Return to Video

सर्बोत्कृस्ट पेशा प्राप्त गर्नबाट तपाईं कसरी वन्चित हुनुहुनेछ

  • 0:02 - 0:06
    यस मध्यान्ह म तपाईंहरु संग छलफल गर्दैछु -
  • 0:06 - 0:09
    किन तपाईं सर्बोत्कृस्ट पेशा पाउन
    असक्षम हुनुहुनेछ
  • 0:09 - 0:10
    -----(हाँसो)-----
  • 0:10 - 0:12
    म अर्थशास्त्री हुँ ।
  • 0:13 - 0:14
    म उदास रहने गर्छु ।
  • 0:15 - 0:18
    दिनको समाप्तिसंगै उदास प्रतिक्रियाको
    बेला हुन्छ ।
  • 0:19 - 0:23
    म तपाईंहरु मध्य सर्बोत्कृस्ट पेशा
    चाहनेहरुसंग मात्रै कुरा गर्छु ।
  • 0:23 - 0:27
    तपाई मध्ये कतिपयले राम्रो पेशा
    बनाउने निर्णय गर्नुभएको छ ।
  • 0:27 - 0:28
    तपाईंपनि असफल नै हुनुहुने छ ।
  • 0:28 - 0:29
    -----(हाँसो)-----
  • 0:29 - 0:32
    किनभने-- हे प्रभु,
    असफल हुन खोज्दा पनि प्रशन्न !
  • 0:32 - 0:33
    -----(हाँसो)-----
  • 0:33 - 0:35
    पक्कैपनि, क्यानेडियन समूह !
  • 0:35 - 0:38
    -----(हाँसो)-----
  • 0:38 - 0:41
    राम्रो पेशा चाहने जो हुनुहुन्छ,
    असफल हुदै हुनुहुन्छ
  • 0:41 - 0:44
    किनकि, बास्तवमै, अचेल
    राम्रो पेशा हराउदै छन् ।
  • 0:44 - 0:48
    सर्बोत्कृस्ट काम र पेशा भेटिन्छन्,
  • 0:48 - 0:50
    र ती संगै कामको चाप,
  • 0:50 - 0:55
    उच्च तनाव, आत्मा मारेर रगत पसिना एक
    गर्नु पर्ने अवस्था आउँछ,
  • 0:55 - 0:57
    ब्यावहारिक रुपमा बिचमा केहि हुन्न
  • 0:57 - 0:59
    तेसैले राम्रो काम खोज्नेहरु अन्तत:
    असफल हुन्छन् ।
  • 0:59 - 1:02
    म सर्बोत्कृस्ट काम, पेशा
    खोज्नेहरुको कुरा गर्दै छु,
  • 1:02 - 1:05
    तपाईंहरु किन असफल हुँदै हुनुहुन्छ ।
  • 1:06 - 1:12
    पहिलो कारण, मानिसहरुले
    जतिपटक नै किन नभनुन्,
  • 1:12 - 1:15
    "तिमी सर्बोत्कृस्ट पेशा चाहान्छौ भने,
    आफ्नो अभिलाषा पछ्याउ,
  • 1:15 - 1:18
    आफ्नो सपनाको पछि लाग,
    र पछि लाग,
  • 1:18 - 1:21
    आफ्नो सबै भन्दा ठुलो कल्पनाको",
  • 1:21 - 1:25
    तपाईं बारम्बार यहि कुरा सुनेपनि
    आफ्नो विचार परित्याग गर्नुहुनेछ
  • 1:25 - 1:28
    यसले केहि फरक पर्दैन कि तपाईंले कति पटक
    Steven J को स्ट्यान्डफोर्ड
  • 1:28 - 1:32
    शुभारम्भ संबोधन download गर्नुभो,
  • 1:32 - 1:35
    जतिपटक त्यो संबोधन हेरेपनि हताश नै हुनुभो
  • 1:35 - 1:38
    मलाई थाहा छैन तपाई किन यस्तो हताश हुनुभो ।
  • 1:38 - 1:40
    तपाईं अल्छि हुनुहुन्छ वा यो काम नै कठिन छ
  • 1:40 - 1:43
    तपाईं डराउनुहुन्छ, जब यो काममा
    आफ्नो अभिलाषा देख्नुहुन्न,
  • 1:43 - 1:46
    आफू मुर्ख भएजस्तो महसुश गरेर,
    बिभिन्न बहाना बनाउनुहुन्छ
  • 1:46 - 1:48
    कसरी यो कामबाट हात झिकौं भनेर
  • 1:48 - 1:50
    महिला तथा सज्जनबृन्द त्यो केवल बहाना हो
  • 1:50 - 1:52
    हामी एउटा तालिका बनाउन सक्छौं --
  • 1:52 - 1:57
    गर्नै पर्ने कामहरु नगर्न सिर्जना
    गरिएका बहानाहरुको जून कामहरु,
  • 1:57 - 1:59
    सर्बोत्कृस्ट पेशा प्राप्त गर्न
    अत्यावाशक थिए
  • 1:59 - 2:05
    उदाहरणको लागि तपाईंहरुको एउटा बहाना -
  • 2:05 - 2:06
    ---(लामो स्वाश)---
  • 2:06 - 2:10
    "बास्तवमा,सर्बोत्कृस्ट पेशा भनेको प्राय:
  • 2:10 - 2:12
    भाग्यमा भर पर्ने कुरा हो"
  • 2:12 - 2:15
    त्यसैले म पनि प्रयाश गर्दै गर्छु,
    भाग्यले कतिको साथ् दिन्छ,
  • 2:15 - 2:17
    भाग्यमा रहेछ भने
    सर्बोत्कृस्ट पेशा भेट्नेछु
  • 2:17 - 2:19
    रैन्छ भने, राम्रो कार्य भेटिएला"
  • 2:19 - 2:23
    राम्रो कार्य लगभग असम्भव जस्तै हो,
    केहि हुनेवाला छैन ।
  • 2:23 - 2:24
    तपाईंको अर्को बहाना हुनेछ :
  • 2:24 - 2:29
    आफ्नो अभिलाषाको पछिलाग्ने मानिस,
    बेग्लै हुन्छन,
  • 2:29 - 2:30
    असाधारण हुन्छन् ।
  • 2:30 - 2:32
    उनीहरु Steven J. हुन्
  • 2:32 - 2:33
    म त्यस्तो असाधारण छैन ।
  • 2:33 - 2:36
    ५ बर्षको छँदा, म पनि असाधारण छु
    जस्तो लाग्थ्यो ।
  • 2:36 - 2:40
    मेरो प्रोफेसरहरुले धेरै अगाडी
    त्यो विचार सफा गर्दिसके" ।
  • 2:40 - 2:41
    -----(हाँसो)-----
  • 2:41 - 2:46
    मलाई थाहा छ, म सामान्य छु ।
  • 2:46 - 2:49
    यदि यो सामान्य हुने कुरा,
  • 2:49 - 2:52
    १९५० तिर भए --
  • 2:52 - 2:54
    तपाईंलाइ महान व्यक्ति बनाउथ्यो ।
  • 2:54 - 2:55
    तर के त ?
  • 2:55 - 2:59
    लगभग २०१२ को समयमा, यो संसारलाइ
  • 2:59 - 3:02
    "म केवल साधारण क्षमताको हुँ" भन्नु भनेको
  • 3:02 - 3:06
    आफैंले आफ्नो घातक प्रसंसा गर्नु जस्तै हो
  • 3:06 - 3:08
    त्यसपछि निश्चितरुपमा अर्को बहाना :
  • 3:08 - 3:12
    हुन त म यो काम गर्न सक्थें, तर .. तर ....
  • 3:12 - 3:16
    म त्यस्तो बिचित्रको मान्छे होइन ।
  • 3:16 - 3:19
    सबैलाई थाहा छ, आफ्नो अभिलाषाको
    पछि लाग्ने मानिस
  • 3:19 - 3:20
    अलिकति अप्ठ्यारा हुन्छन् ।
  • 3:20 - 3:22
    अनौठा खालका ।
  • 3:22 - 3:23
    हो कि होइन ?
  • 3:23 - 3:26
    एउटा बिभाजन रेखा - पागलपन र
    असाधारण क्षमता बीचको ।
  • 3:27 - 3:31
    म अप्ठ्यारो होइन, मैले Steven J. को
    जीवनकथा पढेको छु ।
  • 3:31 - 3:35
    हे भगवान ... म त्यस्तो मान्छे होइन क्या!!
    म ज्ञानी छु ।
  • 3:35 - 3:36
    म बिल्कुल ठिक छु ।
  • 3:36 - 3:40
    म ज्ञानी, बिल्कुल ठिक
    ज्ञानी र बिल्कुल ठिक ----
  • 3:41 - 3:43
    किनकि म संग कुनै अभिलाषा छैन ।
  • 3:43 - 3:44
    -----(हाँसो)-----
  • 3:44 - 3:46
    "तैपनि, म महान व्यक्ति बन्न चाहन्छु ।
  • 3:46 - 3:48
    म आफ्नो अभिलाषा प्रति समर्पित छैन ,
  • 3:48 - 3:50
    त्यसैले मलाई थाहा छ, के गर्ने
  • 3:50 - 3:52
    किनकि म संग उपाय छ ।
  • 3:52 - 3:53
    म संग योजना छ ।
  • 3:53 - 3:55
    यो मलाई मेरो बा आमाले सिकाएको कुरा हो ।
  • 3:55 - 3:59
    बा आमाले भनेको, यदि मैंले
    कडा परिश्रम गरें भने -
  • 3:59 - 4:00
    मैंले सर्बोत्कृस्ट पेशा पाउने छु ।
  • 4:01 - 4:04
    तसर्थ, कडा मेहनेत गर, राम्रो कार्य गर ।
  • 4:04 - 4:06
    यदि तिमीले धेरै धेरै मेहेनत गर्यौ भने
  • 4:06 - 4:07
    सर्बोत्कृस्ट पेशा पाउनेछौ
  • 4:07 - 4:09
    गणितीय नतिजा जस्तो छैन त ?
  • 4:09 - 4:11
    पक्कै छैन ।
  • 4:11 - 4:13
    तर तपाईंले आफुलाई यसै भनेर चित्त
    बुझाउनु भएको छ ।
  • 4:13 - 4:16
    एउटा गोप्य कुरा भन्दै छु :
  • 4:16 - 4:19
    तपाईं काम गर्नुहुन्छ ? तपाईं साँचै नै
    कडा मेहिनेत गर्नुहुन्छ ?
  • 4:19 - 4:20
    तपाईं पक्कै सफल हुनुहुनेछ ।
  • 4:20 - 4:22
    यो संसारले तपाईंलाइ मरी मरी
  • 4:22 - 4:26
    काम गर्ने अवसर दिनेछ ।
  • 4:26 - 4:29
    के तपाईं निश्चित हुनुहुन्छ,
  • 4:29 - 4:32
    यो तपाईंको सर्बोत्कृस्ट पेशा हुनेछ,
  • 4:32 - 4:34
    जबकि साह्रा परिस्थितिले बिपरीत
    संकेत दिंदै छन् ?
  • 4:34 - 4:40
    आउनुस कुरा गरौं आफ्नो अभिलाषा
    खोज्दै गरेकाहरुसंग ।
  • 4:40 - 4:43
    तपाईंलाइ राम्ररी थाहा छ,
    राम्रै काम गर्नु पर्छ,
  • 4:43 - 4:44
    बहानाले पुग्दैन ।
  • 4:44 - 4:46
    आफ्नो अभिलाषा केमा छ, खोज्दैहुनुहुन्छ ---
  • 4:47 - 4:48
    --(सुस्केरा) --
  • 4:48 - 4:49
    अनि त्यसै दङ्ग पर्नुभएकोछ ।
  • 4:50 - 4:52
    तपाईंलाइ रुची भएको केहि भेट्नुभो ।
  • 4:52 - 4:54
    "मलाई रुची छ, मलाई रुची छ"
  • 4:54 - 4:55
    मलाई भन्नुहुनेछ ।
  • 4:55 - 4:58
    मलाई भन्नुहुनेछ -मलाई रुची छ
    म भन्ने छु - गज्ज़ब !!
  • 4:58 - 5:01
    तपाईं मलाई के भन्न खोज्दैहुनुहुन्छ ?
  • 5:01 - 5:02
    "त्यहि, मलाई रुची छ" ।
  • 5:02 - 5:04
    म - "अभिलाषा छ?"
  • 5:04 - 5:05
    तपाईं - "मलाई रुची छ"
  • 5:06 - 5:08
    "के संग तुलना गर्दा रुची छ त ?"
  • 5:08 - 5:10
    "मलाई यसमा रुची छ"
  • 5:11 - 5:14
    अरु मानवीय क्रियाकलाप प्रति के विचार छ ?
  • 5:14 - 5:16
    "मलाई तिनीहरु मन पर्दैन "
  • 5:16 - 5:18
    ति कुराहरुको विचार त गर्नुभएको छ नी !
  • 5:18 - 5:20
    "छैन । खासमा छैन ।"
  • 5:21 - 5:23
    अभिलाषा नै तपाईंको बिशेष प्रेम हो ।
  • 5:23 - 5:26
    अभिलाषा त्यस्तो कुरा हो-
  • 5:26 - 5:31
    जसले तपाईंभित्रको प्रतिभालाइ
    प्रस्फुटन हुन मद्धत गर्छ ।
  • 5:31 - 5:33
    अभिलाषा, मनपर्नु --- उस्तै कुरा होइनन
  • 5:33 - 5:36
    तपाईं अफ्न्नो प्रेमिकालाई गएर भन्नुहुन्छ -
  • 5:36 - 5:39
    "तिमि एकदम रोचक छौ, के म संग बिहे गर्छौ"
  • 5:39 - 5:42
    -----(हाँसो)-----
  • 5:42 - 5:44
    काम बन्दैन ।
  • 5:44 - 5:46
    उसले मान्दिन र तपाईंको जिन्दगी एक्लो हुनेछ
  • 5:46 - 5:47
    -----(हाँसो)-----
  • 5:47 - 5:49
    के चाहनुहुन्छ,
  • 5:49 - 5:51
    के चाहनुहुन्छ, आखिर के चाहनुहुन्छ,
  • 5:51 - 5:52
    त्यो नै अभिलाषा हो ।
  • 5:53 - 5:54
    रुची भन्दा पर अभिलाषा छ ।
  • 5:54 - 5:58
    तपाईंका २० वोटा रुचि छन् भने, कुनै एउटा
  • 5:58 - 6:00
    कुनै एउटाले तपाईंलाइ पक्रिने छ,
  • 6:00 - 6:02
    कुनै एउटाले तपाईंलाइ पुरै ब्यस्त बनाउने छ,
  • 6:02 - 6:05
    तपाईंलाइ यसैमा प्यार लाग्ने छ,
  • 6:05 - 6:09
    तपाईंलाइ रुचि भएका कुनै पनि
    अरु कुरा भन्दा,
  • 6:09 - 6:11
    यो अवस्था नै अभिलाषा हो ।
  • 6:11 - 6:14
    मेरो एउटा साथीले प्रेमिकालाइ
    प्रस्ताव राख्यो ।
  • 6:14 - 6:17
    उ आर्थिकरुपमा पनि समृद्ध थियो ।
  • 6:17 - 6:20
    उसले प्रेमिकालाइ भन्यो "हामी बिबाह गरौँ ।
  • 6:21 - 6:24
    हाम्रा रुचिहरूलाई एकीकृत गरौँ" ।
  • 6:24 - 6:25
    -----(हाँसो)-----
  • 6:26 - 6:27
    हो, उसले यसै भन्यो ।
  • 6:27 - 6:31
    "म तिमीलाई साँचो माया गर्छु" उसले भन्यो
    "म धेरै माया गर्छु ।
  • 6:31 - 6:35
    मैंले भेटेका अरु कुनै पनि महिला भन्दा,
    म तिमीलाई माया गर्छु ।
  • 6:35 - 6:40
    म तिमीलाई म्यारी, जेन, सुसी, पेनोलोप,
  • 6:40 - 6:42
    एन्ग्रिड, गरतुर्ड, ग्रेटेल--
  • 6:42 - 6:44
    त्यतिखेर म जर्मन आदानप्रदान
    कार्यक्रममा थिएँ ।
  • 6:44 - 6:47
    म तिमीलाई माया गर्छु ...
  • 6:47 - 6:49
    भयो अब !
  • 6:49 - 6:50
    उ बाहिर हिंडी
  • 6:50 - 6:55
    उसले राखेको प्रेम प्रस्ताव आधा पनि नहुँदै
    उ बाहिर पुगी ।
  • 6:56 - 7:00
    आफ्नो चकित बनाउने योजनाले चित खाएको देखेर
  • 7:00 - 7:04
    उ यो निष्कर्षमा पुग्यो - गलत मान्छेसंग
  • 7:04 - 7:07
    बिबाह गर्नबाट धन्य बचेछ !
  • 7:08 - 7:11
    संगै उसले अर्को एउटा पाठ पनि सम्झियो,
    अब अरु प्रस्ताब राख्दा,
  • 7:11 - 7:13
    सबै महिलाहरुको नाम लिनुपनि
  • 7:13 - 7:18
    सायद लिनु नपर्ला कि !
  • 7:18 - 7:20
    -----(हाँसो)-----
  • 7:20 - 7:21
    कुरा के हो त !
  • 7:21 - 7:25
    बैकल्पिक उपायहरु सोच्नु पर्छ - ताकी
    आफ्नो गन्तब्य भेटियोस्,
  • 7:25 - 7:28
    वा, "गन्तब्य" शब्द सुनेर नै सातो जान्छ ?
  • 7:28 - 7:31
    "गन्तब्य" भन्ने शब्दले तर्साउँछ, हो ?
  • 7:31 - 7:32
    हामी त्यहि कुरा गर्दैछौं ।
  • 7:32 - 7:35
    यदि तपाईंले आफ्नो क्षमताको
    उच्चतम अभिब्यक्ती नभेटे,
  • 7:35 - 7:38
    या "मन पर्ने" मै सिमित रहे
  • 7:38 - 7:41
    जिन्दगीको अन्त्यमा के हुनेछ, थाहा छ ?
  • 7:41 - 7:45
    तपाईंका परिवार र साथीहरु तपाईंको
    चिहान वरीपरी जम्मा हुनेछन्,
  • 7:45 - 7:48
    चिहानको अगाडीपट्टि एउटा ढुंगा हुनेछ,
  • 7:48 - 7:50
    र त्यो ढुंगामा लेखिएको हुनेछ -
  • 7:50 - 7:54
    "यो महान इन्जिनीयरको चिहान हो,
  • 7:54 - 7:56
    जसले Velcro को स्थापना गरेका थिए " ।
  • 7:59 - 8:02
    तर त्यो ढुंगामा अर्कै कुरा
    लेखिएको हुनसक्थ्यो,
  • 8:02 - 8:05
    एउटा भिन्नै जीवनचरित्र,
  • 8:05 - 8:10
    तपाईंको क्षमताको उच्च सम्मान र ब्याख्या,
  • 8:10 - 8:14
    "यहाँ छन् भौतिक शास्त्रका महान व्यक्तित्व,
  • 8:14 - 8:18
    Grand Unified Field Theory का जन्मदाता,
  • 8:18 - 8:21
    जसले warp drive को सफल प्रयोग गर्न सके ।
  • 8:22 - 8:24
    -----(हाँसो)-----
  • 8:24 - 8:26
    भनेको त Velcro नै हो !
  • 8:26 - 8:27
    -----(हाँसो)-----
  • 8:29 - 8:31
    एउटा थियो - सर्बोत्कृस्ट पेशा
  • 8:32 - 8:35
    अर्को थियो गुमेको अवसर ।
  • 8:36 - 8:38
    केहि मान्छेहरु छन्, तपाईजस्तै
  • 8:38 - 8:41
    यस्तै बहानाहरुको बीचमा पनि
  • 8:41 - 8:43
    आफ्नो अभिलाषा प्राप्त गर्दछन् ।
  • 8:45 - 8:47
    तैपनि तपाई असफल हुनुहुनेछ ।
  • 8:48 - 8:51
    तपाई असफल हुनुहुनेछ, किनभने --
  • 8:52 - 8:55
    तपाई त्यो काम गर्नुहुन्न,
  • 8:55 - 8:59
    किनकि, तपाईंले अर्को बहानाको
    आविस्कार गर्नुहुनेछ,
  • 8:59 - 9:02
    एउटा बहाना जसले काम गर्नबाट रोक्नेछ ,
  • 9:02 - 9:07
    र यस्ता बहाना मैंले कयौंपटक सुनेको छु :
  • 9:07 - 9:13
    "म राम्रो भविष्यको पछि लाग्ने थिएँ,
  • 9:13 - 9:20
    तर म मानवीय मान्यताको सम्मान गर्छु --
  • 9:20 - 9:21
    -----(हाँसो)-----
  • 9:21 - 9:23
    कुनै कुरा प्राप्तगर्नु भन्दाबढी
  • 9:23 - 9:26
    म सर्बोत्कृस्ट साथी बन्न चाहन्छु ।
  • 9:26 - 9:28
    म सर्बोत्कृस्ट जीवनसाथी बन्न चाहन्छु ।
  • 9:28 - 9:30
    म सर्बोत्कृस्ट अविभावक बन्नचाहन्छु,
  • 9:30 - 9:32
    ठुलो सफलता प्राप्त गर्नको लागी म उनीहरुको
  • 9:32 - 9:35
    बलिदान दिन सक्दिन ।
  • 9:37 - 9:38
    -----(हाँसो)-----
  • 9:38 - 9:39
    आखिर भन्न के खोज्दै हुनुहुन्छ ?
  • 9:39 - 9:42
    तपाईले मलाई भन्न खोजेको यहि हो-
  • 9:42 - 9:45
    "कस्सम, म केटाकेटीलाइ चुट्दीन"
  • 9:45 - 9:47
    -----(हाँसो)-----
  • 9:47 - 9:50
    तपाईंले बनाएको संसारदृस्टी हेर्नुस त ।
  • 9:50 - 9:52
    जेसुकै भएपनि तपाईं नायक हो ।
  • 9:53 - 9:56
    नम्रतापूर्वक एउटा सल्लाह दिन्छु, तपाईं
    महान भबिष्यको
  • 9:56 - 9:59
    कल्पना गर्नुहुन्छ भने, केटाकेटीको
    तिरस्कार गर्नुपर्छ ।
  • 9:59 - 10:01
    म केटाकेटीको तिरस्कार गर्दिन, भकुर्दिन ।
  • 10:01 - 10:04
    अघि म आउदैगर्दा एउटा केटाले
    घुरेर हेर्दै थियो
  • 10:04 - 10:07
    मैंले त्यसलाई लात्ताले हानिन ।
  • 10:07 - 10:08
    -----(हाँसो)-----
  • 10:08 - 10:11
    मैंले खाली, यो भवन ठुलाको लागि मात्रै हो,
  • 10:11 - 10:13
    बाहिर जाउ मात्रै भनेको हुँ ।
  • 10:13 - 10:15
    उ मुर्मुरिदै आमाको बारेमा भन्दै थियो,
  • 10:15 - 10:19
    मैंले तिम्रो आमा बाहिर कुर्दै होला भंने ।
  • 10:19 - 10:21
    अन्तिमपटक देख्दा उ भर्यांगमा रुँदै थियो ।
  • 10:21 - 10:22
    -----(हाँसो)-----
  • 10:22 - 10:24
    कस्तो रुन्चे !!
  • 10:24 - 10:25
    -----(हाँसो)-----
  • 10:25 - 10:27
    मैंले त्यस्तै भन्छु भन्ने सोच्नु भएको ?
  • 10:27 - 10:29
    यस्तो भन्नु ठिक हो भन्ने लाग्छ तपाईंलाइ ?
  • 10:29 - 10:36
    केटा केटिहरुलाई ढाल बनाएर उपयोग गर्नु
    ठिक लाग्छ, तपाईंलाइ ?
  • 10:36 - 10:38
    थाहा छ, कुनै यस्तो दिन आउनेछ,
  • 10:38 - 10:41
    तपाईं आदर्श अविभावक होइन त ?
  • 10:42 - 10:45
    कुनै दिन बच्चा तपाईंकहाँ आएर भन्ने छन्
  • 10:45 - 10:48
    "मलाई थाहा छ म के बन्न चाहन्छु ।
  • 10:48 - 10:50
    जिन्दगी कसरी बाँच्नुपर्छ,
    मलाई थाहा छ ।"
  • 10:50 - 10:51
    तपाईं खुशी हुनुहुनेछ ।
  • 10:51 - 10:53
    आमा बाबुले यस्तै बार्ता सुन्न चाहन्छन् ,
  • 10:53 - 10:55
    किनकि तपाईंको बच्चा गणितमा राम्रो छ,
  • 10:55 - 10:58
    अब उसले के भन्छ भन्ने पनि
    तपाईंलाइ थाहा छ ।
  • 10:58 - 10:59
    तपाईंको बच्चाले भन्नेछ,
  • 10:59 - 11:03
    "म जादुगर बन्न चहान्छु,
  • 11:03 - 11:06
    म स्टेजमा जादु देखाउन चाहन्छु ।"
  • 11:07 - 11:09
    -----(हाँसो)-----
  • 11:09 - 11:10
    त्यतिखेर तपाई के भन्नुहुनेछ ?
  • 11:11 - 11:14
    तपाई बल्ल तल्ल बोल्नुहुनेछ,
  • 11:14 - 11:17
    ¨त्यसमा अलि खतरा छ, बाबु !
  • 11:17 - 11:20
    खसेर लड्न सक्छ र खासै पैसा पनि कमाईन्न,
  • 11:20 - 11:23
    एकपटक फेरी राम्ररी विचार गर्छस कि बाबु,
  • 11:23 - 11:25
    तँ गणितमा त्यस्तो राम्रो छस, बरु ...."
  • 11:25 - 11:26
    बिचैमा रोकेर बच्चाले भन्ने छ -
  • 11:26 - 11:30
    "तर यो मेरो सपना हो,
    म आफ्नो सपना पुरा गर्न चाहन्छु "
  • 11:30 - 11:32
    अनि तपाई के भन्नुहुनेछ ?
  • 11:32 - 11:34
    तपाईं के भन्नुहुनेछ, थाहा छ -
  • 11:34 - 11:37
    "हेर् बाबु, कुनै दिन मेरा पनि सपना थिए,
  • 11:39 - 11:40
    तर ---"
  • 11:40 - 11:43
    तर भन्दै के भनेर बाक्य टुंग्याउनु हुन्छ ?
  • 11:43 - 11:48
    "तर, मेरो पनि सपना थियो तर
    पुरा गर्ने हिम्मत भएन ।"
  • 11:49 - 11:51
    अथवा यसो भन्नुहुनेछ -
  • 11:51 - 11:53
    "कुनै बेला मेरो पनि सपना थियो,
  • 11:55 - 11:57
    तर तेतिखेरै तँ जन्मिस ।"
  • 11:57 - 11:59
    -----(हाँसो)-----
  • 11:59 - 12:02
    ---- ताली -----
  • 12:02 - 12:07
    के तपाई परिवारको प्रयोग गर्न चाहनु हुन्छ.
  • 12:07 - 12:11
    आफ्नो जीवनसाथी र बच्चालाइ हेर्दै
    यसो भन्न चाहनुहुन्छ -
  • 12:11 - 12:13
    तिमीहरु मेरो बन्धन हौ ?
  • 12:15 - 12:18
    तपाईंले बच्चालाई भन्न सक्ने
    अर्कै कुरा थियो -
  • 12:18 - 12:21
    जब उनीहरु आफ्नो सपनाको कुरा गर्थे
  • 12:22 - 12:24
    तपाईं पनि उनीहरुको अनुहारमा हेरेर
  • 12:24 - 12:28
    भन्न सक्नुहुन्थ्यो -
  • 12:28 - 12:30
    "जा बाबु, अगाडी बढ,
  • 12:31 - 12:33
    त्यसरी नै, जसरी म बढेको थिएँ"
  • 12:35 - 12:37
    तर तपाईंले त्यस्तो भन्न पाउनुहुने छैन,
  • 12:37 - 12:39
    किनकि, तपाईं अगाढी बढ्नु भएन ।
  • 12:39 - 12:40
    तपाईं चुप्प हुनुहुनेछ ।
  • 12:40 - 12:42
    -----(हाँसो)-----
  • 12:45 - 12:48
    यसरी बाउ आमाको गल्ति
  • 12:48 - 12:50
    बिचरा केटाकेटीमा थोपरिन्छ ।
  • 12:52 - 12:58
    आफ्नो सपना पुरा गर्न नसकेको पिडा छोप्न
  • 12:58 - 13:04
    किन मानवीय सम्बन्धमा शरण खोज्नुहुन्छ ?
  • 13:05 - 13:06
    किन भने,
  • 13:06 - 13:09
    तपाईंको भित्रि मनलाई थाहा छ, किन,
  • 13:09 - 13:11
    म एकदमै गम्भीर भएर भन्दै छु ।
  • 13:11 - 13:14
    तपाईंलाइ थाहा छ, किन तपाईं
    अस्पस्ट हुनुहुन्छ
  • 13:14 - 13:17
    र मानवीय सम्बन्धमा आफुलाई लुकाउनु हुन्छ ।
  • 13:18 - 13:20
    किन कि तपाईं, तपाईं
  • 13:21 - 13:22
    स्वयंलाइ थाहा छ तपाईं को हो
  • 13:23 - 13:26
    तपाईं आफ्नो अभिलाषा प्राप्तगर्न डराउनुभयो
  • 13:26 - 13:28
    हास्यास्पद बनिएला बन्ने डर लाग्यो ।
  • 13:28 - 13:30
    तपाईं प्रयत्न गर्न डराउनु भयो,
  • 13:30 - 13:32
    असफल भनिएला भनेर डराउनुभयो ।
  • 13:35 - 13:41
    सर्बोत्तम साथि, सर्बोत्तम जीवनसाथी,
    सर्बोत्तम अविभावक, सर्बोत्तम जीवन ।
  • 13:42 - 13:45
    समग्र रुपमा तपाईंको परिचय यहि होइन ?
  • 13:46 - 13:48
    यो एउटा बिना अर्को कसरी सम्भव छ ?
  • 13:49 - 13:51
    तर तपाईं डराउनु भयो ।
  • 13:52 - 13:57
    त्यसैले तपाईंले जीवन सर्बोत्कृस्ट
    बन्ने छैन ।
  • 13:59 - 14:02
    तबसम्म ---
  • 14:02 - 14:07
    "तबसम्म" अंग्रेजीको भाषाको
    अर्थपूर्ण शब्द --
  • 14:07 - 14:08
    "तबसम्म"
  • 14:09 - 14:14
    तर यो "तबसम्म" शब्द अर्को डरलाग्दो
  • 14:14 - 14:19
    बाक्यसंग पनि जोडिन सक्छ --
  • 14:19 - 14:21
    " यदि म संग भइदिएको भए" ---
  • 14:21 - 14:24
    " यदि म संग भइदिएको भए" ---
  • 14:24 - 14:29
    यदि तपाईंको दिमागमा यी शब्द
    घुम्न थाले भने,
  • 14:29 - 14:32
    धेरै चोट पुर्याउनेछ ।
  • 14:33 - 14:36
    यसर्थ यीनै प्रमुख कारणहरु हुन्,
  • 14:36 - 14:38
    जो तपाईंको सर्बोत्कृस्ट जीवन पथमा
  • 14:38 - 14:39
    बाधा बन्न आउछन् ।
  • 14:41 - 14:43
    "तबसम्म"---
  • 14:47 - 14:48
    तबसम्म ।
  • 14:50 - 14:51
    धन्यबाद ।
  • 14:51 - 14:54
    ---- ताली -----
Title:
सर्बोत्कृस्ट पेशा प्राप्त गर्नबाट तपाईं कसरी वन्चित हुनुहुनेछ
Speaker:
ल्यारी स्मिथ
Description:

यो रमाइलो र सिधा साधा प्रसंगमा ल्यारी स्मिथ - आफ्नो अभिलाषाको पछि लाग्न नसकेर अनर्गल बहाना बनाउनेहरुको खेदो खन्दै छन्

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
15:15

Nepali subtitles

Revisions