Return to Video

यो Virtual Lab ले विज्ञानको कक्षामा आमूल परिवर्तन गर्ने छ

  • 0:01 - 0:03
    आज म तपाईंहरुलाई देखाउँदै छु -
  • 0:03 - 0:07
    कसरी यो ट्याब्लेट र मैंले लगाईरहेको
    भर्चुयल रियालिटी हेड्सेटले
  • 0:07 - 0:11
    विज्ञान विषयको शिक्षणमा
    क्रान्ति लेराउँदै छ ।
  • 0:12 - 0:14
    साथै म के कुरा पनि देखाउने छु भने -
  • 0:14 - 0:19
    कसरी यसले विज्ञान शिक्षकलाई
    दोहोरो प्रभावकारी बनाउन सक्छ ।
  • 0:19 - 0:23
    यसभन्दाअघि, यो कसरी सम्भव छ
    त्यो तपाईंलाई देखाउँछु
  • 0:23 - 0:28
    आउनुस् छोटो प्रसंग जोडौं,
    विज्ञान शिक्षणको गुणस्तरमा सुधार
  • 0:28 - 0:31
    किन महत्वपूर्ण छ ।
  • 0:32 - 0:33
    यसो सोच्ने हो भने,
  • 0:33 - 0:35
    संसार कति छिटो परिवर्तन भइरहेछ ।
  • 0:35 - 0:39
    परिवर्तन सँगसँगै चुनौतीहरु पनि बढ्दा छन् ।
  • 0:39 - 0:42
    बढ्दो चुनौतीहरु- जस्तै :
    ग्लोबल वार्मिंगको सामना,
  • 0:42 - 0:45
    खाद्यान्न तथा पानीको अभावको समाधान,
  • 0:45 - 0:46
    विभिन्न रोगहरुको उपचार,
  • 0:46 - 0:48
    केही थोरै उदाहरण मात्रै ।
  • 0:48 - 0:54
    यी चुनौतिहरुको सामना गर्न,
    बास्तवमा हामीलाई कसले मद्धत गर्दै छ ?
  • 0:55 - 0:58
    धेरै हदसम्म, यिनै युवा विद्यार्थीहरुले ।
  • 0:58 - 1:02
    यी युवा पुस्ता नै भविष्यका
    होनहार वैज्ञानिक हुन् ।
  • 1:02 - 1:05
    धेरै हदसम्म हामी यिनैको भर पर्ने छौं -
  • 1:05 - 1:08
    भविष्यका नवीनतम र महान् आविष्कारका लागि
  • 1:08 - 1:12
    जसले आउँदा चुनौतीहरुको सामना गर्न
    हामीलाई सहयोग गर्नेछ ।
  • 1:13 - 1:15
    केहि बर्ष अगाडी, मेरो सह संस्थापक र म
  • 1:15 - 1:19
    यूनिवर्सिटीका विद्यार्थीहरुलाई
    यसै गरी पढाउँथ्यौं ।
  • 1:19 - 1:24
    हामीले पढाउँदै गर्दा विद्यार्थी
    लगभग यस्तै हुन्थे होलान् -
  • 1:24 - 1:25
    (हाँसो)
  • 1:25 - 1:28
    विश्वका कतिपय यूनिवर्सिटीको
  • 1:28 - 1:32
    बास्तविकता हो यो :
  • 1:32 - 1:34
    नीरस, अनि अल्छी मान्दै
    गरेका विद्यार्थीहरु,
  • 1:34 - 1:38
    जसलाई यो विषय
    किन पढ्दै गरेको
  • 1:38 - 1:39
    भन्ने पनि मतलब छैन ।
  • 1:40 - 1:44
    हामीले हाम्रो वरिपरी नवीन शिक्षा
    पद्धतीको खोजि गर्यौं ।
  • 1:44 - 1:47
    तर हामीले जे भेट्यौं, ती एकदमै
    निराशाजनक थिए ।
  • 1:47 - 1:51
    किताबहरु इ-बुकमा रुपान्तरण भएका थिए,
  • 1:51 - 1:55
    कालोपाटी - यू ट्युब भिडियोमा
    परिवर्तित भएका थिए
  • 1:55 - 1:58
    कक्षा संचालन गरिने हलहरु MOOCs मा
    बदलिएका थिए
  • 1:58 - 2:00
    (Massive Online Open Courses) ।
  • 2:01 - 2:02
    हामीले पनि यहि गर्यौं भने
  • 2:02 - 2:05
    तिनै पुराना सामग्री
  • 2:06 - 2:07
    त्यही ढाँचा,
  • 2:07 - 2:10
    अरु विद्यार्थीहरुसम्म पुर्याउँथ्यौं ।
  • 2:11 - 2:13
    मैंले त्यो तरिका नराम्रो भन्नखोजेको होइन ।
  • 2:13 - 2:17
    तर शिक्षण पद्धति लगभग उस्तै हुन्थ्यो ,
  • 2:17 - 2:19
    नयाँपन केही हुन्नथ्यो ।
  • 2:20 - 2:22
    हामी अरु उपाय सोच्न थाल्यौं ।
  • 2:22 - 2:26
    हामीले देख्यौं - Flight Simulator
    (उडान सिकाउने कम्प्युटर खेल)
  • 2:27 - 2:28
    वास्तविक उडान तालिम संगै
  • 2:28 - 2:33
    पाइलटहरुलाई खेल्न दिंदा, तालिम
    बढी नै प्रभावकारी देखियो ।
  • 2:33 - 2:35
    हामीले विचार गयौं, यी कुरा
  • 2:36 - 2:38
    विज्ञान शिक्षणमा पनि
    किन प्रयोग नगर्ने ?
  • 2:38 - 2:42
    किन Virtual Laboratory Simulator
    नबनाउने ?
  • 2:44 - 2:45
    हामीले ल्याब बनायौं ।
  • 2:45 - 2:47
    विशेषत: एक शिक्षक, एक प्रशिक्षक
  • 2:47 - 2:52
    हुने गरी हामीले पूर्ण Virtual Reality
    Laboratory Simulator बनायौं,
  • 2:52 - 2:55
    जहाँ बिद्यार्थीहरु वास्तविक
    संसारको ल्याबमा
  • 2:55 - 2:56
    जस्तै गणितीय समीकरणको साथमा
  • 2:56 - 3:00
    बिभिन्न प्रयोग गर्न सक्छन् ।
  • 3:00 - 3:01
    साधारण Simulations मात्र नभएर
  • 3:01 - 3:03
    MIT जस्ता स्तरीय युनिवर्सिटीसंग मिलेर
  • 3:04 - 3:05
    हामीले Advanced Simulations बनायौं ।
  • 3:05 - 3:10
    जहाँ, क्यान्सरको Cutting-Edge
    रिसर्च समेत गर्न सकिन्छ ।
  • 3:11 - 3:13
    विद्यार्थीहरुलाई वास्तविक रिसर्चमा
    पठाउनु अघि,
  • 3:13 - 3:16
    Virtual Experiments गर्न दिएर
  • 3:16 - 3:19
    यूनिवर्सिटीहरुले
    करोडौं रुपैंया बचाउन सक्छन् ।
  • 3:20 - 3:23
    त्यतिमात्र नभएर ;
  • 3:23 - 3:25
    मसिनको भित्री तह सम्म हेरेर
  • 3:25 - 3:28
    मसिनमा के हुदै छ समेत बुझ्न सक्छन् ।
  • 3:28 - 3:30
    उनीहरु ल्याबमा
  • 3:30 - 3:33
    खतरापूर्ण परिक्षण गर्न समेत
    सजिलै सक्षम हुनेछन्।
  • 3:33 - 3:34
    उदाहरणको लागि:
  • 3:34 - 3:38
    साल्मोनेला ब्याक्टेरियाको बारेमा जान्नु
    एउटा महत्वपुर्ण विषय हो ।
  • 3:38 - 3:42
    तर सुरक्षाको कारण, धेरै स्कूलहरुले
    पढाउन सक्दैनन् ।
  • 3:42 - 3:44
    हामी बिद्यार्थीलाइ यो काम दिएर,
  • 3:44 - 3:46
    शिक्षकलाइ पुरै ड्यास बोर्ड दिएर, उनीहरुले
  • 3:47 - 3:49
    बिद्यार्थीले कत्तिको बुझेका रहेछन,
    थाहा पाउन सक्छौं ।
  • 3:50 - 3:51
    त्यति मात्र होइन,
  • 3:51 - 3:54
    बिद्यार्थीलाई किन क्लासमा व्यस्त बनाउन
  • 3:54 - 3:56
    आवश्यक छ, हामीले बुझेका छौं ।
  • 3:56 - 3:58
    त्यसैले रमाइलो र आकर्षक कथाहरु जोड्न
  • 3:58 - 4:01
    हामीले गेम डिजाईनरहरुको मद्धत लियौं ।
  • 4:01 - 4:03
    उदाहरणको लागि यो कक्षामा
  • 4:03 - 4:07
    आफ्नो विज्ञान क्षमताको पूर्ण सदुपयोग गर्दै
  • 4:07 - 4:09
    बिद्यार्थीहरुले CSI रहस्यमय घटना
    सुल्झाउनु पर्छ ।
  • 4:12 - 4:14
    यी कामहरु गर्दा हामीले पाएको प्रतिक्रिया
  • 4:14 - 4:16
    अत्यन्त सकारात्मक छ ।
  • 4:16 - 4:18
    यहाँ ३०० जना बिद्यार्थीहरु आफूले
  • 4:18 - 4:20
    जानेको बिज्ञान ज्ञानको प्रयोग गर्दै
  • 4:20 - 4:22
    धैर्यपूर्वक CSI मर्डर केस सुल्झाउँदै छन ।
  • 4:23 - 4:25
    मलाई सबैभन्दा रमाइलो लाग्ने कुरा,
  • 4:25 - 4:28
    कहिले कहीं बिद्यार्थीहरु क्लास पछि
  • 4:29 - 4:31
    छक्क पर्दै आउछन् र भन्छन्
  • 4:31 - 4:36
    यो Virtual Lab मा Facebook नै नहेरी
  • 4:36 - 4:39
    २ घण्टा बितेको पत्तै पाइनं ।
  • 4:39 - 4:40
    (हाँसो)
  • 4:40 - 4:44
    यसरी बिद्यार्थीहरुले समय बितेको
    पत्तै पाऊदैनन् ।
  • 4:45 - 4:47
    यसको बास्तवमै काम गरेको
    नगरेको अनुसन्धान गर्न
  • 4:48 - 4:51
    Stanford University र
    Technical University of
  • 4:51 - 4:55
    Denmark का १६० बिद्यार्थीहरुमा
    अनुसन्धान गरियो ।
  • 4:56 - 4:59
    उनीहरुले ती बिद्यार्थीहरुको समूहलाई
    २ भागमा बाँडे -
  • 5:00 - 5:04
    एउटा समूहलाई
    Virtual Laboratory Simulations
  • 5:04 - 5:07
    र अर्को समूहलाइ पुरानै
    शिक्षण पद्धति दिइयो ।
  • 5:08 - 5:10
    दुवै समूहलाइ बराबर समय दिइयो ।
  • 5:11 - 5:12
    अनुसन्धान गर्नु अघि
  • 5:12 - 5:15
    र पछि बिद्यार्थीहरुको जांच लिइयो ।
  • 5:16 - 5:20
    यसरी उनीहरुले विद्यार्थी सिकाई प्रभाबलाई
    प्रस्ट रुपमा परिक्षण गर्न सकियोस् ।
  • 5:20 - 5:22
    अनुसन्धान नतिजा अनुसार:
  • 5:22 - 5:24
    पुरानो शिक्षण पद्धति भन्दा नयाँ पद्धति
  • 5:24 - 5:29
    पढ्ने ७६% बिद्यार्थीहरुको
    सिकाई - गुणस्तरीय थियो ।
  • 5:32 - 5:34
    अझ रमाइलो कुरा
  • 5:34 - 5:37
    अनुसन्धानको दोस्रो पाटो -
  • 5:37 - 5:40
    शिक्षकहरुमा पार्ने प्रभाव थियो ।
  • 5:40 - 5:41
    के पत्ता लाग्यो भने -
  • 5:41 - 5:44
    शिक्षकद्वारा दिइने कक्षा, प्रशिक्षण र
  • 5:44 - 5:46
    Virtual Laboratories संयुक्त
    गर्ने हो भने,
  • 5:47 - 5:52
    सिकाईको गुणस्तरमा १०१ % ले
    वृद्धि भएको देखियो ।
  • 5:52 - 5:56
    र उत्तिकै समय अबधिमा बिज्ञान शिक्षकको
  • 5:56 - 5:59
    प्रभाव पनि दोब्बर देखियो ।
  • 6:02 - 6:04
    केहि महिना पछि
  • 6:05 - 6:06
    हामीले हामीलाई प्रश्न गर्यौं
  • 6:06 - 6:08
    अहिले हामी संग- प्रशिक्षार्थी मनोबिज्ञ,
  • 6:09 - 6:11
    शिक्षक, बैज्ञानिक, गेम ड़ेवलपरहरुको
    राम्रो समूह छ
  • 6:11 - 6:12
    फेरी आफैंलाई प्रश्न गर्यौं -
  • 6:13 - 6:15
    निरन्तर नयाँ शिक्षा पद्धति निर्माण गर्ने
  • 6:15 - 6:18
    हाम्रो प्रणलाइ राख्न सक्छौं ?
  • 6:19 - 6:22
    हामीले लामो समयदेखि निर्माणगर्दै गरेको र
  • 6:23 - 6:26
    कठिन कामको बारेमा प्रस्तुत गर्न पाउँदा
    आज म खुशी छु ।
  • 6:28 - 6:31
    यो के हो त, म छोटकरीमा भन्ने छु ।
  • 6:31 - 6:33
    मेरो हातमा यो मोबाइल फोन छ,
  • 6:34 - 6:36
    प्राय: बिद्यार्थीहरुसंग पहिले नै
    यो स्मार्ट फोन छ ।
  • 6:36 - 6:41
    मैंले यसलाई Virtual-Reality Headset
    संग Plug In गरेको छु ।
  • 6:41 - 6:43
    शाब्दिक रुपमा भन्दा,
  • 6:43 - 6:46
    अब म यो Virtual World मा प्रवेश गर्न सक्छु
  • 6:46 - 6:49
    केही दर्शकहरुलाई पनि हामीले
    यो मौका दिएका छौं ।
  • 6:49 - 6:52
    कुन हद सम्मको यो वास्तविक संसार लाग्छ,
  • 6:52 - 6:55
    त्यो थाहा पाउन, तपाईंले यो हेर्नैपर्दछ ।
  • 6:55 - 6:58
    अब म बास्तबिकतामै यो ल्याबमा प्रवेश गरेको
    महसुस गर्दै छु ।
  • 6:58 - 7:00
    मलाई स्क्रिनमा देख्नुभो ?
  • 7:00 - 7:01
    दर्शक : देख्यौं
  • 7:01 - 7:03
    माइकल बोडेकर : गज्ज़ब !!
  • 7:03 - 7:06
    मैले भर्खरै मेरो मोबाइल फोन अन गरें -
  • 7:06 - 7:09
    अब म, अत्याधुनिक, बिशाल,
    करोडौं रुपिया पर्ने
  • 7:09 - 7:12
    ल्याबसंग अन्तरक्रिया गर्न सक्छु ।
  • 7:12 - 7:15
    उदाहरणको लागि, अब म यो औजार लिएर
    अनुसन्धान गर्न सक्छु ।
  • 7:16 - 7:18
    म संग E-Ggel, PCR छन,
    हेर्नुस त त्यहाँ
  • 7:18 - 7:21
    मसंग अत्याधुनिक परीक्षण मसिन छ ।
  • 7:21 - 7:24
    त्यहाँ Electron Microscope छ
  • 7:24 - 7:27
    आफ्नो खल्तीमा Electron Microscope
    राखेर कोही हिड्छ ?
  • 7:28 - 7:29
    यहाँ परीक्षण उपकरण छ
  • 7:30 - 7:32
    यसको सहायताले म
    बिभिन्न परिक्षण गर्न सक्छु
  • 7:32 - 7:33
    यहाँ ढोका छ,
  • 7:33 - 7:35
    यहाँबाट म अरु परीक्षणमा जान सक्छु,
  • 7:36 - 7:37
    ल्याबरोटरीमा काम गर्न सक्छु ।
  • 7:38 - 7:40
    यो मेरो पढ्ने ट्याब्लेट हो,
  • 7:40 - 7:41
    यो साह्रै चलाख छ ।
  • 7:41 - 7:44
    यसले मलाई Relevant Theory पढ्न दिन्छ ।
  • 7:44 - 7:46
    म यससंग अन्तरक्रिया गर्न सक्छु ।
  • 7:46 - 7:50
    म यसमा विडियो हेर्न सक्छु, परिक्षण
    गर्दै गरेको बिषयमा
  • 7:50 - 7:53
    आवस्यक जानकारी खोज्न सक्छु ।
  • 7:54 - 7:55
    यहाँनिर म्यारी छन् ।
  • 7:56 - 7:59
    उनी मेरो शिक्षक र ल्याब सहायक हुन् ।
  • 7:59 - 8:02
    उनले मलाई सम्पूर्ण ल्याबको
    पथ प्रदर्शन गराउछिन् ।
  • 8:02 - 8:03
    चाडै नै
  • 8:03 - 8:06
    शिक्षकहरु अहिले म भैरहेको Virtual संसारमा
  • 8:06 - 8:09
    आफैंलाई Teleport गर्नेछन,
    अनि यही उपकरणको सहायताले
  • 8:09 - 8:12
    मलाई मद्धत गर्न, मार्ग निर्देशन
    गर्न सक्नेछन ।
  • 8:12 - 8:14
    यो बिषयलाइ सम्पन्न गर्नु अगाडी,
  • 8:15 - 8:17
    म तपाईलाइ अझ मज्जाको कुरा
    देखाउन गइरहेको छु ।
  • 8:18 - 8:20
    यस्तो काम तपाईं वास्तविक
    परीक्षणशाला पनि गर्न पाउनुहुन्न ।
  • 8:21 - 8:22
    यो PCR मशिन हो
  • 8:22 - 8:24
    अब म यो परिक्षण गर्न जादै छु ।
  • 8:24 - 8:28
    भर्खरै मैले मेरो आकार
    लाखौं गुणा सानो बनाएँ,
  • 8:29 - 8:30
    झन्डै अणुको आकारमा ।
  • 8:30 - 8:32
    यो तपाईंले पनि अनुभव गर्नुपर्छ ।
  • 8:33 - 8:35
    यस्तो लाग्दैछ, म मसिन भित्र उभिरहेकोछु ।
  • 8:35 - 8:38
    म अणु र DNA सबै देख्दै छु,
  • 8:38 - 8:41
    Polymerase र Enzymes देख्दै छु ।
  • 8:41 - 8:43
    यतिखेरको अवस्थामा
  • 8:43 - 8:46
    DNA को लाखौं गुणा प्रतिलिपि बन्दै छ,
  • 8:46 - 8:49
    त्यसरी नै जसरी येतिखेर हाम्रो
    शरीरमा बन्दै छ ।
  • 8:49 - 8:53
    यो प्रक्रिया कस्तो हुन्छ भन्ने कुरा म अब
    नजिकबाट बुझ्न र अनुभव गर्न सक्छु ।
  • 8:55 - 8:58
    मलाई आशा छ, नयाँ प्रबिधियुक्त यो मसिनको
  • 8:59 - 9:03
    सम्भावनाको अलि अलि ज्ञान भयो होला ।
  • 9:04 - 9:07
    र म अगाडी जोड दिन चाहन्छु,
  • 9:07 - 9:10
    हामीले भर्खर देखेका कुराहरु
    iPad र Laptop हरुमा
  • 9:10 - 9:12
    Headset बिना पनि देख्न सकिन्छ ।
  • 9:12 - 9:14
    यो कुरा महत्वपुर्ण भएकोले भन्दै छु ।
  • 9:14 - 9:16
    आउँदो पुस्ताका बैज्ञानिकहरुलाई
  • 9:16 - 9:19
    बल र हौसला प्रदान गर्न,
  • 9:20 - 9:23
    शिक्षकहरुले नयाँ प्रविधिहरु
    आत्मसाथ गर्नु
  • 9:23 - 9:26
    अत्यन्त आवश्यक छ ।
  • 9:27 - 9:30
    धेरै कारणले मलाई लाग्छ,
  • 9:30 - 9:33
    बिज्ञान शिक्षणमा रहेको Quantum Leap
  • 9:33 - 9:35
    अब प्रविधिको कारण होइन,
  • 9:35 - 9:39
    कक्षा कोठामा नया प्रबिधि भित्र्याउने
  • 9:39 - 9:40
    एवं प्रबिधि आत्मसाथ गर्ने
  • 9:41 - 9:43
    शिक्षकको बिबेकमा निर्भर गर्दछ ।
  • 9:44 - 9:46
    हामीलाई बिश्वास छ,
    धेरै विश्वविद्यालय, स्कूल
  • 9:46 - 9:51
    शिक्षकले यसको पूर्ण क्षमतालाई बुझ्न
  • 9:51 - 9:52
    प्राबिधिक सहकार्य गर्नेछन् ।
  • 9:54 - 9:55
    अन्त्यमा
  • 9:56 - 9:57
    मलाई सधै प्रेरणादिने
  • 9:57 - 9:59
    यो कथा संगै बिदा माग्दछु -
  • 10:00 - 10:01
    यो कथा हो ज्याक एन्द्रकाको ।
  • 10:01 - 10:04
    तपाईहरुले चिन्नु पनि हुन्छ होला ।
  • 10:04 - 10:09
    ज्याकले न्यून खर्चमा
    प्यान्क्रियाज क्यान्सर पत्ता लगाउने
  • 10:09 - 10:13
    प्राबिधि को आविस्कार गरे,
    १५ बर्षको उमेरमा ।
  • 10:14 - 10:17
    उसले आफ्नो महान आविस्कारको बारेमा
  • 10:17 - 10:20
    अरुलाई सुनाउदा भन्छ, एउटा कुराले
  • 10:20 - 10:24
    यो आविस्कार गर्न झन्डै रोकेको थियो ।
  • 10:24 - 10:28
    त्यो हो - वास्तविक प्रयोगशालामा
    उसको पहुँच थिएन ।
  • 10:29 - 10:31
    किनकि, ल्याबमा जान उसको अनुभव
  • 10:31 - 10:34
    अत्यन्त थोरै थियो ।
  • 10:34 - 10:37
    कल्पना गरौँ, हामीले यदि संसारभरी नै,
  • 10:37 - 10:40
    ज्याकजस्ता सबै बिद्यार्थीलाई अत्याधुनिक,
  • 10:40 - 10:43
    करोडौं रुपया पर्ने,
  • 10:43 - 10:44
    Virtual Lab र
  • 10:44 - 10:49
    मसिन-उपकरण दिने हो भने,
  • 10:49 - 10:52
    खुशीले उफ्रंदै जो कोहि पनि यहाँ
  • 10:52 - 10:54
    बैज्ञानिक बन्नेछन् ।
  • 10:54 - 10:58
    अनुमान लगाउनुहोस्, यसले नयाँ पुस्ताका
    समग्र जवान र जेहेन्दार
  • 10:58 - 11:02
    बैज्ञानिकहरुलाई नया अन्वेसण र आविष्कारले
    संसार परिवर्तन गराउन
  • 11:02 - 11:04
    कति हौसला र शक्ति दिनेछ
  • 11:05 - 11:06
    धेरै धेरै धन्यवाद !!
  • 11:06 - 11:10
    (ताली)
Title:
यो Virtual Lab ले विज्ञानको कक्षामा आमूल परिवर्तन गर्ने छ
Speaker:
माइकल बोडेकर
Description:

Virtual Reality अब कुनै टाढाको कुरा रहेन, न त अब केवल खेल वा मनोरंजनमा मात्रै सीमित रह्यो । माइकल बोडेकर गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउन यो प्रविधिको उपयोग गर्न खोज्दैछन् । यो रमाइलो कुराकानीमा उनी एउटा प्रविधिको नमूना देखाउदै छन, जसले वर्तमान विज्ञान शिक्षण प्रविधिमा आमूल परिवर्तन लेराउने छ ।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
11:26
Deepak Basyal approved Nepali subtitles for This virtual lab will revolutionize science class
Guhanath Paudel गुहनाथ पौडेल accepted Nepali subtitles for This virtual lab will revolutionize science class
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for This virtual lab will revolutionize science class
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for This virtual lab will revolutionize science class
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for This virtual lab will revolutionize science class
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for This virtual lab will revolutionize science class
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for This virtual lab will revolutionize science class
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for This virtual lab will revolutionize science class
Show all

Nepali subtitles

Revisions

  • Revision 30 Edited
    Guhanath Paudel गुहनाथ पौडेल