1 00:00:08,380 --> 00:00:09,561 धन्यबाद । 2 00:00:16,270 --> 00:00:21,200 भारतमा, एक जना महाराजाको जन्मोत्सवको उपलक्ष्यमा उपहार ल्याउन गाउँ प्रमुखहरुलाइ 3 00:00:21,200 --> 00:00:22,890 आदेस जारी भयो । 4 00:00:24,400 --> 00:00:28,370 कसैले सुन्दर स्लिकका कपडा ल्याए, त कसैले गज्जबका तरबारहरु ल्याए । 5 00:00:28,370 --> 00:00:29,490 कसैले सुन ल्याए । 6 00:00:29,490 --> 00:00:32,549 लाइनको लगभग अन्त्यतिर होचो कदका बृद्ध थिए । 7 00:00:32,549 --> 00:00:36,630 जो आफ्ना गाउँबाट धेरै दिनको सामुद्रिक यात्रापार गरेर त्यहाँ आइपुगेका थिए । 8 00:00:36,630 --> 00:00:41,150 उनि नजिकै पुग्दा राजकुमारले सोधे "राजाको लागि के उपहार ल्याउनु भयो ?" 9 00:00:41,457 --> 00:00:44,750 र ति वृद्धले बिस्तारै आफ्नो हात खोले र 10 00:00:44,750 --> 00:00:49,600 कलेजी र पहेलो, रातो र निलो धर्सा सहितको, शंखेकिरोको सार्है सुन्दर खोल देखाए । 11 00:00:50,160 --> 00:00:51,380 त्यो देखेर राजकुमारले भने 12 00:00:51,460 --> 00:00:54,400 "यस्तो पनि राजालाई दिने उपहार हुन्छ, के हो यो यस्तो ?" 13 00:00:54,600 --> 00:00:57,400 ती बृद्धले बिस्तारै राजकुमारलाई हेरे र भने, 14 00:00:57,590 --> 00:01:00,750 "मेरो लामो यात्रा....उपहार कै भाग हो" । 15 00:01:01,060 --> 00:01:02,560 (हाँसो) 16 00:01:02,900 --> 00:01:05,970 केहिबेरमा, म तपाईहरुलाई एउटा उपहार दिन गईरहेको छु । 17 00:01:05,970 --> 00:01:08,270 त्यस्तो उपहार जुन प्रचार गर्न योग्य छ । 18 00:01:08,290 --> 00:01:10,050 तर त्यो भन्दा पहिले, म तपाईहरुलाई 19 00:01:10,050 --> 00:01:11,960 मेरो लामो यात्रामा लैजान चाहन्छु | 20 00:01:12,160 --> 00:01:13,740 तपाईहरु जस्तै, 21 00:01:13,740 --> 00:01:15,320 सानो बच्चाबाट मेरो जीवन सुरुभयो 22 00:01:15,320 --> 00:01:17,460 तपाईंहरु कतिको जीवन बालावस्थाबाट सुरु भयो ? 23 00:01:17,460 --> 00:01:18,510 बयस्क जन्मनु भयो कि? 24 00:01:18,740 --> 00:01:20,500 भनेपछि आधाआधि जसो ?...हैन त ? 25 00:01:20,570 --> 00:01:21,590 (हाँसो) 26 00:01:21,820 --> 00:01:24,910 अनि बाकि तपाईंहरु नि? हुर्केर ठुलो भएपछि मात्रै जन्मनुभएको हो? 27 00:01:25,060 --> 00:01:27,640 तपाईंको आमाको दर्शन गर्न पाए सोध्थें - 28 00:01:27,820 --> 00:01:29,460 त्यो असम्भव कसरी सम्भव भयो भनेर ! 29 00:01:30,560 --> 00:01:34,740 सानो छदा म, असम्भव काम सम्पन्न गर्ने कुराले रोमान्चित हुने गर्थे । 30 00:01:35,620 --> 00:01:38,880 आजको यो दिनको लागि मैंले बर्षौं प्रतिक्षा गरेको छु, 31 00:01:38,880 --> 00:01:41,000 आजको यहि दिनमा म एउटा असम्भव कामलाइ 32 00:01:41,020 --> 00:01:43,620 सम्भव बनाउने प्रयत्न गर्नेछु, तपाईंकै आँखा अगाडी , 33 00:01:43,620 --> 00:01:45,460 यो TEDxMaastricht को स्टेजमा । 34 00:01:45,800 --> 00:01:48,160 म अब सुरुवात गर्दैछु 35 00:01:48,760 --> 00:01:50,880 म यसको अन्त्य कसरी गर्दैछु भन्ने सुनाएर: 36 00:01:51,220 --> 00:01:52,640 म यो पुष्टि गर्न चाहन्छु कि 37 00:01:52,640 --> 00:01:54,940 असम्भव बास्तबमै असम्भव हुदैन । 38 00:01:55,300 --> 00:01:58,210 र अन्त्यमा यस्तो उपहार दिनेछु, जो दुनियालाई भन्न लायक हुनेछ: 39 00:01:58,210 --> 00:02:01,350 म यो भन्न चाहन्छु कि तपाईंपनि जीवनमा असम्भव काम गर्न सक्नुहुन्छ । 40 00:02:02,660 --> 00:02:05,420 असम्भव कामको यात्रामा, मैंले दुइटा कुरा 41 00:02:05,420 --> 00:02:08,230 संसारभरका मानिसहरुमा समान पाएँ 42 00:02:08,230 --> 00:02:09,870 सबै जना भित्र डर छ, 43 00:02:09,870 --> 00:02:11,640 र सबैका सपनाहरु छन् । 44 00:02:12,900 --> 00:02:17,560 असम्भव काम गर्ने मेरो खोजीमा, मैले पाए- मलाई ३ कुरा 45 00:02:17,560 --> 00:02:20,100 आज सम्म मैले गर्दै आएको काममा 46 00:02:20,110 --> 00:02:23,290 असम्भव काम गर्नका लागि कारक बनेका छन् । 47 00:02:24,200 --> 00:02:26,900 डजबल, अथवा 'ट्रेफ्बल' भन्नुस । 48 00:02:27,290 --> 00:02:28,360 सुपरम्यान, 49 00:02:28,460 --> 00:02:29,460 र मच्छड । 50 00:02:29,460 --> 00:02:30,810 यी ३ मेरा प्रमुख शब्द हुन् । 51 00:02:30,810 --> 00:02:33,500 म किन असम्भव काम गर्छु भन्ने अब त बुझ्नुभयो । 52 00:02:33,610 --> 00:02:36,220 अब म तपाईलाइ मेरो लामो यात्रामा लैजान चाहन्छु 53 00:02:36,320 --> 00:02:38,680 डर देखि सपना सम्म, 54 00:02:38,740 --> 00:02:40,980 शब्द देखि शक्तिसम्म, 55 00:02:41,160 --> 00:02:42,740 डजबल देखि 56 00:02:42,850 --> 00:02:44,020 सुपरम्यानसम्म 57 00:02:44,020 --> 00:02:45,340 लामखुट्टे सम्म । 58 00:02:45,800 --> 00:02:47,360 म तपाइलाइ देखाउनेछु 59 00:02:47,360 --> 00:02:49,900 तपाईं कसरी असम्भव काम गर्न सक्नु हुन्छ । 60 00:02:52,480 --> 00:02:54,934 अक्टोबर ४, २००७ को दिन 61 00:02:55,840 --> 00:02:58,120 मेरो धड्कन बढ्दै थियो, मेरो खुट्टा काप्दै थियो, 62 00:02:58,120 --> 00:02:59,340 जब हार्वर्ड युनीभर्सिटीको 63 00:02:59,340 --> 00:03:00,930 स्यान्डरस थिएटरमा 64 00:03:01,040 --> 00:03:03,240 पहिलो पाइला हालें - 65 00:03:03,240 --> 00:03:04,640 नोबेलप्राइज् २००७ 66 00:03:04,640 --> 00:03:04,888 मेडिकल रिसर्च 67 00:03:07,186 --> 00:03:08,660 "तरबार निल्नेहरु 68 00:03:08,730 --> 00:03:11,730 र यसको हानिहरु" को सह लेखक भएर 69 00:03:11,870 --> 00:03:13,275 (हाँसो) 70 00:03:13,840 --> 00:03:17,880 मैले कहिल्यै नपढेको जर्नलमा यो लेख प्रकाशित भएको थियो - 71 00:03:18,460 --> 00:03:20,419 ब्रिटिश मेडिकल जर्नलमा । 72 00:03:21,360 --> 00:03:24,740 मेरो लागि एउटा असम्भव सपना साकार भएको जस्तो थियो, 73 00:03:24,900 --> 00:03:28,120 म जस्तोको लागि यो एउटा आशा नगरेको सफलता थियो, 74 00:03:28,130 --> 00:03:31,459 र यस्तो सम्मान थियो जुन मैले कहिल्यै भुल्ने छैन । 75 00:03:31,459 --> 00:03:34,539 तर यो नै मेरो जीवनको मुख्य स्मरणयोग्य घटना चाहि होइन । 76 00:03:35,540 --> 00:03:37,640 सन् १९६७ को अक्टोबर ४ मा, 77 00:03:38,020 --> 00:03:40,260 यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो 78 00:03:41,100 --> 00:03:43,120 डरले मर्नै लागेको थियो । 79 00:03:43,460 --> 00:03:45,579 जब ऊ स्टेजमा जानको लागि तयार हुदै थियो, 80 00:03:45,579 --> 00:03:47,234 उसको मुटु काप्दै थियो, 81 00:03:47,500 --> 00:03:49,162 उसको खुट्टा गल्दै थियो, 82 00:03:49,780 --> 00:03:52,120 उसले जब बोल्नको लागि मुख खोल्यो, 83 00:03:56,490 --> 00:03:58,130 उसका शब्दहरु नै हराए । 84 00:03:58,130 --> 00:04:00,040 ऊ त्यहाँ काप्दै उभिएको थियो । 85 00:04:00,630 --> 00:04:02,360 त्रासले अपाङ्ग जस्तो भएको थियो, 86 00:04:02,360 --> 00:04:03,760 डरले चिसिएको थियो । 87 00:04:03,960 --> 00:04:06,130 यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो 88 00:04:06,130 --> 00:04:08,142 चरम डरले पिडित भएको थियो । 89 00:04:08,649 --> 00:04:10,330 ऊ अध्यारो संग डराउथ्यो 90 00:04:10,520 --> 00:04:11,640 उचाईसंग डराउथ्यो, 91 00:04:11,640 --> 00:04:13,040 माकुरा र सर्पहरुसंग डराउथ्यो 92 00:04:13,040 --> 00:04:15,140 तपाईंलाइ माकुरा वा सर्पसंग डर लाग्छ ? 93 00:04:15,280 --> 00:04:16,660 ए, केहि हुनुहुदो र'छ.... 94 00:04:16,660 --> 00:04:19,079 उसलाई पानी वा सार्क संग पनि डर लाग्थ्यो 95 00:04:19,079 --> 00:04:21,939 डाक्टर, नर्स र दातको डाक्टरसंग डराउथ्यो 96 00:04:21,939 --> 00:04:24,680 घोच्ने प्वाल पार्ने तिखा बस्तुसँग डराउथ्यो 97 00:04:24,680 --> 00:04:27,380 तर सबभन्दा बढी ऊ - मान्छेहरु संग 98 00:04:27,470 --> 00:04:28,470 डराउथ्यो । 99 00:04:29,380 --> 00:04:31,530 त्यो डरछेरुवा, लज्जालु, र हुतिहारा केटो 100 00:04:31,540 --> 00:04:32,570 म नै थिए । 101 00:04:33,320 --> 00:04:35,997 असफलता र अस्वीकार संग मेरो डर थियो, 102 00:04:37,300 --> 00:04:39,520 आत्मविश्वासको कमी, सानो भइएला भन्ने डर, 103 00:04:39,520 --> 00:04:42,840 त्यति बेला जानकारी नै नभएको बिषय- 104 00:04:42,840 --> 00:04:44,660 सामाजिक सुरक्षाको चिन्ता । 105 00:04:44,955 --> 00:04:48,610 आवाराहरुले मलाई जिस्काउने र पिट्ने गर्थे, किन कि, म डराउथे । 106 00:04:48,610 --> 00:04:52,240 मलाई हास्य पात्र बनाउथे र जिस्काएर बोलाउथे र मलाई तिनीहरुको कुनै पनि खेलमा 107 00:04:52,300 --> 00:04:54,260 समाबेस गराउदैनथे । 108 00:04:55,020 --> 00:04:58,056 अ, तर एउटा खेलमा भने मलाई समाबेस गराउथे - 109 00:04:58,100 --> 00:04:59,427 डजबल 110 00:04:59,500 --> 00:05:01,443 र म खासै गतिलो खेलाडी भने थिईन । 111 00:05:01,760 --> 00:05:03,500 आवाराहरुले मलाई नाम काढेर बोलाउथे 112 00:05:03,500 --> 00:05:05,970 म तिनीहरु लाई हेर्थे र यी राता डजबलहरु जुन ध्वनि 113 00:05:05,970 --> 00:05:08,200 तरंग भन्दा पनि तिब्र गतिमा मेरो मुहार 114 00:05:08,210 --> 00:05:09,950 सामुन्ने हुदै जान्थ्यो! ब्याम ब्याम. 115 00:05:10,580 --> 00:05:13,220 म स्कुलबाट घर फर्किदै गरेका धेरै दिनहरु सम्झन्छु 116 00:05:13,300 --> 00:05:18,180 मेरो अनुहार पिडाले असहज हुन्थ्यो कान राता अनि घुनुन्न गरिराखेको हुन्थ्यो 117 00:05:18,180 --> 00:05:21,140 मेरा आखा आशुले भिजेका हुन्थे, 118 00:05:21,180 --> 00:05:23,515 तिनीहरुका शब्दले मेरो मन जलेको हुन्थ्यो । 119 00:05:23,740 --> 00:05:25,000 यो जस्ले भनेको भए पनि 120 00:05:25,020 --> 00:05:28,660 "ढुंगामुढाले मेरो हड्डी भाच्न सक्ला, तर शब्दले मलाई कहिले पिडा हुदैन" 121 00:05:28,880 --> 00:05:30,131 यो झुट हो । 122 00:05:30,310 --> 00:05:31,980 शब्दले चक्कुले झैँ काट्न सक्छ । 123 00:05:31,980 --> 00:05:34,030 शब्दले तरबारले झैँ छेड्न सक्छ । 124 00:05:34,210 --> 00:05:36,040 शब्दले निकै गहिरो घाउ बनाउन सक्छ 125 00:05:36,040 --> 00:05:37,780 जुन आखाले देख्न सकिन्न । 126 00:05:38,150 --> 00:05:41,070 हो, म डराउथे । शब्दहरु नै मेरालागि सबभन्दा ठुला शत्रु थिए । 127 00:05:41,260 --> 00:05:42,491 अझै पनि छन् । 128 00:05:43,355 --> 00:05:45,300 म संग सपनाहरु पनि थिए । 129 00:05:45,300 --> 00:05:47,980 म घर जान्थे र सुपरम्यानको कमिकको सहारा लिन्थे 130 00:05:47,980 --> 00:05:49,774 सुपरम्यानको कमिक पढ्थे र 131 00:05:49,774 --> 00:05:53,440 सपना सुपरम्यान जस्तै सुपरहिरो हुने कल्पना गर्थें । 132 00:05:53,480 --> 00:05:56,240 म सत्य र न्यायको पक्षमा लड्न चाहन्थे, 133 00:05:56,240 --> 00:05:58,680 दुश्मन र गुण्डाहरुसंग भिड्न चाहन्थे, 134 00:05:58,680 --> 00:06:02,895 सुपर हयूमन झैं संसारभर बहादुरी र अरुको जीवन रक्षा गर्न चाहन्थें 135 00:06:03,400 --> 00:06:05,850 मलाई वास्तविक कुराहरुमा पनि शोख थियो । 136 00:06:05,860 --> 00:06:09,460 म गिनिज बुक र रैप्लीको 'बिलिभ इट अर नट' पढ्ने गर्थे । 137 00:06:09,460 --> 00:06:13,080 तपाईंहरुले ससारको रेकर्ड राख्ने गिनिज बुक र रैप्लीको बुक पढ्नु भएको ? 138 00:06:13,100 --> 00:06:14,390 मलाई त्यस्ता किताब मनपर्छ ! 139 00:06:14,390 --> 00:06:16,270 मैंले, साधारण मान्छेका अद्भुत काम देखें 140 00:06:16,270 --> 00:06:17,790 र सोचें-म त्यस्तै गर्न चाहन्छु 141 00:06:17,790 --> 00:06:19,330 हेपाहाहरुले मलाई उनीहरुको 142 00:06:19,330 --> 00:06:21,030 कुनै खेलमा समाबेस गराउन्नन भने, 143 00:06:21,030 --> 00:06:23,335 म जादुगरी र साहसिक काम गर्नेछु । 144 00:06:23,335 --> 00:06:26,659 म यस्तो उल्लेखनिय काम गर्न चाहन्छु जुन ति हेपाहाहरु गर्न सक्दैनन् । 145 00:06:26,659 --> 00:06:28,609 म मेरो मेरो जीवनको उदेश्य जान्न चाहन्छु, 146 00:06:28,609 --> 00:06:30,729 म मेरो जीवनको अर्थ बुझ्न चाहन्छु । 147 00:06:30,729 --> 00:06:33,320 म यस्तो काम गर्न चाहन्छु जसले संसार परिवर्तन गर्न सकोस 148 00:06:33,320 --> 00:06:36,960 म प्रमाणित गर्न चाहन्छु कि असम्भव वास्तबमै असम्भव हुदैन । 149 00:06:38,340 --> 00:06:40,240 दश बर्ष पछि- 150 00:06:40,240 --> 00:06:42,706 मेरो २१ औ जन्मदिन भन्दा एक हप्ता अघि 151 00:06:42,819 --> 00:06:46,799 एकैदिन दुइटा यस्ता कुरा भए जसले मेरो जीवन सधैको लागि परिवर्तन भयो । 152 00:06:47,040 --> 00:06:49,391 म दक्षिण भारतको तामिलनाडुमा बस्दथे 153 00:06:49,540 --> 00:06:51,020 म धर्मप्रचारक थिए, 154 00:06:51,020 --> 00:06:53,090 र मेरो प्रशिक्षक, मेरो साथीले सोध्यो, 155 00:06:53,090 --> 00:06:54,720 ड्यानियल, तिमिसंग 'थ्रोम्स' छ? 156 00:06:54,720 --> 00:06:57,440 मैले भने, "थ्रोम्स? के हो थ्रोम्स भनेको?" 157 00:06:57,440 --> 00:07:00,490 उसले भन्यो - जीवनका प्रमुख उद्धेश्यहरु । 158 00:07:00,490 --> 00:07:04,630 सपना र उद्धेश्यको सम्मिश्रण, मानौं 159 00:07:04,630 --> 00:07:07,240 चाहेको सबै कुरा गर्न पाए, सोचेको सबै ठाउं पुग्न पाए 160 00:07:07,240 --> 00:07:08,479 चाहेको मान्छे बन्न पाए 161 00:07:08,479 --> 00:07:10,356 तिमि कहाँ जान्थ्यौ ? तिमि के गर्थ्यौ ? 162 00:07:10,356 --> 00:07:11,280 तिमि को बन्थ्यौ ? 163 00:07:11,280 --> 00:07:14,500 मैले भने, "म त्यस्तो गर्न सक्दिन ! मलाई डर लाग्छ, म भित्र डरको घर छ 164 00:07:14,500 --> 00:07:17,800 त्यो रात घरको छतमा मैले गुन्द्री लगे 165 00:07:17,810 --> 00:07:19,259 खुल्ला आकासमुनि सुतेर 166 00:07:19,259 --> 00:07:21,869 चमेराको लामखुट्टे छोप्ने चर्तिकला हेरिरहें । 167 00:07:21,869 --> 00:07:26,200 र मैले सोचिरहेको थिए थ्रोम्स, सपना र योजनाहरु, 168 00:07:26,200 --> 00:07:28,360 र ति डजबल खेल्ने हेपाहाहरुको बारेमा । 169 00:07:28,760 --> 00:07:30,730 केहि घण्टापछि म उठें । 170 00:07:31,220 --> 00:07:33,940 मेरो मुटु जोडजोडले धड्किदै थियो, घुंडा काम्दै थिए । 171 00:07:34,080 --> 00:07:36,020 यसपटक डरले गर्दा यस्तो भएको थिएन । 172 00:07:36,420 --> 00:07:38,395 मेरो पुरै शरीर कापिरहेको थियो । 173 00:07:38,500 --> 00:07:40,180 यसपछिका पाँच दिन 174 00:07:40,330 --> 00:07:44,199 मृत्युशैयामा जीवनको लागी संघर्ष गरे झैं मेरो होस हराउने र आउने भइ रह्यो 175 00:07:44,199 --> 00:07:48,239 १०५ को मलेरिया ज्वरोले मेरो दिमाग जलिरहेको थियो । 176 00:07:48,390 --> 00:07:51,600 जतिबेला म होसमा आउथे, मात्रै थ्रोम्स को बारेमा सोच्न सक्थे । 177 00:07:51,600 --> 00:07:53,820 मनमा प्रश्न आइरह्यो "म जीवनमा के चाहन्छु ?" 178 00:07:53,950 --> 00:07:56,380 अन्त्यमा, मेरो २१औ जन्मदिनको अघिल्लो रात, 179 00:07:56,380 --> 00:07:58,030 स्पष्टताको त्यो क्षणमा, 180 00:07:58,030 --> 00:07:59,639 मैले बोध गरेँ : 181 00:07:59,639 --> 00:08:02,100 मैले जाने कि त्यो सानो लामखुट्टे, 182 00:08:02,620 --> 00:08:05,020 Anopheles Stephensi, 183 00:08:05,280 --> 00:08:06,610 त्यो सानो लामखुट्टे 184 00:08:06,610 --> 00:08:08,390 जुन ५ माइक्रोग्राम भन्दा पनि सानो 185 00:08:08,390 --> 00:08:09,810 माखाको पित्त भन्दापनि सानो 186 00:08:09,810 --> 00:08:12,780 लामखुट्टेले ८० किलोको मान्छेलाइ हमला गर्न सक्छ भने- 187 00:08:12,780 --> 00:08:14,860 मैंले मेरो कमजोरी पत्ता लगाएँ 188 00:08:14,860 --> 00:08:17,150 मैले बोध गरे यो लामखुट्टे होइन, 189 00:08:17,150 --> 00:08:19,480 लामखुट्टे भित्रको सुक्ष्म जिवाणु 190 00:08:19,480 --> 00:08:23,160 Plasmodium Falciparum हो, जो बर्षमा लाखौ मानिसलाइ मार्न सक्षम छ । 191 00:08:23,509 --> 00:08:25,999 मलाई लाग्यो, यो त अझ सुक्ष्म छ 192 00:08:25,999 --> 00:08:28,550 तर मलाई त्यहि कुरा बिशाल भयो । 193 00:08:28,550 --> 00:08:29,640 मैले सोचे, 194 00:08:29,640 --> 00:08:31,270 डर नै मेरो कमजोरी हो, 195 00:08:31,270 --> 00:08:32,140 सुक्ष्म जीवाणु, 196 00:08:32,140 --> 00:08:34,990 जसले मेरो समग्र जीवनलाई नै अपांग बनाएको छ । 197 00:08:35,200 --> 00:08:38,080 खतरा र डर को भिन्नता थाहा छ तपाईंलाइ? 198 00:08:38,109 --> 00:08:39,699 खतरा वास्तविक हो । 199 00:08:39,990 --> 00:08:42,010 डर रोजिने कुरा हो । 200 00:08:42,080 --> 00:08:44,309 मैले बोध गरे कि म रोज्न सक्छु: 201 00:08:44,309 --> 00:08:48,180 डराएर बाच्न, र त्यो रात असफल भएर मर्न 202 00:08:49,070 --> 00:08:52,080 अथवा डरको हत्या गरेर, म मेरो सपना पुरा गर्न । 203 00:08:52,080 --> 00:08:56,060 म मेरो जीवन बाच्न सक्छु। 204 00:08:56,680 --> 00:08:59,560 र थाह छ! मृत्युशैयामा हुदाको कुरा अलिक फरक हुन्छ 205 00:08:59,560 --> 00:09:04,080 त्यो बेला तपाईं साच्ची नै जीवन जिउन चाहनुहुन्छ। 206 00:09:04,180 --> 00:09:07,140 मलाई बोध भो, सबैले मर्नुपर्छ, सबैले जीवन जिउन जान्दैनन् 207 00:09:08,040 --> 00:09:09,890 मृत्यु हुनेबेला हामि बाचीरहेका हुन्छौ 208 00:09:09,890 --> 00:09:11,580 थाहा छ, जब तपाई मर्न सिक्नुहुन्छ, 209 00:09:11,580 --> 00:09:13,070 तपाईं जिउन पनि जान्नुहुन्छ। 210 00:09:13,070 --> 00:09:15,140 त्यो रात मैंले आफ्नो कथा परिवर्तन गर्ने 211 00:09:15,140 --> 00:09:16,420 निर्णय गरें । 212 00:09:16,915 --> 00:09:18,230 म मर्न चाहन्न । 213 00:09:18,230 --> 00:09:20,010 मैले प्राथना गरे, मैले भने 214 00:09:20,010 --> 00:09:22,230 "भगवान, यदि मलाई मेरो २१औ जन्मदिन देख्न दियौ भने, 215 00:09:22,230 --> 00:09:24,544 डरले मेरो जीवन बर्बाद हुन दिने छैन । 216 00:09:24,670 --> 00:09:26,520 मेरो डरहरु मृत्युलाइ अर्पण गरेर, 217 00:09:26,520 --> 00:09:29,530 म मेरो सपनाहरु साकार पार्ने छु, 218 00:09:29,530 --> 00:09:31,270 मेरो स्वभाव परिवर्तन गर्न चाहन्छु, 219 00:09:31,270 --> 00:09:33,540 म मेरो जीवनमा केहि उत्कृष्ट कार्यहरु गर्ने छु, 220 00:09:33,540 --> 00:09:35,550 मेरो जीवनको अर्थ र उद्देश्य जान्न चाहन्छु, 221 00:09:35,550 --> 00:09:38,632 म जान्न चाहन्छु कि 'असम्भव वास्तवमै असम्भव हुदैन' 222 00:09:38,780 --> 00:09:42,820 म त्यो रात बाचे कि मरे, म भन्दिन त्यो तपाईंनै पत्ता लगाउनुस। 223 00:09:42,850 --> 00:09:43,978 (हासो) 224 00:09:43,978 --> 00:09:47,100 तर त्यो रात मैले १० ओटा 'थ्रोम्स' हरु बनाए: 225 00:09:47,100 --> 00:09:50,210 प्रमुख महादेशहरु घुम्ने, 226 00:09:50,210 --> 00:09:51,820 विश्वका सातै आश्चर्य भ्रमण गर्ने, 227 00:09:51,820 --> 00:09:53,410 र धेरै भाषाहरु सिक्ने, 228 00:09:53,410 --> 00:09:54,940 मरभुमी महादिपमा बस्ने, 229 00:09:54,940 --> 00:09:56,480 सामुद्रिक जहाजमा बस्ने, 230 00:09:56,480 --> 00:09:58,650 अमेजनमा आदिवासी इन्डियनहरु संग बस्ने, 231 00:09:58,650 --> 00:10:01,210 स्विडेनका अग्ला पहाडका चुचुरा चुम्ने, 232 00:10:01,210 --> 00:10:03,180 सुर्योदयमा सगरमाथा हेर्ने, 233 00:10:03,190 --> 00:10:05,390 नाशभिलमा संगीत व्यवसायमा काम गर्ने 234 00:10:05,400 --> 00:10:07,060 सर्कसमा काम गर्ने, 235 00:10:07,080 --> 00:10:09,120 हवाईजहाज बाट हाम फाल्ने। 236 00:10:09,120 --> 00:10:12,380 २० बर्षको दौरानमा मैले लगभग यी सबै थ्रोम्स हरु हासील गरिसकेको छु। 237 00:10:12,410 --> 00:10:14,650 जब म एउटा थ्रोम्स पुरा गर्छु, 238 00:10:14,650 --> 00:10:18,190 अरु ५ देखि १० ओटा थ्रोम्स थप्ने गर्छु मेरा थ्रोम्स लिस्ट अझै लामो हुदैछ। 239 00:10:18,800 --> 00:10:23,280 सात वर्ष मैले बहामासको सानो टापूमा बिताए, 240 00:10:23,320 --> 00:10:25,360 सात बर्ष जस्तो मैले 241 00:10:25,370 --> 00:10:27,274 खरको झुपडीमा बिताए, 242 00:10:29,480 --> 00:10:33,820 टापुमा एक्लै सार्क माछा मार्दै 243 00:10:33,820 --> 00:10:36,249 लगौटी मात्र लाएर, 244 00:10:36,680 --> 00:10:39,160 मैले सार्कहरु संग पौडी खेल सिके, 245 00:10:39,160 --> 00:10:40,980 त्यहाँबाट मेक्सिको बसाई सरे, 246 00:10:40,980 --> 00:10:45,000 त्यसपछि पुजो पोंगो, इक्वेडरको अमेजन नदिकिनारमा 247 00:10:45,241 --> 00:10:48,100 आदिबासीहरु संग बसे, 248 00:10:48,100 --> 00:10:52,180 बिस्तारै बिस्तारै म मा साहस थपिदै गयो। 249 00:10:52,180 --> 00:10:55,100 म नाशभिलको संगीत व्यवसायमा गए, र त्यसपछि स्विडेन, 250 00:10:55,110 --> 00:10:57,870 अनि स्टकहोममा संगीत व्यवसायमा काम गरे, 251 00:10:57,870 --> 00:11:01,920 जहा मैले केब्नेकेइज भन्ने पहाड चढे 252 00:11:03,300 --> 00:11:04,750 लाखे नाच सिके, 253 00:11:04,750 --> 00:11:05,860 बलहरु हातमा खेलाउन, 254 00:11:05,860 --> 00:11:07,480 लामो खुट्टा बनाएर हिन्न जाने 255 00:11:07,480 --> 00:11:10,440 एकपांग्रे साइकल चलाउन, आगो निल्न र शिशा खान सिके। 256 00:11:10,450 --> 00:11:13,620 १९९७ मा मैले विश्वमा दर्जन भन्दा कम तरबार निल्ने मानिस भएको सुने 257 00:11:13,620 --> 00:11:15,410 मैले सोचे, 'मैले त्यो गर्नु पर्छ!' 258 00:11:15,420 --> 00:11:18,290 मैले तरबार निल्ने मानिस लाइ भेटेर, सिकाइ मागे। 259 00:11:18,290 --> 00:11:20,190 उनले भने, ''म तिम्लाई दुई सुझाब दिन्छु: 260 00:11:20,190 --> 00:11:21,926 एक: "यो बहुतै खतरनाक हुन्छ, 261 00:11:21,926 --> 00:11:23,948 यो गर्दा मान्छे मरेका छन्"। 262 00:11:23,948 --> 00:11:24,953 दुइ: 263 00:11:24,953 --> 00:11:26,206 "यो काम नगर!" 264 00:11:26,206 --> 00:11:27,520 (हाँसो) 265 00:11:27,540 --> 00:11:29,540 मैले यसलाइ आफ्नो थ्रोम्सको लिस्टमा थपे। 266 00:11:30,440 --> 00:11:33,320 र मैले ४ वर्ष सम्म दैनिक १० देखि १२ पटकसम्म 267 00:11:33,660 --> 00:11:35,160 अभ्यास गरिरहे। 268 00:11:35,209 --> 00:11:36,709 अहिले हिसाब गर्दा 269 00:11:36,709 --> 00:11:40,020 ४ x ३६५ [x १२] 270 00:11:40,020 --> 00:11:42,660 लगभग १३००० असफल प्रयास पछि 271 00:11:42,660 --> 00:11:45,420 मैले सन २००१ मा पहिलो पटक मेरो घाँटीबाट तरबार छिराए । 272 00:11:46,002 --> 00:11:47,630 त्यो समयमा मैले एउटा थ्रोम्स थपे 273 00:11:47,630 --> 00:11:50,940 म विश्वका तरबार निल्नेहरु मध्यको प्रमुख बिशेषज्ञ बन्नेछु। 274 00:11:50,970 --> 00:11:53,820 त्यसैले मैले धेरै बुक, म्यागजिन र पत्रपत्रिकाका लेखहरु 275 00:11:53,820 --> 00:11:57,670 मेडिकल रिपोर्टहरु खोजि गरे, मैले शरीरका अंगहरु र यसले गर्ने कामका बारे पढे 276 00:11:57,676 --> 00:11:59,719 डाक्टर र नर्सहरु संग सल्लाह गरे, 277 00:11:59,719 --> 00:12:01,760 तरबार निल्नेहरुसंग सम्पर्क बढाएर 278 00:12:01,760 --> 00:12:04,250 तरबारनिल्नेहरुको अन्तरास्ट्रिय संगठन गठन गरे 279 00:12:04,250 --> 00:12:06,450 र तरबार निल्ने र यसको असर सम्बन्धमा 280 00:12:06,450 --> 00:12:08,580 मेडिकल अनुसन्धानात्मक लेख लेखे 281 00:12:08,580 --> 00:12:10,980 जुन ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित भएको थियो। 282 00:12:10,980 --> 00:12:11,840 (हाँसो) 283 00:12:11,840 --> 00:12:12,940 धन्यबाद। 284 00:12:12,960 --> 00:12:17,748 (ताली) 285 00:12:18,200 --> 00:12:21,570 र मैले तरबार निल्ने बारेमा निकै गजबका तथ्यहरु जाने । 286 00:12:21,571 --> 00:12:25,260 यस्तो कुरा जुन तपाईले जिन्दगीमा कहिले सोच्नु भएन, तर आज देखि सोच्नुहुनेछ 287 00:12:25,260 --> 00:12:28,550 अब घर गएर चक्कु वा तरबारले मासु 288 00:12:28,550 --> 00:12:31,759 काट्ने बेला तपाइले यो सोच्नु हुनेछ 289 00:12:34,257 --> 00:12:36,589 तरबार निल्ने काम इंडियामा करिब ४००० वर्ष अघि 290 00:12:36,589 --> 00:12:39,889 सुरु भएको भन्ने जाने। मैले पहिलोपटक इंडियामा नै 291 00:12:39,889 --> 00:12:42,290 म २० वर्षको हुदा तरबार निलेको देखेको थिए 292 00:12:42,290 --> 00:12:45,580 पछिल्ला १५० वर्षमा, तरबार निल्नेहरु 293 00:12:45,590 --> 00:12:47,400 बिज्ञान र औषधिको क्षेत्रमा प्रयोग भएका 294 00:12:47,480 --> 00:12:51,160 छन् । सन् १८६८ मा जर्मनीका डाक्टर एडोल्फ़ कुसमाउलले 295 00:12:51,160 --> 00:12:53,820 इन्डोसकोप बनाउन । 296 00:12:53,880 --> 00:12:56,639 सन् १९०६ मा वेल्समा निल्ने र पाचन समस्या 297 00:12:56,639 --> 00:13:00,240 अध्यनको लागि इलेक्टोकार्डियोग्राम बनाउन, 298 00:13:00,240 --> 00:13:01,860 ब्रोंकोसस्कोप बनाउन प्रयोग गरिए। 299 00:13:01,860 --> 00:13:03,840 पछिल्ला १५० बर्षमा हामीले, 300 00:13:03,840 --> 00:13:07,860 सयौ चोटपटक र दर्जनौ मृत्युको बारेमा पनि जानेका छौ 301 00:13:07,880 --> 00:13:14,560 ल हेर्नुस यो हो इन्डोसकोप जुन डाक्टर एडोल्फ़ कुसमाउल ले बनाउनु भाको थ्यो 302 00:13:14,740 --> 00:13:18,679 तर हामीले जान्यौ कि पछिल्ला १५० बर्षमा जम्मा २९ जना मारिए 303 00:13:18,679 --> 00:13:22,462 जसमा लण्डन का तरबारनिल्ने पनि थिए जसले तरबारले आफ्नो मुटु छेडेका थिए। 304 00:13:23,142 --> 00:13:25,340 प्रत्येक बर्षमा ३ देखि ८ ओटा चिन्ताजनक 305 00:13:25,340 --> 00:13:27,780 चोटपटक लाग्ने तथ्य पनि हामीले जान्यौ, 306 00:13:27,780 --> 00:13:29,880 मलाई फोन कल हरु आउछन यस बारेमा 307 00:13:29,880 --> 00:13:31,150 भर्खरे दुइटा घटना घटे, 308 00:13:31,150 --> 00:13:34,320 एउटा स्विडेनमा, अर्को ओरलान्डोमा यहि बिगत केहि हप्ता भित्र, 309 00:13:34,320 --> 00:13:37,019 ति तरबार निल्नेहरु अहिले हस्पिटलमा छन। 310 00:13:37,019 --> 00:13:38,769 त्यसैले यो अत्यन्तै खतरनाक छ। 311 00:13:38,769 --> 00:13:41,629 अर्को कुरा मैले जाने कि तरबार निल्न सिक्न 312 00:13:41,629 --> 00:13:44,320 साधारणतया २ देखि १० बर्ष 313 00:13:44,320 --> 00:13:45,610 सम्म लाग्न सक्छ 314 00:13:45,610 --> 00:13:48,020 मैले सिकेको सबभन्दा रमाइलो तथ्य चाही यो थियो कि 315 00:13:48,020 --> 00:13:51,360 तरबार निल्नेहरु कसरि असम्भव काम गर्न सक्छन । 316 00:13:51,460 --> 00:13:53,460 र म तपाईंलाइ एउटा सानो रहस्य बताउदै छु: 317 00:13:53,520 --> 00:13:57,580 तपाईं यो काम ९९.९% असम्भव छ भन्ने कुरामा ध्यान केन्द्रित नगर्नुहोस । 318 00:13:57,580 --> 00:14:02,030 बरु त्यो भएको .१% सम्भवलाइ कसरी सम्भवमा रुपान्तरण गर्ने त्यो सोच्नुहोस 319 00:14:02,817 --> 00:14:06,140 अब म तपाईंलाइ तरबार निल्नेहरुको मस्तिष्कको यात्रामा लैजान चाहन्छु। 320 00:14:06,140 --> 00:14:09,479 तरबार निल्नको लागि ठुलो तपस्या चाहिन्छ, 321 00:14:09,479 --> 00:14:12,270 धारिलो एकाग्रता, र अब्बल निशाना चाहिन्छ जसले 322 00:14:12,270 --> 00:14:15,670 शरीरका भित्रि अङ्गलाइ अलग्याएर शरीरका स्वचालित चाललाइ जितेर 323 00:14:15,710 --> 00:14:20,370 अतिरिक्त दिमागी प्रशिक्षण, मासपेसीको स्मरणशक्ति 324 00:14:20,450 --> 00:14:23,720 १०००० पटक भन्दा बढी पटक गरेका विवेकपूर्ण अभ्यास चाहिन्छ। 325 00:14:24,020 --> 00:14:28,090 अब म तपाईंलाइ तरबार निल्नेहरुको शरीरको भ्रमण गराउन चाहन्छु। 326 00:14:28,310 --> 00:14:30,130 तरबार निल्नको लागि, 327 00:14:30,130 --> 00:14:32,250 मैले मेरो जिब्रोमा धारलाई सुताउनु पर्छ, 328 00:14:32,250 --> 00:14:34,780 घाटीमा हुने स्वचालित चाललाइ दबाउनु पर्छ, 329 00:14:34,780 --> 00:14:37,740 र ९० डिग्री मा तरबार ठाडो पारेर 330 00:14:38,240 --> 00:14:41,040 घाँटी बाट भित्र छिराउदै 331 00:14:41,060 --> 00:14:42,600 अर्को शारीरिक स्वचाललाइ रोक्दै 332 00:14:42,600 --> 00:14:44,380 धार लाइ छाती भित्र भित्रै लादै 333 00:14:44,380 --> 00:14:45,960 फोक्सोको बीचबाट छिराउनु पर्छ 334 00:14:46,080 --> 00:14:48,349 र यो बेलामा, मैले मेरो मुटुलाइ 335 00:14:48,399 --> 00:14:50,389 हल्का धक्का दिएर छेउ लगाउनु पर्छ 336 00:14:50,389 --> 00:14:51,720 तपाईले ध्यान दिएर हेर्नुभो 337 00:14:51,720 --> 00:14:53,580 मेरो मुटुको चाल तरबारमा देख्नुहुनेछ 338 00:14:53,580 --> 00:14:55,339 किनकि यो मुटुसंग लगभग टासिएको हुन्छ 339 00:14:55,339 --> 00:14:58,299 १ इन्च को आठौ भाग भन्दा पनि कम दुरीमा 340 00:14:58,299 --> 00:15:00,140 यो ढाटेर ढाटीने कुरा होइन। 341 00:15:00,320 --> 00:15:02,480 त्यसपछि मैले यसलाई छातीको हड्डी भित्र भित्रै 342 00:15:02,480 --> 00:15:05,250 पेट सम्म पुर्याउनु पर्ने हुन्छ 343 00:15:05,250 --> 00:15:08,680 आमासयको एउटा स्वचाललाइ दबाउदै सानोआन्द्रा सुरु सम्म पुर्याउनु पर्छ 344 00:15:08,680 --> 00:15:09,750 सजिलै छ। 345 00:15:09,750 --> 00:15:10,930 (हाँसो) 346 00:15:10,930 --> 00:15:12,880 यो भन्दा पनि अझै भित्र 347 00:15:12,880 --> 00:15:17,720 प्रजनन नलि सम्म लग्नु पर्यो भने 348 00:15:17,720 --> 00:15:20,980 यो चाहिं तपाईंहरु पछि आफ्नो श्रीमतीलाइ सोध्नुहोस ... 349 00:15:22,160 --> 00:15:23,900 मान्छेहरु मलाई सोध्छन्, 350 00:15:23,900 --> 00:15:26,740 "आफ्नो जीवनलाइनै धरापमा राख्दै 351 00:15:26,740 --> 00:15:28,800 तरबार निल्न पक्कै ठुलै साहस चाहिन्छ होला " 352 00:15:28,800 --> 00:15:30,500 होइन! वास्तविक साहस त 353 00:15:30,500 --> 00:15:33,020 त्यो दुब्लो, पातलो र डरछेरुवा केटोलाइ चाहिन्छ: जसले 354 00:15:33,080 --> 00:15:35,620 असफलता र अश्विकृत हुने सम्भावना 355 00:15:35,620 --> 00:15:37,040 मुटु छाम्ने क्षमता 356 00:15:37,040 --> 00:15:38,240 अभिमान निल्ने हिम्मत 357 00:15:38,240 --> 00:15:41,060 बटुल्दै अपरीचितहरुका अगाडी यो स्टेजमा उभिएर 358 00:15:41,060 --> 00:15:43,670 आत्मबिस्वाशका साथ उसका डर र सपनाका 359 00:15:43,680 --> 00:15:47,580 गर्ने हिम्मत राख्दछ - वास्तविक र साहित्यिक रुपमा। 360 00:15:48,280 --> 00:15:49,450 बुझ्नु भो त- धन्यबाद। 361 00:15:49,450 --> 00:15:53,720 (ताली) 362 00:15:53,850 --> 00:15:56,250 बास्तवमै रोचक कुरो चाही 363 00:15:56,250 --> 00:15:58,650 मैले जिन्दगीमा सधै विशिष्ट कामगर्न चाहन्थे 364 00:15:58,650 --> 00:15:59,780 र अहिले गरिरहेको छु । 365 00:15:59,780 --> 00:16:02,880 र बास्तवमै विशिष्ट कुरो चाही मैले २१ ओटा तरबार एकै पटकमा निल्न 366 00:16:02,880 --> 00:16:05,170 सक्छु भन्ने कदापि होइन, अथवा 367 00:16:07,640 --> 00:16:10,500 रिप्लेको रेकर्डको लागि ८८ सार्क र सामुद्रिक माछासंग 368 00:16:10,500 --> 00:16:12,307 २० फिट मुनि बस्न सक्छु, 369 00:16:13,840 --> 00:16:17,600 अथवा स्टान लि को सुपरहुमन शो Man of Steel' को लागि 370 00:16:17,610 --> 00:16:19,470 रातो हुन्जेल तातेको तरबार निल्नु 371 00:16:19,520 --> 00:16:21,574 (ओहो !! त्यो त साह्रै तातो थ्यो !!) 372 00:16:22,460 --> 00:16:24,920 अथवा रिप्लेको अथवा गिनिजको लागि 373 00:16:24,930 --> 00:16:26,290 लागि तरबारले कार तान्नु, 374 00:16:26,290 --> 00:16:28,760 वा अमेरिका गट ट्यालेन्ट को फाइनलमा पुग्नु 375 00:16:28,820 --> 00:16:31,540 अथवा मेडिसिनमा २००७ को इग नोबेल प्राइज जित्नु पनि होइन । 376 00:16:31,550 --> 00:16:33,900 यी बास्तवमै विशिष्ट कुरा होइनन । 377 00:16:33,900 --> 00:16:36,350 मानिस यसैलाइ विशिष्ट कुरा ठान्छन । 378 00:16:36,350 --> 00:16:37,800 विशिष्ट कुरा त त्यो हो, जुन 379 00:16:37,800 --> 00:16:40,660 भगवानले त्यो दुब्लो पातलो डरछेरुवा केटो 380 00:16:40,660 --> 00:16:42,200 जो उचाई देखि डराउथ्यो, 381 00:16:42,200 --> 00:16:43,890 जो पानी र सार्क संग डराउथ्यो, 382 00:16:43,890 --> 00:16:46,370 डाक्टर नर्स र सुइ र तिखा कुरा हरु संग डराउथ्यो 383 00:16:46,370 --> 00:16:47,640 मान्छेसंग बोल्न डराउथ्यो 384 00:16:47,640 --> 00:16:49,800 अहिले उस्ले नै मलाई बिस्वभ्रमण गराउदैछन् । 385 00:16:49,800 --> 00:16:51,320 ३०००० फिटको उचाईमा 386 00:16:51,320 --> 00:16:53,900 तिखा बस्तु निल्दै, पानी मुनि सार्कहरु संग बस्दै, 387 00:16:53,900 --> 00:16:57,430 डाक्टर नर्स र तपाईंहरु जस्ता विश्वभरिका दर्शकसंग बोल्दै । 388 00:16:57,430 --> 00:16:59,580 त्यहि नै वास्तविक रुपमा सुन्दर कुरा हो । 389 00:16:59,580 --> 00:17:01,450 म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे । 390 00:17:01,450 --> 00:17:02,380 धन्यबाद| 391 00:17:02,380 --> 00:17:03,760 (हाँसो) 392 00:17:03,760 --> 00:17:05,220 धन्यबाद। 393 00:17:05,660 --> 00:17:09,040 (हाँसो) 394 00:17:09,700 --> 00:17:12,569 म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे र म अहिले गर्दैछु। 395 00:17:12,569 --> 00:17:15,858 म जहिले पनि विशिष्ट कुरा गर्न चाहन्थे र संसार परिवर्तन गर्न चाहन्थे। 396 00:17:15,858 --> 00:17:16,899 र म अहिले गर्दैछु। 397 00:17:16,899 --> 00:17:19,819 म सुपरहुमनले जस्तै साहसिक काम गर्दै, जीवनरक्षा गर्दै विश्व 398 00:17:19,819 --> 00:17:21,379 घुम्न चाहन्थे, म अहिले गर्दैछु 399 00:17:21,379 --> 00:17:22,720 थाहा छ? 400 00:17:22,720 --> 00:17:25,569 त्यो सानो केटोको ठुलो सपनाको सानो हिस्सा बाकि नै छ, 401 00:17:25,569 --> 00:17:27,291 यो दिलभित्र । 402 00:17:30,320 --> 00:17:36,197 (हाँसो) (ताली) 403 00:17:37,000 --> 00:17:40,240 थाहा छ, मैले मेरो जीवनको अर्थ र उदेश्य जान्न चाहन्थे 404 00:17:40,270 --> 00:17:41,530 र मैले अहिले जानेको छु। 405 00:17:41,540 --> 00:17:42,920 तर थाहा छ तपाइंलाई? 406 00:17:42,920 --> 00:17:46,230 यो तरबार संग होइन, जुन तपाईं ठान्नुहुन्छ, मेरो सबल पक्ष संग पनि होइन। 407 00:17:46,230 --> 00:17:48,510 यो बास्तवमै मेरो कमजोरीमा र मेरो शब्दमा छ। 408 00:17:48,510 --> 00:17:51,090 मेरो जीवनको अर्थ र उदेश्य संसारलाई परिवर्तन गर्नु हो 409 00:17:51,090 --> 00:17:52,390 डरलाइ पराजित गरेर, 410 00:17:52,390 --> 00:17:54,910 एक पटकमा एक तरबार, एक शब्द 411 00:17:55,070 --> 00:17:57,450 एक पटकमा एउटा चक्कु, एउटा जीवन 412 00:17:57,540 --> 00:17:59,700 मान्छेलाइ अभिप्रेरित गर्नको लागि 413 00:17:59,700 --> 00:18:01,860 असम्भव काम गराउनको लागि । 414 00:18:02,060 --> 00:18:04,680 मेरो उद्धेश्य अरुको मार्गदर्शन गर्नु हो 415 00:18:04,680 --> 00:18:05,680 तपाइको के हो ? 416 00:18:05,680 --> 00:18:06,960 तपाइको उद्धेश्य के हो ? 417 00:18:06,960 --> 00:18:08,960 तपाईं के गर्न जन्मिनु भएको हो ? 418 00:18:09,260 --> 00:18:11,590 मलाई लाग्छ हा मी सबै सुपरहिरो हुनका लागि आएका हौ। 419 00:18:12,160 --> 00:18:14,260 तपाईंको बिशेष शक्ति के हो? 420 00:18:14,560 --> 00:18:17,990 विश्वभरिको ७ बिलियन मान्छेहरुमा 421 00:18:17,990 --> 00:18:20,250 केहि दर्जन भन्दा कम तरबार निल्नेहरु 422 00:18:20,250 --> 00:18:21,661 आज जीवित छन । 423 00:18:21,661 --> 00:18:22,940 तर तपाईं त तपाईं मात्रै हो 424 00:18:22,940 --> 00:18:24,070 तपाईं बिल्कुल भिन्न हो। 425 00:18:24,070 --> 00:18:25,540 तपाईको कथा के हो ? 426 00:18:25,540 --> 00:18:27,760 तपाईंलाइ के ले भिन्न बनाउछ? 427 00:18:27,760 --> 00:18:29,180 तपाईंको कथा भन्नुस, 428 00:18:29,180 --> 00:18:31,721 तपाईंको आवाज सानो र मसिनो भए पनि। 429 00:18:31,900 --> 00:18:33,340 तपाईको थ्रोम्स के हुन्? 430 00:18:33,340 --> 00:18:35,850 चाहेको गर्न सक्ने र बन्न सक्ने, रोजेको ठाउँ जान 431 00:18:35,850 --> 00:18:37,430 पाउने भए तपाईं के गर्नु हुन्थ्यो? 432 00:18:37,430 --> 00:18:38,480 कहाँ जानुहुन्थ्यो? 433 00:18:38,480 --> 00:18:40,340 तपाईं जीवनमा के गर्न चाहनुहुन्छ? 434 00:18:40,340 --> 00:18:41,760 तपाईंका ठुला सपनाहरु के हुन? 435 00:18:41,760 --> 00:18:44,450 बाल्यकालमा सपना के के थिए? फर्केर सोच्नुस। 436 00:18:44,450 --> 00:18:46,240 म भन्न सक्छु,यति मात्रै त होइन, हो र? 437 00:18:46,483 --> 00:18:47,880 तपाईंका सन्की सपनाहरु के थिए 438 00:18:47,880 --> 00:18:50,450 जुन तपाइलाइ अनौठो र अमिल्दो लागेको थियो? 439 00:18:50,450 --> 00:18:54,040 म भन्न सक्छु, तपाईलाइ अब तपाईंका ति सपना अनौठो लाग्ने छैनन, होइन र? 440 00:18:55,370 --> 00:18:57,050 तपाईको तरबार के हो? 441 00:18:57,050 --> 00:18:58,650 तपाईंसबै संग तरबार छ, 442 00:18:58,650 --> 00:19:00,600 दुइ धारे तरबार, डर र सपनाको । 443 00:19:00,600 --> 00:19:03,520 निल्नुहोस तपाईंको तरबार, त्यो जे सुकै होस् 444 00:19:03,890 --> 00:19:05,870 तपाईंको सपना पछ्याउनुस, 445 00:19:05,870 --> 00:19:08,900 तपाईंले चाहेको मान्छे बन्न कहिले पनि ढिला हुदैन । 446 00:19:09,720 --> 00:19:12,920 डजबल खेल्ने ति हेपाहाहरुलाइ, र ति बालकहरु जो 447 00:19:12,920 --> 00:19:14,916 कहिले असम्भव काम गर्न सक्दिन भन्ने सोच्थे, 448 00:19:15,060 --> 00:19:17,645 तिनीहरुलाई भन्ने म संग एउटा कुरा छ: 449 00:19:17,645 --> 00:19:18,841 धन्यबाद । 450 00:19:18,940 --> 00:19:22,220 खलनायक नभए महानायक पनि हुदैन थिए । 451 00:19:23,020 --> 00:19:27,237 म यहाँ 'असम्भव बास्तवमै असम्भव छैन' भनेर प्रमाणित गर्न आएको हो । 452 00:19:28,300 --> 00:19:32,310 यो वास्तबमै खतरनाक छ, यसले मलाई मार्न पनि सक्छ । 453 00:19:32,340 --> 00:19:33,720 आशा छ, तपाईंलाइ मन पर्नेछ। 454 00:19:33,720 --> 00:19:35,260 (हासो) 455 00:19:36,350 --> 00:19:38,700 यो गर्नको लागि मलाई तपाईंको सहयोगको जरुरत पर्छ 456 00:19:46,731 --> 00:19:48,405 दर्शक: दुइ, तिन । 457 00:19:48,405 --> 00:19:52,100 ड्यान: हैन हैन, मलाई गन्ति गर्नको लागि सहयोग गर्नुस भनेको, सबैले, ठिक छ? 458 00:19:52,100 --> 00:19:53,210 (हासो) 459 00:19:53,210 --> 00:19:55,840 यदि तपाईंलाइ आउछ भने? ठिक छ? म संगै गन्नुस। तयार हो? 460 00:19:55,870 --> 00:19:56,964 एक। 461 00:19:56,964 --> 00:19:58,150 दुइ । 462 00:19:58,170 --> 00:19:58,980 तिन। 463 00:19:58,980 --> 00:20:00,920 होइन, बल्ल दुइ भयो, जे होस् आइडिया भो 464 00:20:06,760 --> 00:20:07,780 दर्शक: एक 465 00:20:07,840 --> 00:20:08,750 दुइ 466 00:20:08,800 --> 00:20:10,010 तिन 467 00:20:11,260 --> 00:20:13,280 (स्वास लिदै) 468 00:20:14,360 --> 00:20:15,940 (ताली) 469 00:20:16,251 --> 00:20:17,450 ड्यान: ठिक छ! 470 00:20:17,450 --> 00:20:23,100 (ताली) 471 00:20:23,100 --> 00:20:24,820 धेरै धेरै धन्यबाद। 472 00:20:25,450 --> 00:20:28,800 धन्यबाद, धन्यबाद, धन्यबाद। अन्तरआत्मा देखि नै धन्यबाद। 473 00:20:28,800 --> 00:20:31,290 बास्तबमै, मेरो पेटै देखी धन्यबाद। 474 00:20:31,880 --> 00:20:35,020 मैले भनेको थिएकि म यहाँ असम्भव काम गर्न आएको हु, र मैले गरे। 475 00:20:35,030 --> 00:20:37,730 तर यो चाही असम्भव थिएन, यो त म दिनदिनै गर्छु । 476 00:20:37,800 --> 00:20:42,800 तर असम्भव कुरा चै त्यो दुब्लो, पातलो, लज्जालु डरछेरुवा केटोलाइ 477 00:20:42,840 --> 00:20:44,600 निडर भएर TEDx को यो स्टेज मा उभिएर, 478 00:20:44,600 --> 00:20:47,100 संसार परिवर्तनको गर्नु हो एक पटक मा एक शब्द 479 00:20:47,100 --> 00:20:49,080 एकपटकमा एक तरबार , एकपटकमा एक जीवन गर्दै 480 00:20:49,080 --> 00:20:52,060 यदि मैले तपाईंलाइ नयाँ तरिकाले सोच्ने बनाए यदि मैले 'असम्भव 481 00:20:52,060 --> 00:20:54,460 बास्तवमै असम्भव छैन' भन्ने विश्वास दिलाएँ, 482 00:20:54,460 --> 00:20:57,960 यदि मैले तपाईपनि असम्भव गर्न सक्नुहुन्छ भन्ने अनुभूत गराऊन सकें भने 483 00:20:58,120 --> 00:21:01,020 मैले मेरो जिम्मेवारी पुरा गरें तपाइंको चै भर्खरै सुरु हुदैछ । 484 00:21:01,020 --> 00:21:04,100 सपना बुन्न नछाडनुस, विश्वास गर्न नछाडनुस। 485 00:21:04,820 --> 00:21:06,350 धन्यबाद मलाई विश्वास गर्नुभएकोमा 486 00:21:06,350 --> 00:21:08,250 र मेरो सपनाको एउटा हिस्सा बनिदिनुभएकोमा 487 00:21:08,250 --> 00:21:09,550 र मेरो उपहार तपाईंको लागि: 488 00:21:09,550 --> 00:21:11,486 असम्भव बास्तबमै असम्भव 489 00:21:11,486 --> 00:21:12,920 श्रोता: हुदैन । 490 00:21:12,920 --> 00:21:14,920 यो लामो यात्रा मेरो उपहारको एउटा पाटो 491 00:21:15,100 --> 00:21:19,560 (ताली) 492 00:21:19,560 --> 00:21:21,020 धन्यबाद। 493 00:21:21,060 --> 00:21:25,360 (ताली) 494 00:21:25,580 --> 00:21:27,560 (उठेर ताली) 495 00:21:27,780 --> 00:21:30,240 आयोजक: धन्यवाद ड्यान मेएर, वाऊ!