तथ्यलाई दृश्यमा प्रस्तुत गर्नु मेरो पनि आफ्नो कामको मुटुमा पर्छ।
म विश्वव्यापी स्वास्थ्यका बारे पढाउंछु।
र मलाई थाहा छ यसबारे तथ्यांक मात्र भएर पुग्दैन।
मैले त्यसलाई यस्तो तरीकाले प्रस्तुत गर्न पर्छ की मानिसहरुले रमाइलो मानुन् र बुझुन्।
अब म आफूले पहिले कहिल्यै नगरेको काम गर्न गैरहेको छु:
त्यो हो तथ्यांकलाई वास्तविक धरातलमा एनिमेशनबाट प्रस्तुत गर्नु,
त्यसका लागि मलाई यहांका यी साथीहरुको प्राविधिक सहयोग प्राप्त छ
त शुरु गरौं: पहिले यो एक्सीस स्वास्थ्य को।
औसत आयु २५ बर्ष देखि ७५ बर्ष सम्म।
यहां मुनि अर्को एक्सिस बनाउं सम्पत्तिको:
प्रतिव्यक्ति आय: ४००, ४,००० र ४०,००० डलर।
भनेपछि गरिब र रोगीहरु यहां तल पर्ने भए,
यता माथि चाहिं धनी र निरोगीहरु।
अब म तपाईंलाई २०० बर्ष अघिको संसार देखाउंछु,
सन् १८१० तिरको।
यि भए संसारका सबै देशहरु:
युरोप खैरो, एशिया रातो, मध्यपूर्व हरियो, साहारादेखि दक्षिणको अफ्रीका नीलो,
र अमेरिकाज पहेंलो।
देशको नामको आकारको फोकाले त्यहांको जनसंख्या जनाउंछ।
र सन् १८१० मा यहां मुनि भिडभाड निकै थियो होइन त?
सबै देशहरुमा रोग र गरिबी व्याप्त थियो,
सबै देशमा मानिसहरुको औसत आयु ४० बर्षभन्दा मुनि थियो
र खाली युके र नेदरल्याण्ड्स मात्र केहि राम्रो अवस्थामा थिए,
तर त्यति धेरै पनि होइन।
अब म यो विश्वलाई गतिशिल बनाउंछु।
औद्योगीक क्रान्तिले युरोप र अन्यत्रका मुलुकलाई
बांकी भन्दा टाढा लैजान्छ,
तर एशिया र अफ्रीकामा उपनिवेश बनाइएका देशहरु
यहां तल अल्झिएर बसेका छन्।
पश्चिमा देशहरु विस्तारै विस्तारै निरोगी हुंदै जान्छन्।
अब युद्धको र रोगको प्रभाव केहि विस्तारै हेरौं,
पहिलो विश्वयुद्धको
र स्पेनी फ्लू महामारीको। यसबेला कस्तो ठूलो विपद भएको रहेछ।
अब तिब्र गतिमा अघि बढ्दै १९२० र १९३० को दशकतिर हेरौं।
ग्रेट डिप्रेशन भनिएको महा-आर्थिक मन्दीको बेलामा पनि
पश्चिमा देशहरु अघि बढी ने रहेका देखिन्छन्
अझ बढी सम्पन्नता र निरोगीपन तिर।
जापान र अरु देशहरु पछ्याउने प्रयास गर्छन्
तर धेरैजसो देशहरु यहां तल तिर नै अड्कीएका छन्।
अब, दोस्रो विश्व युद्धको वियोगहरु पछि
सन् १९४८ को संसार हेर्न एकैछिन अडिऔं।
१९४८ महान बर्ष थियो: लडाईं सकिएको थियो,
हिउंदे ओलिम्पिक्सको पदक तालिकामा स्वीडेन शिर्षस्थानमा थियो
र त्यही साल म पनि जन्में।
तर संसारका देशहरु बीचको भिन्नताको खाडल
पहिले कहिल्यै भन्दा बढी फराकिलो थियो।
संयुक्त राज्य अमेरिका अग्रस्थानमा थियो, जापान त्यसलाई पछ्याउंदै थियो
ब्रजील निकै पछाडी थियो,
तेलधनबाट इरान केहि सम्पन्न हुंदै थियो तर औसत आयु अझै पनि कमै थियो
र विशाल एशियाली अर्थतन्त्रहरु:
चिन, भारत, पाकिस्तान, बांग्लादेश र इन्डोनेशिया
तिनीहरु यहां मुनितिर अझै गरिब र रोगी नै थिए,
तर अब हेर्नुस् के हुनेछ!
लौ अब फेरि अघि बढौं।
मेरो जीवनकालमै, पहिलेका उपनिवेशहरु स्वतन्त्र भएका छन्,
र अन्तत: तिनीहरु विस्तारै निरोगी बन्न शुरु भएको छ
झन निरोगी
झन झन निरोगी।
र सन् १९७० को दशकमा, एशिया र ल्याटिन अमेरिकाका देशहरु
पश्चिमा देशहरुकै हाराहारीमा आउन थाले:
तिनीहरु उदाउंदो अर्थतन्त्र बन्न पुगे।
अफ्रीकाका केहि देशले तिनलाई पछ्याए
तर केहि अफ्रीकीहरु भने गृहयुद्धको चपेटामा परे
अरुलाई एचआइभीको मार पर्यो।
र अब हामी अहिलेको विश्व देख्न सक्छौं,
उपलब्ध भएसम्मको ताजा तथ्यांकहरुको दृश्यमा।
अहिले धेरैजसो मानिसहरु बीचको भागमा छन्।
तर यति नै बेला एकदम ठूला भिन्नताहरु पनि छन्
धनी देशहरु र गरिब देशहरुका बीचमा
र ति देशहरुभित्रै पनि ठूला असमानताहरु छन्।
यि फोकाहरुले देशहरुको औसतलाई देखाउंछन्
तर म तिनलाई विभाजीत गर्न सक्छु।
चिनलाई लिउं, म यस्लाई प्रान्तहरुमा विभाजीत गर्छु।
त्यो सांघाई भयो।
त्यहां अहिले इटलीमा जत्तिकै सम्पत्ति र निरोगीपना छ।
र यहां गरिब भित्री प्रान्त गुईझु छ,
यो पाकिस्तान जस्तो छ।
यस्लाई अझै थप टुक्रा पार्ने हो भने
यहांका ग्रामिण भेकहरु अफ्रीकाको घाना जस्तै छन्।
तैपनि, यत्तिका विशाल असमानताहरु अहिले विद्यमान छंदा छंदै
हामीले गत दुईसय बर्षमा भएका उल्लेखनीय प्रगतिहरुलाई देख्यौं।
त्यो ठूलो ऐतिहासिक खाडल
जुन पश्चिम र बांकी विश्वका बीच थियो त्यो अब पुरिंदैछ।
हामी नितान्त नयां एकिकरणमुखी संसार बन्न पुगेका छौं
र म भविष्यको दिशामा स्पष्ट परिवर्तनहरु देखिरहेको छु
सहायता, व्यापार, हरित प्रविधि र शान्ति सहितको।
सबै देशहरुले त्यस्तो लक्ष्य हासिल गर्न एकदमै सम्भव छ
जुन यो स्वस्थ र सम्पन्नहरुको कुनामा पर्छ।
र यसरी वितेका केहि मिनेटमा तपाईंले जे देख्नु भयो
त्यो विश्वका दुई सय देशहरुको
दुई सय बर्ष र त्यो भन्दा पनि अघि देखिको कथा हो।
त्यो देखाउनका लागि एकलाख बीस हजार अंकहरुको संयोजन गर्नु परेको थियो।
गज्जब होइन त?