मेरो नाम ग्रेता थुन्बर्ग हो। हामी व्यापक जन लोपको सुरुवातमा बाँचिरहेका छौं। हाम्रो मौसम बिग्रँदै छ। म जस्ता बालबलिकाहरु यसको विरोध गर्न आफ्नो शिक्षा त्यागिरहेका छन्। तर हामी अझै यसलाई ठीक गर्न सक्छौं। तपाईं अझै यसलाई ठीक गर्न सक्नुहुन्छ। बाँच्नको लागि, हामीले जीवाश्म ईन्धनहरू जलाउन बन्द गर्नुपर्छ, तर यो मात्र पर्याप्त हुनेछैन। धेरै समाधानहरूको बारेमा कुरा गरिन्छ, तर एक समाधान कुन हो जुन हाम्रो ठीक अगाडि छ। म मेरो साथी जर्जलाई व्याख्या गर्न दिनेछु। त्यहाँ एक जादुई मेशीन छ जसले कार्बनलाई हावाबाट बाहिर निकाल्छ, कम खर्च लाग्छ र आफै बढ्दछ। यसलाई भनिन्छ ... एउटा रूख। रूख एक प्राकृतिक मौसम समाधान को एक उदाहरण हो। मानग्रोभ्स, पीट बगहरू,जंगलहरू, सिमसार, समुद्री ओछ्यान, कल्प जंगल, दलदल, कोरल चट्टानहरु, तिनीहरू कार्बनलाई हावाबाट बाहिर निकाल्छन र यसलाई बन्द गर्छन । प्रकृति एक उपकरण हो जुन हामी हाम्रो टुटेको मौसम सुधार गर्न प्रयोग गर्न सक्छौं। यी प्राकृतिक मौसमका समाधानहरूले ठूलो फरक पार्न सक्दछन्। धेरै राम्रो, है? तर केवल यदि हामी जीवाश्म ईन्धन जमिनमै छोड्दछौं। अपत्यारिलो कुरो... अहिले हामी तिनीहरूलाई बेवास्ता गरिरहेका छौं। हामी प्राकृतिक समाधानहरूमा भन्दा विश्वव्यापी जीवाश्म ईन्धन अनुदानमा एक हजार गुणा बढी खर्च गर्छौं प्राकृतिक समाधानहरू मात्र २% प्राप्त गर्दछ मौसम विघटन को सामना गर्न प्रयोग गरिएको सबै पैसाको। यो तपाईंको पैसा हो, यो तपाईंको करहरू र तपाईंको बचत हो। अझ अपत्यारिलो कुरो त , अहिले जहाँ हामीलाई प्रकृति धेरै चाहिन्छ हामी यसलाई पहिले भन्दा छिटो नष्ट गर्दैछौं। २०० भन्दा बढी प्रजातिहरू प्रत्येक दिन विलुप्त हुँदैछन्। धेरै आर्कटिक बरफ पग्लिएको छ। हाम्रा अधिकांश जंगली जनावरहरू लोप भएका छन्। हाम्रो धेरै माटो गइसकेको छ। त्यसोभए हामीले के गर्नुपर्छ? तपाईंले के गर्नुपर्छ? यो सरल छ ... हामीलाई सुरक्षा, पुनःस्थापना र कोष जरुरी छ। सुरक्षा उष्ण कटिबन्धीय जंगल काटिएको छ एक मिनेटमा ३० फुटबल पिचहरूको दरमा। जहाँ प्रकृतिले केहि महत्त्वपूर्ण काम गर्दैछ, हामीले यसलाई रक्षा गर्नुपर्दछ। पुनर्स्थापना हाम्रो ग्रह को धेरै क्षति भएको छ। तर प्रकृतिले पुनः उत्पन्न गर्न सक्छ र हामी पर्यावरणीयहरू पुन: उछाल गर्न सहयोग गर्न सक्छौं कोष हामीले प्रकृतिलाई नष्ट गर्ने चीजहरूमा लगानी रोक्नु पर्छ र यसलाई मद्दत गर्ने चीजहरूको लागि हुनुपर्छ। यो त्यति नै सजिलो छ। सुरक्षा, संरक्षण, कोष यो जताततै हुन सक्छ धेरै मानिसहरूले प्राकृतिक जलवायु समाधानहरूको प्रयोग गर्न सुरु गरिसकेका छन्। हामीले यसलाई विशाल स्तरमा गर्न आवश्यक छ। तपाईं यसको एक हिस्सा हुन सक्नुहुन्छ। प्रकृति रक्षा गर्ने व्यक्तिलाई मतदान गर्नुहोस्। यो भिडियो प्रकाशित गर्नुहोस्। यसको बारेमा कुरा गर्नुहोस्। संसारभरि प्रकृतिको लागि लडिरहेका आश्चर्यजनक आन्दोलनहरू छन्। तिनीहरूसँग सामेल हुनुहोस्! सबै कुराको महत्व छ। तपाइँ ले गर्नुभएको कुराको महत्व छ।