Return to Video

महिनावारीको बिषयमा नि:संकोच छलफल

  • 0:01 - 0:02
    महिनावारी
  • 0:02 - 0:03
    रगतका टाटा
  • 0:03 - 0:04
    मासिकश्राव
  • 0:05 - 0:07
    बढाइचढाइ
  • 0:07 - 0:08
    गोप्य
  • 0:09 - 0:10
    गोपनीय
  • 0:11 - 0:12
    आखिर के कारण ?
  • 0:13 - 0:15
    एउटा प्राकृतिक जैविक प्रक्रिया
  • 0:15 - 0:18
    जसलाई हरेक युवती अथवा महिलाले
    हरेक महीना यसै गरेर
  • 0:18 - 0:20
    आफ्नो आधाजस्तो उमेर पार गर्नुपर्छ,
  • 0:21 - 0:23
    एउटा सार्थक अनि शाश्वत प्रक्रिया
  • 0:23 - 0:27
    जसमा हामी र हाम्रा प्रजातिको
  • 0:27 - 0:28
    अस्तित्व निर्भर गर्दछ ।
  • 0:28 - 0:31
    तैपनि यसलाई लाजको रुपमा हेरिन्छ
  • 0:31 - 0:33
    यस विषयमा कुरा गर्न अप्ठ्यारो र
  • 0:33 - 0:35
    सरम महशूस हुन्छ
  • 0:36 - 0:38
    म पहिलोपटक रजस्वला हुँदा ,
  • 0:38 - 0:40
    यो कुरालाइ गोप्य राख्न लगाइयो,
  • 0:41 - 0:43
    आफ्नै बुबा र दाजुभाइबाट समेत
  • 0:44 - 0:46
    पछि स्कूलमा यो विषय आउँदा
  • 0:46 - 0:48
    जीवविज्ञानको शिक्षकले यो पाठ नै पढाउनुभएन|
  • 0:49 - 0:50
    (लामो हाँसो )
  • 0:52 - 0:53
    तपाईलाइ थाहा छ,
  • 0:53 - 0:54
    यी घटनाबाट मैलेके सिकें?
  • 0:54 - 0:55
    मैले सिकें -
  • 0:55 - 0:57
    महिनावारीको बारेमा कुरा गर्नु
  • 0:57 - 0:58
    लाजलाग्दो बिषय हो ।
  • 0:58 - 0:59
    मैले आफ्नै शरीरसँग
  • 0:59 - 1:00
    सरम मान्न सिकें ।
  • 1:01 - 1:03
    महिनावारीसँग अन्जान रहन सिकें,
  • 1:04 - 1:06
    ताकि म सभ्य मानिसमा गनिन सकुँ ।
  • 1:07 - 1:08
    भारतका विभिन्न स्थानमा
  • 1:08 - 1:09
    गरिएको अनुसन्धान अनुसार,
  • 1:09 - 1:11
    १० मा ३ जना युवतीहरु
  • 1:11 - 1:13
    पहिलोपटक रजश्वला हुँदासम्म पनि
  • 1:13 - 1:15
    यो के हो भन्ने विषयमा अन्जान छन् ।
  • 1:15 - 1:17
    अझ राजस्थानका केही भागहरुमा
  • 1:17 - 1:19
    यो संख्या अझ बिकराल छ
  • 1:19 - 1:20
    १० मा ९ बालिकालाइ आफूलाई
  • 1:20 - 1:23
    यो के भैरहेको छ भन्ने पनि थाहा छैन ।
  • 1:23 - 1:24
    तपाइलाई यो सुन्दा आश्चर्य लाग्ला
  • 1:24 - 1:27
    मैले कुरा गरेका अधिकांश युवतीहरु,
  • 1:27 - 1:29
    पहिलो पटक रजस्वला हुँदासम्म पनि
  • 1:29 - 1:30
    यती अन्जान थिए, महिनावारीको रगत देखेर
  • 1:30 - 1:32
    "मलाई ब्लड क्यान्सर भएछ,
  • 1:32 - 1:33
    अब मर्छु कि क्या हो"
  • 1:33 - 1:36
    भनेर आत्तिएका थिए ।
  • 1:37 - 1:39
    प्रजन प्रणालीमा हुनसक्ने
  • 1:39 - 1:41
    संक्रमणको प्रमुख कारण
  • 1:41 - 1:42
    महिनावारी हुँदा गरिने सरसफाइ हो ।
  • 1:43 - 1:44
    तर भारतमा,
  • 1:44 - 1:46
    केवल १२% बालिका तथा महिलाहरुसँग मात्रै
  • 1:46 - 1:48
    महिनावारी हुँदा आवश्यक पर्ने
  • 1:48 - 1:50
    स्वच्छ तरिकाको पहुँच छ ।
  • 1:51 - 1:52
    यदि हिसाब गरि हेर्ने हो भने,
  • 1:52 - 1:55
    ८८% बालिका तथा महिलाहरु
  • 1:55 - 1:56
    रजस्वला हुँदा
  • 1:56 - 1:58
    अस्वस्थ तरिका अपनाउन बाध्य छन् ।
  • 1:58 - 1:59
    त्यस्तैहरुमध्ये म पनि एक हुँ ।
  • 2:00 - 2:02
    म झारखण्डको एउटा सानो सहर
  • 2:02 - 2:03
    गडवाहामा हुर्किएकी हुँ,
  • 2:03 - 2:05
    जहाँ स्यानीटरी न्याप्किन किन्नु
  • 2:05 - 2:07
    लाजमर्दो मानिन्छ ।
  • 2:07 - 2:09
    तेसैले, महिनावारी हुन थालेदेखि म -
  • 2:09 - 2:11
    कपडा (टालो) प्रयोग गर्न थालें ।
  • 2:12 - 2:14
    हरेक महिनावारी पछि त्यो टालो
  • 2:14 - 2:15
    सफा गरेर राख्थें र
  • 2:15 - 2:16
    अर्को पटक फेरी प्रयोग गर्थें ।
  • 2:16 - 2:17
    महिनावारी भएको कसैले थाहा नपाउन्
  • 2:17 - 2:20
    भनेर त्यो टालो अँध्यारो कुनामा
  • 2:20 - 2:22
    कसैले नदेख्ने गरी लुकाउथें ।
  • 2:22 - 2:24
    बारम्बारको प्रयोगले त्यो कपडा
  • 2:24 - 2:26
    खस्रो हुँदै गयो अनि पाछेर फोका उठ्ने
  • 2:27 - 2:29
    र संक्रमण हुन थाल्यो ।
  • 2:29 - 2:31
    झन्डै ५ बर्ष, अर्को शहर नगएसम्म
  • 2:31 - 2:34
    तेस्तै टालो प्रयोग गरिरहें ।
  • 2:36 - 2:37
    महिनावारीले मेरो जीवनमा
  • 2:37 - 2:39
    अर्को एउटा विषय उठायो -
  • 2:39 - 2:41
    बालिका तथा महिलाहरुमाथि गरिने
  • 2:41 - 2:44
    सामाजिक दुर्व्यवहार ।
  • 2:45 - 2:47
    तपाईहरुलाई यो कुरा थाहा छ
  • 2:47 - 2:49
    तैपनि, थाहा नहुनेहरूको लागि
  • 2:49 - 2:51
    केहि बुँदाहरु भन्न गइरहेको छु -
  • 2:51 - 2:52
    रजस्वला भएको बेलामा मलाई
  • 2:52 - 2:54
    अचार छुन वा खान अनुमति थिएन
  • 2:54 - 2:56
    सोफामा बस्न दिइन्न थियो
  • 2:56 - 2:59
    न त परिवारका सदस्यहरुको खाटमा बस्न नै ।
  • 2:59 - 3:00
    हरेकपल्टको महिनावारिपछी
  • 3:00 - 3:02
    ओछ्यानको खोल, तन्ना धुनै पर्दथ्यो,
  • 3:02 - 3:03
    चाहे कुनै दाग होस् वा नहोस्।
  • 3:03 - 3:05
    मलाई अपवित्र मानिन्थ्यो,
  • 3:05 - 3:07
    मलाई कुनै पनि पूजा-आजामा भाग लिन
  • 3:07 - 3:10
    वा पूजा सामाग्री छुन बन्देज थियो ।
  • 3:11 - 3:13
    मंदिर बाहिर साइनबोर्ड नै देख्नसक्नुहुन्छ
  • 3:13 - 3:16
    महिनावारी भएकाहरु प्रवेश निषेध
  • 3:17 - 3:20
    दुखको कुरा, धेरै जस्तो
  • 3:20 - 3:22
    घरका बुढापाका महिलाहरु नै
  • 3:22 - 3:26
    यस्ता नियम पालना गर्न लगाऊछन् ।
  • 3:27 - 3:30
    आफूले जस्तो भोगे, अरुलाई तेस्तै गराए ।
  • 3:31 - 3:33
    नयाँ विचारको अभावमा
  • 3:33 - 3:36
    पुराना कुसंस्कार नै संस्कार बनेर
  • 3:36 - 3:39
    एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दैछ ।
  • 3:39 - 3:41
    यस क्षेत्रमा कामको अवधिमा मैले
  • 3:41 - 3:43
    यस्ता घटनाहरु धेरै भेटेकी छु
  • 3:43 - 3:44
    जहाँ, महिलाहरुलाई खाने देखि
  • 3:44 - 3:46
    भाँडा सफासमेत छुट्टै बसेर गर्नुपर्छ
  • 3:46 - 3:48
    कतिपय घरमा महिनावारी भएकाहरुले
  • 3:48 - 3:50
    नुहाउन नपाउने, परिवारदेखि
  • 3:50 - 3:53
    भिन्नै राखिने समेत चलन छ ।
  • 3:54 - 3:57
    भारतका ८५% बालिका तथा महिलाहरु
  • 3:57 - 4:00
    महिनावारी हुँदा कुनै न कुनै चलनले
  • 4:00 - 4:03
    पीड़ित भएकै हुन्छन्
  • 4:03 - 4:05
    बिचार गर्नुहोस् त, यस्तो चलनले
  • 4:05 - 4:07
    एउटा युवतीको आत्म-सम्मान र आत्म-विश्वासमा
  • 4:07 - 4:09
    कस्तो असर पार्छ होला ?
  • 4:09 - 4:11
    बढ्दो उमेरमा यसले पार्नसक्ने
  • 4:11 - 4:14
    मनोबैज्ञानिक असरले उनको व्यक्तित्व,
  • 4:14 - 4:16
    शैक्षिक प्रगतिमा
  • 4:16 - 4:20
    कति नकारात्मक असर पार्ला ?
  • 4:21 - 4:24
    यी अन्धविश्वासी चलनहरु मैले पनि
  • 4:24 - 4:26
    १३ वर्ष पालना गरें ।
  • 4:26 - 4:27
    र मैले साथी "तुहिन"
  • 4:27 - 4:29
    लाई भेटे पछि,
    उसँगको छलफल पछि,
  • 4:29 - 4:31
    महिनावारी प्रतिको मेरो धारणा बदलियो ।
  • 4:32 - 4:35
    सन् २००९ को कुरा हो, तुहिन र म -
  • 4:35 - 4:38
    डिजाइन विषयमा स्नातक गर्दै थियौं ।
  • 4:38 - 4:39
    हामी एक अर्कालाई मनपराउन थाल्यौं।
  • 4:39 - 4:41
    उ सँगको सामिप्यले मलाई उ सँग खुलेर
  • 4:41 - 4:43
    कुरा गर्न सजिलो भयो ।
  • 4:43 - 4:44
    तुहिनलाई महिनावारीको विषयमा
  • 4:44 - 4:46
    अलिअलि मात्रै थाहा रहेछ ।
  • 4:46 - 4:49
    (हाँसो)
  • 4:51 - 4:53
    हरेक महीना रजस्वला हुँदा
  • 4:53 - 4:56
    महिलाहरुको तल्लोपेट बेस्सरी दुख्छ र
  • 4:56 - 4:57
    रगत पनि बग्छ भन्ने सुनेर
  • 4:57 - 4:58
    उसलाई अचम्म लाग्यो ।
  • 4:58 - 5:00
    (हाँसो)
  • 5:01 - 5:05
    रजस्वला हुँदा महिलाहरुमाथि परिवार
  • 5:06 - 5:09
    र समाजबाटै हुने दुर्व्यहारको
  • 5:09 - 5:10
    बारेमा सुनेर उ स्तब्ध भयो !!
  • 5:10 - 5:12
    उ, रजस्वला हुँदाको
  • 5:12 - 5:14
    मेरो दुखाइलाई कम गर्ने उपाय
  • 5:14 - 5:16
    इन्टरनेटमा खोज्न थाल्यो ।
  • 5:17 - 5:19
    उसले थाहा पाएको कुरा मलाई सुनाउँदा
  • 5:19 - 5:21
    थाहा भयो, मलाई नै रजस्वलाको बारेमा
  • 5:21 - 5:22
    कति कम थाहा रहेछ ।
  • 5:22 - 5:26
    कतिपय मेरा विश्वासहरु
    अन्धविश्वास मात्र रहेछन्।
  • 5:27 - 5:28
    मेरो मनमा यस्तो विचार उठ्यो,
  • 5:28 - 5:31
    यति पढ़े लेखेको हुँदा
    त महिनावारीको बारेमा
  • 5:31 - 5:33
    गलत जानकारी रहेछ भने,
  • 5:33 - 5:35
    संसारमा यस्ता लाखौ युवतीहरु होलान्
  • 5:35 - 5:36
    जसलाई महिनावारीको बारेमा
  • 5:36 - 5:37
    अति कम जानकारी होला ।
  • 5:38 - 5:42
    समाजमा महिनावारीको बारेमा किन चर्चा
  • 5:42 - 5:45
    गरिँदैन र किन यसलाई लाजको रुपमा हेरिन्छ,
  • 5:45 - 5:47
    यो पत्ता लगाउन मैले १ बर्षे रिसर्च थालेँ
  • 5:48 - 5:50
    साधारणतया, महिनावारीको विषयमा
  • 5:50 - 5:54
    अज्ञान तथा गलत धारणा
  • 5:54 - 5:56
    ग्रामीण परिवेशमा मात्रै छ भन्ने लाग्छ ।
  • 5:56 - 5:58
    तर मैलेअध्ययनको क्रममा के थाहा पाएँ भने,
  • 5:58 - 6:00
    यो समस्या शहरी क्षेत्रमा पनि उस्तै छ ।
  • 6:00 - 6:02
    पढेलेखेका शहरी क्षेत्रका
  • 6:02 - 6:04
    मान्छेको धारणा पनि उस्तै छ ।
  • 6:05 - 6:07
    धेरै अभिभावक तथा शिक्षकहरुसँग
  • 6:07 - 6:09
    छलफल गर्दा के थाहा भयो भने,
  • 6:09 - 6:12
    उनीहरु पनि उमेर पुगेका युवतीहरुलाई बेलैमा
  • 6:12 - 6:15
    रजस्वलाको बारेमा जानकारी दिन त चाहन्छन,
  • 6:17 - 6:21
    तर समाजले लाजको रुपमा हेरेको यो विषयमा
  • 6:21 - 6:25
    उपाय नपाएर विवश रहेछन् ।
  • 6:27 - 6:29
    अचेलका युवतीहरुको कक्षा ६ वा ७ मा
  • 6:29 - 6:32
    पढ्दादेखि नै महिनावारी हुन थाल्छ ।
  • 6:32 - 6:35
    तर हाम्रो पाठ्यक्रममा रजस्वलाको बारेमा
  • 6:35 - 6:37
    कक्षा ८/९ मा मात्रै पढ़ाइन्छ ।
  • 6:37 - 6:40
    अप्ठ्यारो मानेर शिक्षकहरुले
  • 6:40 - 6:44
    यो पाठ नै पढ़ाउदैनन् ।
  • 6:45 - 6:48
    विद्यालयमा महिनावारीको विषयमा पढाइ नै हुदैन ,
  • 6:49 - 6:51
    अविभावकहरु यस विषयमा कुरै गर्दैनन,
  • 6:51 - 6:53
    अनि युवतीहरुले थाहा पाउने कहाँबाट ?
  • 6:54 - 6:57
    २ दशक अघिको र अहिलेको अवस्थामा
  • 6:57 - 6:59
    केही परिवर्तन छैन ।
  • 7:00 - 7:02
    यही कुरा मैले तुहिनलाई सुनाएँ र
  • 7:02 - 7:05
    हामीले सोच्यौं केही यस्तो काम
    गर्नपाए हुन्थ्यो,
  • 7:05 - 7:07
    जसको मद्धतले केटीहरु आफैले
  • 7:07 - 7:09
    महिनावारीको विषयमा बुझ्न सकून्,
  • 7:09 - 7:11
    कुनै यस्तो तरीका, जसले
  • 7:11 - 7:13
    अभिभावक एवं शिक्षकहरुलाई
  • 7:13 - 7:16
    युवतीहरुसँग महिनावारीको विषयमा
  • 7:16 - 7:18
    छलफल गर्न सहज बनावोस् ।
  • 7:18 - 7:20
    मेरो रिसर्चको क्रममा मैले धेरै नै घटनाहरु
  • 7:20 - 7:22
    जम्मा गरेको छू । यी घटनाहरु
  • 7:22 - 7:26
    युवतीहरुले महिनावारी हुँदा भोगेका हुन् ।
  • 7:27 - 7:29
    आफैले भोगेका विषयमा आफ्नो समूहमा
  • 7:29 - 7:33
    कुराकानी गर्न सबैलाई उत्सुकता लाग्छ ।
  • 7:34 - 7:36
    हो, हामीले चाहेको यस्तै हो ।
  • 7:36 - 7:38
    हामी यिनै कथाहरुलाई लिएर युवतीहरुको मनमा
  • 7:38 - 7:40
    उत्सुकता बढाउँदै रजस्वलाको बारेमा
  • 7:40 - 7:41
    जानकारी दिन सक्छौं ।
  • 7:41 - 7:43
    हामीले यिनै कथाहरुहरुलाई जानकारीको
  • 7:43 - 7:45
    स्रोतको रुपमा उपयोग गर्ने विचार गर्यौं ।
  • 7:45 - 7:48
    हामीले एउटा 'कमिक' बनाउने निर्णय गर्यौ ।
  • 7:48 - 7:51
    कार्टूनका चरित्रहरुले नाटकीयरुपमा
  • 7:51 - 7:52
    यी कथाहरुलाई प्रस्तुत गरेर
  • 7:52 - 7:54
    युवतीहरुलाई महिनावारीको विषयमा
  • 7:54 - 7:56
    रमाइलो ढंगले जानकारी गराउन सक्छ ।
  • 7:57 - 7:58
    युवतीहरुको यौवनावस्थाका
  • 7:58 - 8:00
    बिभिन्न चरणहरुको प्रतिनिधित्वगर्न
  • 8:00 - 8:01
    हामी संग ३ वटा पात्र छन् -
  • 8:02 - 8:03
    पिंकी - जसको अहिले सम्म
  • 8:03 - 8:05
    महिनावारी सुरुभएको छैन ।
  • 8:05 - 8:06
    जिया - कमिक पढ्दै जाने क्रममा
  • 8:06 - 8:08
    उसको पहिलो महिनावारी हुन्छ ।
  • 8:08 - 8:10
    मीरा - उसको पहिलेनै
  • 8:10 - 8:11
    महिनावारी सुरु भइसकेको छ ।
  • 8:12 - 8:14
    कथामा चौथो चरित्र पनि छ - प्रिया दिदी
  • 8:14 - 8:16
    उनकै माध्यमले केटीहरुले
  • 8:16 - 8:18
    बढ्दो उमेर तथा महिनावारीको
  • 8:18 - 8:19
    सरसफाई व्यवस्थापनको बारेमा
  • 8:19 - 8:20
    जानकारी पाउछन् ।
  • 8:21 - 8:23
    कमिक बनाउने क्रममा हामीले
  • 8:23 - 8:26
    कुनै पनि चित्रले कतैबाट प्रश्न नउठोस्
  • 8:26 - 8:28
    वा सांस्कृतिक भावनामा चोट नपुगोस्
  • 8:28 - 8:29
    भन्ने कुरामा खूब ध्यान दिएका छौं ।
  • 8:30 - 8:31
    किताब छापेर नमुनाको रुपमा पठाउँदा
  • 8:31 - 8:33
    युवतीहरुले किताब खूब मन पराएको पायौँ ।
  • 8:33 - 8:36
    उनीहरु त्यो किताब पढ़ेर महिनावारीको बारेमा
  • 8:36 - 8:37
    आफैं थाहा पाउन उत्सुक देखिन्थे ।
  • 8:38 - 8:40
    अविभावक तथा शिक्षकहरु सोही किताबले
  • 8:40 - 8:42
    महिनावारीको विषयमा छलफल गर्न
  • 8:42 - 8:43
    सहज महसूस गर्दै थिए ।
  • 8:43 - 8:44
    कहिले काही केटाहरु समेत
  • 8:44 - 8:46
    सो किताब पढ्न उत्सुक देखिन्थे ।
  • 8:46 - 8:47
    (हाँसो)
  • 8:47 - 8:50
    (ताली)
  • 8:52 - 8:54
    कमिकले महिनावारीप्रतिको
  • 8:54 - 8:58
    संकोच हटाउने वातावरण बनाउन मद्धत गर्यो ।
  • 8:59 - 9:01
    कतिपय स्वयंसेवकहरुले यही नमूना लिएर
  • 9:01 - 9:03
    युवतीहरुमा महिनावारीको
  • 9:03 - 9:05
    सतर्कता जगाउने कार्यशाला संचालन गर्न
  • 9:05 - 9:07
    भारतका विभिन्न ५ क्षेत्रहरुमा गए ।
  • 9:07 - 9:09
    यही नमूना किताब लिएर एकजना स्वयंसेवकले
  • 9:09 - 9:11
    लद्दाखका युवा भिक्षुणीहरुलाई समेत
  • 9:11 - 9:13
    महिनावारीको बारेमा जानकारी गराए ।
  • 9:13 - 9:15
    हामीले यो कमिकको पछिल्लो संस्करण -
  • 9:15 - 9:16
    महिनावारीको कमिक नाममा
  • 9:16 - 9:19
    गत वर्षको सेप्टेम्बरमा प्रकाशित गर्यौ ।
  • 9:19 - 9:22
    र अहिले सम्ममा भारतका ४००० भन्दा बढ़ी
  • 9:23 - 9:25
    युवतीहरुले यो किताब पढिसकेका छन् ।
  • 9:25 - 9:26
    (ताली)
  • 9:28 - 9:28
    धन्यवाद !!
  • 9:28 - 9:30
    (ताली)
  • 9:35 - 9:39
    हामी स्थानीय संगठनहरुसंग मिलेर
  • 9:39 - 9:41
    यो किताबलाई विभिन्न भाषामा अनुवाद गरेर
  • 9:41 - 9:45
    अन्य १० देशमा उपलब्ध गराउदै छौ ।
  • 9:46 - 9:48
    भारतका विभिन्न क्षेत्रका १५ स्कूलहरुले
  • 9:49 - 9:51
    युवावर्गलाई महिनावारीबारे जानकारी दिने
  • 9:51 - 9:52
    पाठ्यसामग्रीको रुपमा
  • 9:52 - 9:54
    आफनो पाठ्यक्रममा समावेश गरेका छन् ।
  • 9:54 - 9:55
    (ताली)
  • 10:01 - 10:03
    मलाई गर्वलाग्छ हाम्रो प्रयासप्रति
  • 10:03 - 10:06
    जब देख्छु - विभिन्न स्वयंसेवकहरु,
  • 10:06 - 10:08
    व्यक्तिहरु, अभिभावक,
  • 10:08 - 10:11
    शिक्षक, प्रधानअध्यापकहरु सबै एकजुट भएर
  • 10:11 - 10:15
    आफ्नो समुदायका युवतीहरुले सही उमेरमै
  • 10:16 - 10:20
    महिनावारीको जानकारी प्राप्त गरुन् भन्दै
  • 10:20 - 10:23
    यसप्रतिको संकोच हटाउन लागिपर्नुभएको देख्दा
  • 10:23 - 10:25
    एउटा यस्तो भविष्यको कल्पना गरौँ ,
  • 10:25 - 10:29
    जहाँ महिनावारी कुनै अभिशाप, कुनै रोग नभएर
  • 10:29 - 10:31
    युवतीहरुको जीवनमा आउने एउटा सकारात्मक
  • 10:31 - 10:32
    परिवर्तनको रुपमा स्वीकार गरिन्छ
  • 10:32 - 10:35
    (ताली)
  • 10:38 - 10:41
    यहाँ आउनुभएका सबै अभिभावकहरुलाई
  • 10:41 - 10:43
    सानो अनुरोध गर्दै, बिदा माग्न चाहन्छु
  • 10:43 - 10:45
    प्रिय अभिभावकहरु !
  • 10:45 - 10:47
    रजश्वलाको बारेमा कुरा गर्न
  • 10:47 - 10:48
    लाज मान्नुहुन्छ भने,
  • 10:48 - 10:50
    तपाईका छोरीहरु पनि त्यसैको सिको गर्नेछन् ।
  • 10:50 - 10:53
    त्यसैले, रजस्वला सकारात्मक बनिदिनुहोस्
  • 10:53 - 10:54
    धन्यवाद ! !
  • 10:53 - 10:57
    (ताली)
Title:
महिनावारीको बिषयमा नि:संकोच छलफल
Speaker:
अदिति गुप्ता
Description:

यो सत्य हो: महिनावारीको बारेमा कुरा गर्दा धेरै मानिसहरुलाई लाज लाग्छ । यहि अन्धविश्वासको कारण: भारतमा, १० मा ३ जाना युबतिहरुलाई पहिलो पटक रजस्वला भैसक्दा सम्म पनि, महिनावारीको बारेमा जानकारी छैन । महिनावारिलाई लाजको बिषयको रुपमा हेरिंदा बढ्दो उमेरका युवतीहरुलाई यसले मानसिक र शारीरिकरुपमा हानि गरेको छ । त्यस्तै बाताबरणमा हुर्किएकि अदिति गुप्ता- युबतीहरु, अभिभावक, शिक्षकहरुलाई सहजरुपमा, बिना लाज महिनावारीको बारेमा जानकारी गराउन प्रयत्नरत छिन् । यहाँ उनि आफ्नो संघर्षको कथा प्रस्तुत गर्दैछिन ।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
11:10
Deepak Basyal approved Nepali subtitles for A taboo-free way to talk about periods
Deepak Basyal edited Nepali subtitles for A taboo-free way to talk about periods
Deepak Basyal edited Nepali subtitles for A taboo-free way to talk about periods
Deepak Basyal edited Nepali subtitles for A taboo-free way to talk about periods
Guhanath Paudel गुहनाथ पौडेल accepted Nepali subtitles for A taboo-free way to talk about periods
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for A taboo-free way to talk about periods
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for A taboo-free way to talk about periods
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for A taboo-free way to talk about periods
Show all

Nepali subtitles

Revisions