यो मेरो पहिलो भ्रमण हो।
मेरो प्रथम महिला भएपछिको पहिलो भ्रमण। (राष्ट्रपतीकी श्रीमतीलाई अमेरिकामा प्रथम महिला भनिन्छ)
के तपाईंलाई विश्वास लाग्छ?
(ताली)
मेरो यो युकेको पहिलो भ्रमण त होइन,
तर यो मेरो पहिलो अधिकारिक भ्रमण भएकोमा म खुशी छु।
संयुक्त राज्य अमेरिका र युके बिचको बिशेष सम्बन्ध
दुई सरकारहरूको सम्बन्धमा मात्रै आधारित छैन,
हामीले अँगालेको साझा भाषा एवं मान्यताहरूमा समेत आधारित छ।
र मैले त्यो कुरा आज तपाईंहरू सबैलाई देखेर महशुस गरिरहेकी छु।
मेरो भ्रमणको क्रममा अफुलाई धेरै भाग्यमानी पाएकी छु
ब्रिटेनका अत्यन्तै क्षमतावान महिलाहरू भेट्न पाएकोमा।
महिला जसले तपाईंहरुको लागि बाटो बनाइरहनुभएको छ।
र तपाईंहरुलाई भेट्न पाएकोमा म भाग्यमानी महशुस गरिरहेकी छु,
जो ग्रेट ब्रिटेन र विश्वकै भावी नेत्रीहरु हुनुहुन्छ।
यद्यपि हाम्रो जीवन को परिस्थितीहरू ज्यादै भिन्न देखिन्छन,
यहाँ अमेरिकाको प्रथम महिलाको रुपमा उभिएकी म,
र तपाईंहरु, जो भर्खर विद्यालयको पढाई सक्दै हुनुहुन्छ।
यहाँ म भन्न चाहन्छु कि हामीबिच धेरै समानता छन।
किनकी मेरो जिन्दगीको बाटोमा केहीले-कोहिले पनि
अनुमान गरेको थिएन कि म यहाँ भविश्यमा उभिनेछु,
प्रथम अफ्रिकन-अमेरिकन प्रथम महिलाको रुपमा
संयुक्त राज्य अमेरिका को।
मेरो कथामा एस्तो केहीपनी छैन जस्ले मलाई यहाँ ल्याइ पुर्याओस।
म सम्पन्नता र सुबिधामा हुर्काइएकी थिईन
न त समाजमा मेरो कुनै श्रेणी नै थियो।
म शिकागोको पश्चिम भाग मा हुर्किएकी हुँ।
जुन शिकागोको वास्तविक भाग हो।
अनि म मजदुर-वर्गीय समाजको उपज थिएँ।
मेरो बुवाले जीवनभर शहरको लागि काम गर्नुभो।
अनी मेरी आमा एउटी गृहिणी हुनुहुन्थ्यो।
अनि उहाँ घरमा बसेर म र मेरो ठुलो दाजुको हेरचाह गर्नुहुन्थ्यो।
उहाँहरू दुवैजना विश्वबिद्यालय जानुभएन।
मेरो बुवालाई "मल्टिपल स्किल्ररोहसिस" भएको थियो
उहाँको जिन्दगीको सबभन्दा महत्वपूर्ण चरणमा।
तर जति उहाँलाई हिँड्न
अनि बिहान ठीक पर्न गाह्रो हुन्थ्यो --
मैले उहाँले झन झन सङ्घर्ष गरेको देखेँ --
मेरो बुवाले त्यो सङ्घर्षको बारेमा कहिल्यै पनि गुनासो गर्नुभएन।
आफुसँग जे छ त्यसका लागि उहाँ कृतज्ञ हुनुहुन्थ्यो।
उहाँ अझ चाँडै उठ्नुहुन्थ्यो र अझै बढी मेहेनत गर्नुहुन्थ्यो।
अनि म र मेरो दाजु कसैलाई साँच्चै जरुरत हुने कुराहरू दिएर हुर्काइयौँ :
माया, कडा मान्यताहरू
अनि एउटा विश्वास, कि राम्रो शिक्षा,
र धेरै मेहेनतले ,
हामीले गर्न नसकिने चीज केही पनि छैन।
के सम्भव छ भन्नेकुराको म एउटा उदाहरण हुँ
जब केटीहरुले सानै उमेरदेखि
आफ्नो वरिपरिका व्यक्तिहरूबाट माया, स्याहार र प्रेरणा पाउँछन।
मा सानोमा अतिनै-क्षमतापूर्ण महिलाहरूबाट घेरिएकी थिएँ।
हजुरआमाहरू, शिक्षिकाहरू, सानीमाहरु, मामा-काका-फुपू-काकी-का छोरीहरू , छिमेकीहरू
जसले मलाई अघि बढ्न चहिने हिम्मत र मर्यादाका बारेमा धेरै सिकाए।
अनी मेरी आमा, मेरो जीवनको सबभन्दा महत्वपूर्ण व्यक्तित्व,
जो अहिले हामीसँगै "व्ह्वाइट हाउश" मा बस्नुहुन्छ
र हाम्रा दुई छोरी
मलिआ र साषा लाई हुर्काउन मद्दत गर्नुहुन्छ।
उहाँ मेरो र उनिहरुको जीवनमा उपस्थित रहनुहुन्छ,
र उनिहरुलाई सिकाउनुहुन्छ
तिनै मान्यताहरू जुन उहाँले म र मेरो दाजुलाई सिकाउनुभएको थियो:
प्रेम र मर्यादा जस्ता कुरा,
अनी हिम्मत, र जेहेन्दारीका कुरा।
उहाँ ती सबै नि:स्वार्थ मायाले बेरेर दिनुहुन्छ
जुन केवल एउटा हजुरआमाले मात्र दिन सक्छिन।
हौशला र उत्साह पाउने म साँच्चै भाग्यशाली थिएँ
केही उच्चतम पुरुष व्यक्तित्वबाट पनि
मेरा बुवा, मेरा दाजु , मेरो काकाहरू र हजुरबुवाहरु।
मेरा जिन्दगीमा उहाँहरूले पनि मलाई धेरै महत्वपूर्ण कुराहरु सिकाउनुभयो।
उहाँहरुले मलाई मर्यादित सम्बन्ध कस्तो हुन्छ भनेर सिकाउनुभयो
महिला र पुरुष बिचको सम्बन्ध।
उहाँहरूले मलाई एउटा दरिलो दाम्पत्य जीवन कस्तो हुन्छ भनेर सिकाउनुभयो।
कि त्यो विश्वाश र एक अर्काप्रतिको समर्पणमा बनेको हुन्छ,
र त्यसमा एक अर्कामा भएको पृथक गुणहरूको तारिफ हुन्छ भनेर।
उहाँहरूले मलाई सिकाउनुभयो
एउटा बाबु कसरी बन्ने
र कसरी परिवार हुर्क्याउने भनेर।
अनी सिकाउनुभयो आफ्नो घर-परिवार मा मात्रै लगानी गर्न होइन कि
अरु बच्चाहरू पनि हुर्क्याउन मद्दत गर्न
आफ्नो समुदायमा।
यिनै गुणहरु थिए
जसलाई म आफ्नो पति,
बराक ओबामामा खोज्थें।
अनि जब हामी पहिलो चोटि भेट्यौं,
मैले सम्झेको एउटा कुरा के हो भने उहाँले मलाई "डेट" मा बहिर लिएर जानुभयो।
अनि यो "डेट"मा म उहाँसँग एउटा सामाजिक भेलामा जानुपर्ने थियो।
(हाँसो)
मलाई थाहा छ ,कस्तो रोमान्चक हगि?
(हाँसो)
तर जब हामीले भेटेका थियौँ , बराक एउटा सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो।
उहाँ अरुको लागि काम खोज्ने काम गर्नुहुन्थ्यो
अनि गरीब छर-छिमेकमा श्रोत-साधन को व्यवस्था गर्ने।
जसै उहाँले त्यस समाज का नागरिकहरूसँग बोल्नुभयो,
उहाँले दुई बिचारका बारेमा बोल्नुभो।
उहाँले "यो विश्व अहिले कस्तो छ" र "यो विश्व कस्तो हुनुपर्ने हो" भन्नेबारेमा बोल्नुभयो।
अनि मैले यस बारेमा चुनाव प्रचार अभियानभरि बोलें।
उहाँले भन्नुहुन्थ्यो, कि धेरै पटक,
हामीले यी दुई बिचार बिचको दुरीलाई स्वीकार्छौं।
अनी कहिलेकाहीं हामी अहिलेको विश्व जस्ताको तस्तै लिन्छौं ,
त्यसमा हाम्रा सिद्धान्त र हाम्रो प्रयासहरू नझल्किएकै भए पनि।
तर बराकले हामीलाई त्यो दिन सम्झाउनुभयो,
त्यो कोठामा भएका सबैलाई, कि हामी सबैलाई थाहा छ
हाम्रो विश्व कस्तो हुनुपर्छ भनेर।
हामीलाई थाहा छ स्वच्छन्दता र कानुन अनि अवसर कस्ता हुन्छन भनेर।
हामी सबैलाई थाहा छ।
अनी उहाँले आह्वान गर्नुभयो त्यहाँ भेला भएका व्यक्तिलाई,
त्यस समाजमा बस्नेहरूलाई,
कटिबद्ध हुनको लागि
ती दुई बिचार बिचको दुरी मेटाउनका लागि,
यो विश्व जस्तो हुनुपर्ने हो,
र अहिले जस्तो छ, दुबै स्थितिलाई एक बनाउन, एकजुट हुनका लागि।
अनि म आज यसबारेमा सोच्दैछु किनभने मलाई
आभास भएको छ, र म विश्वसत छु कि तपाईँहरू यस विद्यालयका सबैजना
यो दुरी मेटाउने महत्वपूर्ण भाग हुनुहुन्छ भनेर।
तपाईंहरू नै ती महिलाहरु हुनुहुन्छ जस्ले यो विश्व जस्तो हुनुपर्नेहो त्यस्तै बनाउनेछ।
तपाईंहरूले ईतिहासको अर्को अध्याय लेख्नुहुनेछ।
आफ्ना लागि मात्र होइन, यो पुस्ताकै लागि,
अनि आउँदा पुस्ताहरूको लागि।
त्यसैले राम्रो शिक्षा पाउन,
अति महत्वपूर्ण छ।
त्यसैले जे बाट तपाईं गुज्रिरहनुभएको छ --
उतार-चढावहरू, तपाईँले माया गर्ने शिक्षकहरू र तपाईँले माया नगर्ने शिक्षकहरू
यो सबै कुरा अत्यन्त महत्वपूर्ण छ।
किनकी समाज अनि देशहरू अनि अन्त्यमा यो विश्व
त्यति नै बलियो हुन्छ जति त्यहाँका महिलाहरुको स्वास्थ्य छ।
अनि त्यो कुरा दिमागमा राख्न जरुरी छ।
अनि त्यो स्वास्थ्यको एक भाग उत्कृष्ट शिक्षा हो।
दु:ख पाईरहेको परिवार र एउटा स्वस्थ परिवारको फरक
सामान्यतया एक शक्तिसम्पन्न नारी
वा नरीहरूको परिवारको केन्द्रमा उपस्थिति हो।
एउटा टुटेको समाज र एउटा जल्दोबल्दो समाज बिचको भिन्नता,
धेरैचोटी पुरुष र महिला बिचको स्वस्थ इज्जत
र एक अर्काले समाजको लागि दिएको योगदानप्रतिको कृतज्ञतामा हुन्छ।
एउटा तेजहीन राष्ट्र
र एउटा फल्न-फुल्नलागेको राष्ट्र बिचको भिन्नता,
शिक्षाको पहुँच
केटा र केटी दुबैलाई बराबरी रुपमा चहिन्छ भन्ने कुरा चिन्नसक्नुमा हुन्छ।
अनि यो विद्यालय, युकेको पहिलो महिला डाक्टरका नाममा राखिएको,
अनी छेउछाउका भवनहरू मेक्सिकन चित्रकार फ्रिडा काह्लोका नाममा,
अनि, मेरी सीएकोल,
जमैकन नर्स जस्लाई "कालाजातिकी फ्लोरेन्स नाइटइङगल" भनेर चिनिन्थ्यो,
अनी अङ्रेजी लेखिका, एमिली ब्रोन्टे,
ती महिलाहरुलाई जस्ले लैङ्गिक भेदभाव, जातीयता र तामसका बिरुद्ध लडे, तिनीहरूलाई आदर गरौँ,
जस्ले आफ्ना चाहनलाई पछ्याए, आफ्नो आत्माशान्ति को लागि।
उहाँहरूले कुनै अवरोध आउन दिनुभएन।
त्यहाँ पछाडि लेखिएजस्तै , "कुनै रोकटोक बिना"
उहाँहरूलाई बाँच्ने अरु कुनै तरिका नै थाहा थिएन
आफ्ना सपनाहरूलाई पछ्याउन बाँच्ने बहेक।
अनी त्यसै गरेर, यी महिलाहरुले
धेरै अवरोध हटाउनुभयो।
अनी उहाँहरूले धेरै नयाँ ढोकाहरू खोल्दिनुभयो
दशौँ लाख महिला डाक्टर र नर्स
र चित्रकार र लेखिकाहरूलाई,
जसले उहाँहरूलाई पछ्याउनु भयो।
अनि राम्रो शिक्षा पाएपछी,
तपाईंहरूले पनि आफ्नो भविश्य आफ्नो हातामा लिन सक्नुहुन्छ।
कृपया यो सम्झिनुहोला।
तपाईंहरूलाई म यहाँ उभिएको कारण थाहा पाउनु छ भने,
त्यो शिक्षाकै कारण हो।
मैले कहिले पनि क्लास छाडिन। माफ गर्नुहोला मलाई थाहा छैन तपाईंहरूमध्ये कसैले क्लास छाडछ कि छाडदैन भनेर।
मैलेचाहिँ कहिलै छाडिन।
मलाई 'ए' ल्याउन धेरै मनपर्थ्यो।
मलाई चतुर हुन मन पर्थ्यो।
मलाई समयमै काम गर्न मनपर्थ्यो। मलाई मेरो काम सक्न मनपर्थ्यो।
मलाई चतुर हुन जस्तो राम्रो संसारमा अरु केही लाग्दैनथ्यो।
अनि तपाईंहरूले पनि, यिनै मान्यताहरूले,
आफ्नो भविश्य आफ्नो हातमा लिन सक्नुहुन्छ।
तपाईंहरूले पनि बाटो बनाउन सक्नुहुन्छ।
आफ्नो सपना पुरा गर्न सक्नुहुन्छ,
अनि तपाईंको काम हुनेछ
पछाडि फर्केर आफुजस्तै कसैलाई आफुजस्तै बन्न मद्दत गर्ने।
ईतिहासले दर्शाउँछ कि, मतलब छैन
तपाईं सरकारले दिएको आबासबाट आउनुभएको होस या
आफ्नो ठुलो बङगलाबाट।
तपाईंको सफलता भरपर्छ
तपाईँकै जेहेन्दारी मा,
तपाईँकै आत्मविश्वासमा, तपाईँकै परिश्रममा।
त्यही सत्य हो। त्यही नै हामी बस्ने यो विश्वको वस्तबिकता हो।
तपाईंको भविश्य अहिले तपाईंकै हातमा छ।
अनि यो सजिलो हुनेछैन। त्यो पक्कै हो।
तर तपाईंसँग चाहिएको सबैथोक छ।
सफल हुन चहिने सबैकुरा,
अहिले तपाईंसँगै छ।
मेरो श्रीमान एउटा ठुलो कार्यालयमा काम गर्नुहुन्छ।
त्यसलाई "द ओभल अफिस" भनिन्छ।
व्ह्वाइट हाउसमा, एउटा "डेस्क" छ जस्मा उहाँ बस्नुहुन्छ।
त्यसलाई "द रेसोलुट डेस्क" भनिन्छ।
यो "हर म्याजेस्टीज सिप रेजोल्युट"को काठ बाट बनेको थियो
र रानी विक्टोरयाले दिएकी हुन।
यो दुई देश बिचको लामो र गहिरो मित्रताको प्रतीक हो।
अनि यसको नाम, "अडान" ले
त्यो आवश्यक चरित्र को शक्तिको याद दिलाउँछ,
जुन देश हाँक्न मात्र होइन,
तर एउटा अर्थपूर्ण जीवन बिताउन पनि महत्वपूर्ण हुन्छ।
अनि म आशा गर्छु आफ्ना सपना पहिल्याउन, तपाईंहरु सबै अडिग रहनुहुन्छ भनेर,
कि तपाईंहरू कुनैपनि सीमाभन्दा पर जानलाई,
अनी आफ्नो बुद्धिको प्रयोग गर्नलाई -- किनकि त्यस्ता सीमा र आवरोध धेरै छन। हामीले देखेका छौँ।
तिनीहरू छन।
किनकि तपाईंहरुले तिनीहरूको प्रयोग विश्व जस्तो हुनुपर्ने त्यस्तै बनाउन प्रयोग गर्नुहुन्छ भनेर।
किनकि हामी तपाईंहरूमा भर परेका छौं।
हामी तपाईंहरूमध्ये हर एक जनाको भर परेका छौं
कि तपाईंहरू आफुले सम्भव भए जति बन्नुहुन्छ भनेर।
किनकि संसार ठूलो छ।
र यो चुनौतिहरूले भरिएको छ।
र हामीलाई बल, बुद्धि र आत्मविश्वासले भरिएका युवतीहरूको आवश्यकता छ
उठेर लगाम आफ्नो हातमा लिनको लागि।
हामीलाई थाहा छ तपाईंहरूले गर्न सक्नुहुन्छ भनेर। हामी तपाईंलाई माया गर्छौं। धेरै धेरै धन्यवाद।
(ताली)