अँ त, हामी मानव जातिमा कसैमाथि भलाइ गर्न
सक्ने असाधारण क्षमता छ
अनि नोक्सान गर्न सक्ने असीम तागत पनि छ ।
जुनसुकै उपकरण निर्माण र विनास दुवै
कामका लागि उपयोग गर्न सकिन्छ ।
यी सबै हामीमै भरपर्ने कुरा हुन्
यसकारण सबभन्दा जरुरी कुरा के हो भने,
हामीले स्वार्थीपनाको नभइकन
परोपकारको भावनालाई हुर्काउँदै लानुपर्छ
अहिले हामी हाम्रो समयका
चुनौतीहरूको सामना गरिरहेका छौं
यी चुनौतीहरू व्यक्तिगत मात्रै पनि
हुन सक्छन्
आफ्नै चित्त हितकारी दौंतरी पनि हुन सक्छ
र अनि त्यसैगरि सबैभन्दा ठूलो दुस्मन पनि
यहाँ सामाजिक चुनौतीहरू पनि छन्
धेरै असमानताहरू, द्वन्द्व अनि
अन्यायको बीचमा रहेको गरीबी
अनि हामीले सोच्दै नसोचेका नयाँ
नयाँ चुनौतीहरू
दस हजार वर्ष पहिले संसारभर लगभग
पचास लाखको हाराहारीमा मान्छेहरू थिए
त्यतिवेला मनवजातीले जे गरेपनि
पृथ्वीको लचिलोपनले नै मानव
गतिविधिलाई निमन पारिहाल्थ्यो
औद्योगिक र यान्त्रिक क्रान्ति पछि
अहिले आएर
त्यस्तो अवस्था विद्यमान रहेन
पृथ्वीमा हुने हरेक प्रभावको हामी नै
प्रमुख कारक हौं
हामी ‘एन्थ्रोपोसेन्स’ भनिने मानवकेन्द्रित
युगमा प्रवेश गरिसकेका छौं
यसै प्रकारले नै अन्तहीन विकासको
क्रमलाई यसरी नै जारी राखिरहने हो भने
भौतिक संसाधनको यसरी नै अन्त्यहीन
उपयोग गरी नै रहने हो भने
यो मान्छेले भन्न लागेको जस्तो नै हुनेछ
एक जना पूर्व सरकारप्रमुख, नाम त उल्लेख
गर्न चाहन्न उनले भनेको मैले सुनेँथें
“पाँच पर्ष पहिले हामी भीरको छेवैमा थियौं
अहिले हामीले ठूलो फड्को मारिसकेका छौं
यो छेउ वैज्ञानिकहरूले परिभाषित
गरेको छेउ जस्तै ट्वाक्कै हो
ग्रहहरूको घेराको छेउजस्तै
उनीहरू यी घेराहरूभित्र धेरै
कारणहरू समाहित गर्न सक्छन्
मानवतालाई अझै १५०००० वर्षसम्मको
लागि समृद्ध बनाउन सकिन्छ,
यदि हामीले जलवायुको यही स्थिरतालाई
कायम राख्न सक्यौं भने
बितेको १०००० वर्षलाई ‘होलोसिन’
नयाँ युगकको रूपमा लिंदै
तर यो स्वैच्छिक रूपमा चयन गरिने
साधारण वृत्तिमा निर्भर रहन्छ
मात्रात्मक रूपमा नभइकन गुणत्मक
रूपमा हुने वृद्धि
सबैलाई थाहा नै छ, १९०० सम्म हामी
सुरक्षा घेराभित्र राम्रोसँग नै बसेका थियौं
१९५० मा यस्तो आवेग आयो कि,
एक एक्कै छिनको लागि सास रोकौं त,
अब पछि के आउला भनेर कल्पना गर्न
हामी केही ग्रह नक्षत्रको सीमा पार
गरेर धेरै पर पुगिसक्यौं
जैविक विविधतालाई अहिलेकै दरमा लिने हो भने
२०५० सम्ममा पुग्दाखेरि पृथ्वीमा भएका
मध्ये ३० प्रतिशत प्रजाति लोप भइसक्छन्
तीनीहरूका डीएनएलाई हामीले फ्रीजमा
राख्यौं भने पनि ब्युँताएर ल्याउन सकिंदैन
यसै कारणले म यहाँ पलेँटीकसेर बसेको छु
भूटानस्थित ७००० मीटर उचाइमा
हिमनदीको किनारमा
उत्तर ध्रुवका भन्दा तेस्रो ध्रुवका २००० हिमनदीहरू चाच्चाँडै पग्लँदा छन्
यस अवस्थामा हामी के गर्न सक्छौं त ?
खैर, राजनीतिक, आर्थिक अनि
वैज्ञानिक हिसाबले जतिसुकै जटिल भए पनि
पर्यावरणको सवाल भनेको -
परोपकार र स्वार्थको बीचमा रहेको
सवालमा गएर टुङ्गिन्छ ।
म ग्राउचोको मानसिकता बोकेको
मार्क्सबादी हुँ
(हाँसो)
एकपटक ग्राउचो मार्क्सर्ले भने “म
भविष्यको लागि किन चिन्ता गरौं,
तिनीहरूले मेरो लागि के
नै पो गरेका छन् र ?
(हाँसोको लहर)
दुर्भाग्य नै भनौं, मैले अर्वपति स्टीभ
फोर्ब्सको भनाइ पनि सुनें
फक्स न्यूजमा उनी उपर्युक्त कुरा नै
भन्दै थिए, तर अलि गम्भीर पारामा
उनलाई समुद्रको बढ्दो सतहको
बारेमा भनिएको थियो ।
अनि उनले भनेका थिए –“के लाग्छ भने
सय वर्षपछि के हुँदैछ भनेर अहिले
मैले आफ्नो बानि परिवर्तन गर्नु भनेको
एकदमै बेतुकको कुरा हो”
यस कारणले हामीले भविष्यका
पुस्ताको लागि चिन्ता नगर्ने र
यसलाई यथास्थितिमा नै छाडिदिने हो भने
हाम्रो समयको मुख्य चुनौती मध्येको एक
सन्तुलनको नापोलाई तीन गुना
मिलाउनुपर्ने हुन्छ ।
अर्थव्यवस्थाको अल्प अवधि
शेयरबजारमा उतारचढाव, वार्षिक
खातापाताको समाप्ति,
जीवनस्तरको मध्य अवस्था
हरेक १०-२० वर्षको अन्तरालमा हाम्रो
जीवनको हरेक पक्षमा कति फरक हुन्छ ?
अनि लामो समयसम्ममा पर्यावरणमा
कति फरक पर्ला ?
जव पर्यावरणविद्हरू अर्थशास्त्रीसित
वार्ता गर्छन्
यो कुनै तुक विनाको एकोहोरो
पागलपनको संवाद जस्तो हुन्छ
उनीहरू एउटै भाषा बोल्दै बोल्दैनन्
वितेका दश वर्षमा म विश्वभरि नै घुमें
अर्थशास्त्री, वैज्ञानिक,
श्नायुविज्ञानविद्, पर्यावरणविद्
संसारभरका दार्शनिक अनि हिमालयमा
बस्ने विचारकहरूसँग भेटघाट गरेँ
मलाई के लागिरहेको छ भने साराम्समा
सबैको एउटै मात्र अवधारणा छ कि
तीनगुनाको नापोलाई बराबरीमा ल्याउन सकिन्छ
एउटै मात्र अनि सजिलो उपाय अरुको
लागि महत्व दिनु हो
अरुको लागि बढी महत्व दिन थाल्नुभयो
भने परोपकारी अर्थव्यवस्थाको वृद्धि हुनेछ
जहाँ वित्त समाजसेवाको लागि हुनेछ
न कि समाज वित्तसेवाको लागि
त्यस समय तपाई जुवाघरमा गएर खेल्नुहुन्न
जनता जनार्दनले विश्वास गरेर
सुम्पेको नासो लिएर गएर
यदि तपाईले अरुको भलाईमा
अत्यधिक ध्यान दिन थाल्नुभयो भने
अवश्य पनि तपाईले असमानताको
औषधि फेला पार्नुहुनेछ
तपाईं समाजभित्रै आफूखुशी भएर
समाजलाई केही न केही दिन सक्नुहुनेछ
शिक्षामा अथवा कार्यस्थलमा
होइन भने कुनै राष्ट्र एकदमै शक्तिशाली
अनि अत्यधिक धनी पनि छ
तर हरएक प्राणी अत्यन्त दयनीय छन्
भने के अर्थ भयो र ?
यदि तपाईं अरुको बारेमा
ध्यान दिनुहुन्छ भने पनि
तपाई हाम्रो यो ग्रहलाई लुट्न जाने त
होइन नि !
अर्को कुरा, यथास्थितिमा हुने हो भने
हामीले तीन वटा ग्रह बनाउन पनि त सक्दैनौं
यस कारण प्रश्न के हो भने
ठीक छ, परोपकार ! यो एउटा
अद्भूत आदर्श जवाफ मात्र नभएर
वास्तविक एवं व्यावहारिक समाधान
पनि हुन सक्छ त ?
सबभन्दा पहिलो कुरा त यसको
अस्तित्व छ कि छैन ?
विशुद्ध परोपकार पनि छ, कि वा हामी
यतिविधि स्वर्थी भइसक्यौं ?
यसकारण कतिपय दार्शनिकहरू
हदैसम्मको स्वार्थी छैं भन्ने सोच्दछन्
के वास्तवमा हामी सबै दुष्टहरूले
गरेजस्तो छलछाम मात्रै गरिरहेका छौं त?
यो एकदमै राम्रो खवर हो होइन त ?
होब्स जस्ता धेरै दार्शनिकहरू यसो भन्छन्
तर सबैजना दुष्टहरू जस्ता देखिँदैनन् ।
अथवा मान्छे नै मान्छेको लागि
ब्वाँसो हुन पुग्यो कि ?
तर यो मान्छे त त्यति खराब देखिँदैन त !
उनी तिब्बतमा रहने मेरा मित्र हुन्
उनी अत्यन्तै दयालु छन् ।
अँ त, हामी सहकार्य गर्न मन पराउँदछौं
सहकार्यमा जस्तो आनन्द अन्यत्र कतै पनि
छैन, छ र ?
मानवमा मात्रै होइन
अवश्य नै जीवनको लागि संघर्ष गर्नु जरुरी छ
जीवित रहन चाहिने योग्यता,
सामजिक डार्विनवाद
विकासवादमा सहकार्यभन्दा
प्रतिस्पर्धा बढी हुन्छ । अवश्यमेव,
जटिलताको स्तरलाई नाघ्नको लागि
सहकार्य बढी रचनात्मक हुनुपर्छ ।
हामी उच्च साझेदार हौं । अझ
उच्चतातिरै अघि बढ्नुपर्छ
अतः यी सबैभन्दा अघि मानवीय
सम्बन्धको आचरण हुन्छ
OECD ले आमदानी लगायतका विभिन्न
१० विधामा सर्वेक्षण गराएको थियो
सबैभन्दा पहिलो मान्छेले नै के भन्यो
भने मेरो खुशीको मुख्य कुरा नै
सामाजिक नाताको आचरण हो
केवल मानव मात्रमा होइन
यी महान् हजूरआमाहरूलाई हेरौ त
अनि यसपछि भित्री गहिराईसम्म नै
पुग्ने विचार हो भने
हामी कहिल्यै पनि नसुध्रिने
स्वार्थी हुनेछौं
यो “आर्मचेयर साइन्स” हो
यसमा सामाजिक अध्ययनको दंसो पनि छैन
मनोवैज्ञानिक अध्ययन, कहिल्यै पनि
देखाइएको छैन
यसको साटो खाली उल्टो मात्र
मेरा मित्र डानियल बोस्टनले आफ्नो पूरैजीवन
जटिलतम परिस्थितिमा रहेका
मान्छेहरूलाई परीक्षण गरेर विताए
निश्चित रूपले हामी कहीँ न कहीँ
अवश्य स्वार्थी छौं, अनि केही मानिस
अरुभन्दा केही बढी नै स्वार्थी
छन् । उनले सिद्धान्ततः
के पत्ता लगाए भने, अरु केही नभए पनि
ठूलो संख्यामा रहेका मान्छेहरूमा
कहीँ न कहीँ परोपकारको भावना रहेको छ ।
नराम्रोसित घाइते भएको, ठूलो
आपतमा परेको कसैलाई देख्यौं भने
हाम्रो मनमा ठूलो पीडा हुन्छ
प्रेमले सहायता गर्न थालिन्छ
चूपचाप तमासा हेरेर मात्र उभिएर
बस्न हाम्रो मन मान्दैन
उनको भनाइमा जति पटक परीक्षण
गरे पनि मान्छेमा कतै न कतै परोपकारको
भावना पाइएको छ
हो यो नै असली समाचार हो
यसभन्दा पनि अघि, आफूले गरेको
भलाइलाई साधारण दृष्टिकोणबाट हेर्नुपर्दछ
अब एक पटक यता हेरौं त !
जब हामी बाहिर निस्कन्छौं, हामी
यसो भनिहाल्दैनौं कि
“यो राम्रो कुरा हो, जब यो भीडले
परोपकारिताको बारेमा सोचिरहेको थियो
त्यतिञ्जेल यहाँ मुक्कामुक्की चलेको थिएन”
यदि मुक्कामुक्कीको खेल भएको
भए हामी महीनौं यसको चर्चा गर्ने थियौं
यसका कारण भलाइको न्यूनता केही
त हो तर यसले तपाईको ध्यान आकर्षण गर्दैन
तर यसको अस्तित्व भने छ ।
फेरि, एक पटक यता हेरौं ।
कतिपय मनोवैज्ञानिकहरू-
जब मैले उनीहरूलाई
मैले हिमालयतिर १४१ वटा
मानवीय परियोजनाहरू चलाइरहेको छु
त्यसले मलाई एकदमै आनन्द दिन्छ भनें ।
उनीहरूले भने “ए, तिमी अरुलाई
सहायता गरेर आफू आनन्द लिने पो रहेछौ
त्यो त परोपकार भएन, तिमी त आनन्द लिन्छौ।
तपाईहरू विचार गर्न सक्नुहुन्छ भर्खरै
रेलको लिकबाट उफ्रेको व्यक्तिले
यत्तिबाट उम्किन पाए त
आनन्द हुन्थे भन्ठान्यो होला
(हाँसोको लहर)
तर यत्तिकैमा कुरोको अन्त हुँदैन
ठिकैछ, उनीहरू भने । अनि उसलाई
प्रश्न गर्दा उसले भन्यो
“मसँग अरु केही उपाय थिएन ।
मैले जसरी पनि उफ्रिनु नै थियो ।”
उसँग अर्को विकल्प नै थिएन स्वतः
स्फूर्त व्यवहार, न स्वार्थी न त परोपकारी
विकल्परहित ?
अवश्य पनि यो व्यक्तिलाई आधा
घण्टासम्म सोच्ने समय रहन्न
“म मेरो हात दिऊँ कि नदिऊँ ।”
ऊ दिन्छ । अरु कुनै विकल्प नै छैन ।
यो स्वचालित क्रिया हो ।
यसो हुँदाहुँदै पनि ऊसँग विकल्प थियो ।
(हाँसोको लहर)
विकल्प भएका मान्छेहरू पनि थिए, जस्तो
कि पास्चर आन्द्रे ट्रोच्मे र उनकी श्रीमती
अनि फ्रान्सको च्याम्बोन सर लिग्नन
गाउँका सारा वासिन्दा
द्वितीय विश्वयुद्धभरि उनीहरूले
३५०० यहुदीहरूको ज्यान बचाए
उनीहरूलाई आश्रय दिएर,
स्वीजरल्याण्डसम्म पुर्याए
सबै वाधा व्यवधान, आफू र आफ्नो
परिवारको ज्यानको खतरा समेत मोलेर
यसकारण संसारमा परोपकारको अस्तित्व छ
उसो भए परोपकार के हो त ?
“सबै व्यक्तिहरू सुखी हुन् र सुखको
कारण पहिल्याऊन् ।” भन्ने कामना
अनि, सहानुभूति चाहिँ भावनात्मक
प्रतिध्वनि वा संज्ञानात्मक प्रतिध्वनि हो
यसले तपाईंलाई यो व्यक्ति आनन्दी
छ उ दुःखी छ भनेर देखाउछ
तर केवल सहानुभूति मात्र पर्याप्त भने होइन
यदि निरन्तर दुःखको
सामना गरिरहनुपरेको छ भने
कसैमाथि सहानुभूति नपलाएको,
तनावग्रस्त अवस्था छ भने
यस अवस्थामा तपाइलाई ठूलो परिधिको
दया र प्रेमपूर्वकको अनुकम्पा आवश्यकता पर्छ
लेपजिगको म्याक्स प्ल्याङ्क
इन्स्टिच्युटमा तानिया सिङ्गरसग
"शून्यता, प्रेम र दयाको मस्तिष्क
सँगको नेटवर्क फरक फरक हुन्छ"
भनी हामीले सावधानीपूर्वक
प्रयोग गरेर देखायौ
हामीले विकासवादबाट, मातृवात्सल्य
अनि पिताको प्यारबाट यी कुराहरू पायौं
अब हामीलाई यसको विस्तार गर्नु जरुरी छ
यसलाई अन्य प्रजातिसम्म पनि पुर्याउन सकिन्छ
हामी अत्यधिक परोपकारी समाजको
चाहना गर्छौ भने दुई कुराको जरुरत हुन्छ
व्यक्तिगत परिवर्तन अनि सामाजिक परिवर्तन
के व्यक्तिगत परिवर्तन सम्भव छ होला त ?
दुइ हजार वर्षको लगातारको
चिन्तनशील अध्ययनले सम्भव छ भन्छ
स्नायुविज्ञान र इपिजेनेटिक्स सँगको १५
वर्ष लामो सहकार्यले पनि सम्भव छ भन्छ
परोपकारको अभ्यास गराउने हो भने
हाम्रो मस्तिष्क संरचनामा परिवर्तन हुन्छ
यसैको परीक्षणको लागि मैले १२० घण्टा
MRI यन्त्रमा बिताएँ
त्यहाबाट निस्केको साढे दुई घण्टा
पछिको यो पहिलो भेटघाट हो
अनि यसको परिणाम धेरै नै विज्ञानसम्बन्धी
पत्रिकाहरूमा प्रकाशित भइरहेका छन्
यिनीहरूले कुनै पनि ढाकछोपविना
के स्पष्ट पार्छन् भने
“हामीले परोपकारको अभ्यास बढाउँदै गर्दा
मस्तिष्कमा परिवर्तन हुँदै जाँदो रहेछ”
केवल जानकारीको लागि
यो बायाँपट्टि रहेको ध्यानमा आरामसँग
रहेको अवस्था हो
करुणाको ध्यानमा लीन रहेको अवस्था
सबैले यी क्रियाकलाप हेरिरहन सक्नुहुन्छ
अनि नियन्त्रण समूह विश्राम लिँदै
केही असर देखिएन
ध्यानमा केही पनि असर परेन
उनीहरूलाई ध्यानको अभ्यास गराइएको थिएन
के हामीलाई ५०,००० घण्टाको
ध्यानको आवश्यकता पर्छ ? होइन, त्यति पर्दैन
प्रतिदिन २० मिनेटको दरले ४
हप्तासम्म गराइएको चित्तशान्तिको अभ्यासले
मस्तिष्कको संरचनात्मक परिवर्तन
गर्न सक्षम भएको देखाएको छ
मात्र, २० मिनेट प्रति दिनको दरले
४ हप्तासम्म
रिचार्ड डेभिडसनले मेडिसनमा यो
प्रयोग शिशु छात्रछात्राहरूमा पनि गरे
आठ हप्ताको कार्यक्रम- कृतज्ञता,
स्नेह, दया, मिलजुल, सचेत भएर श्वासप्रश्वास
तपाईहरू भन्न सक्नुहुन्छ ती त
शिशु नै पो छन् र
आठ हप्तापछिको परिणाम हेर्नुहोस् त
नीलो ग्राफले उनीहरूको पूर्व
सामाजिक व्यवहार देखाउँछ
यसपछि पूर्ण वैज्ञानिक परीक्षणको
पालो आउँछ, स्टीकरको परीक्षण
प्रत्येक केटाकेटीको कक्षामा
उनीहरूका सबभन्दा मिल्ने साथी को हुन्
मन नपर्ने साथी को हुन् नचिनेका को
हुन् र रोगी को को हुन् भनेर जान्नु अघि
उनीहरूलाई आफ्ना साथीहरूमा
स्टीकर बाँड्न लगाइयो
ध्यान गराउनु अघि बाँड्न दिंदा धेरेले
आफ्ना मन परेका साथीलाई नै ती स्टिकर दिए ।
चार पाँच वर्षकालाई, २० मिनेट हप्तामा
तीन पटक ध्यान गराए पछि
उनीहरूमा कुनै भेदभाव देखिएन
साह्रै मन पर्ने, मन नपर्ने सबैमा
बराबरी बाँडिदिए
यस्तै केही कुरा हामीले संसारका सबै
स्कुलमा गर्नुपर्छ ।
अनि हामी यसपछि कता लाग्छौं ?
(तालीसँगैको हर्षध्वनि)
दलाई लामाले यो सुन्नुभएपछि
रिचार्ड डेभिड्सनलाई भन्नुभयो
“तिमी यसलाई १० स्कूल १०० स्कूल हुँदै
संयुक्त राष्ट्रसंघ सम्म पुर्याऊ”
अनि हामी कहाँ पुगौंला
व्यक्तिको सोचाइमा परिवर्तन ल्याउन संभव छ
के हामीले मानवमा परोपकारी जीन
वंशानुगत रूपमा नै आउञ्जेलसम्म पर्खने त ?
यसो गर्दा ५०,००० वर्ष लाग्ला, यो त
पर्यावरणको लागि ज्यादै धेरै समय भयो
सौभाग्यवश यहाँ संस्कृतिको
विकासवाद पनि त छ नि !
संस्कृतिविज्ञहरूले संस्कृति जीन भन्दा
द्रुतगतिमा परिवर्तन हुन्छ भन्ने देखाएकाछन्
यो सुखद समाचार हो ।
हो त, वितेका वर्षहरूमा लडाइप्रतिको
प्रवृत्तिमानाटकीय परिवर्तन भएको छ
अब आएर व्यक्ति परिवर्तन र संस्कृति
परिवर्तन एक आपसमा फेसन नै बन्छन्
हो, अनि त हामी ठूलो भन्दा ठूलो
परोपकारी समाज बनाउछौं
अनि हामी त्यसपछि कता लाग्ने ?
म मत पूर्वतिर नै लाग्छु
हामी हाम्रो परियोजना अनुसार वर्षको
१००,००० रोगीको उपचार गर्छौ
हाम्रा स्कूलमा २५,००० नानीहरू छन्
हाम्रो ४ प्रतिशत व्यय भारमा काम हुन्छ
केही व्यक्ति प्रश्न गर्छन् तपाईका
कार्यक्रम व्यवहारमा
त ठीक छ तर सैद्धान्तिक
रूपमा ठीक होला र ?
जहिले पनि सकारात्मक बाटोतिर उन्मुख हुन्छु
त्यसैले म आफ्नो कुटितिर नै फर्कन्छु ।
अरूलाई अझ राम्रोसँग सेवा गर्न
सक्ने आन्तरिक साधनहरूको खोजी गर्न
अनि अझ विश्वव्यापी रूपमा हामी
के गर्न सकौंला ?
हामीलाई तीन कुराको आवश्यकता पर्छ
सहकारितालाई प्रोत्साहन गर्ने
स्कूलमा प्रतिश्पर्धात्मक सिकाइको
सट्टामा सहकारितामूलक सिकाइ सिकाउने,
अनि व्यापारिक निगमहरूको भित्री
तहमा निःशर्त सहयोग बढाउने ।
निगमहरूको बीचमा केही प्रतिश्पर्धा
त हुन सक्छ तर भित्री रूपमा होइन
हामीलाई दीगो सद्भावको आवश्यकता छ
'दीगो सद्भाव’ म यो शब्द असाध्यै मन पराउँछु
दीगो वृद्धि मात्र कदापि होइन
‘दीगो सद्भाव’ भनेको हामीले असमानता
घटाउँदै लाने भनेको हो
भविष्यमा कमभन्दा कमबाट बढी गर्नु हो
अनि मात्रात्मक वृद्धि नभएर गुणात्मक
वृद्धितर्फ हामी लागिरहन्छौं ।
हामीलाई परोपकारी अर्थशास्त्रको जरुरत छ
‘होमो अर्थशास्त्र’ धेरै गरीबहरूको
बीचमा रहेको गरीबीलाई सम्बोधन गर्न सक्दैन
सामूहिक -वस्तुको समस्यालाई
सम्बोधन गर्न सक्दैन
वातावरणको, महासागरको
परोपकारीअर्थशास्त्रको आवश्यकता छ
तपाई करुणामय अर्थव्यवस्था
हुनुपर्छ भन्नुहोला
उनी भन्लान् यो हाम्रो काम होइन
फेरि तपाई उनले हाम्रो वास्ता
गरेनन् भन्नुहोला यो अलि नराम्रो देखिनेछ
हामीलाई स्थानीय प्रतिबद्धता अनि
विश्वव्यापी उत्तरदायित्वको आवश्यकता छ
अनि १६ लाख प्रजातिहरूमा
परोपकारी भावनाको विस्तार गर्नु आवश्यक छ
सबै सबै संवेदनशील प्राणीहरू
यो संसारको सह–नागरिक हुन् ।
हो, हामीलाई परोपकारी क्रान्ति
गर्ने हिम्मत चाहिएको छ
परोपकारी क्रान्ति अमर रहोस् ! !
“भिभा ला रिभोल्यूसन डे अल्ट्रइज्मो ! !”
(तालीसँगैको हर्षध्वनि)
सबैलाई धन्यवाद !
(तालीसँगैको हर्षध्वनि)