलुट डेस्क" भनिन्छ। 0:10:15.000,0:10:19.000 यो "हर म्याजेस्टीज सिप रेजोल्युट"को काठ बाट बनेको थियो 0:10:19.000,0:10:22.000 र रानी विक्टोरयाले दिएकी हुन। 0:10:22.000,0:10:27.000 यो दुई देश बिचको लामो र गहिरो मित्रताको प्रतीक हो। 0:10:27.000,0:10:29.000 अनि यसको नाम, "अडान" ले 0:10:29.000,0:10:33.000 त्यो आवश्यक चरित्र को शक्तिको याद दिलाउँछ, 0:10:33.000,0:10:35.000 जुन देश हाँक्न मात्र होइन, 0:10:35.000,0:10:40.000 तर एउटा अर्थपूर्ण जीवन बिताउन पनि महत्वपूर्ण हुन्छ। 0:10:40.000,0:10:44.000 अनि म आशा गर्छु आफ्ना सपना पहिल्याउन, तपाईंहरु सबै अडिग रहनुहुन्छ भनेर, 0:10:44.000,0:10:47.000 कि तपाईंहरू कुनैपनि सीमाभन्दा पर जानलाई, 0:10:47.000,0:10:52.000 अनी आफ्नो बुद्धिको प्रयोग गर्नलाई -- किनकि त्यस्ता सीमा र आवरोध धेरै छन। हामीले देखेका छौँ। 0:10:52.000,0:10:54.000 तिनीहरू छन। 0:10:54.000,0:10:58.000 किनकि तपाईंहरुले तिनीहरूको प्रयोग विश्व जस्तो हुनुपर्ने त्यस्तै बनाउन प्रयोग गर्नुहुन्छ भनेर। 0:10:58.000,0:11:01.000 किनकि हामी तपाईंहरूमा भर परेका छौं। 0:11:01.000,0:11:03.000 हामी तपाईंहरूमध्ये हर एक जनाको भर परेका छौं 0:11:03.000,0:11:06.000 कि तपाईंहरू आफुले सम्भव भए जति बन्नुहुन्छ भनेर। 0:11:06.000,0:11:08.000 किनकि संसार ठूलो छ। 0:11:08.000,0:11:10.000 र यो चुनौतिहरूले भरिएको छ। 0:11:10.000,0:11:14.000 र हामीलाई बल, बुद्धि र आत्मविश्वासले भरिएका युवतीहरूको आवश्यकता छ 0:11:14.000,0:11:16.000 उठेर लगाम आफ्नो हातमा लिनको लागि। 0:11:16.000,0:11:20.000 हामीलाई थाहा छ तपाईंहरूले गर्न सक्नुहुन्छ भनेर। हामी तपाईंलाई माया गर्छौं। धेरै धेरै धन्यवाद। 0:11:20.000,0:11:27.000 (ताली)