धन्यबाद । भारतमा, एक जना महाराजाको जन्मोत्सवको उपलक्ष्यमा उपहार ल्याउन गाउँ प्रमुखहरुलाइ आदेस जारी भयो । कसैले सुन्दर स्लिकका कपडा ल्याए, त कसैले गज्जबका तरबारहरु ल्याए । कसैले सुन ल्याए । लाइनको लगभग अन्त्यतिर होचो कदका बृद्ध थिए । जो आफ्ना गाउँबाट धेरै दिनको सामुद्रिक यात्रापार गरेर त्यहाँ आइपुगेका थिए । उनि नजिकै पुग्दा राजकुमारले सोधे "राजाको लागि के उपहार ल्याउनु भयो ?" र ति वृद्धले बिस्तारै आफ्नो हात खोले र कलेजी र पहेलो, रातो र निलो धर्सा सहितको, शंखेकिरोको सार्है सुन्दर खोल देखाए । त्यो देखेर राजकुमारले भने "यस्तो पनि राजालाई दिने उपहार हुन्छ, के हो यो यस्तो ?" ती बृद्धले बिस्तारै राजकुमारलाई हेरे र भने, "मेरो लामो यात्रा....उपहार कै भाग हो" । (हाँसो) केहिबेरमा, म तपाईहरुलाई एउटा उपहार दिन गईरहेको छु । त्यस्तो उपहार जुन प्रचार गर्न योग्य छ । तर त्यो भन्दा पहिले, म तपाईहरुलाई मेरो लामो यात्रामा लैजान चाहन्छु | तपाईहरु जस्तै, सानो बच्चाबाट मेरो जीवन सुरुभयो तपाईंहरु कतिको जीवन बालावस्थाबाट सुरु भयो ? बयस्क जन्मनु भयो कि? भनेपछि आधाआधि जसो ?...हैन त ? (हाँसो) अनि बाकि तपाईंहरु नि? हुर्केर ठुलो भएपछि मात्रै जन्मनुभएको हो? तपाईंको आमाको दर्शन गर्न पाए सोध्थें - त्यो असम्भव कसरी सम्भव भयो भनेर ! सानो छदा म, असम्भव काम सम्पन्न गर्ने कुराले रोमान्चित हुने गर्थे । आजको यो दिनको लागि मैंले बर्षौं प्रतिक्षा गरेको छु, आजको यहि दिनमा म एउटा असम्भव कामलाइ सम्भव बनाउने प्रयत्न गर्नेछु, तपाईंकै आँखा अगाडी , यो TEDxMaastricht को स्टेजमा । म अब सुरुवात गर्दैछु म यसको अन्त्य कसरी गर्दैछु भन्ने सुनाएर: म यो पुष्टि गर्न चाहन्छु कि असम्भव बास्तबमै असम्भव हुदैन । र अन्त्यमा यस्तो उपहार दिनेछु, जो दुनियालाई भन्न लायक हुनेछ: म यो भन्न चाहन्छु कि तपाईंपनि जीवनमा असम्भव काम गर्न सक्नुहुन्छ । असम्भव कामको यात्रामा, मैंले दुइटा कुरा संसारभरका मानिसहरुमा समान पाएँ सबै जना भित्र डर छ, र सबैका सपनाहरु छन् । असम्भव काम गर्ने मेरो खोजीमा, मैले पाए- मलाई ३ कुरा आज सम्म मैले गर्दै आएको काममा असम्भव काम गर्नका लागि कारक बनेका छन् । डजबल, अथवा 'ट्रेफ्बल' भन्नुस । सुपरम्यान, र मच्छड । यी ३ मेरा प्रमुख शब्द हुन् । म किन असम्भव काम गर्छु भन्ने अब त बुझ्नुभयो । अब म तपाईलाइ मेरो लामो यात्रामा लैजान चाहन्छु डर देखि सपना सम्म, शब्द देखि शक्तिसम्म, डजबल देखि सुपरम्यानसम्म लामखुट्टे सम्म । म तपाइलाइ देखाउनेछु तपाईं कसरी असम्भव काम गर्न सक्नु हुन्छ । अक्टोबर ४, २००७ को दिन मेरो धड्कन बढ्दै थियो, मेरो खुट्टा काप्दै थियो, जब हार्वर्ड युनीभर्सिटीको स्यान्डरस थिएटरमा पहिलो पाइला हालें - नोबेलप्राइज् २००७ मेडिकल रिसर्च "तरबार निल्नेहरु र यसको हानिहरु" को सह लेखक भएर (हाँसो) मैले कहिल्यै नपढेको जर्नलमा यो लेख प्रकाशित भएको थियो - ब्रिटिश मेडिकल जर्नलमा । मेरो लागि एउटा असम्भव सपना साकार भएको जस्तो थियो, म जस्तोको लागि यो एउटा आशा नगरेको सफलता थियो, र यस्तो सम्मान थियो जुन मैले कहिल्यै भुल्ने छैन । तर यो नै मेरो जीवनको मुख्य स्मरणयोग्य घटना चाहि होइन । सन् १९६७ को अक्टोबर ४ मा, यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो डरले मर्नै लागेको थियो । जब ऊ स्टेजमा जानको लागि तयार हुदै थियो, उसको मुटु काप्दै थियो, उसको खुट्टा गल्दै थियो, उसले जब बोल्नको लागि मुख खोल्यो, उसका शब्दहरु नै हराए । ऊ त्यहाँ काप्दै उभिएको थियो । त्रासले अपाङ्ग जस्तो भएको थियो, डरले चिसिएको थियो । यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो चरम डरले पिडित भएको थियो । ऊ अध्यारो संग डराउथ्यो उचाईसंग डराउथ्यो, माकुरा र सर्पहरुसंग डराउथ्यो तपाईंलाइ माकुरा वा सर्पसंग डर लाग्छ ? ए, केहि हुनुहुदो र'छ.... उसलाई पानी वा सार्क संग पनि डर लाग्थ्यो डाक्टर, नर्स र दातको डाक्टरसंग डराउथ्यो घोच्ने प्वाल पार्ने तिखा बस्तुसँग डराउथ्यो तर सबभन्दा बढी ऊ - मान्छेहरु संग डराउथ्यो । त्यो डरछेरुवा, लज्जालु, र हुतिहारा केटो म नै थिए । असफलता र अस्वीकार संग मेरो डर थियो, आत्मविश्वासको कमी, सानो भइएला भन्ने डर, त्यति बेला जानकारी नै नभएको बिषय- सामाजिक सुरक्षाको चिन्ता । आवाराहरुले मलाई जिस्काउने र पिट्ने गर्थे, किन कि, म डराउथे । मलाई हास्य पात्र बनाउथे र जिस्काएर बोलाउथे र मलाई तिनीहरुको कुनै पनि खेलमा समाबेस गराउदैनथे । अ, तर एउटा खेलमा भने मलाई समाबेस गराउथे - डजबल र म खासै गतिलो खेलाडी भने थिईन । आवाराहरुले मलाई नाम काढेर बोलाउथे म तिनीहरु लाई हेर्थे र यी राता डजबलहरु जुन ध्वनि तरंग भन्दा पनि तिब्र गतिमा मेरो मुहार सामुन्ने हुदै जान्थ्यो! ब्याम ब्याम. म स्कुलबाट घर फर्किदै गरेका धेरै दिनहरु सम्झन्छु मेरो अनुहार पिडाले असहज हुन्थ्यो कान राता अनि घुनुन्न गरिराखेको हुन्थ्यो मेरा आखा आशुले भिजेका हुन्थे, तिनीहरुका शब्दले मेरो मन जलेको हुन्थ्यो । यो जस्ले भनेको भए पनि "ढुंगामुढाले मेरो हड्डी भाच्न सक्ला, तर शब्दले मलाई कहिले पिडा हुदैन" यो झुट हो । शब्दले चक्कुले झैँ काट्न सक्छ । शब्दले तरबारले झैँ छेड्न सक्छ । शब्दले निकै गहिरो घाउ बनाउन सक्छ जुन आखाले देख्न सकिन्न । हो, म डराउथे । शब्दहरु नै मेरालागि सबभन्दा ठुला शत्रु थिए । अझै पनि छन् । म संग सपनाहरु पनि थिए । म घर जान्थे र सुपरम्यानको कमिकको सहारा लिन्थे सुपरम्यानको कमिक पढ्थे र सपना सुपरम्यान जस्तै सुपरहिरो हुने कल्पना गर्थें । म सत्य र न्यायको पक्षमा लड्न चाहन्थे, दुश्मन र गुण्डाहरुसंग भिड्न चाहन्थे, सुपर हयूमन झैं संसारभर बहादुरी र अरुको जीवन रक्षा गर्न चाहन्थें मलाई वास्तविक कुराहरुमा पनि शोख थियो । म गिनिज बुक र रैप्लीको 'बिलिभ इट अर नट' पढ्ने गर्थे । तपाईंहरुले ससारको रेकर्ड राख्ने गिनिज बुक र रैप्लीको बुक पढ्नु भएको ? मलाई त्यस्ता किताब मनपर्छ ! मैंले, साधारण मान्छेका अद्भुत काम देखें र सोचें-म त्यस्तै गर्न चाहन्छु हेपाहाहरुले मलाई उनीहरुको कुनै खेलमा समाबेस गराउन्नन भने, म जादुगरी र साहसिक काम गर्नेछु । म यस्तो उल्लेखनिय काम गर्न चाहन्छु जुन ति हेपाहाहरु गर्न सक्दैनन् । म मेरो मेरो जीवनको उदेश्य जान्न चाहन्छु, म मेरो जीवनको अर्थ बुझ्न चाहन्छु । म यस्तो काम गर्न चाहन्छु जसले संसार परिवर्तन गर्न सकोस म प्रमाणित गर्न चाहन्छु कि असम्भव वास्तबमै असम्भव हुदैन । दश बर्ष पछि- मेरो २१ औ जन्मदिन भन्दा एक हप्ता अघि एकैदिन दुइटा यस्ता कुरा भए जसले मेरो जीवन सधैको लागि परिवर्तन भयो । म दक्षिण भारतको तामिलनाडुमा बस्दथे म धर्मप्रचारक थिए, र मेरो प्रशिक्षक, मेरो साथीले सोध्यो, ड्यानियल, तिमिसंग 'थ्रोम्स' छ? मैले भने, "थ्रोम्स? के हो थ्रोम्स भनेको?" उसले भन्यो - जीवनका प्रमुख उद्धेश्यहरु । सपना र उद्धेश्यको सम्मिश्रण, मानौं चाहेको सबै कुरा गर्न पाए, सोचेको सबै ठाउं पुग्न पाए चाहेको मान्छे बन्न पाए तिमि कहाँ जान्थ्यौ ? तिमि के गर्थ्यौ ? तिमि को बन्थ्यौ ? मैले भने, "म त्यस्तो गर्न सक्दिन ! मलाई डर लाग्छ, म भित्र डरको घर छ त्यो रात घरको छतमा मैले गुन्द्री लगे खुल्ला आकासमुनि सुतेर चमेराको लामखुट्टे छोप्ने चर्तिकला हेरिरहें । र मैले सोचिरहेको थिए थ्रोम्स, सपना र योजनाहरु, र ति डजबल खेल्ने हेपाहाहरुको बारेमा । केहि घण्टापछि म उठें । मेरो मुटु जोडजोडले धड्किदै थियो, घुंडा काम्दै थिए । यसपटक डरले गर्दा यस्तो भएको थिएन । मेरो पुरै शरीर कापिरहेको थियो । यसपछिका पाँच दिन मृत्युशैयामा जीवनको लागी संघर्ष गरे झैं मेरो होस हराउने र आउने भइ रह्यो १०५ को मलेरिया ज्वरोले मेरो दिमाग जलिरहेको थियो । जतिबेला म होसमा आउथे, मात्रै थ्रोम्स को बारेमा सोच्न सक्थे । मनमा प्रश्न आइरह्यो "म जीवनमा के चाहन्छु ?" अन्त्यमा, मेरो २१औ जन्मदिनको अघिल्लो रात, स्पष्टताको त्यो क्षणमा, मैले बोध गरेँ : मैले जाने कि त्यो सानो लामखुट्टे, Anopheles Stephensi, त्यो सानो लामखुट्टे जुन ५ माइक्रोग्राम भन्दा पनि सानो माखाको पित्त भन्दापनि सानो लामखुट्टेले ८० किलोको मान्छेलाइ हमला गर्न सक्छ भने- मैंले मेरो कमजोरी पत्ता लगाएँ मैले बोध गरे यो लामखुट्टे होइन, लामखुट्टे भित्रको सुक्ष्म जिवाणु Plasmodium Falciparum हो, जो बर्षमा लाखौ मानिसलाइ मार्न सक्षम छ । मलाई लाग्यो, यो त अझ सुक्ष्म छ तर मलाई त्यहि कुरा बिशाल भयो । मैले सोचे, डर नै मेरो कमजोरी हो, सुक्ष्म जीवाणु, जसले मेरो समग्र जीवनलाई नै अपांग बनाएको छ । खतरा र डर को भिन्नता थाहा छ तपाईंलाइ? खतरा वास्तविक हो । डर रोजिने कुरा हो । मैले बोध गरे कि म रोज्न सक्छु: डराएर बाच्न, र त्यो रात असफल भएर मर्न अथवा डरको हत्या गरेर, म मेरो सपना पुरा गर्न । म मेरो जीवन बाच्न सक्छु। र थाह छ! मृत्युशैयामा हुदाको कुरा अलिक फरक हुन्छ त्यो बेला तपाईं साच्ची नै जीवन जिउन चाहनुहुन्छ। मलाई बोध भो, सबैले मर्नुपर्छ, सबैले जीवन जिउन जान्दैनन् मृत्यु हुनेबेला हामि बाचीरहेका हुन्छौ थाहा छ, जब तपाई मर्न सिक्नुहुन्छ, तपाईं जिउन पनि जान्नुहुन्छ। त्यो रात मैंले आफ्नो कथा परिवर्तन गर्ने निर्णय गरें । म मर्न चाहन्न । मैले प्राथना गरे, मैले भने "भगवान, यदि मलाई मेरो २१औ जन्मदिन देख्न दियौ भने, डरले मेरो जीवन बर्बाद हुन दिने छैन । मेरो डरहरु मृत्युलाइ अर्पण गरेर, म मेरो सपनाहरु साकार पार्ने छु, मेरो स्वभाव परिवर्तन गर्न चाहन्छु, म मेरो जीवनमा केहि उत्कृष्ट कार्यहरु गर्ने छु, मेरो जीवनको अर्थ र उद्देश्य जान्न चाहन्छु, म जान्न चाहन्छु कि 'असम्भव वास्तवमै असम्भव हुदैन' म त्यो रात बाचे कि मरे, म भन्दिन त्यो तपाईंनै पत्ता लगाउनुस। (हासो) तर त्यो रात मैले १० ओटा 'थ्रोम्स' हरु बनाए: प्रमुख महादेशहरु घुम्ने, विश्वका सातै आश्चर्य भ्रमण गर्ने, र धेरै भाषाहरु सिक्ने, मरभुमी महादिपमा बस्ने, सामुद्रिक जहाजमा बस्ने, अमेजनमा आदिवासी इन्डियनहरु संग बस्ने, स्विडेनका अग्ला पहाडका चुचुरा चुम्ने, सुर्योदयमा सगरमाथा हेर्ने, नाशभिलमा संगीत व्यवसायमा काम गर्ने सर्कसमा काम गर्ने, हवाईजहाज बाट हाम फाल्ने। २० बर्षको दौरानमा मैले लगभग यी सबै थ्रोम्स हरु हासील गरिसकेको छु। जब म एउटा थ्रोम्स पुरा गर्छु, अरु ५ देखि १० ओटा थ्रोम्स थप्ने गर्छु मेरा थ्रोम्स लिस्ट अझै लामो हुदैछ। सात वर्ष मैले बहामासको सानो टापूमा बिताए, सात बर्ष जस्तो मैले खरको झुपडीमा बिताए, टापुमा एक्लै सार्क माछा मार्दै लगौटी मात्र लाएर, मैले सार्कहरु संग पौडी खेल सिके, त्यहाँबाट मेक्सिको बसाई सरे, त्यसपछि पुजो पोंगो, इक्वेडरको अमेजन नदिकिनारमा आदिबासीहरु संग बसे, बिस्तारै बिस्तारै म मा साहस थपिदै गयो। म नाशभिलको संगीत व्यवसायमा गए, र त्यसपछि स्विडेन, अनि स्टकहोममा संगीत व्यवसायमा काम गरे, जहा मैले केब्नेकेइज भन्ने पहाड चढे लाखे नाच सिके, बलहरु हातमा खेलाउन, लामो खुट्टा बनाएर हिन्न जाने एकपांग्रे साइकल चलाउन, आगो निल्न र शिशा खान सिके। १९९७ मा मैले विश्वमा दर्जन भन्दा कम तरबार निल्ने मानिस भएको सुने मैले सोचे, 'मैले त्यो गर्नु पर्छ!' मैले तरबार निल्ने मानिस लाइ भेटेर, सिकाइ मागे। उनले भने, ''म तिम्लाई दुई सुझाब दिन्छु: एक: "यो बहुतै खतरनाक हुन्छ, यो गर्दा मान्छे मरेका छन्"। दुइ: "यो काम नगर!" (हाँसो) मैले यसलाइ आफ्नो थ्रोम्सको लिस्टमा थपे। र मैले ४ वर्ष सम्म दैनिक १० देखि १२ पटकसम्म अभ्यास गरिरहे। अहिले हिसाब गर्दा ४ x ३६५ [x १२] लगभग १३००० असफल प्रयास पछि मैले सन २००१ मा पहिलो पटक मेरो घाँटीबाट तरबार छिराए । त्यो समयमा मैले एउटा थ्रोम्स थपे म विश्वका तरबार निल्नेहरु मध्यको प्रमुख बिशेषज्ञ बन्नेछु। त्यसैले मैले धेरै बुक, म्यागजिन र पत्रपत्रिकाका लेखहरु मेडिकल रिपोर्टहरु खोजि गरे, मैले शरीरका अंगहरु र यसले गर्ने कामका बारे पढे डाक्टर र नर्सहरु संग सल्लाह गरे, तरबार निल्नेहरुसंग सम्पर्क बढाएर तरबारनिल्नेहरुको अन्तरास्ट्रिय संगठन गठन गरे र तरबार निल्ने र यसको असर सम्बन्धमा मेडिकल अनुसन्धानात्मक लेख लेखे जुन ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित भएको थियो। (हाँसो) धन्यबाद। (ताली) र मैले तरबार निल्ने बारेमा निकै गजबका तथ्यहरु जाने । यस्तो कुरा जुन तपाईले जिन्दगीमा कहिले सोच्नु भएन, तर आज देखि सोच्नुहुनेछ अब घर गएर चक्कु वा तरबारले मासु काट्ने बेला तपाइले यो सोच्नु हुनेछ तरबार निल्ने काम इंडियामा करिब ४००० वर्ष अघि सुरु भएको भन्ने जाने। मैले पहिलोपटक इंडियामा नै म २० वर्षको हुदा तरबार निलेको देखेको थिए पछिल्ला १५० वर्षमा, तरबार निल्नेहरु बिज्ञान र औषधिको क्षेत्रमा प्रयोग भएका छन् । सन् १८६८ मा जर्मनीका डाक्टर एडोल्फ़ कुसमाउलले इन्डोसकोप बनाउन । सन् १९०६ मा वेल्समा निल्ने र पाचन समस्या अध्यनको लागि इलेक्टोकार्डियोग्राम बनाउन, ब्रोंकोसस्कोप बनाउन प्रयोग गरिए। पछिल्ला १५० बर्षमा हामीले, सयौ चोटपटक र दर्जनौ मृत्युको बारेमा पनि जानेका छौ ल हेर्नुस यो हो इन्डोसकोप जुन डाक्टर एडोल्फ़ कुसमाउल ले बनाउनु भाको थ्यो तर हामीले जान्यौ कि पछिल्ला १५० बर्षमा जम्मा २९ जना मारिए जसमा लण्डन का तरबारनिल्ने पनि थिए जसले तरबारले आफ्नो मुटु छेडेका थिए। प्रत्येक बर्षमा ३ देखि ८ ओटा चिन्ताजनक चोटपटक लाग्ने तथ्य पनि हामीले जान्यौ, मलाई फोन कल हरु आउछन यस बारेमा भर्खरे दुइटा घटना घटे, एउटा स्विडेनमा, अर्को ओरलान्डोमा यहि बिगत केहि हप्ता भित्र, ति तरबार निल्नेहरु अहिले हस्पिटलमा छन। त्यसैले यो अत्यन्तै खतरनाक छ। अर्को कुरा मैले जाने कि तरबार निल्न सिक्न साधारणतया २ देखि १० बर्ष सम्म लाग्न सक्छ मैले सिकेको सबभन्दा रमाइलो तथ्य चाही यो थियो कि तरबार निल्नेहरु कसरि असम्भव काम गर्न सक्छन । र म तपाईंलाइ एउटा सानो रहस्य बताउदै छु: तपाईं यो काम ९९.९% असम्भव छ भन्ने कुरामा ध्यान केन्द्रित नगर्नुहोस । बरु त्यो भएको .१% सम्भवलाइ कसरी सम्भवमा रुपान्तरण गर्ने त्यो सोच्नुहोस अब म तपाईंलाइ तरबार निल्नेहरुको मस्तिष्कको यात्रामा लैजान चाहन्छु। तरबार निल्नको लागि ठुलो तपस्या चाहिन्छ, धारिलो एकाग्रता, र अब्बल निशाना चाहिन्छ जसले शरीरका भित्रि अङ्गलाइ अलग्याएर शरीरका स्वचालित चाललाइ जितेर अतिरिक्त दिमागी प्रशिक्षण, मासपेसीको स्मरणशक्ति १०००० पटक भन्दा बढी पटक गरेका विवेकपूर्ण अभ्यास चाहिन्छ। अब म तपाईंलाइ तरबार निल्नेहरुको शरीरको भ्रमण गराउन चाहन्छु। तरबार निल्नको लागि, मैले मेरो जिब्रोमा धारलाई सुताउनु पर्छ, घाटीमा हुने स्वचालित चाललाइ दबाउनु पर्छ, र ९० डिग्री मा तरबार ठाडो पारेर घाँटी बाट भित्र छिराउदै अर्को शारीरिक स्वचाललाइ रोक्दै धार लाइ छाती भित्र भित्रै लादै फोक्सोको बीचबाट छिराउनु पर्छ र यो बेलामा, मैले मेरो मुटुलाइ हल्का धक्का दिएर छेउ लगाउनु पर्छ तपाईले ध्यान दिएर हेर्नुभो मेरो मुटुको चाल तरबारमा देख्नुहुनेछ किनकि यो मुटुसंग लगभग टासिएको हुन्छ १ इन्च को आठौ भाग भन्दा पनि कम दुरीमा यो ढाटेर ढाटीने कुरा होइन। त्यसपछि मैले यसलाई छातीको हड्डी भित्र भित्रै पेट सम्म पुर्याउनु पर्ने हुन्छ आमासयको एउटा स्वचाललाइ दबाउदै सानोआन्द्रा सुरु सम्म पुर्याउनु पर्छ सजिलै छ। (हाँसो) यो भन्दा पनि अझै भित्र प्रजनन नलि सम्म लग्नु पर्यो भने यो चाहिं तपाईंहरु पछि आफ्नो श्रीमतीलाइ सोध्नुहोस ... मान्छेहरु मलाई सोध्छन्, "आफ्नो जीवनलाइनै धरापमा राख्दै तरबार निल्न पक्कै ठुलै साहस चाहिन्छ होला " होइन! वास्तविक साहस त त्यो दुब्लो, पातलो र डरछेरुवा केटोलाइ चाहिन्छ: जसले असफलता र अश्विकृत हुने सम्भावना मुटु छाम्ने क्षमता अभिमान निल्ने हिम्मत बटुल्दै अपरीचितहरुका अगाडी यो स्टेजमा उभिएर आत्मबिस्वाशका साथ उसका डर र सपनाका गर्ने हिम्मत राख्दछ - वास्तविक र साहित्यिक रुपमा। बुझ्नु भो त- धन्यबाद। (ताली) बास्तवमै रोचक कुरो चाही मैले जिन्दगीमा सधै विशिष्ट कामगर्न चाहन्थे र अहिले गरिरहेको छु । र बास्तवमै विशिष्ट कुरो चाही मैले २१ ओटा तरबार एकै पटकमा निल्न सक्छु भन्ने कदापि होइन, अथवा रिप्लेको रेकर्डको लागि ८८ सार्क र सामुद्रिक माछासंग २० फिट मुनि बस्न सक्छु, अथवा स्टान लि को सुपरहुमन शो Man of Steel' को लागि रातो हुन्जेल तातेको तरबार निल्नु (ओहो !! त्यो त साह्रै तातो थ्यो !!) अथवा रिप्लेको अथवा गिनिजको लागि लागि तरबारले कार तान्नु, वा अमेरिका गट ट्यालेन्ट को फाइनलमा पुग्नु अथवा मेडिसिनमा २००७ को इग नोबेल प्राइज जित्नु पनि होइन । यी बास्तवमै विशिष्ट कुरा होइनन । मानिस यसैलाइ विशिष्ट कुरा ठान्छन । विशिष्ट कुरा त त्यो हो, जुन भगवानले त्यो दुब्लो पातलो डरछेरुवा केटो जो उचाई देखि डराउथ्यो, जो पानी र सार्क संग डराउथ्यो, डाक्टर नर्स र सुइ र तिखा कुरा हरु संग डराउथ्यो मान्छेसंग बोल्न डराउथ्यो अहिले उस्ले नै मलाई बिस्वभ्रमण गराउदैछन् । ३०००० फिटको उचाईमा तिखा बस्तु निल्दै, पानी मुनि सार्कहरु संग बस्दै, डाक्टर नर्स र तपाईंहरु जस्ता विश्वभरिका दर्शकसंग बोल्दै । त्यहि नै वास्तविक रुपमा सुन्दर कुरा हो । म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे । धन्यबाद| (हाँसो) धन्यबाद। (हाँसो) म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे र म अहिले गर्दैछु। म जहिले पनि विशिष्ट कुरा गर्न चाहन्थे र संसार परिवर्तन गर्न चाहन्थे। र म अहिले गर्दैछु। म सुपरहुमनले जस्तै साहसिक काम गर्दै, जीवनरक्षा गर्दै विश्व घुम्न चाहन्थे, म अहिले गर्दैछु थाहा छ? त्यो सानो केटोको ठुलो सपनाको सानो हिस्सा बाकि नै छ, यो दिलभित्र । (हाँसो) (ताली) थाहा छ, मैले मेरो जीवनको अर्थ र उदेश्य जान्न चाहन्थे र मैले अहिले जानेको छु। तर थाहा छ तपाइंलाई? यो तरबार संग होइन, जुन तपाईं ठान्नुहुन्छ, मेरो सबल पक्ष संग पनि होइन। यो बास्तवमै मेरो कमजोरीमा र मेरो शब्दमा छ। मेरो जीवनको अर्थ र उदेश्य संसारलाई परिवर्तन गर्नु हो डरलाइ पराजित गरेर, एक पटकमा एक तरबार, एक शब्द एक पटकमा एउटा चक्कु, एउटा जीवन मान्छेलाइ अभिप्रेरित गर्नको लागि असम्भव काम गराउनको लागि । मेरो उद्धेश्य अरुको मार्गदर्शन गर्नु हो तपाइको के हो ? तपाइको उद्धेश्य के हो ? तपाईं के गर्न जन्मिनु भएको हो ? मलाई लाग्छ हा मी सबै सुपरहिरो हुनका लागि आएका हौ। तपाईंको बिशेष शक्ति के हो? विश्वभरिको ७ बिलियन मान्छेहरुमा केहि दर्जन भन्दा कम तरबार निल्नेहरु आज जीवित छन । तर तपाईं त तपाईं मात्रै हो तपाईं बिल्कुल भिन्न हो। तपाईको कथा के हो ? तपाईंलाइ के ले भिन्न बनाउछ? तपाईंको कथा भन्नुस, तपाईंको आवाज सानो र मसिनो भए पनि। तपाईको थ्रोम्स के हुन्? चाहेको गर्न सक्ने र बन्न सक्ने, रोजेको ठाउँ जान पाउने भए तपाईं के गर्नु हुन्थ्यो? कहाँ जानुहुन्थ्यो? तपाईं जीवनमा के गर्न चाहनुहुन्छ? तपाईंका ठुला सपनाहरु के हुन? बाल्यकालमा सपना के के थिए? फर्केर सोच्नुस। म भन्न सक्छु,यति मात्रै त होइन, हो र? तपाईंका सन्की सपनाहरु के थिए जुन तपाइलाइ अनौठो र अमिल्दो लागेको थियो? म भन्न सक्छु, तपाईलाइ अब तपाईंका ति सपना अनौठो लाग्ने छैनन, होइन र? तपाईको तरबार के हो? तपाईंसबै संग तरबार छ, दुइ धारे तरबार, डर र सपनाको । निल्नुहोस तपाईंको तरबार, त्यो जे सुकै होस् तपाईंको सपना पछ्याउनुस, तपाईंले चाहेको मान्छे बन्न कहिले पनि ढिला हुदैन । डजबल खेल्ने ति हेपाहाहरुलाइ, र ति बालकहरु जो कहिले असम्भव काम गर्न सक्दिन भन्ने सोच्थे, तिनीहरुलाई भन्ने म संग एउटा कुरा छ: धन्यबाद । खलनायक नभए महानायक पनि हुदैन थिए । म यहाँ 'असम्भव बास्तवमै असम्भव छैन' भनेर प्रमाणित गर्न आएको हो । यो वास्तबमै खतरनाक छ, यसले मलाई मार्न पनि सक्छ । आशा छ, तपाईंलाइ मन पर्नेछ। (हासो) यो गर्नको लागि मलाई तपाईंको सहयोगको जरुरत पर्छ दर्शक: दुइ, तिन । ड्यान: हैन हैन, मलाई गन्ति गर्नको लागि सहयोग गर्नुस भनेको, सबैले, ठिक छ? (हासो) यदि तपाईंलाइ आउछ भने? ठिक छ? म संगै गन्नुस। तयार हो? एक। दुइ । तिन। होइन, बल्ल दुइ भयो, जे होस् आइडिया भो दर्शक: एक दुइ तिन (स्वास लिदै) (ताली) ड्यान: ठिक छ! (ताली) धेरै धेरै धन्यबाद। धन्यबाद, धन्यबाद, धन्यबाद। अन्तरआत्मा देखि नै धन्यबाद। बास्तबमै, मेरो पेटै देखी धन्यबाद। मैले भनेको थिएकि म यहाँ असम्भव काम गर्न आएको हु, र मैले गरे। तर यो चाही असम्भव थिएन, यो त म दिनदिनै गर्छु । तर असम्भव कुरा चै त्यो दुब्लो, पातलो, लज्जालु डरछेरुवा केटोलाइ निडर भएर TEDx को यो स्टेज मा उभिएर, संसार परिवर्तनको गर्नु हो एक पटक मा एक शब्द एकपटकमा एक तरबार , एकपटकमा एक जीवन गर्दै यदि मैले तपाईंलाइ नयाँ तरिकाले सोच्ने बनाए यदि मैले 'असम्भव बास्तवमै असम्भव छैन' भन्ने विश्वास दिलाएँ, यदि मैले तपाईपनि असम्भव गर्न सक्नुहुन्छ भन्ने अनुभूत गराऊन सकें भने मैले मेरो जिम्मेवारी पुरा गरें तपाइंको चै भर्खरै सुरु हुदैछ । सपना बुन्न नछाडनुस, विश्वास गर्न नछाडनुस। धन्यबाद मलाई विश्वास गर्नुभएकोमा र मेरो सपनाको एउटा हिस्सा बनिदिनुभएकोमा र मेरो उपहार तपाईंको लागि: असम्भव बास्तबमै असम्भव श्रोता: हुदैन । यो लामो यात्रा मेरो उपहारको एउटा पाटो (ताली) धन्यबाद। (ताली) (उठेर ताली) आयोजक: धन्यवाद ड्यान मेएर, वाऊ!