0:00:08.380,0:00:09.561 धन्यबाद । 0:00:16.270,0:00:21.200 भारतमा, एक जना महाराजाको जन्मोत्सवको [br]उपलक्ष्यमा उपहार ल्याउन गाउँ प्रमुखहरुलाइ 0:00:21.200,0:00:22.890 आदेस जारी भयो । 0:00:24.400,0:00:28.370 कसैले सुन्दर स्लिकका कपडा ल्याए, त कसैले [br]गज्जबका तरबारहरु ल्याए । 0:00:28.370,0:00:29.490 कसैले सुन ल्याए । 0:00:29.490,0:00:32.549 लाइनको लगभग अन्त्यतिर [br]होचो कदका बृद्ध थिए । 0:00:32.549,0:00:36.630 जो आफ्ना गाउँबाट धेरै दिनको सामुद्रिक [br]यात्रापार गरेर त्यहाँ आइपुगेका थिए । 0:00:36.630,0:00:41.150 उनि नजिकै पुग्दा राजकुमारले सोधे[br]"राजाको लागि के उपहार ल्याउनु भयो ?" 0:00:41.457,0:00:44.750 र ति वृद्धले बिस्तारै आफ्नो हात खोले र 0:00:44.750,0:00:49.600 कलेजी र पहेलो, रातो र निलो धर्सा सहितको, [br]शंखेकिरोको सार्है सुन्दर खोल देखाए । 0:00:50.160,0:00:51.380 त्यो देखेर राजकुमारले भने 0:00:51.460,0:00:54.400 "यस्तो पनि राजालाई दिने उपहार हुन्छ,[br]के हो यो यस्तो ?" 0:00:54.600,0:00:57.400 ती बृद्धले बिस्तारै राजकुमारलाई [br]हेरे र भने, 0:00:57.590,0:01:00.750 "मेरो लामो यात्रा....उपहार कै भाग हो" । 0:01:01.060,0:01:02.560 (हाँसो) 0:01:02.900,0:01:05.970 केहिबेरमा, म तपाईहरुलाई [br]एउटा उपहार दिन गईरहेको छु । 0:01:05.970,0:01:08.270 त्यस्तो उपहार जुन प्रचार गर्न योग्य छ । 0:01:08.290,0:01:10.050 तर त्यो भन्दा पहिले, म तपाईहरुलाई 0:01:10.050,0:01:11.960 मेरो लामो यात्रामा लैजान चाहन्छु | 0:01:12.160,0:01:13.740 तपाईहरु जस्तै, 0:01:13.740,0:01:15.320 सानो बच्चाबाट मेरो जीवन सुरुभयो 0:01:15.320,0:01:17.460 तपाईंहरु कतिको जीवन [br]बालावस्थाबाट सुरु भयो ? 0:01:17.460,0:01:18.510 बयस्क जन्मनु भयो कि? 0:01:18.740,0:01:20.500 भनेपछि आधाआधि जसो ?...हैन त ? 0:01:20.570,0:01:21.590 (हाँसो) 0:01:21.820,0:01:24.910 अनि बाकि तपाईंहरु नि? हुर्केर ठुलो [br]भएपछि मात्रै जन्मनुभएको हो? 0:01:25.060,0:01:27.640 तपाईंको आमाको दर्शन गर्न पाए सोध्थें - 0:01:27.820,0:01:29.460 त्यो असम्भव कसरी सम्भव भयो भनेर ! 0:01:30.560,0:01:34.740 सानो छदा म, असम्भव काम सम्पन्न गर्ने[br]कुराले रोमान्चित हुने गर्थे । 0:01:35.620,0:01:38.880 आजको यो दिनको लागि मैंले [br]बर्षौं प्रतिक्षा गरेको छु, 0:01:38.880,0:01:41.000 आजको यहि दिनमा म एउटा असम्भव कामलाइ 0:01:41.020,0:01:43.620 सम्भव बनाउने प्रयत्न गर्नेछु, [br]तपाईंकै आँखा अगाडी , 0:01:43.620,0:01:45.460 यो TEDxMaastricht को स्टेजमा । 0:01:45.800,0:01:48.160 म अब सुरुवात गर्दैछु 0:01:48.760,0:01:50.880 म यसको अन्त्य कसरी गर्दैछु भन्ने सुनाएर: 0:01:51.220,0:01:52.640 म यो पुष्टि गर्न चाहन्छु कि 0:01:52.640,0:01:54.940 असम्भव बास्तबमै असम्भव हुदैन । 0:01:55.300,0:01:58.210 र अन्त्यमा यस्तो उपहार दिनेछु, [br]जो दुनियालाई भन्न लायक हुनेछ: 0:01:58.210,0:02:01.350 म यो भन्न चाहन्छु कि तपाईंपनि जीवनमा [br]असम्भव काम गर्न सक्नुहुन्छ । 0:02:02.660,0:02:05.420 असम्भव कामको यात्रामा, मैंले दुइटा कुरा 0:02:05.420,0:02:08.230 संसारभरका मानिसहरुमा समान पाएँ 0:02:08.230,0:02:09.870 सबै जना भित्र डर छ, 0:02:09.870,0:02:11.640 र सबैका सपनाहरु छन् । 0:02:12.900,0:02:17.560 असम्भव काम गर्ने मेरो खोजीमा, [br]मैले पाए- मलाई ३ कुरा 0:02:17.560,0:02:20.100 आज सम्म मैले गर्दै आएको काममा 0:02:20.110,0:02:23.290 असम्भव काम गर्नका लागि कारक बनेका छन् । 0:02:24.200,0:02:26.900 डजबल, अथवा 'ट्रेफ्बल' भन्नुस । 0:02:27.290,0:02:28.360 सुपरम्यान, 0:02:28.460,0:02:29.460 र मच्छड । 0:02:29.460,0:02:30.810 यी ३ मेरा प्रमुख शब्द हुन् । 0:02:30.810,0:02:33.500 म किन असम्भव काम गर्छु भन्ने [br]अब त बुझ्नुभयो । 0:02:33.610,0:02:36.220 अब म तपाईलाइ मेरो लामो यात्रामा [br]लैजान चाहन्छु 0:02:36.320,0:02:38.680 डर देखि सपना सम्म, 0:02:38.740,0:02:40.980 शब्द देखि शक्तिसम्म, 0:02:41.160,0:02:42.740 डजबल देखि 0:02:42.850,0:02:44.020 सुपरम्यानसम्म 0:02:44.020,0:02:45.340 लामखुट्टे सम्म । 0:02:45.800,0:02:47.360 म तपाइलाइ देखाउनेछु 0:02:47.360,0:02:49.900 तपाईं कसरी असम्भव काम गर्न सक्नु हुन्छ । 0:02:52.480,0:02:54.934 अक्टोबर ४, २००७ को दिन 0:02:55.840,0:02:58.120 मेरो धड्कन बढ्दै थियो,[br]मेरो खुट्टा काप्दै थियो, 0:02:58.120,0:02:59.340 जब हार्वर्ड युनीभर्सिटीको 0:02:59.340,0:03:00.930 स्यान्डरस थिएटरमा 0:03:01.040,0:03:03.240 पहिलो पाइला हालें - 0:03:03.240,0:03:04.640 नोबेलप्राइज् २००७ 0:03:04.640,0:03:04.888 मेडिकल रिसर्च 0:03:07.186,0:03:08.660 "तरबार निल्नेहरु 0:03:08.730,0:03:11.730 र यसको हानिहरु" को सह लेखक भएर 0:03:11.870,0:03:13.275 (हाँसो) 0:03:13.840,0:03:17.880 मैले कहिल्यै नपढेको जर्नलमा [br]यो लेख प्रकाशित भएको थियो - 0:03:18.460,0:03:20.419 ब्रिटिश मेडिकल जर्नलमा । 0:03:21.360,0:03:24.740 मेरो लागि एउटा असम्भव सपना [br]साकार भएको जस्तो थियो, 0:03:24.900,0:03:28.120 म जस्तोको लागि यो एउटा आशा नगरेको [br]सफलता थियो, 0:03:28.130,0:03:31.459 र यस्तो सम्मान थियो जुन मैले कहिल्यै [br]भुल्ने छैन । 0:03:31.459,0:03:34.539 तर यो नै मेरो जीवनको मुख्य स्मरणयोग्य [br]घटना चाहि होइन । 0:03:35.540,0:03:37.640 सन् १९६७ को अक्टोबर ४ मा, 0:03:38.020,0:03:40.260 यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो 0:03:41.100,0:03:43.120 डरले मर्नै लागेको थियो । 0:03:43.460,0:03:45.579 जब ऊ स्टेजमा जानको लागि तयार हुदै थियो, 0:03:45.579,0:03:47.234 उसको मुटु काप्दै थियो, 0:03:47.500,0:03:49.162 उसको खुट्टा गल्दै थियो, 0:03:49.780,0:03:52.120 उसले जब बोल्नको लागि मुख खोल्यो, 0:03:56.490,0:03:58.130 उसका शब्दहरु नै हराए । 0:03:58.130,0:04:00.040 ऊ त्यहाँ काप्दै उभिएको थियो । 0:04:00.630,0:04:02.360 त्रासले अपाङ्ग जस्तो भएको थियो,[br] 0:04:02.360,0:04:03.760 डरले चिसिएको थियो । 0:04:03.960,0:04:06.130 यो डरछेरुवा, लज्जालु, हुतिहारा केटो 0:04:06.130,0:04:08.142 चरम डरले पिडित भएको थियो । 0:04:08.649,0:04:10.330 ऊ अध्यारो संग डराउथ्यो 0:04:10.520,0:04:11.640 उचाईसंग डराउथ्यो, 0:04:11.640,0:04:13.040 माकुरा र सर्पहरुसंग डराउथ्यो 0:04:13.040,0:04:15.140 तपाईंलाइ माकुरा वा सर्पसंग डर लाग्छ ? 0:04:15.280,0:04:16.660 ए, केहि हुनुहुदो र'छ.... 0:04:16.660,0:04:19.079 उसलाई पानी वा सार्क संग पनि डर लाग्थ्यो 0:04:19.079,0:04:21.939 डाक्टर, नर्स र दातको डाक्टरसंग डराउथ्यो 0:04:21.939,0:04:24.680 घोच्ने प्वाल पार्ने तिखा बस्तुसँग डराउथ्यो 0:04:24.680,0:04:27.380 तर सबभन्दा बढी ऊ - मान्छेहरु संग 0:04:27.470,0:04:28.470 डराउथ्यो । 0:04:29.380,0:04:31.530 त्यो डरछेरुवा, लज्जालु, र हुतिहारा केटो 0:04:31.540,0:04:32.570 म नै थिए । 0:04:33.320,0:04:35.997 असफलता र अस्वीकार संग मेरो डर थियो, 0:04:37.300,0:04:39.520 आत्मविश्वासको कमी, सानो भइएला भन्ने डर, 0:04:39.520,0:04:42.840 त्यति बेला जानकारी नै नभएको बिषय- 0:04:42.840,0:04:44.660 सामाजिक सुरक्षाको चिन्ता । 0:04:44.955,0:04:48.610 आवाराहरुले मलाई जिस्काउने र पिट्ने गर्थे, [br]किन कि, म डराउथे । 0:04:48.610,0:04:52.240 मलाई हास्य पात्र बनाउथे र जिस्काएर बोलाउथे[br]र मलाई तिनीहरुको कुनै पनि खेलमा 0:04:52.300,0:04:54.260 समाबेस गराउदैनथे । 0:04:55.020,0:04:58.056 अ, तर एउटा खेलमा भने मलाई समाबेस गराउथे - 0:04:58.100,0:04:59.427 डजबल 0:04:59.500,0:05:01.443 र म खासै गतिलो खेलाडी भने थिईन । 0:05:01.760,0:05:03.500 आवाराहरुले मलाई नाम काढेर बोलाउथे 0:05:03.500,0:05:05.970 म तिनीहरु लाई हेर्थे र यी राता [br]डजबलहरु जुन ध्वनि 0:05:05.970,0:05:08.200 तरंग भन्दा पनि तिब्र गतिमा मेरो मुहार [br] 0:05:08.210,0:05:09.950 सामुन्ने हुदै जान्थ्यो! ब्याम ब्याम. 0:05:10.580,0:05:13.220 म स्कुलबाट घर फर्किदै गरेका [br]धेरै दिनहरु सम्झन्छु 0:05:13.300,0:05:18.180 मेरो अनुहार पिडाले असहज हुन्थ्यो [br]कान राता अनि घुनुन्न गरिराखेको हुन्थ्यो 0:05:18.180,0:05:21.140 मेरा आखा आशुले भिजेका हुन्थे, 0:05:21.180,0:05:23.515 तिनीहरुका शब्दले मेरो मन जलेको हुन्थ्यो । 0:05:23.740,0:05:25.000 यो जस्ले भनेको भए पनि 0:05:25.020,0:05:28.660 "ढुंगामुढाले मेरो हड्डी भाच्न सक्ला,[br]तर शब्दले मलाई कहिले पिडा हुदैन" 0:05:28.880,0:05:30.131 यो झुट हो । 0:05:30.310,0:05:31.980 शब्दले चक्कुले झैँ काट्न सक्छ । 0:05:31.980,0:05:34.030 शब्दले तरबारले झैँ छेड्न सक्छ । 0:05:34.210,0:05:36.040 शब्दले निकै गहिरो घाउ बनाउन सक्छ 0:05:36.040,0:05:37.780 जुन आखाले देख्न सकिन्न । 0:05:38.150,0:05:41.070 हो, म डराउथे । शब्दहरु नै मेरालागि [br]सबभन्दा ठुला शत्रु थिए । 0:05:41.260,0:05:42.491 अझै पनि छन् । 0:05:43.355,0:05:45.300 म संग सपनाहरु पनि थिए । 0:05:45.300,0:05:47.980 म घर जान्थे र सुपरम्यानको कमिकको [br]सहारा लिन्थे 0:05:47.980,0:05:49.774 सुपरम्यानको कमिक पढ्थे र 0:05:49.774,0:05:53.440 सपना सुपरम्यान जस्तै सुपरहिरो हुने[br]कल्पना गर्थें । 0:05:53.480,0:05:56.240 म सत्य र न्यायको पक्षमा लड्न चाहन्थे, 0:05:56.240,0:05:58.680 दुश्मन र गुण्डाहरुसंग भिड्न चाहन्थे, 0:05:58.680,0:06:02.895 सुपर हयूमन झैं संसारभर बहादुरी र [br]अरुको जीवन रक्षा गर्न चाहन्थें 0:06:03.400,0:06:05.850 मलाई वास्तविक कुराहरुमा पनि शोख थियो । 0:06:05.860,0:06:09.460 म गिनिज बुक र रैप्लीको 'बिलिभ इट अर नट'[br]पढ्ने गर्थे । 0:06:09.460,0:06:13.080 तपाईंहरुले ससारको रेकर्ड राख्ने [br]गिनिज बुक र रैप्लीको बुक पढ्नु भएको ? 0:06:13.100,0:06:14.390 मलाई त्यस्ता किताब मनपर्छ ! 0:06:14.390,0:06:16.270 मैंले, साधारण मान्छेका अद्भुत काम देखें 0:06:16.270,0:06:17.790 र सोचें-म त्यस्तै गर्न चाहन्छु 0:06:17.790,0:06:19.330 हेपाहाहरुले मलाई उनीहरुको 0:06:19.330,0:06:21.030 कुनै खेलमा समाबेस गराउन्नन भने, 0:06:21.030,0:06:23.335 म जादुगरी र साहसिक काम गर्नेछु । 0:06:23.335,0:06:26.659 म यस्तो उल्लेखनिय काम गर्न चाहन्छु[br]जुन ति हेपाहाहरु गर्न सक्दैनन् । 0:06:26.659,0:06:28.609 म मेरो मेरो जीवनको उदेश्य जान्न चाहन्छु, 0:06:28.609,0:06:30.729 म मेरो जीवनको अर्थ बुझ्न चाहन्छु । 0:06:30.729,0:06:33.320 म यस्तो काम गर्न चाहन्छु जसले [br]संसार परिवर्तन गर्न सकोस 0:06:33.320,0:06:36.960 म प्रमाणित गर्न चाहन्छु कि [br]असम्भव वास्तबमै असम्भव हुदैन । 0:06:38.340,0:06:40.240 दश बर्ष पछि- 0:06:40.240,0:06:42.706 मेरो २१ औ जन्मदिन भन्दा एक हप्ता अघि 0:06:42.819,0:06:46.799 एकैदिन दुइटा यस्ता कुरा भए जसले मेरो [br]जीवन सधैको लागि परिवर्तन भयो । 0:06:47.040,0:06:49.391 म दक्षिण भारतको तामिलनाडुमा बस्दथे 0:06:49.540,0:06:51.020 म धर्मप्रचारक थिए, 0:06:51.020,0:06:53.090 र मेरो प्रशिक्षक, मेरो साथीले सोध्यो, 0:06:53.090,0:06:54.720 ड्यानियल, तिमिसंग 'थ्रोम्स' छ? 0:06:54.720,0:06:57.440 मैले भने, "थ्रोम्स?[br]के हो थ्रोम्स भनेको?" 0:06:57.440,0:07:00.490 उसले भन्यो - जीवनका प्रमुख उद्धेश्यहरु । 0:07:00.490,0:07:04.630 सपना र उद्धेश्यको सम्मिश्रण, मानौं 0:07:04.630,0:07:07.240 चाहेको सबै कुरा गर्न पाए, [br]सोचेको सबै ठाउं पुग्न पाए 0:07:07.240,0:07:08.479 चाहेको मान्छे बन्न पाए 0:07:08.479,0:07:10.356 तिमि कहाँ जान्थ्यौ ?[br]तिमि के गर्थ्यौ ? 0:07:10.356,0:07:11.280 तिमि को बन्थ्यौ ? 0:07:11.280,0:07:14.500 मैले भने, "म त्यस्तो गर्न सक्दिन ![br]मलाई डर लाग्छ, म भित्र डरको घर छ 0:07:14.500,0:07:17.800 त्यो रात घरको छतमा मैले गुन्द्री लगे 0:07:17.810,0:07:19.259 खुल्ला आकासमुनि सुतेर 0:07:19.259,0:07:21.869 चमेराको लामखुट्टे छोप्ने चर्तिकला[br]हेरिरहें । 0:07:21.869,0:07:26.200 र मैले सोचिरहेको थिए थ्रोम्स,[br]सपना र योजनाहरु, 0:07:26.200,0:07:28.360 र ति डजबल खेल्ने हेपाहाहरुको बारेमा । 0:07:28.760,0:07:30.730 केहि घण्टापछि म उठें । 0:07:31.220,0:07:33.940 मेरो मुटु जोडजोडले धड्किदै थियो, [br]घुंडा काम्दै थिए । 0:07:34.080,0:07:36.020 यसपटक डरले गर्दा यस्तो भएको थिएन । 0:07:36.420,0:07:38.395 मेरो पुरै शरीर कापिरहेको थियो । 0:07:38.500,0:07:40.180 यसपछिका पाँच दिन 0:07:40.330,0:07:44.199 मृत्युशैयामा जीवनको लागी संघर्ष गरे झैं[br]मेरो होस हराउने र आउने भइ रह्यो 0:07:44.199,0:07:48.239 १०५ को मलेरिया ज्वरोले [br]मेरो दिमाग जलिरहेको थियो । 0:07:48.390,0:07:51.600 जतिबेला म होसमा आउथे, [br]मात्रै थ्रोम्स को बारेमा सोच्न सक्थे । 0:07:51.600,0:07:53.820 मनमा प्रश्न आइरह्यो [br]"म जीवनमा के चाहन्छु ?" 0:07:53.950,0:07:56.380 अन्त्यमा, मेरो २१औ जन्मदिनको [br]अघिल्लो रात, 0:07:56.380,0:07:58.030 स्पष्टताको त्यो क्षणमा, 0:07:58.030,0:07:59.639 मैले बोध गरेँ : 0:07:59.639,0:08:02.100 मैले जाने कि त्यो सानो लामखुट्टे, 0:08:02.620,0:08:05.020 Anopheles Stephensi, 0:08:05.280,0:08:06.610 त्यो सानो लामखुट्टे 0:08:06.610,0:08:08.390 जुन ५ माइक्रोग्राम भन्दा पनि सानो 0:08:08.390,0:08:09.810 माखाको पित्त भन्दापनि सानो 0:08:09.810,0:08:12.780 लामखुट्टेले ८० किलोको मान्छेलाइ [br]हमला गर्न सक्छ भने- 0:08:12.780,0:08:14.860 मैंले मेरो कमजोरी पत्ता लगाएँ 0:08:14.860,0:08:17.150 मैले बोध गरे[br]यो लामखुट्टे होइन, 0:08:17.150,0:08:19.480 लामखुट्टे भित्रको सुक्ष्म जिवाणु[br] 0:08:19.480,0:08:23.160 Plasmodium Falciparum हो, जो बर्षमा [br]लाखौ मानिसलाइ मार्न सक्षम छ । 0:08:23.509,0:08:25.999 मलाई लाग्यो, यो त अझ सुक्ष्म छ 0:08:25.999,0:08:28.550 तर मलाई त्यहि कुरा बिशाल भयो । 0:08:28.550,0:08:29.640 मैले सोचे, 0:08:29.640,0:08:31.270 डर नै मेरो कमजोरी हो, 0:08:31.270,0:08:32.140 सुक्ष्म जीवाणु, 0:08:32.140,0:08:34.990 जसले मेरो समग्र जीवनलाई नै [br]अपांग बनाएको छ । 0:08:35.200,0:08:38.080 खतरा र डर को भिन्नता थाहा छ तपाईंलाइ? 0:08:38.109,0:08:39.699 खतरा वास्तविक हो । 0:08:39.990,0:08:42.010 डर रोजिने कुरा हो । 0:08:42.080,0:08:44.309 मैले बोध गरे कि म रोज्न सक्छु: 0:08:44.309,0:08:48.180 डराएर बाच्न, र त्यो रात असफल भएर मर्न 0:08:49.070,0:08:52.080 अथवा डरको हत्या गरेर,[br]म मेरो सपना पुरा गर्न । 0:08:52.080,0:08:56.060 म मेरो जीवन बाच्न सक्छु। 0:08:56.680,0:08:59.560 र थाह छ! मृत्युशैयामा हुदाको कुरा [br]अलिक फरक हुन्छ 0:08:59.560,0:09:04.080 त्यो बेला तपाईं साच्ची नै जीवन जिउन [br]चाहनुहुन्छ। 0:09:04.180,0:09:07.140 मलाई बोध भो, सबैले मर्नुपर्छ,[br]सबैले जीवन जिउन जान्दैनन् 0:09:08.040,0:09:09.890 मृत्यु हुनेबेला हामि बाचीरहेका हुन्छौ 0:09:09.890,0:09:11.580 थाहा छ, जब तपाई मर्न सिक्नुहुन्छ, 0:09:11.580,0:09:13.070 तपाईं जिउन पनि जान्नुहुन्छ। 0:09:13.070,0:09:15.140 त्यो रात मैंले आफ्नो कथा परिवर्तन गर्ने 0:09:15.140,0:09:16.420 निर्णय गरें । 0:09:16.915,0:09:18.230 म मर्न चाहन्न । 0:09:18.230,0:09:20.010 मैले प्राथना गरे, मैले भने 0:09:20.010,0:09:22.230 "भगवान, यदि मलाई मेरो २१औ जन्मदिन [br]देख्न दियौ भने, 0:09:22.230,0:09:24.544 डरले मेरो जीवन बर्बाद हुन[br]दिने छैन । 0:09:24.670,0:09:26.520 मेरो डरहरु मृत्युलाइ अर्पण गरेर, 0:09:26.520,0:09:29.530 म मेरो सपनाहरु साकार पार्ने छु, 0:09:29.530,0:09:31.270 मेरो स्वभाव परिवर्तन गर्न चाहन्छु, 0:09:31.270,0:09:33.540 म मेरो जीवनमा केहि उत्कृष्ट[br]कार्यहरु गर्ने छु, 0:09:33.540,0:09:35.550 मेरो जीवनको अर्थ र उद्देश्य जान्न चाहन्छु, 0:09:35.550,0:09:38.632 म जान्न चाहन्छु कि 'असम्भव वास्तवमै [br]असम्भव हुदैन' 0:09:38.780,0:09:42.820 म त्यो रात बाचे कि मरे, म भन्दिन [br]त्यो तपाईंनै पत्ता लगाउनुस। 0:09:42.850,0:09:43.978 (हासो) 0:09:43.978,0:09:47.100 तर त्यो रात मैले १० ओटा 'थ्रोम्स' हरु [br]बनाए: 0:09:47.100,0:09:50.210 प्रमुख महादेशहरु घुम्ने, 0:09:50.210,0:09:51.820 विश्वका सातै आश्चर्य भ्रमण गर्ने, 0:09:51.820,0:09:53.410 र धेरै भाषाहरु सिक्ने, 0:09:53.410,0:09:54.940 मरभुमी महादिपमा बस्ने, 0:09:54.940,0:09:56.480 सामुद्रिक जहाजमा बस्ने, 0:09:56.480,0:09:58.650 अमेजनमा आदिवासी इन्डियनहरु संग बस्ने, 0:09:58.650,0:10:01.210 स्विडेनका अग्ला पहाडका चुचुरा चुम्ने, 0:10:01.210,0:10:03.180 सुर्योदयमा सगरमाथा हेर्ने, 0:10:03.190,0:10:05.390 नाशभिलमा संगीत व्यवसायमा काम गर्ने 0:10:05.400,0:10:07.060 सर्कसमा काम गर्ने, 0:10:07.080,0:10:09.120 हवाईजहाज बाट हाम फाल्ने। 0:10:09.120,0:10:12.380 २० बर्षको दौरानमा मैले लगभग यी सबै[br]थ्रोम्स हरु हासील गरिसकेको छु। 0:10:12.410,0:10:14.650 जब म एउटा थ्रोम्स पुरा गर्छु, 0:10:14.650,0:10:18.190 अरु ५ देखि १० ओटा थ्रोम्स थप्ने गर्छु[br]मेरा थ्रोम्स लिस्ट अझै लामो हुदैछ। 0:10:18.800,0:10:23.280 सात वर्ष मैले बहामासको सानो टापूमा[br]बिताए, 0:10:23.320,0:10:25.360 सात बर्ष जस्तो मैले [br] 0:10:25.370,0:10:27.274 खरको झुपडीमा बिताए, 0:10:29.480,0:10:33.820 टापुमा एक्लै सार्क माछा मार्दै 0:10:33.820,0:10:36.249 लगौटी मात्र लाएर, 0:10:36.680,0:10:39.160 मैले सार्कहरु संग पौडी खेल सिके, 0:10:39.160,0:10:40.980 त्यहाँबाट मेक्सिको बसाई सरे, 0:10:40.980,0:10:45.000 त्यसपछि पुजो पोंगो, इक्वेडरको [br]अमेजन नदिकिनारमा 0:10:45.241,0:10:48.100 आदिबासीहरु संग बसे, 0:10:48.100,0:10:52.180 बिस्तारै बिस्तारै म मा साहस थपिदै गयो। 0:10:52.180,0:10:55.100 म नाशभिलको संगीत व्यवसायमा गए,[br]र त्यसपछि स्विडेन, 0:10:55.110,0:10:57.870 अनि स्टकहोममा संगीत व्यवसायमा [br]काम गरे, 0:10:57.870,0:11:01.920 जहा मैले केब्नेकेइज भन्ने पहाड चढे 0:11:03.300,0:11:04.750 लाखे नाच सिके,[br] 0:11:04.750,0:11:05.860 बलहरु हातमा खेलाउन, 0:11:05.860,0:11:07.480 लामो खुट्टा बनाएर हिन्न जाने 0:11:07.480,0:11:10.440 एकपांग्रे साइकल चलाउन, आगो निल्न [br]र शिशा खान सिके। 0:11:10.450,0:11:13.620 १९९७ मा मैले विश्वमा दर्जन भन्दा [br]कम तरबार निल्ने मानिस भएको सुने 0:11:13.620,0:11:15.410 मैले सोचे, 'मैले त्यो गर्नु पर्छ!' 0:11:15.420,0:11:18.290 मैले तरबार निल्ने मानिस लाइ भेटेर, [br]सिकाइ मागे। 0:11:18.290,0:11:20.190 उनले भने, ''म तिम्लाई दुई सुझाब दिन्छु: 0:11:20.190,0:11:21.926 एक: "यो बहुतै खतरनाक हुन्छ, 0:11:21.926,0:11:23.948 यो गर्दा मान्छे मरेका छन्"। 0:11:23.948,0:11:24.953 दुइ: 0:11:24.953,0:11:26.206 "यो काम नगर!" 0:11:26.206,0:11:27.520 (हाँसो) 0:11:27.540,0:11:29.540 मैले यसलाइ आफ्नो थ्रोम्सको लिस्टमा थपे। 0:11:30.440,0:11:33.320 र मैले ४ वर्ष सम्म दैनिक [br]१० देखि १२ पटकसम्म 0:11:33.660,0:11:35.160 अभ्यास गरिरहे। 0:11:35.209,0:11:36.709 अहिले हिसाब गर्दा 0:11:36.709,0:11:40.020 ४ x ३६५ [x १२] 0:11:40.020,0:11:42.660 लगभग १३००० असफल प्रयास पछि 0:11:42.660,0:11:45.420 मैले सन २००१ मा पहिलो पटक [br]मेरो घाँटीबाट तरबार छिराए । 0:11:46.002,0:11:47.630 त्यो समयमा मैले एउटा थ्रोम्स थपे 0:11:47.630,0:11:50.940 म विश्वका तरबार निल्नेहरु मध्यको[br]प्रमुख बिशेषज्ञ बन्नेछु। 0:11:50.970,0:11:53.820 त्यसैले मैले धेरै बुक, म्यागजिन[br]र पत्रपत्रिकाका लेखहरु 0:11:53.820,0:11:57.670 मेडिकल रिपोर्टहरु खोजि गरे, मैले शरीरका [br]अंगहरु र यसले गर्ने कामका बारे पढे 0:11:57.676,0:11:59.719 डाक्टर र नर्सहरु संग सल्लाह गरे, 0:11:59.719,0:12:01.760 तरबार निल्नेहरुसंग सम्पर्क बढाएर 0:12:01.760,0:12:04.250 तरबारनिल्नेहरुको अन्तरास्ट्रिय [br]संगठन गठन गरे 0:12:04.250,0:12:06.450 र तरबार निल्ने र यसको असर [br]सम्बन्धमा 0:12:06.450,0:12:08.580 मेडिकल अनुसन्धानात्मक लेख लेखे 0:12:08.580,0:12:10.980 जुन ब्रिटिस मेडिकल जर्नलमा [br]प्रकाशित भएको थियो। 0:12:10.980,0:12:11.840 (हाँसो) 0:12:11.840,0:12:12.940 धन्यबाद। 0:12:12.960,0:12:17.748 (ताली) 0:12:18.200,0:12:21.570 र मैले तरबार निल्ने बारेमा निकै गजबका [br]तथ्यहरु जाने । 0:12:21.571,0:12:25.260 यस्तो कुरा जुन तपाईले जिन्दगीमा कहिले [br]सोच्नु भएन, तर आज देखि सोच्नुहुनेछ 0:12:25.260,0:12:28.550 अब घर गएर चक्कु वा तरबारले मासु [br] 0:12:28.550,0:12:31.759 काट्ने बेला तपाइले यो सोच्नु हुनेछ 0:12:34.257,0:12:36.589 तरबार निल्ने काम इंडियामा करिब [br]४००० वर्ष अघि 0:12:36.589,0:12:39.889 सुरु भएको भन्ने जाने।[br]मैले पहिलोपटक इंडियामा नै 0:12:39.889,0:12:42.290 म २० वर्षको हुदा तरबार निलेको देखेको थिए 0:12:42.290,0:12:45.580 पछिल्ला १५० वर्षमा, तरबार निल्नेहरु 0:12:45.590,0:12:47.400 बिज्ञान र औषधिको क्षेत्रमा प्रयोग भएका 0:12:47.480,0:12:51.160 छन् । सन् १८६८ मा जर्मनीका डाक्टर [br]एडोल्फ़ कुसमाउलले 0:12:51.160,0:12:53.820 इन्डोसकोप बनाउन । 0:12:53.880,0:12:56.639 सन् १९०६ मा वेल्समा निल्ने र पाचन समस्या 0:12:56.639,0:13:00.240 अध्यनको लागि इलेक्टोकार्डियोग्राम बनाउन, 0:13:00.240,0:13:01.860 ब्रोंकोसस्कोप बनाउन प्रयोग गरिए। 0:13:01.860,0:13:03.840 पछिल्ला १५० बर्षमा हामीले, 0:13:03.840,0:13:07.860 सयौ चोटपटक र दर्जनौ मृत्युको [br]बारेमा पनि जानेका छौ 0:13:07.880,0:13:14.560 ल हेर्नुस यो हो इन्डोसकोप जुन [br]डाक्टर एडोल्फ़ कुसमाउल ले बनाउनु भाको थ्यो 0:13:14.740,0:13:18.679 तर हामीले जान्यौ कि पछिल्ला १५० बर्षमा[br]जम्मा २९ जना मारिए 0:13:18.679,0:13:22.462 जसमा लण्डन का तरबारनिल्ने पनि थिए [br]जसले तरबारले आफ्नो मुटु छेडेका थिए। 0:13:23.142,0:13:25.340 प्रत्येक बर्षमा ३ देखि ८ ओटा चिन्ताजनक 0:13:25.340,0:13:27.780 चोटपटक लाग्ने तथ्य पनि हामीले जान्यौ, 0:13:27.780,0:13:29.880 मलाई फोन कल हरु आउछन यस बारेमा 0:13:29.880,0:13:31.150 भर्खरे दुइटा घटना घटे, 0:13:31.150,0:13:34.320 एउटा स्विडेनमा, अर्को ओरलान्डोमा[br]यहि बिगत केहि हप्ता भित्र, 0:13:34.320,0:13:37.019 ति तरबार निल्नेहरु अहिले हस्पिटलमा छन। 0:13:37.019,0:13:38.769 त्यसैले यो अत्यन्तै खतरनाक छ। 0:13:38.769,0:13:41.629 अर्को कुरा मैले जाने कि तरबार निल्न सिक्न [br] 0:13:41.629,0:13:44.320 साधारणतया[br]२ देखि १० बर्ष 0:13:44.320,0:13:45.610 सम्म लाग्न सक्छ 0:13:45.610,0:13:48.020 मैले सिकेको सबभन्दा रमाइलो [br]तथ्य चाही यो थियो कि 0:13:48.020,0:13:51.360 तरबार निल्नेहरु कसरि असम्भव [br]काम गर्न सक्छन । 0:13:51.460,0:13:53.460 र म तपाईंलाइ एउटा सानो रहस्य बताउदै छु: 0:13:53.520,0:13:57.580 तपाईं यो काम ९९.९% असम्भव छ भन्ने कुरामा [br]ध्यान केन्द्रित नगर्नुहोस । 0:13:57.580,0:14:02.030 बरु त्यो भएको .१% सम्भवलाइ कसरी सम्भवमा [br]रुपान्तरण गर्ने त्यो सोच्नुहोस 0:14:02.817,0:14:06.140 अब म तपाईंलाइ तरबार निल्नेहरुको [br]मस्तिष्कको यात्रामा लैजान चाहन्छु। 0:14:06.140,0:14:09.479 तरबार निल्नको लागि [br]ठुलो तपस्या चाहिन्छ, 0:14:09.479,0:14:12.270 धारिलो एकाग्रता, र अब्बल निशाना [br]चाहिन्छ जसले 0:14:12.270,0:14:15.670 शरीरका भित्रि अङ्गलाइ अलग्याएर[br]शरीरका स्वचालित चाललाइ जितेर 0:14:15.710,0:14:20.370 अतिरिक्त दिमागी प्रशिक्षण,[br]मासपेसीको स्मरणशक्ति 0:14:20.450,0:14:23.720 १०००० पटक भन्दा बढी पटक गरेका [br]विवेकपूर्ण अभ्यास चाहिन्छ। 0:14:24.020,0:14:28.090 अब म तपाईंलाइ तरबार निल्नेहरुको शरीरको [br]भ्रमण गराउन चाहन्छु। 0:14:28.310,0:14:30.130 तरबार निल्नको लागि, 0:14:30.130,0:14:32.250 मैले मेरो जिब्रोमा धारलाई सुताउनु पर्छ,[br] 0:14:32.250,0:14:34.780 घाटीमा हुने स्वचालित चाललाइ दबाउनु पर्छ, 0:14:34.780,0:14:37.740 र ९० डिग्री मा तरबार ठाडो पारेर 0:14:38.240,0:14:41.040 घाँटी बाट भित्र छिराउदै 0:14:41.060,0:14:42.600 अर्को शारीरिक स्वचाललाइ रोक्दै 0:14:42.600,0:14:44.380 धार लाइ छाती भित्र भित्रै लादै 0:14:44.380,0:14:45.960 फोक्सोको बीचबाट छिराउनु पर्छ 0:14:46.080,0:14:48.349 र यो बेलामा, मैले मेरो मुटुलाइ 0:14:48.399,0:14:50.389 हल्का धक्का दिएर छेउ लगाउनु पर्छ 0:14:50.389,0:14:51.720 तपाईले ध्यान दिएर हेर्नुभो 0:14:51.720,0:14:53.580 मेरो मुटुको चाल तरबारमा देख्नुहुनेछ 0:14:53.580,0:14:55.339 किनकि यो मुटुसंग लगभग टासिएको हुन्छ 0:14:55.339,0:14:58.299 १ इन्च को आठौ भाग भन्दा पनि कम दुरीमा 0:14:58.299,0:15:00.140 यो ढाटेर ढाटीने कुरा होइन। 0:15:00.320,0:15:02.480 त्यसपछि मैले यसलाई छातीको [br]हड्डी भित्र भित्रै 0:15:02.480,0:15:05.250 पेट सम्म पुर्याउनु पर्ने हुन्छ 0:15:05.250,0:15:08.680 आमासयको एउटा स्वचाललाइ दबाउदै [br]सानोआन्द्रा सुरु सम्म पुर्याउनु पर्छ 0:15:08.680,0:15:09.750 सजिलै छ। 0:15:09.750,0:15:10.930 (हाँसो) 0:15:10.930,0:15:12.880 यो भन्दा पनि अझै भित्र 0:15:12.880,0:15:17.720 प्रजनन नलि सम्म लग्नु पर्यो भने 0:15:17.720,0:15:20.980 यो चाहिं तपाईंहरु पछि आफ्नो [br]श्रीमतीलाइ सोध्नुहोस ... 0:15:22.160,0:15:23.900 मान्छेहरु मलाई सोध्छन्, 0:15:23.900,0:15:26.740 "आफ्नो जीवनलाइनै धरापमा राख्दै 0:15:26.740,0:15:28.800 तरबार निल्न[br]पक्कै ठुलै साहस चाहिन्छ होला " 0:15:28.800,0:15:30.500 होइन! वास्तविक साहस त 0:15:30.500,0:15:33.020 त्यो दुब्लो, पातलो र डरछेरुवा केटोलाइ [br]चाहिन्छ: जसले 0:15:33.080,0:15:35.620 असफलता र अश्विकृत हुने सम्भावना 0:15:35.620,0:15:37.040 मुटु छाम्ने क्षमता 0:15:37.040,0:15:38.240 अभिमान निल्ने हिम्मत 0:15:38.240,0:15:41.060 बटुल्दै अपरीचितहरुका अगाडी यो स्टेजमा [br]उभिएर 0:15:41.060,0:15:43.670 आत्मबिस्वाशका साथ उसका डर र सपनाका 0:15:43.680,0:15:47.580 गर्ने हिम्मत राख्दछ - [br]वास्तविक र साहित्यिक रुपमा। 0:15:48.280,0:15:49.450 बुझ्नु भो त- धन्यबाद। 0:15:49.450,0:15:53.720 (ताली) 0:15:53.850,0:15:56.250 बास्तवमै रोचक कुरो चाही 0:15:56.250,0:15:58.650 मैले जिन्दगीमा सधै विशिष्ट कामगर्न चाहन्थे 0:15:58.650,0:15:59.780 र अहिले गरिरहेको छु । 0:15:59.780,0:16:02.880 र बास्तवमै विशिष्ट कुरो चाही [br]मैले २१ ओटा तरबार एकै पटकमा निल्न 0:16:02.880,0:16:05.170 सक्छु भन्ने कदापि होइन, अथवा 0:16:07.640,0:16:10.500 रिप्लेको रेकर्डको लागि[br]८८ सार्क र सामुद्रिक माछासंग 0:16:10.500,0:16:12.307 २० फिट मुनि बस्न सक्छु, 0:16:13.840,0:16:17.600 अथवा स्टान लि को सुपरहुमन शो [br]Man of Steel' को लागि [br] 0:16:17.610,0:16:19.470 रातो हुन्जेल तातेको तरबार निल्नु 0:16:19.520,0:16:21.574 (ओहो !! त्यो त साह्रै तातो थ्यो !!) 0:16:22.460,0:16:24.920 अथवा रिप्लेको अथवा गिनिजको लागि 0:16:24.930,0:16:26.290 लागि तरबारले कार तान्नु, 0:16:26.290,0:16:28.760 वा अमेरिका गट ट्यालेन्ट को [br]फाइनलमा पुग्नु 0:16:28.820,0:16:31.540 अथवा मेडिसिनमा २००७ को [br]इग नोबेल प्राइज जित्नु पनि होइन । 0:16:31.550,0:16:33.900 यी बास्तवमै विशिष्ट कुरा होइनन । 0:16:33.900,0:16:36.350 मानिस यसैलाइ विशिष्ट कुरा ठान्छन । 0:16:36.350,0:16:37.800 विशिष्ट कुरा त त्यो हो, जुन 0:16:37.800,0:16:40.660 भगवानले त्यो दुब्लो पातलो [br]डरछेरुवा केटो 0:16:40.660,0:16:42.200 जो उचाई देखि डराउथ्यो, 0:16:42.200,0:16:43.890 जो पानी र सार्क संग डराउथ्यो, 0:16:43.890,0:16:46.370 डाक्टर नर्स र सुइ र तिखा कुरा हरु[br]संग डराउथ्यो 0:16:46.370,0:16:47.640 मान्छेसंग बोल्न डराउथ्यो 0:16:47.640,0:16:49.800 अहिले उस्ले नै मलाई बिस्वभ्रमण [br]गराउदैछन् । 0:16:49.800,0:16:51.320 ३०००० फिटको उचाईमा 0:16:51.320,0:16:53.900 तिखा बस्तु निल्दै, [br]पानी मुनि सार्कहरु संग बस्दै, 0:16:53.900,0:16:57.430 डाक्टर नर्स र तपाईंहरु जस्ता [br]विश्वभरिका दर्शकसंग बोल्दै । 0:16:57.430,0:16:59.580 त्यहि नै वास्तविक रुपमा सुन्दर कुरा हो । 0:16:59.580,0:17:01.450 म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे । 0:17:01.450,0:17:02.380 धन्यबाद| 0:17:02.380,0:17:03.760 (हाँसो) 0:17:03.760,0:17:05.220 धन्यबाद। 0:17:05.660,0:17:09.040 (हाँसो) 0:17:09.700,0:17:12.569 म जहिले पनि असम्भव कुरा गर्न चाहन्थे[br]र म अहिले गर्दैछु। 0:17:12.569,0:17:15.858 म जहिले पनि विशिष्ट कुरा गर्न चाहन्थे[br]र संसार परिवर्तन गर्न चाहन्थे। 0:17:15.858,0:17:16.899 र म अहिले गर्दैछु। 0:17:16.899,0:17:19.819 म सुपरहुमनले जस्तै साहसिक काम गर्दै,[br]जीवनरक्षा गर्दै विश्व 0:17:19.819,0:17:21.379 घुम्न चाहन्थे,[br]म अहिले गर्दैछु 0:17:21.379,0:17:22.720 थाहा छ? 0:17:22.720,0:17:25.569 त्यो सानो केटोको ठुलो सपनाको[br]सानो हिस्सा बाकि नै छ, 0:17:25.569,0:17:27.291 यो दिलभित्र । 0:17:30.320,0:17:36.197 (हाँसो) (ताली) 0:17:37.000,0:17:40.240 थाहा छ, मैले मेरो जीवनको [br]अर्थ र उदेश्य जान्न चाहन्थे 0:17:40.270,0:17:41.530 र मैले अहिले जानेको छु। 0:17:41.540,0:17:42.920 तर थाहा छ तपाइंलाई? 0:17:42.920,0:17:46.230 यो तरबार संग होइन, जुन तपाईं ठान्नुहुन्छ,[br]मेरो सबल पक्ष संग पनि होइन। 0:17:46.230,0:17:48.510 यो बास्तवमै मेरो कमजोरीमा र मेरो शब्दमा छ। 0:17:48.510,0:17:51.090 मेरो जीवनको अर्थ र उदेश्य[br]संसारलाई परिवर्तन गर्नु हो 0:17:51.090,0:17:52.390 डरलाइ पराजित गरेर, 0:17:52.390,0:17:54.910 एक पटकमा एक तरबार, एक शब्द 0:17:55.070,0:17:57.450 एक पटकमा एउटा चक्कु, एउटा जीवन 0:17:57.540,0:17:59.700 मान्छेलाइ अभिप्रेरित गर्नको लागि 0:17:59.700,0:18:01.860 असम्भव काम गराउनको लागि । 0:18:02.060,0:18:04.680 मेरो उद्धेश्य अरुको मार्गदर्शन गर्नु हो 0:18:04.680,0:18:05.680 तपाइको के हो ? 0:18:05.680,0:18:06.960 तपाइको उद्धेश्य के हो ? 0:18:06.960,0:18:08.960 तपाईं के गर्न जन्मिनु भएको हो ? 0:18:09.260,0:18:11.590 मलाई लाग्छ हा मी सबै सुपरहिरो हुनका [br]लागि आएका हौ। 0:18:12.160,0:18:14.260 तपाईंको बिशेष शक्ति के हो? 0:18:14.560,0:18:17.990 विश्वभरिको ७ बिलियन मान्छेहरुमा 0:18:17.990,0:18:20.250 केहि दर्जन भन्दा कम तरबार निल्नेहरु 0:18:20.250,0:18:21.661 आज जीवित छन । 0:18:21.661,0:18:22.940 तर तपाईं त तपाईं मात्रै हो 0:18:22.940,0:18:24.070 तपाईं बिल्कुल भिन्न हो। 0:18:24.070,0:18:25.540 तपाईको कथा के हो ? 0:18:25.540,0:18:27.760 तपाईंलाइ के ले भिन्न बनाउछ? 0:18:27.760,0:18:29.180 तपाईंको कथा भन्नुस, 0:18:29.180,0:18:31.721 तपाईंको आवाज सानो र मसिनो भए पनि। 0:18:31.900,0:18:33.340 तपाईको थ्रोम्स के हुन्? 0:18:33.340,0:18:35.850 चाहेको गर्न सक्ने र बन्न सक्ने,[br]रोजेको ठाउँ जान 0:18:35.850,0:18:37.430 पाउने भए[br]तपाईं के गर्नु हुन्थ्यो? 0:18:37.430,0:18:38.480 कहाँ जानुहुन्थ्यो? 0:18:38.480,0:18:40.340 तपाईं जीवनमा के गर्न चाहनुहुन्छ? 0:18:40.340,0:18:41.760 तपाईंका ठुला सपनाहरु के हुन? 0:18:41.760,0:18:44.450 बाल्यकालमा सपना के के थिए?[br]फर्केर सोच्नुस। 0:18:44.450,0:18:46.240 म भन्न सक्छु,यति मात्रै त होइन, हो र? 0:18:46.483,0:18:47.880 तपाईंका सन्की सपनाहरु के थिए 0:18:47.880,0:18:50.450 जुन तपाइलाइ अनौठो र अमिल्दो [br]लागेको थियो? 0:18:50.450,0:18:54.040 म भन्न सक्छु, तपाईलाइ अब तपाईंका ति सपना[br]अनौठो लाग्ने छैनन, होइन र? 0:18:55.370,0:18:57.050 तपाईको तरबार के हो? 0:18:57.050,0:18:58.650 तपाईंसबै संग तरबार छ, 0:18:58.650,0:19:00.600 दुइ धारे तरबार, डर र सपनाको । 0:19:00.600,0:19:03.520 निल्नुहोस तपाईंको तरबार, त्यो जे सुकै होस् 0:19:03.890,0:19:05.870 तपाईंको सपना पछ्याउनुस, 0:19:05.870,0:19:08.900 तपाईंले चाहेको मान्छे बन्न [br]कहिले पनि ढिला हुदैन । 0:19:09.720,0:19:12.920 डजबल खेल्ने ति हेपाहाहरुलाइ, र [br]ति बालकहरु जो 0:19:12.920,0:19:14.916 कहिले असम्भव काम गर्न सक्दिन भन्ने सोच्थे, 0:19:15.060,0:19:17.645 तिनीहरुलाई भन्ने म संग एउटा कुरा छ: 0:19:17.645,0:19:18.841 धन्यबाद । 0:19:18.940,0:19:22.220 खलनायक नभए महानायक पनि हुदैन थिए । 0:19:23.020,0:19:27.237 म यहाँ 'असम्भव बास्तवमै असम्भव छैन'[br]भनेर प्रमाणित गर्न आएको हो । 0:19:28.300,0:19:32.310 यो वास्तबमै खतरनाक छ, [br]यसले मलाई मार्न पनि सक्छ । 0:19:32.340,0:19:33.720 आशा छ, तपाईंलाइ मन पर्नेछ। 0:19:33.720,0:19:35.260 (हासो) 0:19:36.350,0:19:38.700 यो गर्नको लागि मलाई तपाईंको सहयोगको जरुरत[br]पर्छ 0:19:46.731,0:19:48.405 दर्शक: दुइ, तिन । 0:19:48.405,0:19:52.100 ड्यान: हैन हैन, मलाई गन्ति गर्नको लागि[br]सहयोग गर्नुस भनेको, सबैले, ठिक छ? 0:19:52.100,0:19:53.210 (हासो) 0:19:53.210,0:19:55.840 यदि तपाईंलाइ आउछ भने? ठिक छ?[br]म संगै गन्नुस। तयार हो? 0:19:55.870,0:19:56.964 एक। 0:19:56.964,0:19:58.150 दुइ । 0:19:58.170,0:19:58.980 तिन। 0:19:58.980,0:20:00.920 होइन, बल्ल दुइ भयो, जे होस् आइडिया [br]भो 0:20:06.760,0:20:07.780 दर्शक: एक 0:20:07.840,0:20:08.750 दुइ 0:20:08.800,0:20:10.010 तिन 0:20:11.260,0:20:13.280 (स्वास लिदै) 0:20:14.360,0:20:15.940 (ताली) 0:20:16.251,0:20:17.450 ड्यान: ठिक छ! 0:20:17.450,0:20:23.100 (ताली) 0:20:23.100,0:20:24.820 धेरै धेरै धन्यबाद। 0:20:25.450,0:20:28.800 धन्यबाद, धन्यबाद, धन्यबाद।[br]अन्तरआत्मा देखि नै धन्यबाद। 0:20:28.800,0:20:31.290 बास्तबमै, मेरो पेटै देखी धन्यबाद। 0:20:31.880,0:20:35.020 मैले भनेको थिएकि म यहाँ असम्भव काम गर्न [br]आएको हु, र मैले गरे। 0:20:35.030,0:20:37.730 तर यो चाही असम्भव थिएन, [br]यो त म दिनदिनै गर्छु । 0:20:37.800,0:20:42.800 तर असम्भव कुरा चै त्यो दुब्लो, पातलो,[br]लज्जालु डरछेरुवा केटोलाइ 0:20:42.840,0:20:44.600 निडर भएर TEDx को यो स्टेज मा उभिएर, 0:20:44.600,0:20:47.100 संसार परिवर्तनको गर्नु हो [br]एक पटक मा एक शब्द 0:20:47.100,0:20:49.080 एकपटकमा एक तरबार , एकपटकमा एक जीवन गर्दै 0:20:49.080,0:20:52.060 यदि मैले तपाईंलाइ नयाँ तरिकाले सोच्ने बनाए[br]यदि मैले 'असम्भव 0:20:52.060,0:20:54.460 बास्तवमै असम्भव छैन' भन्ने विश्वास दिलाएँ, 0:20:54.460,0:20:57.960 यदि मैले तपाईपनि असम्भव गर्न सक्नुहुन्छ [br]भन्ने अनुभूत गराऊन सकें भने 0:20:58.120,0:21:01.020 मैले मेरो जिम्मेवारी पुरा गरें[br]तपाइंको चै भर्खरै सुरु हुदैछ । 0:21:01.020,0:21:04.100 सपना बुन्न नछाडनुस, विश्वास गर्न नछाडनुस। 0:21:04.820,0:21:06.350 धन्यबाद मलाई विश्वास गर्नुभएकोमा 0:21:06.350,0:21:08.250 र मेरो सपनाको एउटा हिस्सा बनिदिनुभएकोमा 0:21:08.250,0:21:09.550 र मेरो उपहार तपाईंको लागि: 0:21:09.550,0:21:11.486 असम्भव बास्तबमै असम्भव 0:21:11.486,0:21:12.920 श्रोता: हुदैन । 0:21:12.920,0:21:14.920 यो लामो यात्रा मेरो उपहारको एउटा पाटो 0:21:15.100,0:21:19.560 (ताली) 0:21:19.560,0:21:21.020 धन्यबाद। 0:21:21.060,0:21:25.360 (ताली) 0:21:25.580,0:21:27.560 (उठेर ताली) 0:21:27.780,0:21:30.240 आयोजक: धन्यवाद ड्यान मेएर, वाऊ!