तपाईंहरु धेरैले "मार्सियन" भन्ने फिल्म त
हेर्नु भएकै होला
यदि हेर्नु भएको छैन भने, यो फिल्म
मंगल ग्रहको अन्तरिक्ष यात्रीको कथा हो,
जो त्यहाँ एक्लै हुन्छ र पृथ्वी बाट मान्छे
बचाउन नपुग्दासम्म
जीवित रहन गरेको संघर्षमा आधारित छ
सौभाग्यवस उनीहरु त्यो पात्र वाट्नी संग
पुन: सम्पर्क गर्न सक्षम हुन्छन् र
उ मंगलबाट उद्धार नहुदा सम्म एक्लो पर्दैन
तपाईले यो फिल्म हेर्नु भएको छ भने
वा छैन भने पनि
मंगल ग्रहको बारे चर्चा गर्दा,
यो ग्रह कुन दुरीमा कति टाढा छ
भन्ने जिज्ञासा लाग्छ
अझ तपाईले नसोच्नु भएको कति प्रसंगहरु:
एउटा ग्रहबाट अर्को ग्रहमा काम गर्दा
चाहिने सामग्री,
अथवा पृथ्वीमा बसेर मंगलको रोवोर
वा मान्छेसंगको काम गराई कस्तो होला?
कल्पना गर्नुस त, यदि तपाइको साथीभाई,
परिवारका सदस्य वा सहकर्मी
विश्वको अरुकुनै भागमा छन् भने,
तपाई उनीहरुसंग सम्पर्क गर्नु अगाडी,
सबै भन्दा पहिले तपाइको दिमागमा
उठ्ने कुरा हो
यतिखेर त्यहाँ कति बज्यो होला ?
सुतेको बेला पर्छ कि, ठिक बेला हो कि होइन?
यसर्थ, युरोप अमेरिकाहुने मान्छेसंग
सम्पर्क गर्न त यति सोच्नु पर्छ भने
धेरै टाढा भएको मान्छे सगं सम्पर्क गर्न
के कति तयारी गर्नु पर्ला?
मंगलग्रहमा अहिले मान्छे त छैनन्,
तर रोवोर यानहरु छन्
अहिले यतिखेर क्युरियोसिटिमा
बिहानको ६:१० भयो
भन्नाले मंगल ग्रहमा बिहानको ६:१० भयो
मंगल ग्रहमा हाम्रो ४ वोटा रोवोर छन्
मध्य १९९० देखि अमेरिकाले मंगलमा
४ रोवोर पठाएको छ
मैंले ती मध्ये ३ वोटासंग काम गर्ने
अवसर पाएकी छु
म स्पेस्क्राफ़्ट अपरेशन इन्जिनियर हुँ
र नासाको क्यालिफोर्निया स्थित
प्रयोगशालामा काम गर्छु
यी रोवोरहरु हाम्रो रोबोट प्रतिनिधि हुन्
हामीले त्यहाँ मान्छे पठाउन नसक्दासम्म
यीनिहरु नै मंगलग्रह हेर्ने
हाम्रो कान र आँखा हुन्
यीनै रोवोरको माध्यमले हामी
अर्को ग्रहमा काम गर्छौं
त्यसैले मान्छे पठाउनु अगाडी हामी
रोबोट पठाउछौँ
हाम्रो ठाउं बाट मंगल ग्रहको समयमा
भिन्नता हुनुको कारण -
मंगल को दिन, पृथ्वीको दिनभन्दा लामो छ
पृथ्वीमा २४ घन्टाको १ दिन हुन्छ
यो भनेको पृथ्वीलाइ एक चक्कर घुम्न
लाग्ने समय हो
आफ्नो धुरीमा एक चक्कर लगाउन लाग्ने समय
यसैले हाम्रो १ दिन २४ घन्टाको हुन्छ
यस्तै चक्कर लगाउन मंगल ग्रहलाइ झन्डै
२४ घण्टा ४० मिनेट लाग्छ
भन्नाले मंगल ग्रहको १ दिन, पृथ्वीको
१ दिन भन्दा ४० मिनेट लामो छ
मंगल ग्रहमा रोवोर संचालन गर्ने समूह,
यहाँ देखाए जस्तै:
म सहितको हाम्रो एउटा समूह हो यो
प्राय: म यहाँ नेरी बस्ने गर्छु
हामी पृथ्वीमा बसेर मंगल ग्रहमा काम गर्छौं
हामीले आफु स्वयम् रोवोर संगै मंगल ग्रहमा
रहेको कल्पना गर्नुपर्छ
म सहितको हाम्रो समुहको काम
मंगलमा रहेको रोवोरलाइ भोलि गर्ने कामको
आदेश पठाउने हो
उसलाई जमिन खन्ने, गुड्ने के काम गर्ने हो,
त्यो भन्नु पर्छ
उ सुतेको बेलामा - रोवोर राती सुत्छ
किनकि उसको ब्याट्री चार्ज हुनु पर्छ
साथै मंगलको चिसो रातबाट बच्नु पनि पर्छ
त्यसैले उ राती सुत्छ
उ सुतेको बेलामा हामी उसले भोलि गर्ने
कामको प्रोग्रामिंग गर्छौं
त्यसैले म मंगलग्रहको
रात्रीकालिन काम गर्छु
......(हाँसो).....
त्यसैले मंगल ग्रहको हरेक दिनको एउटै
समयमा काम सुरु गर्न:
मानौ: मलाई मेरो काम हरेक साँझ
५ बजे सुरु गर्न
त्यो समय मंगल ग्रहको साँझको ५ बजे हुन
हामीले पृथ्वीमा हरेक दिन ४० मिनेट
ढिला गर्नु पर्छ
अनि मात्रै मंगल संगको समय मिल्छ
लगभग हरेक दिन टाइम जोन फेरे जस्तै
एकदिन ८ बजे आयो भने अर्को दिन
४० मिनेट ढिला ८:४० मा,
अर्को दिन अर्को ४० मिनेट ढिला
९:२० मा पुग्नु पर्छ
त्यसै गरि अर्को दिन १० बजे
प्रत्येक दिन ४० मिनेट ढिला
कुनै रात काम गर्न मध्ये रात नहुन्जेल
अर्थात् पृथ्वीको मध्यरात नहुदासम्म
तपाई आफै भन्नुस, कति असजिलो छ
त्यसैले यी हेर्नुस, मंगल ग्रहवाला घडी
......(हाँसो).....
......(ताली).....
जुम गर्न खोजेको जस्तो छ
......(ताली).....
यसको पार्ट पुर्जा यसरी मिलाएको छ कि,
यो अलि बिस्तारै घुम्छ
कुरा बुझ्दै हुनुहुन्छ नी ?
मैले यो घडी २००४ मा पाएको हो
स्पिरिट र अपरच्युनिटी रोवर हुदा ताका
कुनै दिन हामीलाई मंगल घडी
चाहिएला भन्ने सोचेको थिएनौं
हाम्रो कम्प्युटरमा र
मिसन कन्ट्रोल स्क्रिनमा
घडी भए त पुगिहाल्यो नी,
भन्ने सोचेका थ्यौं
हो, त्यस्तै हो
हामी मंगल ग्रहको समयमा काम
गर्दै मात्रै थिएनौ,
हामी मंगल ग्रहको समयमा बच्दै थियौं
कति बज्यो होला भन्ने प्रश्नले चाडै नै
अलमल्ल पार्न थाल्यो
त्यसैले नाडीमा कुनै यस्तो कुरा नभई भएन
जसले भन्न सकोस:
पृथ्वीमा कति बज्यो?
मंगल ग्रहमा कति बज्यो?
मंगल ग्रहको समयले मात्रै अलमल् पार्ने होइन
हामी आफैं पनि एक अर्कासंग
समन्वय गर्न सक्नु पर्यो
सजिलोको लागि : "sol" मंगलको १ दिन हो:
२४ घण्टा ४० मिनेट
पृथ्वीमा भएको केहि प्रसंगको कुरा गर्दा
हामी
"today" भन्छौं
भने, मंगल ग्रहको लागि हामी:
"tosol" भन्छौं
......(हाँसो).....
मंगल ग्रहको Yesterday - "yestersol" हुन्छ
कुनै भाषाको आविष्कार गरौँ भन्ने सोचेर
यो भाषा बनेको होइन भन्न खोजेको कुरा
बुझ्न नसकेर अप्ठ्यारो भयो
एकदिनको कुरा हो, मलाई कसैले भन्यो
"रोवोरको यो काम म भोलि गर्छु"
मैंले भने, भोलि त भोलि, कहाँको भोलि ?
मंगल को कि पृथ्वी को?
एक अर्का संग कुरा गर्न हामीलाई
भाषा को खाँचो पर्यो
......(हाँसो).....
Tomorrow - "nextersol"वा "solorrow" बन्यो
किनकि शब्द प्रयोग मा आफ्नै रोजाई छ
कसैले ठण्डा भन्लान त कसैले चिसो भन्लान
त्यस्तै कसैले nextersol भन्छन् त
कसैले solorrow भन्छन्
यो क्षेत्रमा काम गर्न थालेको केहि बर्षपछी
मैंले के बुझें भने
रोवोरसंग काम गर्ने हामीहरु "tosol" भन्छौं
भने अन्य क्षेत्रमा काम गर्नेहरु
"tosoul" भन्छन्
यसरी हामी मार्सियन एकसेंटको आधारमा कुन
क्षेत्रको मान्छे हो, थाहा पाउछौं
......(हाँसो).....
......(ताली).....
यसरी हामी संग छुटै घडी, छुटै भाषा छ ,
ताकी काम गर्दा कुनै प्रकारले
झुक्किन नपरोस
पृथ्वीमै त हामी घरि घरि झुक्किन्छौ
मानौ येतिखेर तपाईं काम गर्न आउनुभो
येतिखेर मंगलग्रहको मध्यरात हो,
तर तपाईंको पर्दा वरिपरी उज्यालो छ भने
त्यसले पनि झुक्याउन सक्छ
कन्ट्रोल रुमको यो फोटो हेर्दापनि
देख्न सक्नुहुन्छ
सबै पर्दा बन्द गरिएको छ
हामीलाई अप्ठ्यारो बनाउने कुनै उज्यालो छैन
मंगल संगको दिन रात नमिल्ने १ हप्ता
अगाडी देखि सबै पर्दा बन्द हुन्छन
र मंगल संगको समय नमिलेसम्म
ती पर्दा खुल्दैनन्
यो प्रक्रिया घरमा समेत लागु हुन्छ
मैंले ३ पटक मंगल ग्रहको
समयमा काम गरेको छु
घरमा श्रीमानलाइ समेत यसको प्रभाव पर्छ
उसले घरमा कतै बाट उज्यालो न छिर्ने गरि
झ्याल, पर्दा टम्म पारिदिन्छ
यसको असर परिवारमा समेत पर्छ
म संगै मेरो श्रीमान समेत
अँध्यारोमा बस्नुपर्ने हुन्छ
अब त उसलाई बानी परिसक्यो
यो बेलामा उसले कामबाट धेरै इमेल गर्छ
म घर आउदा हुन्छ? तिमि सुतेको हो कि
उठेको हो ?
मंगल ग्रहमा कति बज्यो?
अनि मलाई लाग्यो, उसलाई पनि मंगल
घडीको आवश्यकता छ
......(हाँसो).....
अहिले २०१६ मा त त्यसको पनि App छ
......(हाँसो).....
अहिले घडीको सट्टा हामी फोन
प्रयोग गर्न सक्छौं
जे भनेपनि हाम्रो कामको प्रभाब
हामी रोवोरमा काम गर्नेहरुमा मात्रै नभएर
परिवारमा समेत उस्तै पर्थ्यो
यो डेविड हो, हाम्रो एउटा उडान निर्देशक,
र उ उसको परिवारको साथमा लस् अन्जल्सको
समुन्द्री किनारमा बिहानको १ बजे
......(हाँसो).....
अगस्त महिना थियो र
केटाकेटीहरुको स्कुल सेप्टेम्बरसम्म
छुट्टि थियो,
त्यसैले पुरै एक महिना उनीहरु मंगल ग्रहको
समय संगै बिताए
हरेक दिन ४० मिनेट ढिला उठे
आफ्नै बाबाको समय अनुसार चले
१ महिना सम्म मंगल ग्रहको समयानुसार हिडेर
रमाइलो अनुभव गरे
मध्यरातमा कहिले बलिङ्ग गर्न गए
त कहिले सामुन्द्रिक किनारमा
हामीले अनुभब गरेका कुराहरु मध्ये
यो एउटा हो कि
लस् अन्जल्समा बिहान ३ बजे
जहाँ गएपनि हुन्छ,
किन कि त्यति खेर सडक खाली हुन्छ
......(हाँसो).....
त्यसैले हामी हाम्रो काम सकिए पनि
घर गएर अरुको निन्द्रा बिगार्नुको सट्टा
नजिकैको ठाममा गएर केहि खानुको सट्टा
त्यहाँ एउटा रातभरी खुल्ने गज्ज़बको ठाउं छ,
१० मिनेटमा पुगिन्छ भन्दै
त्यतै कुद्थ्यौ, रित्तो सडकमा
हामीलाई देखेर रेस्टुरेन्टको मालिक
छक्क पर्दै हेर्थ्यो
को होउ तिमीहरु ?
बिहान को ३ बजे मेरो रेस्टुरेन्टमा
के गर्न आएको?
बिस्तारै उनीहरुले थाहा पाए, हामी
मार्सियन हौं भन्ने कुरा
......(हाँसो).....
LA मा रातको १ बजे डुल्ने ....
पृथ्वीको राती तर ....
हामी एक अर्कालाई मर्सियन
भन्न थालेका थियौं
मंगल ग्रहको समय अनुसार चल्ने हामीहरु
एक अर्कालाई मार्सियन भन्थ्यौं
अरु बाकी सबै पृथ्वीवासी
......(हाँसो).....
हरेक दिनको समय फरक फरक समय हुँदा
आफुलाई अरुभन्दा छुट्टै भएको महसुश हुन्छ
एक किसिमले आफ्नै छुटै संसारमा
मैंले भन्नु पर्छ - मंगलग्रहको समय अनुसार
Sol 0-90 बिताएँ
पर्दामा यसको फोटो पनि छ
यसको अर्थ हो हामी मंगल ग्रहमा रहेको रोवोर
जस्तै प्रभाबकारी हुन
र आफ्नो समयको पूर्ण सदुपयोग गर्न
मंगल ग्रहको समयानुसार काम गर्छौं
तर हामी ३-४ महिना भन्दा बढी मंगल ग्रहको
समय अनुसार चल्दैनौ
हामी अहिले काम गरे जस्तै मंगलग्रहको
परिमार्जित समय अनुसार काम गर्छौं
नत्र त्यसले हाम्रो परिवार मात्रै नभएर
शरीरमा समेत नराम्रो असर गर्छ
बास्तबमा हाम्रो निन्द्रा माथि
अनुसन्धान भैरहको थियो
किनकि हरेक दिन फरक दिनको रुपमा काम
गर्नु मान्छेको लागि सहज छैन
त्यसैले म माथि नियमित अनुसन्धान हुदै थियो
हामी जस्ता ३० जनामाथि
निन्द्रा संग सम्बन्धित अनुसन्धान
हुँदै थियो
मेरो परिक्षण गरिन्थ्यो अनि
म सुत्न जान्थें
किनकि यो क्रियाकलाप शरीरको लागि
निकै कठिन कार्य हो
चाहे काम जतिनै रमाइलो किन नहोस
समुहका अरु सदस्यहरुको लागि
कठिन अनुभव थियो
र टिक्न पनि निकै सकस नै थियो
यी रोवोरअभियान हाम्रो सौर्यमंडलमाथिको
पहिलो कदम हो
हामी एक भन्दा बढी ग्रहमा कसरी टिक्ने,
सिक्दै छौं
बहु ग्रहमा बाच्ने हाम्रो धारणामा
परिवर्तन गर्दै छौं
तपाईं अर्को पटक Star War फिल्म
हेर्दै हुनुहुन्छ र
मान्छेहरु दगोबा बाट ट्याटुन प्रबिधिमा
जादै छन् भने
याद राख्नुहोस, मानिसहरु टाढा टाढासम्म
फैलिदै छन्
उनीहरुको दुरीको आधारमा भन्दा
एक अर्का संग छुट्टिदा कस्तो
महसुस गर्छन् र
समयको ब्यबस्थापन कसरी गरिन्छ,
याद राख्नुहोस
अहिले सम्म त हामीले मंगल ग्रहमा मान्छे
पठाएको छैनौ
स्पेस X र नासा जस्ता कम्पनिहरु
अन्तरराष्ट्रिय अन्तरिक्ष निकायहरु मिलेर
केहि दशकमा मान्छे पठाउने कुरामा
हामी बिश्वस्त छौँ
चाडै नै मंगल ग्रहमा मान्छे हुनेछन् र
हामी बहु ग्रहवासी हुनेछौं
मंगल ग्रहमा जाने युवा युवतीहरु मध्ये
कोहि आजको यहि छलफलमा बसेका पनि हुन सक्छौं
मलाई यो क्षेत्रमा काम गर्ने रहर म १४ बर्ष
हुदादेखि लागेको रहर हो र आज म
यो समुहको एउटा सदस्य हुन पाउँदा खुशी छु
अन्तरिक्ष कार्यक्रमको लागि यो एउटा
महत्वपूर्ण समय हो र
हामी सबै यो यात्रामा संगै छौँ
कुनै दिन तपाईलाइ आफ्नो दिन
पर्याप्त भएन भने
याद गर्नुहोस्, त्यो पृथ्वीको
दृस्टीकोणबाट मात्रै हो
......(हाँसो).....
......(ताली).....