मैले फेला पारेको यो चित्र मलाई निकै मन पर्यो
एसले वास्तवमा तपाइलाई प्रस्टसंग देखाउँछकी हाम्रो शरीरमा मुटु कहाँ बस्दछ
जस्तै कि तपाइले देख्न सक्नु हुन्छ, मुटु दुवै पटी करड़ले घेरिएको छ
ठिक?
र तथ्य भन्नु पर्दा, मैले बनाई सकेको छैन, तर मलाई देखाउन दिनुहोस् फोक्सोहरु कहाँ हुनेछन्।
यो हो जहाँ फोक्सो...
यो भयो दायाँ फोक्सो
र यता पाटी हुनेछ तपाईंको बायाँ फोक्सो
त यो हो जहाँ तपाईको मुटु बस्दछ
दुई फोक्सोहरुको बिचमा
र म बायाँ र दायाँ भन्दै छु, यो मुटु जसको हो त्यो मानिस को दृष्टिकोण बाट
यो उसको बायाँ र दायाँ भयो
जून हामीले हेर्यौ भने हाम्रो उल्टो पर्न जान्छ
मुटु वास्तबमा दुई फोक्सोहरुको बिचमा बसिरहेको छ यो सुरक्षा-कवजको भित्र
करड़हरू त्यहा छन्, मूलतः ई सबै महत्वपूर्ण अंगहरुलाई सुरक्षित राख्नका लागी
र तिनीहरुको मुनि
एस्लाई यहाँ बनाउनु भयो भने
वा मैले बनायँ भने
देख्न सक्नुहुन्छकी यी सबै को मुनि
एउटा धेरै धेरै महत्वपुर्ण मांसपेशी छ
यो मांसपेशीको खासै चर्चा हुदैन
वा यो त्येस्तो मांसपेशी होइन जुनलाई मानिसहरू जिम गइ कसरत गरेको भेटिन्छ
यो मांसपेशीलाई भनिन्छ डायाफ्राम
डायाफ्राम (diaphragm)
त तपाईंको डायाफ्राम मांसपेशि र तपाईंको करड़हरुले घेरेर एउटा ठाउँ बनाएका छन्, ठिक?
डायाफ्राम भुइं भयो
र करड़हरु एक प्रकारले यो ठाउँको भित्ता र छत् जस्तो भए
र यदि तपाईंले यो ठाउँ भित्रको बिषयवस्तु हेर्नुभयो भने
यहाँ हुनेछ तपाईंको फोक्सो
र तपाईंको मुटु
त यो सम्पूर्ण ठाउँलाई भनिन्छ तपाईको थोरैक्स
तपाईको थोरैक्स (thorax)
त मुटुले वास्तवमा के गर्छ?
अब अलिकति ठाउँ बनाउँ
अनि नजिकैबाट नियालिएको मुटुको स्वरुपलाई माथि सारौँ
तपाईलाई मुटु संग उन्मुख गराएर सुरु गर्न चाहन्छु
यो हाम्रो दायाँ फोक्सो भयो
अनि अर्को पाटी छ हाम्रो बायाँ फोक्सो
र यी सबै करड़हरु भित्र हुनेछन्
तर त्यो म अहिले बनाउँदिन
किनकी त्यसले मुटुलाईनै देख्न गाह्रो बनाउनेछ
मुटुले वास्तवमा के गर्छ भनेर सोच्न को लागी
मेरो बिचारमा, एउटा सफा तरिका भनेको
आफु एउटा कोश भएको कल्पना गर्नु हो
आफुलाई एउटा कोशको परिप्रेक्ष्यमा राख्नुहोस्
मानौ तपाई एउटा कोश हो जुन यहाँ बस्दै छ
यो तपाई हो
र तपाईं शरीरको कुनैपनि भागको बारेमा सोच्न सक्नुहुन्छ
तपाई हुनुभयो, मानौ, एउटा सानो खुट्टाको औंलाको कोश
मानौ तपाई खुट्टाको औंलाको कोश हो
र तपाईको काम हो, अवश्य: बाच्नु र खुसी हुनु
र तपाईं नजिकै छ एउटा सानो रक्त नली
बास्तवमा हाम्रो शरीरको हरेक कोशको नजिक एउटा सानो रक्त नली हुन्छ
यो खुट्टाको औंलाको कोशले जीविका बनाउन खोज्दै छ
र खुट्टाको औंलाको कोशहरुलाई केहि चीजहरू चाहिन्छ, ठिक?
तिनीहरुलाई चाहिन्छ, उदाहरणका लागि मानौँ: अक्सिजन
म सेतो ले लेख्छु ताकी प्रस्ट देखियोस्
तिनीहरुलाई चाहिन्छ अक्सिजन
र तिनीहरूले चाहिन्छ पोषक तत्व, ठिक?
त कोशहरुलाई केहि चीजहरू चाहिन्छ, बाच्न र खुसि हुन लाई
र अर्को पाटोमा, तिनीहरूले बिकार उत्पन्न गरिरहेका हुन्छन्, ठिक?
एक अर्थ मा, तिनीहरु हामी जस्तै छन्। बिकार उत्पन्न गर्छन्
र त्यो बिकार सबै प्रकारको कुरा हुन सक्छ
र दिमागमा उफ्रदै आउने एउटा हो कार्बन डाइअक्साइड (CO2)
त कार्बन डाइअक्साइड बिकार हो
यो कोश को लागि
एसले बिकार उत्पन्न गर्दै छ
र एकछिनको लागि मानौ त्यहाँ रगतको बहाव छैन
यहाँ रक्त नली भए तापनि रक्त बहाव भइरहेको छैन
त्यसैले म लेख्छु 'no flow' (बहाव छैन)
त यो सानो कोश ले बिकार उत्पन्न गर्दै जाँदा
बिकारलाई यहाँ साना गॊलाको रुपमा बनाउँ
यो थुप्रदै जानेछ, तपाईले यो धेरै जम्मा गर्दै जानुहुनेछ
किनकि रगत बगिरहेको छैन
अनि यसले हाम्रो खुट्टाको औंलाको कोशलाई चारैतिर बाट घेरला
त हाम्रो कोश यो दलदलमा फस्दै छ
साँच्चै आफ्नै बिकारमा ढाकिदै छ
र अर्को पाटोमा, के यसले ओक्सीजन र पोषक तत्व पाएको छ?
छैन
यसले ई मध्ये कुनै पनि पाएको छैन
लामो समय नबित्दै, म भन्छु केहि मिनेट भित्रै
हाम्रो कोश ले सोच्न थाल्छ "यो जीउने तरिका धेरै सुखी भएन"
यो त वास्तवमा धेरै दुखद भयो, भयानक भयो
र यसतै चलिराख्यो भने यो कोश मर्नेछ
एउटा खुट्टाको औंलाको कोशलाई चाहिने, र प्रत्येक कोशलाई चाहिने
चाहे त्यो औलाको कोश होस् या छालाको कोश
वा कुनैपनि जीवित कोशलाई
रक्त बहावको आवश्यकता पर्छ, ठिक?
यस्को लागि रगत राम्ररी बग्नु पर्छ
यदि रगत बग्यो भने, यथार्थ भिन्दै हुनेछ, ठिक?
यदि त्यहाँ रक्त बहाव भने एक्कासि बिकार पदार्थ माथि उठ्छ र रगतले बगाएर लैजान्छ
यो बगिरहेको छ
यो लगभग कसैले आएर फोहोर उठाएर लगे जस्तै भयो
ताकि घरभरि फोहोर छरिएको नहोस्
त रक्त बहाव राम्रो छ
र बदलामा, अक्सिजन र पोषक तत्व वितरित हुन्छ
त यो सबै चीजविज पनि वितरित हुन्छ
अनि एक्कासी यो कोश धेरै धेरै खुसि हुन्छ
र राम्रै संग बाच्न थाल्छ
यदि यो कोश जस्तै तपाई शरिरको सबै कोशहरु राम्रो संग बचुन भन्ने चाहानुहुन्छ भने
तपाईको शरिरभरि राम्रो संग रगत संचार भएको हुनु पर्नेछ
यो तर्क नंबर एक भयो
कि केहि गरि शरीरभरि रगत धकालिदै, सर्दै लगातार बगिरहेको हुनुपर्यो
यो अरबौं कोषहरूको लागि गर्नु पर्दा हामीलाई एउटा निकै शक्तिशाली पम्प चाहिनछ, ठिक?
यस्तो केहि जसले शरीरको सबै रगतलाई भित्र तानी फेरि बाहिर धकाल्न सकोस्
र त्यहि नै मुटु हो
मेरो मतलब, मुख्यत: मुटुले ठीक त्यही काम गरिरहेको हुन्छ
यो एउटा अद्भुत पम्प हो
रगत धकालिरहन्छ
ताकि रक्त बहाव राम्रो रहिरहोस्
म यहाँ लेख्नेछु 'काम नंबर एक' भनेर
यी मुटुका कामहरु भए
कामहरु (jobs)
र नंबर एक मा हुनेछ रक्त बहाव (blood flow)
र म लेख्नेछु प्रणालीगत बहाव (systemic flow)
र प्रणालीगतको अर्थ, म संपूर्ण शरीरलाई उल्लेख गर्दैछु
प्रणालीगत, जब म त्यो शब्द भन्छु, मेरो आशय हो सम्पूर्ण शरीर
शरीरमा भएका सबै कोशहरू
यो ठ्याक्क कसरी हुन्छ भनेर तपाईले यो चित्रमा देख्न सक्नुहुन्छ
यहाँ छ एउटा विशाल रक्त नली
यो एउटा रक्त नली हो
र यहाँ छ तपाईको धमनी
यो धमनी हो
र रगत धमनीको माध्यमबाट त्यता तिर जादैछ छ
र यो दुईवटा रक्त नली भित्र आउदै छ
माथिल्लो
यस्लाई भनिन्छ उच्च~
उच्चको अर्थ टुप्पोमा रहेको
~उच्च भेने काभा
त्यो रक्त नलीको नाम हो
र यहाँ तल पटी
जुन तपाईले देख्न सक्नु हुदैन किनकी यो मुटुको अर्को पटी छ
तर यहाँ अर्को रक्त नली छ जुनलाई भनिन्छ निम्न भेने काभा
यी दुई रक्त नली हरु~
यो पनि एक रक्त नली हो
~यी दुई रक्त नली हरु
वास्तवमा सम्पूर्ण शरीर बाट रगत तान्दैछन्
मुटुमा
र जब मुटु पिचकारी छोड्नलाई तयार हुन्छ
रगत यस धमनीमा जान्छ
र यसको नाम हो महाधमनी
यदी तपाईले महाधमनीको बारेमा सुन्नु भएको छ भने
यो हो त्यो धमनी जुनको बारेमा उनीहरु कुरा गर्दै छन्
यसरी रगत आउछ र शरीर भरि पम्प हुन्छ
तर मुटुको काम यति मात्रै होइन
मुटुको दोस्रो काम
जुन पनि यो चित्र मा छ
र यसलाई भनिन्छ फोक्सो-सम्बन्धि बहाव
फोक्सो-सम्बन्धि बहाव (pulmonary flow)
त्यसको अर्थ के हो त?
हामीलाई थाहा छ कि कोशहरु अक्सिजनको आश गर्दै छन्, ठिक?
यो हामीलाई थाहा छ
र तिनीहरु बाट कार्बन डाइअक्साइड बिकार निक्लने गर्दछ
चीजविज ओसार्नु राम्रो हो
रगत ओसार्नु राम्रो हो
तर यदि कार्बन डाइअक्साइड हटाइ नया अक्सिजन ल्याइयन भने
तब पनि कोशहरु खुसि हुने छैनन्
मतलब, रक्त संचालन भए तापनि, कुनै बिन्दुमा पुगेर, ओक्सीजन पनि चाहिन्छ
र कोशहरु कार्बन डाइअक्साइड मुक्त हुन चाहन्छन्
त्यहाँ निर फोक्सोहरु महत्वपुर्ण हुन पुग्छन्
त, के हुन्छ भने:
मुटुले महाधमनीमा रगत पठाउनु अघि
शरीर भरि रगत फैलाउनु अघि
मुटुले रगतलाई फोक्सोमा पुर्याउछ
रगत देब्रे फोक्सो मा जान्छ
र दाहिने फोक्सो मा जान्छ
र रगत फर्किन्छ
दाहिने फोक्सो बाट
र देब्रे फोक्सो बाट
र रगत धकालिदै मुटुमा फर्किन्छ
अनि महाधमनी भित्र निचरिन्छ
यहाँ अर्को एउटा सानो प्रक्रिया छ
जसमा रगत फोक्सो सम्म र फोक्सो बाट जादै छ
र त्यो हो फोक्सो-सम्बन्धि बहाव
अन्तिममा याद गरिने कुरा
यो चित्र हेरी याद नगर्न गार्है होला
यी कर्ल्याङ्-कुर्लुङ् परेका स-साना रक्त वाहिनीहरु मुटुको सबै तिर छन्
यी के हुन् त?
कोहि रातो छन्, कोहि निलो छन्
नीला जति रगतका नशा हुन्
राता जति धमनीहरु हुन्
तर के तिनीहरू भाग प्रणालीगत बहावको हो?
वा फोक्सो सम्बन्धि बहावको?
वा अरु केहिको?
यी नलीहरु लाई एकमुस्टमा कोरोनरी नली (coronary vessels) भनिन्छ
नाम तोकेर यीनिहरुलाई कोरोनरी धमनी वा कोरोनरी नशा भनिन्छ
तर एकमुस्टमा यीनिहरुलाई कोरोनरी रक्तनली भन्ने गरिन्छ
म यहाँ रक्त (blood) लेख्छु
यी कोरोनरी रक्तनलीहरु मुटुको मांसपेशीलाई नै भरण-पोषण गर्छन्
याद गर्नुहोस्, मुटु दशौँ-हजारौ कोशहरुले बनेको हुन्छ
यी कोशहरुलाई पनि, हामीले बनाएको खुट्टाको कोशलाई जस्तै
अक्सिजन, पोषणको आवश्यकता पर्छ र बिकार उत्पन्न गर्छन्
त्यसैले यी कोशहरुलाई पनि रक्तनलीहरुको आवश्यकता पर्छ
कोरोनरी रक्तनली भनेको नै त्यही हो
यिनीहरु ति रक्तनली हुन् जुन् मुटुलाई भरण-पोषण गर्छन्
यिनीहरुले मुटुलाई रगत पुर्यौउछन्
अब, यदी यिनीहरुले मुटुको मांसपेशि र कोशहरुलाई रगत पुर्यौउछन् भने
सोच्नुहोस्
यि प्रणालीगत बहाव अन्तर्गत पर्छन कि फोक्सो-सम्बन्धि बहाव अन्तर्गत?
यदी मुख्य काम कोशहरुको आवश्यकता पुरा गर्नु हो भने
कोरोनरी रक्तनली प्रणालीगत बहाव अन्तर्गत पर्छन्